< 4 Mose 13 >
1 Und der Herr redete mit Moses also:
याहवेहले मोशालाई भन्नुभयो,
2 "Entsende Männer, daß sie das Land von Kanaan auskundschaften, das ich den Söhnen Israels geben will! Je einen aus dem Stamm seiner Väter sollt ihr senden, jeder unter ihnen ein Fürst!"
“मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशको बारेमा जासुसी गर्नलाई केही मानिसहरू पठा। इस्राएलीहरूका पुर्खाहरूका हरेक कुलबाट एक-एक जना अगुवा पठा।”
3 So entsandte sie Moses aus der Wüste Paran nach des Herrn Befehl, lauter Männer, die Häupter der Israeliten waren.
यसकारण याहवेहको आज्ञाअनुसार मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए। तिनीहरू सबै जना इस्राएलीहरूका अगुवाहरू थिए।
4 Dies sind ihre Namen: vom Stamme Ruben: Sammua, Zakkurs Sohn;
तिनीहरूका नाम यिनै हुन्: रूबेनको कुलबाट जक्कूरका छोरा शम्मूअ;
5 vom Stamme Simeon: Saphat, Choris Sohn;
शिमियोनको कुलबाट होरीका छोरा शापात;
6 vom Stamme Juda: Kaleb, Jephunnes Sohn,
यहूदाको कुलबाट यपून्नेका छोरा कालेब;
7 Vom Stamme Issakar: Igal, Josephs Sohn;
इस्साखारको कुलबाट योसेफका छोरा यिगाल;
8 vom Stamme Ephraim: Hosea, Nuns Sohn;
एफ्राइमको कुलबाट नूनका छोरा होशे;
9 vom Stamme Benjamin: Palti, Raphus Sohn;
बेन्यामीनको कुलबाट रफूका छोरा पल्ती;
10 vom Stamme Zabulon: Gaddiel, Sodis Sohn;
जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल;
11 vom Stamme Joseph: vom Stamme Manasse Gaddi, Susis Sohn;
योसेफको एउटा कुल अर्थात् मनश्शेको कुलबाट सूसीका छोरा गद्दी;
12 vom Stamme Dan: Ammiel, Gemallis Sohn;
दानको कुलबाट गमल्लीका छोरा अम्मीएलओ;
13 vom Stamme Asser: Setur, Michaels Sohn;
आशेरको कुलबाट मिखाएलका छोरा सतूर;
14 vom Stamme Naphtali: Nachbi, Wophsis Sohn;
नप्तालीको कुलबाट वोप्सीका छोरा नहबी;
15 vom Stamme Gad: Geuel, Makis Sohn.
गादको कुलबाट माकीकका छोरा गूएल।
16 Dies sind die Namen der Männer, die Moses zur Auskundschaftung des Landes, ausgesandt hat. Moses aber nannte Hosea, Nuns Sohn, Josue.
मोशाले कनान देशको जासुस गर्न पठाएका मानिसहरूका नाम यिनै हुन्। (मोशाले नूनका छोरा होशियालाई यहोशू नाम दिए।)
17 So sandte sie Moses aus, das Land Kanaan auszukundschaften. Er sprach zu ihnen: "Zieht in das Südland hier hinauf! Ersteigt das Gebirge!
मोशाले तिनीहरूलाई कनान देशको बारेमा जासुस गर्न पठाउँदा तिनीहरूलाई भने, “दक्षिणतिर हुँदै अगि बढेर पहाडी मुलुकमा जानू।
18 Beschauet das Land wie es ist und seht zu, und ob das Volk darin stark oder schwach, wenig oder zahlreich ist,
त्यो देश कस्तो रहेछ, र त्यहाँ बस्ने मानिसहरू बलिया छन् कि कमजोर; थोरै छन् कि धेरै छन्, हेर।
19 und wie die Gegend, in der es wohnt, ob schön oder häßlich, und wie die Städte sind, die es bewohnt, ob sie in Dörfern oder festen Städten wohnen,
तिनीहरू बस्ने देश कस्तो प्रकारको छ? त्यो असल छ कि खराब छ? तिनीहरू बसेका सहरहरू कस्ता प्रकारका छन्? ती पर्खालविनाका छन् कि बलियो किल्ला भएका छन्, हेर।
20 und wie der Boden ist, ob mager oder fett, ob Bäume daraufstehen oder nicht! So gebt euch Mühe und nehmt aus dem Lande ein paar Früchte mit!" Es war nämlich gerade die Zeit der ersten Weintrauben.
त्यो देशको माटो कस्तो छ? त्यहाँको माटो मलिलो छ कि रुखो छ? त्यहाँ रूखपातहरू छन् कि छैनन्? तिमीहरूले त्यस देशका केही फलफूलहरू ल्याउनलाई सक्दो कोसिस गर।” (त्यो समयचाहिँ अङ्गुरको पहिलो फसलको समय थियो।)
21 Da zogen sie hinauf und durchforschten das Land von der Wüste Sin bis Rechob, Chamat zu.
यसकारण तिनीहरू उक्लेर गए। अनि जीनको मरुभूमिबाट लेबो हमाततिरको रहोबसम्म त्यस देशको बारेमा जाजुसी गरे।
22 Dann zogen sie in das Südland bis Chebron hinauf. Dort waren Achiman, Sesai und Talmai, die Enaksprößlinge. An Chebron aber war sieben Jahre, vor Tanis in Ägypten, gebaut worden.
तिनीहरू दक्षिणतिर हुँदैगए। अनि अनाकीहरूका सन्तानहरू; अहीमन, शेशै र तल्मै बस्ने ठाउँ हेब्रोनमा आइपुगे। (हेब्रोनचाहिँ इजिप्टमा भएको सोअनभन्दा सात वर्ष अगाडि निर्माण गरिएको थियो।)
23 Sie kamen nun in das Traubental und schnitten dort eine Rebe mit einer einzigen Traube ab und trugen sie zu zweien an einer Stange, auch Granatäpfel und Feigen.
जब तिनीहरू एश्कोलको बेँसीमा आइपुगे। अनि तिनीहरूले अङ्गुरको एउटा मात्र झुप्पा भएको एउटा हाँगा काटे। तिनीहरूमध्ये दुई जनाले त्यसलाई एउटा घोचामा झुन्ड्याएर बोके। साथै, तिनीहरूले केही अनार र नेभाराका फलहरू पनि ल्याए।
24 Jenen Ort nannte man das Traubental wegen der Traube, die dort die Israeliten geschnitten hatten.
इस्राएलीहरूले अङ्गुरको झुप्पा काटेको कारण त्यस ठाउँलाई एश्कोलको बेँसी भनिन्थ्यो।
25 Nach vierzig Tagen kehrten sie von der Auskundschaftung des Landes zurück.
चालीस दिनको अन्त्यमा तिनीहरू त्यस कनान देशको बारेमा जाजुसी गरेर फर्के।
26 Sie zogen heim und kamen zu Moses, Aaron und der israelitischen Gesamtgemeinde in die Wüste Paran nach Kades. Sie brachten ihnen und der ganzen Gemeinschaft Bescheid und zeigten ihnen des Landes Früchte.
कनान देशको भेद लिन गएकाहरू पारानको मरुभूमिमा भएको कादेशमा मोशा, हारून र इस्राएलीहरूका सारा समुदायकहाँ फर्केर आए। त्यहाँ तिनीहरूले सारा समुदायलाई सम्पूर्ण कुरा बताए। अनि तिनीहरूलाई त्यस देशका फलफूल देखाए।
27 Und sie erzählten ihnen und sprachen: "Wir sind in das Land gekommen, in das du uns gesandt hast. Wahr ist es: Es fließt von Milch und Honig, und dies sind seine Früchte.
तिनीहरूले मोशालाई यसरी वर्णन गरे: “तपाईंले हामीलाई पठाउनुभएको देशमा हामी गयौँ। साँच्चै त्यो देशमा दूध र मह बग्दो रहेछ! त्यहाँको फल यही हो।
28 Nur, daß das Volk im Lande trotzig und die Städte fest und sehr groß sind. Auch haben wir dort die Enaksprößlinge erblickt.
तर त्यस देशमा बस्ने मानिसहरू शक्तिशाली छन्। तिनीहरूका सहरहरू धेरै ठूला र पर्खालले घेरिएका छन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तति पनि देख्यौँ।
29 Im Südland wohnt Amalek, auf dem Gebirge die Chittiter, Jebusiter und Amoriter, am Meer und am Jordan die Kanaaniter."
अमालेकीहरू दक्षिणमा बस्दा रहेछन्। हित्तीहरू, यबूसीहरू र एमोरीहरूचाहिँ पहाडी मुलुकमा बस्दा रहेछन्। कनानीहरूचाहिँ समुद्रको नजिक र यर्दन नदीको किनारहुँदो बस्दा रहेछन्।”
30 Da drängte sich Kaleb durch das Volk zu Moses und sprach: "Wir wollen dennoch hinaufziehen und es erobern. Wir können es gut bewältigen."
त्यसपछि कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यो देशमा जानुपर्छ, र त्यस देशमाथि अधिकार गर्नुपर्छ। किनकि हामीले निश्चय नै विजय हासिल गर्न सक्छौँ।”
31 Aber die Männer, die mit ihm hinaufgezogen, sprachen: "Wir können gegen dieses Volk nicht ziehen. Es ist für uns viel zu stark."
तर तिनीसित जासुस गर्न जाने मानिसहरूले भने, “हामीले ती मानिसहरूलाई आक्रमण गर्न सक्दैनौँ; किनकि तिनीहरू हामीहरूभन्दा बलिया छन्।”
32 Und sie berichteten den Israeliten Schlimmes über das Land, das sie ausgekundschaftet hatten, und sprachen: "Das Land, das wir zur Erkundung durchzogen haben, überfüttert seine Einwohner. Alle Leute, die wir darin gesehen, sind ungewöhnlich groß.
तिनीहरूले जासुसी गरी आएको देशको बारेमा इस्राएलीहरूका बीचमा नकारात्मक कुराहरू फैलाए। तिनीहरूले भने, “हामीले जासुसी गरेर आएको देशले आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ। हामीले त्यहाँ देखेका सबै मानिसहरू ठूला-ठूला कदका छन्।
33 Wir haben dort die Riesen geschaut, die Enaksöhne unter den Riesen. Wir kamen uns vor wie Heuschrecken. Auch ihnen sind wir so vorgekommen."
हामीले त्यहाँ नेफिलीमहरूलाई देख्यौँ (अनाकका सन्ततिहरू नेफिलीमहरूबाट आएका हुन्)। हामी आफ्नै दृष्टिमा फट्याङ्ग्राझैँ देखिन्थ्यौँ। अनि तिनीहरूले पनि पक्कै हामीलाई त्यस्तै ठान्छन्।”