< Philipper 1 >
1 Paulus und Timotheus, Knechte Jesu Christi, allen Heiligen in Christo Jesu, die in Philippi sind, mit den Aufsehern und Dienern:
ख्रीष्ट येशूका दासहरू पावल र तिमोथीबाट, फिलिप्पीमा भएका ख्रीष्ट येशूमा अलग गरिएकाहरू सबै, अनि बिशप र डिकनहरूलाई ।
2 Gnade euch und Friede von Gott, unserem Vater, und dem Herrn Jesus Christus!
परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
3 Ich danke meinem Gott bei aller meiner Erinnerung an euch
हर समय तिमीहरूको सम्झना गर्दा, म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु ।
4 allezeit in jedem meiner Gebete, indem ich für euch alle das Gebet mit Freuden tue,
तिमीहरू सबैका निम्ति मेरो हरेक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु ।
5 wegen eurer Teilnahme an dem Evangelium vom ersten Tage an bis jetzt,
पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको लागि म धन्यवाद दिन्छु ।
6 indem ich eben dessen in guter Zuversicht bin, daß der, welcher ein gutes Werk in euch angefangen hat, es vollführen wird bis auf den Tag Jesu Christi;
म यो कुरामा निश्चित छु, कि तिमीहरूमा यो असल कामलाई प्रारम्भ गर्नुहुनेले येशू ख्रीष्टको दिनसम्म यसलाई पुरा गर्न निरन्तरता दिनुहुनेछ ।
7 wie es für mich recht ist, daß ich dies in betreff euer aller denke, weil ihr mich im Herzen habt, und sowohl in meinen Banden, als auch in der Verantwortung und Bestätigung des Evangeliums, ihr alle meine Mitteilnehmer der Gnade seid.
तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ ।
8 Denn Gott ist mein Zeuge, wie ich mich nach euch allen sehne mit dem Herzen Christi Jesu.
किनकि ख्रीष्ट येशूको प्रेमको गहिराइमा म तिमीहरूका निम्ति कति तृष्णा गर्दछु भन्ने कुरामा परमेश्वर मेरो साक्षी हुनुहुन्छ ।
9 Und um dieses bete ich, daß eure Liebe noch mehr und mehr überströme in Erkenntnis und aller Einsicht,
र मैले यस्तो भन्दै प्रार्थना गरिरहेको छु, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस् ।
10 damit ihr prüfen möget, was das Vorzüglichere sei, auf daß ihr lauter und unanstößig seid auf den Tag Christi,
म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्टको दिनमा इमानदार र दोषरहित रहन सक ।
11 erfüllt mit der Frucht der Gerechtigkeit, die durch Jesum Christum ist, zur Herrlichkeit und zum Preise Gottes.
यो यसको निम्ति पनि हो, ताकि परमेश्वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक ।
12 Ich will aber, daß ihr wisset, Brüder, daß meine Umstände mehr zur Förderung des Evangeliums geraten sind,
भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु, कि मलाई भएका यी सबै कुराहरूले सुसमाचारलाई धेरै अगाडि बढाउने काम भएको छ ।
13 so daß meine Bande in Christo offenbar geworden sind in dem ganzen Prätorium und allen anderen,
किनकि ख्रीष्टमा मेरा साङ्लाहरूका विषयमा महलभरिका सारा रक्षकदेखि अरू सबै मानिसलाई थाहा भएको छ ।
14 und daß die meisten der Brüder, indem sie im Herrn Vertrauen gewonnen haben durch meine Bande, viel mehr sich erkühnen, das Wort Gottes zu reden ohne Furcht.
र परमप्रभुमा भएका धेरै भाइहरू मेरा साङ्लाहरूका कारण निडर भएर वचन बोल्ने आँट गर्न झनै बढी उत्साहित भएका छन् ।
15 Etliche zwar predigen Christum auch aus Neid und Streit, etliche aber auch aus gutem Willen.
कसै-कसैले त ईर्ष्या र बेमेलमा, र अरूहरूले सद्भावले पनि ख्रीष्टको प्रचार गरेका छन् ।
16 Diese aus Liebe, indem sie wissen, daß ich zur Verantwortung des Evangeliums gesetzt bin;
प्रेमले ख्रीष्टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको छ भन्ने कुरा जान्दछन् ।
17 jene aus Streitsucht verkündigen Christum nicht lauter, indem sie meinen Banden Trübsal zu erwecken gedenken.
तर अरूहरूले ख्रीष्टको प्रचार स्वार्थ र निष्ठाहीन उद्देश्यले गर्दछन् । मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्ट दिइरहेका छन् भनी तिनीहरू विचार गर्छन् ।
18 Was denn? Wird doch auf alle Weise, sei es aus Vorwand oder in Wahrheit, Christus verkündigt, und darüber freue ich mich, ja, ich werde mich auch freuen;
त्यसो भए के त? चाहे बहानामा होस् वा सत्यतामा दुवै तरिकाले ख्रीष्टको प्रचार हुन्छ, र म यसैमा रमाउँदछु । हो, म रमाउनेछु ।
19 denn ich weiß, daß dies mir zur Seligkeit ausschlagen wird durch euer Gebet und durch Darreichung des Geistes Jesu Christi,
किनकि मलाई थाहा छ, कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ । तिमीहरूको प्रार्थना र येशू ख्रीष्टको आत्माको सहायताको कारण यो हुनेछ ।
20 nach meiner sehnlichen Erwartung und Hoffnung, daß ich in nichts werde zu Schanden werden, sondern mit aller Freimütigkeit, wie allezeit, so auch jetzt Christus hoch erhoben werden wird an meinem Leibe, sei es durch Leben oder durch Tod.
मेरो विश्वस्त आशा र निश्चयताअनुसार, म शर्ममा पर्नेछैनँ । बरु, सारा साहससँगै सधैँ जस्तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा, ख्रीष्ट मेरो शरीरमा उचालिनुहुनेछ भन्ने म आशा गर्दछु ।
21 Denn das Leben ist für mich Christus, und das Sterben Gewinn.
किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो ।
22 Wenn aber das Leben im Fleische mein Los ist, das ist für mich der Mühe wert, und was ich erwählen soll, weiß ich nicht.
तर शरीरमा जिउनाले मेरो परिश्रमबाट प्रतिफल आउँछ भने, कुन कुरालाई चुन्ने भन्ने कुरा मलाई थाहा छैन ।
23 Ich werde aber von beidem bedrängt, indem ich Lust habe, abzuscheiden und bei Christo zu sein, [denn] es ist weit besser;
किनकि मैले चयन गर्नुपर्ने यी दुवै कुराद्वारा म बिचमा परेको छु । म बिदा भएर ख्रीष्टसँग हुने इच्छा गर्दछु, जुनचाहिँ झनै असल कुरा हो ।
24 das Bleiben im Fleische aber ist nötiger um euretwillen.
तर तिमीहरूका निम्ति शरीरमा रहनुचाहिँ धेरै आवश्यक छ ।
25 Und in dieser Zuversicht weiß ich, daß ich bleiben und mit und bei euch allen bleiben werde zu eurer Förderung und Freude im Glauben,
यस कुरामा म निश्चित भएको कारणले म जान्दछु, कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म तिमीहरू सँग-सँगै रहेर निरन्तरता दिनेछु ।
26 auf daß euer Rühmen in Christo Jesu meinethalben überströme durch meine Wiederkunft zu euch.
परिणामस्वरूप, तिमीहरूकहाँ मेरो पुनः उपस्थितिको कारण तिमीहरूले ख्रीष्ट येशूलाई मेरो निम्ति महिमा दिने काम अझ धेरै प्रशस्त हुनेछ ।
27 Wandelt nur würdig des Evangeliums des Christus, auf daß, sei es daß ich komme und euch sehe, oder abwesend bin, ich von euch höre, daß ihr feststehet in einem Geiste, indem ihr mit einer Seele mitkämpfet mit dem Glauben des Evangeliums,
ख्रीष्टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर । चाहे म तिमीहरूलाई भेट्न आऊँ वा म उपस्थित नहोऊँ, यो गर, ताकि तिमीहरू एउटै आत्मामा दृढ भएर खडा भएका छौ भनेर तिमीहरूका विषयमा मैले सुन्न पाऊँ । सुसमाचारको विश्वासको निम्ति तिमीहरू मिलेर एउटै प्राणको भएर कडा परिश्रम गरिरहेका छौ भनेर सुन्ने मेरो चाहना छ ।
28 und in nichts euch erschrecken lasset von den Widersachern; was für sie ein Beweis des Verderbens ist, aber eures Heils, und das von Gott.
र तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ । यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको चिह्न हो । तर तिमीहरूका निम्ति यो तिमीहरूको मुक्तिको चिह्न हो, र यो परमेश्वरबाट आएको हो ।
29 Denn euch ist es in Bezug auf Christum geschenkt worden, nicht allein an ihn zu glauben, sondern auch für ihn zu leiden,
किनकि ख्रीष्टको निम्ति यो तिमीहरूलाई दिइएको छ, उहाँमाथि विश्वास गर्न मात्र होइन, तर उहाँको निम्ति कष्ट भोग्न पनि ।
30 da ihr denselben Kampf habt, den ihr an mir gesehen und jetzt von mir höret.
किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्दछौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।