< Hesekiel 40 >
1 Im Jahre fünfundzwanzig unserer Verbannung, am Anfang dieses Jahres, am zehnten Tag des Monats im Jahre vierzehn nach Eroberung der Stadt, an eben diesem Tage senkte sich die Hand des Herrn auf mich und brachte mich dorthin.
हाम्रो निर्वासनको पच्चीसौं वर्षमा, वर्षको सुरुमा, महिनाको दसौं दिनमा, सहर कब्जा भएको चौधौं वर्षमा, त्यो दिनमा परमप्रभुको हात ममाथि थियो र उहाँले मलाई त्यहाँ लानुभयो ।
2 In göttlichen Gesichten bringt er mich zum Lande Israel und setzt mich hier auf einem hohen Berge nieder. Dem gegenüber war etwas wie einer Stadt Gebäulichkeiten.
परमेश्वरबाट आएको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो । उहाँले मलाई अति उच्च पर्वतमा आराम गर्न लानुभयो । दक्षिणमा सहरका घरहरूजस्तै देखिएका थिए ।
3 Sobald er mich dorthin gebracht, da zeigte sich ein Mann, der aussah wie aus Erz. Er hatte eine Linnenschnur und einen Maßstab in der Hand und stand am Tor.
अनि उहाँले मलाई त्यहाँ लानुभयो । हेर, एक जना मानिस । तिनी हेर्दा काँसाजस्ता देखिन्थे । तिनको हातमा सूतीको डोरी र नाप्ने लौरो थियो, र तिनी सहरको मूल ढोकामा खडा भए ।
4 Es sprach der Mann zu mir: "Sieh, Menschensohn, mit deinen Augen! Und hör mit deinen Ohren, gib auf alles acht, was ich dir zeige! Denn hierher wurdest du gebracht, daß ich dir alles zeigen sollte. Verkünde alles, was du siehst, dem Hause Israel!"
ती मानिसले मलाई भने, “ए मानिसको छोरो, आफ्नो आँखाले हेर् र आफ्नो कानले सुन्, र मैले तँलाई प्रकट गर्न लागेका सबै कुरालाई आफ्नो मन लगा, किनकि तँलाई यहाँ ल्याइयो ताकि तँलाई म यी कुरा प्रकट गर्न सकूँ। तैंले देख्ने हरेक कुरा इस्राएलको घरानालाई बताइदे ।”
5 Nun lief da außerhalb des Hauses eine Mauer ringsherum, und in der Hand des Mannes war ein Maßstab von sechs Ellen, zu einer Elle und noch einer Handbreite gerechnet. Er maß des Baues Breite: eine Rute; die Höhe: eine Rute.
त्यहाँ मन्दिरको क्षेत्रलाई घेर्ने एउटा पर्खाल थियो । ती मानिसको हातमा भएको नाप्ने लौरोको लमाइ छ हात लामो थियो । हरेक हातमा एक हात लमाइ र चार औंला चौडाइ थियो । तिनले त्यो पर्खालको नाप लिए, र त्यो एक नाप्ने लौरोजति चौडा र एक लौरो अग्लो थियो ।
6 Dann trat er in das Tor, das gegen Osten sah, und stieg hinan auf seinen Stufen und maß des Tores Schwelle, in der Breite: eine Rute, die andere Schwelle gleichfalls eine Rute in der Breite.
त्यसपछि तिनी पुर्व फर्किएको मन्दिरको ढोकामा गए । तिनी त्यसको खुट्किला चढेर माथि गए र ढोकाको सँघारलाई नापे, त्यो एक लौरो गहिरो थियो ।
7 Und jegliches Gemach war eine Rute lang und eine Rute breit, und zwischen den Gemächern betrug der Zwischenraum fünf Ellen. Kam noch des Tores Schwelle an der innern Torhalle mit einer Rute.
रक्षक कोठाहरू हरेक एक लौरो लामो र एक लौरो चौडा थिए । दुई कोठाहरू बिचमा पाँच हातको दुरी थियो, र मन्दिरको दलानको छेउमा रहेको सँघार एक लौरो गहिरो थियो ।
8 Er maß des Tores innere Lichtweite mit einer Rute.
तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो लामो थियो ।
9 Die Torweite dagegen maß er mit acht Ellen. Es waren nämlich seine Wandpfeiler zwei Ellen dick, desgleichen an der innere Torweite.
तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो गहिरो थियो । ढोकाका चोकोसहरूचाहिं दुई हात चौडा थिए । योचाहिं मन्दिरतर्फ फर्किएको ढोकाको दलान थियो ।
10 Und die Gemächer an dem Tore gegen Osten waren drei auf der einen und drei auf der andern Seite. Die drei besaßen gleiches Maß, desgleichen beiderseits die Wandpfeiler.
त्यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तिन वटा रक्षक कोठा थिए, र ती हरेकको एउटै नाप थियो, र तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो ।
11 Er maß die Breite von der Torweite: zehn Ellen; die Torlänge: dreizehn Ellen.
त्यसपछि ती मानिसले ढोकाको चौडाइ नापे, त्यो दश हात थियो, र तिनले ढोकाको लमाइ नापे, त्यो तेह्र हात थियो ।
12 Ein freier Raum von einer Elle war vor den Kammern, auf dieser und auf jener Seite. Sechs Ellen hatte jede Kammer auf dieser und auf jener Seite.
ती कोठाहरूका अगाडिको भागलाई विभाजन गरेको भित्ता तिनले नापे, त्यो एक हात उच्च थियो । दुवैपट्टिका कोठाहरूका नाप छ हात थिए ।
13 Er maß das Tor vom Dach der einen Kammer bis zu dem der andern, an fünfundzwanzig Ellen breit; Durchgang stand Durchgang gegenüber.
तिनले एउटा कोठाको छानोबाट अर्को कोठाको छानोसम्मको ढोकालाई नापे । पहिलो कोठाको ढोकादेखि दोस्रोसम्म पच्चीस हात थियो ।
14 Die Säulen machten sechzig Ellen, den Vorsprung an den Säulen eingerechnet. So war ein jedes Tor ringsum.
रक्षक कोठाहरूका बिचबाट गएको पर्खाललाई तिनले नापे, त्यो साठी हात लामो थियो । तिनले ढोकाको दलानसम्मै नापे ।
15 Vom Torgiebel bis zu der innern Torweite betrug es fünfzig Ellen.
ढोकाको अगाडिको भागदेखि दलानको अर्को छेउसम्म पचास हात थियो ।
16 Schräg gingen Gitterfenster in die Kammern und auch zu ihren Säulen im Inneren des Tores an allen Seiten. So hatten auch die Vorhallen ringsum nach innen Fenster, und an den Pfeilern waren Palmen.
ढोकाभित्र चारैतिर कोठाहरूतर्फ र खम्बाहरूतर्फ बन्द झ्यालहरू थिए । अनि कौसीहरूमा पनि त्यस्तै थिए । त्यहाँ भित्र सबैतिर झ्यालहरू थिए, र हरेक चौखटमा खजूरका बोटका चित्रले सजाइएका थिए ।
17 Er brachte mich zum innern Vorhof hin; da waren Zellen. Der Vorhof war ringsum gepflastert und dreißig Zellen an dem Pflaster.
त्यसपछि ती मानिसले मलाई मन्दिरको बाहिरी चाकमा ल्याए । हेर, त्यहाँ कोठाहरू थिए, र चोकमा ढुङ्गाहरू छापिएको थियो, र ढुङ्गाहरू छापिएको ठाउँभन्दा उता त्यहाँ तिसवटा कोठा थिए ।
18 Das Pflaster lief zwar nach der Seite der Tore hin; doch war das Pflaster längs der Tore etwas niedriger.
ढोकाहरूको छेउसम्म ती ढुङ्गाहरू छापिएका थिए, त्यसको चौडाइ ढोकाको लमाइझैं थियो । त्यो ढुङ्गाहरू छापिएका तल्लो भुइँ थियो ।
19 Er maß die Breite von dem untern Tor bis an die äußre Wand des innern Hofes; hundert Ellen gegen Osten und gegen Norden.
त्यसपछि ती मानिसले तल्लो ढोकाको अगाडिको भागदेखि भित्री ढोकाको अगाडिको भागसम्मको दुरी नापे । त्यो पूर्वपट्टि एक सय हात र उत्तरपट्टि पनि त्यति नै थियो ।
20 Vom Tor, das gegen Mitternacht des äußern Vorhofs lag, maß er die Länge und die Breite.
त्यसपछि तिनले बाहिरी चोकको उत्तरमा भएको ढोकाको लमाइ र चौडाइ नापे ।
21 Drei Kammern hatte es, drei hüben und drei drüben, und seine Pfeiler, seine Bogen besaßen ganz genau das Maß des erstgenannten Tores. An fünfzig Ellen war es lang und fünfundzwanzig Ellen breit.
त्यस ढोकाको दुवैपट्टि तिनवटा कोठा थिए, र त्यो ढोकाको र त्यसको दलानको नाप मुख्य ढोकाको बराबर थियो, जुन लमाइमा पचास हात र चौडाइमा पच्चीस हात थियो ।
22 Und seine Fenster, seine Bogen und seine Palmen waren wie beim Tor, das gegen Osten lag. Auf sieben Stufen stieg man zu ihm auf; vor diesen war ein Bogen.
त्यसका झ्यालहरू, दलान, कोठाहरू र त्यसका खजूरका रूखहरू पूर्वपट्टि फर्किएको ढोकासँग मिल्दो थियो । त्यहाँ र त्यसको दलानसम्म सात खुट्किला थिए ।
23 Es gingen Tore in den innern Hof, die gleich den Toren gegen Mitternacht und Morgen waren. Er maß von Tor zu Tor: einhundert Ellen.
उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो, जस्तो पूर्वमा पनि ढोका थियो । ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे, त्यसको दुरी एकसय हात थियो ।
24 Er brachte gegen Süden mich; da fand ich südlich auch ein Tor. Er maß die Pfeiler und die Bogen; sie hatten ganz das gleiche Maß.
त्यसपछि ती मानिसले मलाई दक्षिणको ढोकामा ल्याए, र त्यसका पर्खाल र दलान अरू बाहिरी ढोका बराबर थिए ।
25 Und Fenster hatte es ringsum, gerade wie die Bogen, gleich jenen Fenstern. Es war auch fünfzig Ellen lang und fünfundzwanzig Ellen breit.
ढोकामा बन्द झ्यालहरू थिए र दलानमा पनि ढोकामा झैं झ्यालहरू थिए । दक्षिणको ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो ।
26 Auf sieben Stufen stieg man zu ihm auf; vor diesen war ein Bogen. Als Pfeiler dienten Palmen auf dieser und auf jener Seite.
त्यो ढोकाको र दलानसम्म सात खुट्किला थिए, र दुवैपट्टि पर्खालहरूमा खजुरको रूखको चित्र खोपिएका थिए ।
27 Ein Tor zum innern Hof lag gegen Süden; er maß von Tor zu Tor nach Süden hundert Ellen.
दक्षिण भागमा भित्री चोकमा एउटा ढोकाको थियो, र ती मानिसले त्यो ढोकादेखि दक्षिण ढोकासम्म नापे, त्यो एक सय हात थियो ।
28 Durch dieses Südtor brachte er mich zu dem innern Hof. Er maß das Tor; es waren wiederum die gleichen Maße.
अनि ती मानिसले दक्षिणको ढोकाबाट मलाई भित्री चोकमा ल्याए, जसको नाप अरू ढोका बराबर थियो ।
29 Auch seine Kammern, Pfeiler, Bogen besaßen gleiches Maß. Es hatte Fenster ringsherum, war fünfzig Ellen lang und fünfundzwanzig Ellen breit.
त्यसका कोठा, पर्खाल, र दलानहरू अरू ढोका बराबर थिए । दलानमा चारैतिर झ्यालहरू थिए । भित्री ढोकाको र दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो ।
30 Und Bogen waren ringsherum, an fünfundzwanzig Ellen lang, fünf Ellen breit.
भित्री भित्ताका चारैतिर दलानहरू थिए । यी लमाइमा पच्चीस हात र चौडाइमा पाँच हात थिए ।
31 Sein Bogen ging dem äußern Vorhof zu, und Palmen waren seine Pfeiler. Acht Stufen stieg man zu ihm auf.
यो दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसका पर्खालहरूमा खजूरको रूखहरूका चित्र खोपिएका थियो र त्यहाँसम्म आठवटा खुट्किला थिए ।
32 Er brachte mich zum innern Vorhof gegen Osten und maß das Tor: die gleichen Maße.
तब ती मानिसले मलाई पूर्वी बाटोको भित्री चोकमा ल्याए र ढोकाको नाप लिए, जसको नाप अरू ढोका बराबर थियो ।
33 Und seine Kammern, Pfeiler, Bogen besaßen gleiches Maß. Es hatte Fenster ringsherum, gerade wie sein Bogen, war fünfzig Ellen lang und fünfundzwanzig Ellen breit.
त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोकाको बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । भित्री ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो ।
34 Sein Bogen zog sich nach dem äußeren Vorhof hin, und seine Pfeiler waren palmenförmig auf beiden Seiten. Auf acht Stufen stieg man empor.
त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो । त्यसको दुवैपट्टि खजुरको रूखहरूका चित्र थियो र त्यहाँसम्म आठ खुट्किला थिए ।
35 Er führte mich zum Tore gegen Mitternacht und maß das gleiche Maß.
त्यसपछि ती मानिसले मलाई उत्तरी ढोकामा ल्याए र त्यसको नाप लिए । त्यसको नाप अरू ढोका बराबर थियो ।
36 Es hatte Kammern, Pfeiler, Bogen; es hatte Fenster ringsherum, war fünfzig Ellen lang und fünfundzwanzig Ellen breit.
त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोका बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो ।
37 Sein Säulengang zog sich zum äußern Vorhof hin, und seine Pfeiler waren palmenförmig auf beiden Seiten. Auf acht Stufen stieg man.
त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसको दुवै पट्टि खजूरको रूखहरूका चित्र थिए र त्यहाँसम्म आठ खुट्किला थिए ।
38 Dann gab es eine Zelle, und ihre Tür war in den Torsäulen. Man wusch darin das Brandopfer.
सबै भित्री ढोकाको छेउमा ढोका भएको कोठा थियो । त्यहाँ तिनीहरूले होमबलि धुन्थे ।
39 Und in des Tores Lichtweite auf beiden Seiten waren jedesmal zwei Tische aufgestellt, um Brand- und Sünd- und Schuldopfer darauf zu schlachten.
हरेक दलानको दुवैतिर दुई-दुईवटा टेबल थिए जहाँ होमबलि, पापबलि र दोषबलिलाई मारिन्थ्यो ।
40 Und außerhalb, wo man hinaufgeht zu der Tür des Tores gegen Mitternacht, da standen ebenfalls zwei Tische und andere zwei Tische auf der andern Seite der Lichtweite des Tores.
चोकको पर्खालको छेउमा, उत्तरको ढोकातर्फ दुईवटा टेबल थिए । ढोकाको दलानको अर्कोपट्टि पनि दुईवटा टेबल थिए ।
41 Auf dieser Seite vier Tische, vier auf jener Seite bei dem Tor, acht Tische. Auf ihnen sollte man die Opfer schlachten.
ढोकाको छेउमा दुवैपट्टि चार-चारवटा टेबल थिए । त्यहाँ तिनीहरूले आठवटा टेबलमा पशुहरूलाई मार्थे ।
42 Die vier Brandopfertische waren aus behauenen Steinen, an ein und eine halbe Elle lang und breit und eine Elle hoch, auf die man die Geräte niederlegte, mit denen man das Brand- und Schlachtopfer schlachtete.
त्यहाँ होमबलिको निम्ति डेढ हात लामो, डेढ हात चौडा, र एक हात अग्लो काटिएका ढुङ्गाहरूले बनेका चारवटा टेबल थिए । त्यसमाथि तिनीहरूले ती सामानहरू राख्थे जसद्वारा तिनीहरूले बलिदानको निम्ति होमबलिलाई मार्थे ।
43 Handbreite Doppelhaken waren innen ringsum angebracht zum Aufhängen des Opferfleischs und der Geräte, mit denen man das Brand- und Schlachtopfer schlachtete.
दलानको चारैतिर चार-अङ्कुल चौडा दुईवटा चुच्चा भएका अङ्कुसेहरू बाँधिएका थिए, र बलिको मासु टेबलहरूमाथि राखिन्थे ।
44 Und außerhalb des innern Tores waren Zellen für die Sänger in dem innern Hof, die eine an der Seite des Nordtores, die gegen Süden sah, die andre an der Seite des Osttores, die gegen Norden sah.
भित्री ढोकाको बाहिरी भागमा, भित्री चोकभित्र, गाउनेहरूका कोठाहरू थिए, एउटाचाहिं उत्तरमा दक्षिणतिर फर्केको, र अर्को चाहिं दक्षिणमा उत्तरतिर फर्केको थियो ।
45 Er sprach zu mir: "Die Zelle, die nach Süden schaut, gehört den Priestern, die den Tempeldienst verrichten.
तब ती मानिसले मलाई भने, “दक्षिणतिर फर्केको यो कोठाचाहिं पुजारीहरूका निम्ति हो जो मन्दिरमा काम गर्दै रहन्छन् ।
46 Die Zelle, die nach Norden schaut, gehört den Priestern, die Altardienste versehen. Dies sind die Sadoksöhne, die von den Levisöhnen bei dem Herrn das Vorrecht haben, ihn zu bedienen.
उत्तरतिर फर्केको कोठाचाहिं वेदीको जिम्मा पाएका पुजारीहरूका निम्ति हो । यी सादोकका छोराहरू हुन् जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । तिनीहरू लेवीहरूका छोराहरूमध्येका हुन् ।”
47 Er maß den Vorhof: hundert Ellen lang und hundert Ellen breit, ein Viereck; doch vor dem Haus war der Altar.
अनि तिनले चोकको नाप लिए । त्यो एक सय हात लामो र एक सय हात चौडा गरी वर्गाकार थियो, र वेदीचाहिं मन्दिरको अगाडि थियो ।
48 Er brachte mich zur Toröffnung des Hauses und maß die Pfeiler der Öffnung, fünf Ellen hüben und fünf Ellen drüben, drei Ellen hier, drei Ellen dort.
अनि ती मानिसले मलाई मन्दिरको दलानमा लगे र दलानका थामहरू नापे । ती दुवैपट्टि पाँच हात चौडा थिए । ढोकाचाहिं चौध हात चौडा थियो, र त्यसको सबैतिरका भित्ता तिन हात चौडा थिए ।
49 Der Öffnung Breite waren zwanzig Ellen, elf Ellen seine Tiefe. Man stieg hinan auf Stufen. Auch waren Säulen an den Pfeilern, die eine hüben und die andre drüben.
दलानको लमाइ बिस हात थियो, र त्यसको गहिराइ एघार हात थियो । त्यसमा जानलाई खुट्किलाहरू थिए र त्यसको दुवै पट्टि खम्बाहरू थिए ।