< Marqqossa 9 >
1 Kalethidikka Yesusay “ta intes tummu gays ha eqida asafe Xoossa kawotethi wolqara yishin beyana gakanas hayqonta issi issi asati detess” gidess.
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले परमेश्वरको राज्य शक्तिसित आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”
2 Usupun galassafe guye Yesusay Phixirosa Yaqobbene Yanisa benara kalethi ekkidi issi giitta zumma bolla kezidees. Issti berkka dishin issta sinthan iza medhay lammeti wodhides.
छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र यूहन्नालाई लिनुभयो; अनि तिनीहरूलाई एउटा अग्लो पहाडमा लैजानुभयो, जहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो। त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो।
3 Izi mayda mayoy bitta bolla onikka mayo mecidi hessa mala bothanas danda7onta bothu botides.
उहाँको वस्त्र चहकिलो सेतो भयो; अर्थात् संसारमा कसैले धोएर सेतो बनाउनै नसक्ने गरी सेतो भयो।
4 He wode Elasaynne Mussey Yesusara hasa7etishe istas betida.
अनि त्यहाँ तिनीहरूका सामु एलिया र मोशा देखा परे; उनीहरू येशूसित कुरा गरिरहेका थिए।
5 Phixirosay Yesusa “Asatemare nuni han hayssan dizakko nus lo7oko; nes issi dasse, Musses issi dasse, qasse Elassas issi dasse, hezu daassista nu othikoch? gidees.
पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।”
6 Daro babida gish Phixirosay ba gizaysa eridi gibeyna.
तिनीहरू यति साह्रो डराएका थिए कि, के भन्ने हो, सो तिनले जानेनन्।
7 Heerakka sharay ista kamin shara gidora “Haysi ta dosiza ta naza izi giza siyitte” giza qaala girethi yides.
तब बाक्लो बादल आएर तिनीहरूलाई ढाकिदियो; अनि बादलबाट यसो भन्ने एउटा आवाज आयो: “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनको कुरा सुन!”
8 Herakka issti yushi xelin Yesusappe atin oonikka hara uray istara dena.
झट्टै जब तिनीहरूले चारैतिर हेरे, तब तिनीहरूले आफूसित येशूबाहेक अरू कसैलाई पनि देखेनन्।
9 Issti zumma bollappe duge wodhishin asa nay hayqofe dendana gakanas hayssa isti be7idaysa oonaskka yotonta mala azazidees.
उहाँहरू जब पर्वतबाट ओर्लँदैहुनुहुन्थ्यो, तब येशूले तिनीहरूलाई तिनीहरूले देखेका कुराहरू, मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म कसैलाई नभन्नू भनी आज्ञा दिनुभयो।
10 Istika bes yotida qaala ba wozinan oykida shin “Hayqoppe dendo gussi ay gusakkonne” gidi ba garasan hasa7etida.
तिनीहरूले “मरेकाबाट जीवित हुनु” भनेको के हो भन्ने विषयमा छलफल गर्दै, त्यो कुरा आफूभित्र राखे।
11 Qasse issti Musse woga tamarsizayti kasetidi Elasay yana koshes aazas gizo? gidi iza oychida.
अनि तिनीहरूले उहाँलाई सोधे, “किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?”
12 Yesusay istas “Tumukka Elasay kassetidi yidi wursikka kasse mala oothana. Histinikka asa nay daro waye eekanasinne kadhistanas beses geteti xafetidaysi intes ay milatize?
येशूले जवाफ दिनुभयो, “अवश्य एलिया पहिला आउनेछन्; र सबै कुरा पुनर्स्थापना गर्नेछन्। त्यसो भए किन मानिसको पुत्रले धेरै कष्ट भोग्नुपर्छ र तिरस्कृत हुनुपर्छ भनी लेखिएको?
13 Gido atin ta intess gizay Eelasay gidikko yidess shin asaykka iza gish xafetida mala bena koshida mala iza bolla othides.” gides.
तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र जसरी तिनको विषयमा धर्मशास्त्रमा लेखिएको छ, तिनीहरूले तिनीप्रति इच्छा लागेका सबै थोक गरेका छन्।”
14 Dugge garsan atida Yesusa kalizaytakko issti simi yishin daro asay issta gidothin Musse woga tamarsizayti istara palametizaysa beyida.
जब उहाँहरू अरू चेलाहरू भएको ठाउँमा आउनुभयो, तब उहाँहरूले तिनीहरूका चारैतिर एउटा ठूलो भीडसित व्यवस्थाका शिक्षकहरूले बहस गरिरहेका देख्नुभयो।
15 Derey iza demida mala malaletidi sarotana izakko woxidees.
सबै मानिसहरूले जब येशूलाई देखे, तिनीहरू आश्चर्यचकित भए, र उहाँलाई अभिवादन गर्न दगुरे।
16 Izikka ista “Inte istara aza gish palameteti?” gidi oychidees.
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू यिनीहरूसित कुन विषयमा बहस गर्दैछौ?”
17 Assa garsafe issadey “Astemare tuna ayanay izan gelin duna mumida ta na daysa ta neekko eekka yadis,
तब भीडबाट एक जना मानिसले जवाफ दियो, “हे गुरु, मैले तपाईंकहाँ मेरो छोरा लिएर आएको छु, जसलाई दुष्ट आत्मा लागेको छ र बोल्न नसक्ने पारिदिएको छ।
18 Ayanazi dendiza wode bollafe yegess; dunara goponto kessi kessi yegesss; achekka garcess; asatethakka zodisses. Tunna ayana keseto gada nena kalizayta ta oychin istikka danda7ibeytena.
जब त्यसले उसलाई पक्रन्छ, उसलाई भुइँमा पछारिहाल्छ; उसले मुखबाट फिँज काढ्छ, दाह्रा किट्छ र अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई यस आत्मालाई धपाइदिनुहोस् भनी बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।”
19 Yesusaykka istatas zaridi “Inteno amanonta yeletato, ayde gakanas ta intenara danne? Qasse ayde gakanas ta intena danda7ane? Aane naza ha ehitte” gidees.
येशूले जवाफ दिनुभयो, “ए अविश्वासी पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? त्यस केटोलाई मकहाँ ल्याओ।”
20 Assaykka naza izakko ehidees, tunna ayanay Yesusa be7ida mala naza herakka biitta bolla gendersidi kokorsidinne dunnara goponto coopu histides.
यसकारण तिनीहरूले त्यसलाई ल्याए। जब त्यस आत्माले येशूलाई देख्यो, तब त्यसले तुरुन्तै त्यस केटोलाई लछारपछार पार्यो। त्यो भुइँमा लडीबुडी गर्न थाल्यो; अनि मुखबाट फिँज काढ्न थाल्यो।
21 Yesusay naza aawa “Haysi hargey izza oykin woqqa wodde? gidees. Naza aawaykka “natethafe domidi” gides.
येशूले केटाको बुबालाई सोध्नुभयो, “यसलाई कहिलेदेखि यस्तो भइरहेको छ?” तिनले जवाफ दिए, “सानैदेखि।
22 Iza wodhanas koydi daro wode tamankka hathankka yegess, ness danda7etikko nuss michistanne nunna madda gidees.
त्यसले यसलाई मार्न घरी-घरी पानीमा अथवा आगोमा फ्याँकिदिन्छ। यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया गरेर सहायता गरिदिनुहोस्।”
23 Yesusay qasse “Ness danda7etikko gay? Aamanizadees wurikka danda7etess” gidees.
येशूले भन्नुभयो, “यदि तपाईंले ‘सक्नुहुन्छ भने’ भन्नुको अर्थ के हो? विश्वास गर्नेका लागि हरेक कुरा सम्भव हुन्छ।”
24 Naza aaway herakka “Ta ammanays shin ta amanoy lafa, tanna madarikki” giidi wassidees.
तुरुन्तै त्यस केटाको बुबाले भने, “म विश्वास गर्दछु; मेरो अविश्वासमाथि विजय पाउन मलाई सहायता गर्नुहोस्!”
25 Assay wocamishe bureti eekidi izakko yizaysa Yesusay beydi “Hayso tulene mume ayanazo hayssa nazappe keza, ne qasse simada gelonta mala ta nena azazays” gidi tuna ayana seridees.
जब येशूले त्यस ठाउँमा एउटा भीड दौडेर आइरहेका देख्नुभयो, तब उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हकार्नुभयो, “तँ बहिरो र लाटो आत्मा, तँलाई म आज्ञा दिन्छु, त्यसबाट बाहिर आइज र त्यसमा फेरि कहिल्यै नपस्।”
26 Tunna ayanazika kehi wasidees, nazikka kehi qaketidappe guye nazappe kezidees. Daroti hayqidees gana gakanas nazi an7ah milatidees.
तब त्यो आत्मा चिच्याएर त्यसलाई जोडसित पछारेर बाहिर निस्क्यो। त्यो केटो मरेजस्तै भयो। यतिसम्म कि धेरै जनाले “त्यो त मरेछ” भन्ठाने।
27 Gido atin Yesusay naza kushe oyki denthidees. Nazikka dendi eeqidees.
तर येशूले त्यसको हात समातेर त्यसलाई आफ्नो खुट्टामा उभ्याउनुभयो, र त्यो ठिङ्ग उभियो।
28 Yesusay so gelidappe guye iza kalizayti “Nu izappe tunna ayana kessanas aazas danda7ibeykoni?” giidi iza oychida.
येशू भित्र पस्नुभएपछि उहाँका चेलाहरूले उहाँलाई गुप्तमा सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?”
29 Izikka istas “hayssa malay kezana danda7izay wosaninne xoomman xallala” gidees
उहाँले जवाफ दिनुभयो, “यस्तो किसिमको चाहिँ प्रार्थनाद्वारा मात्र निस्कन सक्छ।”
30 Heppe dendi Galila bagara adhi bida. Yesusay ba dizso oonikka eeranamala koybeyna.
उहाँहरू त्यो ठाउँ छोडेर गालील भएर जानुभयो। यो कुरा कसैले पनि थाहा नपाओस् भन्ने उहाँले चाहनुहुन्थ्यो।
31 Gassoykka Yesusay bena kalizaytas “Assa nay asa kushen adhi immistana istikka iza wodhana, hezantho galasafe guye izi dendana” giidi issta tamarsiza gishasa.
किनकि उहाँले आफ्ना चेलाहरूलाई शिक्षा दिँदैहुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई पक्रेर मानिसहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मार्नेछन्; र तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।”
32 Gido atin izi gizaysi isstas gelibeyna; iza ooychanasikka babida.
तर यसको अर्थ के हो, सो तिनीहरूले बुझ्न सकेनन्, र त्यस विषयमा उहाँलाई सोध्न डराए।
33 Hessafe guye Qifirnahomme bidda. Izi keth gelidi “Inte ooge bolla aza gish palametideti” gi oychidees.
उहाँहरू कफर्नहुममा आउनुभयो। उहाँ घरभित्र हुनुहुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू बाटोमा के विषयमा वाद-विवाद गर्दैथियौ?”
34 Isstti qass ooge bolla “Nu garssan nuppe wursoppe adhizay oone?” gidi palametida gish wurikka co7u gida.
तर तिनीहरू चुप रहे; किनकि बाटोमा तिनीहरूले सबैभन्दा ठूलो को हो भनी विवाद गरेका थिए।
35 Izi utidappe guye tammane namm7ata xeygidi “Koyro gidana koyizadey wursoppe wursethinne wursotas ashkara gido” gidees.
येशू बसिरहनुभएका बेला बाह्र जनालाई बोलाएर भन्नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने ऊ सबैभन्दा पछि र सबैको सेवक हुनुपर्छ।”
36 Qii gutha na ehidi ista gidon esidinne idimmidi
तब उहाँले एउटा सानो बालकलाई लिएर त्यसलाई तिनीहरूका बीचमा उभ्याउनुभयो। अनि त्यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्नुभयो,
37 Hayta gutha anaytappe issade ta sunthan mokki ekkizadey tannakka mokki ekes. Tana mokki ekizadey wuri tana xalala gidonta tana kitidaysakka mokki ekkes” gidees.
“जसले यस्ता साना बालकहरूलाई मेरो नाममा स्वागत गर्छ, त्यसले मलाई स्वागत गर्छ; अनि जसले मलाई स्वागत गर्छ, त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई स्वागत गर्छ।”
38 Yanisaykka “Astemare, issadey ne sunthan daydanth kesishin nu beydos. Izi nuna kalonta gish kesonta mala digidos” gidees.
यूहन्नाले भने, “हे गुरु, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू धपाइरहेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ; किनकि ऊ हाम्रो समूहको थिएन।”
39 Yesusay qasse “digopitte oonikka ta sunthan malata oothidi esotidi ta bolla iitta hasa7anas danda7ena” gidees.
येशूले भन्नुभयो, “त्यसलाई नरोक। मेरो नाममा शक्तिशाली काम गर्नेहरू कसैले पनि तुरुन्तै मेरो विषयमा केही खराब कुरा भन्न सक्दैन।
40 Nunara eeqetontay wuri nunara dees.
किनकि जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो पक्षमा छ।
41 Ta intes tumu gays inte tiyetida Kirstosas gidida gish ta sunthan issi qulle hath intena ushidadey wuri ba oothoysi waga dhayena.
म तिमीहरूलाई साँच्चै भन्दछु, कसैले तिमीहरू ख्रीष्टका हौ भनेर मेरो नाममा तिमीहरूलाई एक गिलास पानी पिउन दिन्छ भने निश्चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।
42 Hayta tana amaniza ha guthatappe issade dhuphizay wuri dexo woxa shuchi iza qodhen qashetin duge abba gido ooletidakko izas keya gidana.
“यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने उसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रमा फालिदिनु असल हुनेथियो।
43 Hessa gish ne kushey nena balethikko neppe qanxa yegga namm7u kushera gede ganamme tamman ne banaysafe kushe duxa gidada gede de7on geloy ness lo7o gidana. (Geenna )
यदि तिमीहरूका हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओे। दुई हात लिएर कहिल्यै ननिभ्ने नरकको आगोमा जानुभन्दा, बरु हातविहीन भएर अनन्त जीवनमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ। (Geenna )
44 Ganamen guxuneyne hayqena, tamaynne to7ena.
नरकमा “‘तिनीहरूलाई खाने किरा मर्दैन र आगो निभ्दैन।’ ()
45 Nena ne toy balethikko neppe qanxa diga namm7u tora gede ganame taman yegistanappe ne wobbe gidada gede deyoso geloy ness lo7o. (Geenna )
यदि तिमीहरूका खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुवै खुट्टा लिएर नरकमा फालिनुभन्दा त खुट्टाविहीन भएर जीवनमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ। (Geenna )
46 Ganamen guxuneyne hayqena, tamaynne to7ena.
नरकमा “‘तिनीहरूलाई खाने किरा मर्दैन र आगो निभ्दैन।’ ()
47 Nena ne ayfey balethikko woca kessada neppe diga, namm7u ayfera gede ganamen yegistanappe issi ayfera gede Xoossa kawoteth geloy ness lo7o. (Geenna )
यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई झिकेर फालिदेओ। दुवै आँखा लिएर नरकमा फालिनुभन्दा त एउटा आँखा मात्र लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ। (Geenna )
48 Ganamen guxuneyne hayqena tamaynne to7ena.
नरकमा “‘तिनीहरूलाई खाने किरा मर्दैन र आगो निभ्दैन।’ ()
49 Burro assi wuri tamman pacistana (metora adhana woykko xillo tamay geshana)
हरेकलाई नुनमा हालेझैँ आगोमा हालिनेछ।
50 Maxinney lo7o, gido attin maxinney ba maxineteth yedikko inte wosti iza mal7o eranne? Inte asatethan maxinney do inte inte garsan dosetitte.
“नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन गुमायो भने तिमीहरूले यसलाई फेरि कसरी नुनिलो बनाउने? तिमीहरू हरेकमा नुनको गुण छ, त्यसैले आपसमा मिलापमा रहो।”