< Marqqossa 5 >

1 Abba pinidi gede Gergesene getetizaso bida
उहाँहरू तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा जानुभयो।
2 Yesusay wogoloyppe wodhida mala tunna ayanay izza bolla dizadey dufosoppe kezidi Yesusara gagana izako yides.
जब येशू डुङ्गाबाट बाहिर निस्कनुभयो, तब त्यहाँ अशुद्ध आत्मा लागेको एउटा मानिस चिहानबाट उहाँलाई भेट्न आयो।
3 Haysi adezi dufoson dizadene oonikka iza haray atoshin sansalatara qachanas danda7ibeyna.
त्यो मानिस चिहानहरूमा बस्थ्यो। कसैले पनि त्यसलाई साङ्लोले पनि बाँधेर राख्न सक्दैनथ्यो।
4 Daro wode to birataranne sansalatara qachetees. Gido atin kushe sansalata duthethi yeges, too biratakka mentherethi yeges, oonikka iza oykidi teqanas danda7ibeyna.
किनभने धेरैपल्ट त्यसलाई हातखुट्टामा साङ्लोले बाँधिएको थियो; तर त्यसले साङ्लाहरू चुडाउँथ्यो, र खुट्टाका फलामहरू भाँच्थ्यो। त्यसलाई अधीनमा राख्न सक्ने बल कसैसँग थिएन।
5 Galasine qamma dufota gidoninne zummata bolla yuyi yuyi wasishe ba bolla shuchara qanxerethes.
त्यो दिनरात चिहानहरूमा र पहाडहरूमा रहन्थ्यो; चिच्याउँथ्यो र आफैँलाई ढुङ्गाले काट्ने गर्दथ्यो।
6 Izikka Yesusa hahon be7idamala wothan izakko yidi iza sinthan gulbatidi goynidees.
जब त्यसले टाढैबाट येशूलाई देख्यो, तब त्यो दगुरेर उहाँको सामु गई उहाँलाई दण्डवत् गर्‍यो।
7 Kehi wassidi “Hayso woogga Xoossa na Yesusa nees tanara azi dizee? Xoossa sunthan ta nena wosays tana waysoppa gidees.
त्यसले चर्को सोरले कराएर भन्यो, “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईं मसित के चाहनुहुन्छ? परमेश्‍वरको नाममा बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!”
8 Izi hessa giday Yesusay kasse neni tunna ayanay hayssafe keza gida gishasa.
किनकि येशूले त्यसलाई भन्‍नुभएको थियो, “हे अशुद्ध आत्मा, तँ यस मानिसबाट बाहिर निस्केर जा!”
9 Hessafe qasse Yesusay iza ne sunthi oone gidi oychidees. Izikka nuni darota gidida gish ta sunthi Legewone getetes gidees.
तब येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “मेरो नाम फौज हो; किनकि हामी धेरै छौँ।”
10 He dereppe kessi yedonta mala Yesusa kehi wosidees.
अनि त्यसले येशूलाई त्यस इलाकादेखि तिनीहरूलाई बाहिर नपठाउन बारम्बार बिन्ती गर्‍यो।
11 Hen matan zumma bolla daro gudunthi heemetes.
त्यहाँ नजिकै, पहाडमा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो।
12 Tunna ayanati nu gudunthatan gelanamala nuss ero garkki gidi Yesusa wosida.
ती भूतआत्माहरूले येशूलाई यसरी बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूमा पठाउनुहोस्; तिनीहरूभित्र पस्‍न दिनुहोस्।”
13 Izikka istas ero gidees. Tunna ayanatikka adezappe kezidi gudunthatan gelida. Namm7u shi gidida gudunthay wurii aafozara dugetha gendereti wodhidi wurikka abban mitettidees.
उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अनि अशुद्ध आत्माहरू निस्केर सुँगुरहरूभित्र पसे। करिब दुई हजार सुँगुरको बगाल भिरालो किनारबाट हुरमुरिँदै गएर तालमा खसेर डुबेर मरे।
14 Guduntha hemizayti baqatidi hanidaysa katamaninne dere garsan yotida. Dereykka hanidaysa beyanas ba dizasoppe dizasoppe kezidees.
ती सुँगुर चराउनेहरू त्यहाँबाट भागे। सहर र गाउँतिर गएर त्यो खबर सुनाइदिए, तब मानिसहरू के भएको थियो, सो हेर्न गए।
15 Yesusaykka yidi daro daydanth iza bolla dizadez wozinay izas simin mayo maydinne woggara utidaysa yida asay beydi babidees.
जब तिनीहरू येशूकहाँ आए, तब तिनीहरूले दुष्‍ट आत्माको फौजले भरिएको त्यस मानिसलाई लुगा पहिरेको र ठिक भएर त्यहाँ बसिरहेको देखे; अनि तिनीहरू डराए।
16 Haysa be7ida asay daydanthi iza bolla dizadeza gishinne gudinthati hanoysa derezas yotida.
जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्‍ट आत्मा लागेको मानिसलाई के भएको थियो, र सुँगुरहरूको विषयमा पनि मानिसहरूलाई भनिदिए।
17 Hessafe guye he dere asay Yesusay ista dere yedidi bana mala wossidees.
तब मानिसहरूले येशूलाई त्यस क्षेत्रबाट गइहाल्नुहोस् भनेर बिन्ती गरे।
18 Yesusay wogolon gelishin daydanthati izappe kezida uray Yesusara danas wosidees.
येशू डुङ्गामा चढ्न लाग्नुहुँदा त्यो दुष्‍ट आत्माले सताएको मानिस आएर उहाँसँगै जान पाऊँ भनी बिन्ती गर्‍यो।
19 Yesusay qasse izi oychidaysa akkayo gidine “Neni gede ne so ba, Goday ness ay mala gita miish othidakkonne izi ness othida marotetha ne soo asas yota” gides.
तर येशूले मान्‍नुभएन, बरु यसो भन्‍नुभयो, “घरमा जाऊ, र आफ्नो परिवारलाई तिम्रा लागि प्रभुले कति ठूलो काम गर्नुभएको छ र उहाँले तिमीप्रति कति कृपा देखाउनुभयो, त्यो सबैलाई भनिदेऊ।”
20 Adezikka ba so biidi Yesuusay izas othida gita miish wursi tammu katamma getetiza deren yotin siyiday wurikka malaletidees.
त्यसपछि त्यो मानिस गइहाल्यो र येशूले उसका लागि के गर्नुभयो, त्यो डेकापोलिसमा भन्‍न थाल्यो; अनि सबै मानिसहरू छक्‍क परे।
21 Yesusay qassekka wogolon gelidi gede pinth pinidi abba achan dishin daro asay iza ach shiqidinne iza gidothides.
फेरि येशू डुङ्गामा चढी तालपारि जानुभयो। उहाँ तालको किनारमा हुँदा एउटा ठूलो भीड उहाँका चारैतिर भेला भयो।
22 Mukirabe halaqatappe issay Iya7irosa getetizaysi izi dizaso bidi Yesusa demida mala iza to bolla kundidi
तब सभाघरका शासकहरूमध्ये याइरस नाम भएका एक जना त्यहाँ आए। येशूलाई देखेर तिनी उहाँको पाउमा घोप्टो परे,
23 Tass gutha naa dizara hayqana gaysu iza hayqonta paxa dana mala ne ha yada ne kushe izi bolla wotharki gidi kehi wosides.
अनि उहाँलाई एकदमै बिन्ती गरे, “मेरी सानी छोरी मर्नै लागेकी छे। दया गरेर तपाईंका हात त्यसमाथि राखिदिनुहोस्, र त्यो निको होस्, र त्यो बाँचोस्।”
24 Yesusaykka izara issippe bidess. Daro asay iza kun7ana gakanas kaalidees.
तब येशू तिनीसित जानुभयो। एउटा ठूलो भीडले उहाँलाई पछ्यायो र उहाँका चारैतिर ठेलमठेल भयो।
25 Tammane nam7u layth kumethi suthi izi bollafe gukiza macasha dizara hen asara daysu.
त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री थिइन्।
26 Iza bess diza miish ubbaa wursana gakanas akimeppe akime lamon daro daburadus. Gido atin sakoy izis gede daridees atin ayinne keybeynna.
तिनले धेरै चिकित्सकहरू लगाएर उपचार गरेकी थिइन्, र भएभरको सबै कुरा खर्च गरिसकेकी थिइन्; तर पनि लाभ हुनुको साटो झन्-झन् खराब अवस्थामा पुगेकी थिइन्।
27 Iza Yesusa gish siyidamala asa gidora Yesusa guyera kalada iza mayo bochaduss.
जब तिनले येशूको विषयमा सुनिन्, तब भीडको पछिल्तिरबाट आइन् र उहाँको वस्त्र छोइन्;
28 Gassoykka ta ay hanadakka iza mayo kushera bocho bochizakkokka ta paxana gada qopida gishasa.
किनकि तिनले सोचेकी थिइन्, “यदि मैले उहाँको वस्त्र छुन मात्र पाएँ भने पनि म निको हुनेछु।”
29 Gukiza suthay herakka eqi agidees, izakka paxidaysa ba asatethan eradus.
अनि तुरुन्तै तिनको रगत बन्द भइहाल्यो, र आफ्नो शरीरमा रोग निको भएको तिनले थाहा पाइन्।
30 Beppe wolqay kezidaysa Yesusay eriidi gede asakko simidi “Ta mayo oone bochiday?” gides.
येशूलाई आफ्नो शरीरबाट शक्ति बाहिर निस्केको तुरुन्तै थाहा भयो। उहाँले भीडमा पछि फर्केर सोध्नुभयो, “मेरो वस्त्र कसले छोयो?”
31 Iza kalizayti qasse haysi derey kun7etidi sugetishin beyashe wanada (tana bochiday oonne?) gay gida.
उहाँका चेलाहरूले जवाफ दिए, “मानिसहरूका भीडले तपाईंलाई घचेटिरहेका देख्दैहुनुहुन्छ, र पनि सोध्नुहुन्छ, ‘मलाई कसले छोयो?’”
32 Yesusay hessa othiday oonakkone beyanas yushi xelidees.
तर येशूले आफूलाई कसले छोयो भनी चारैतिर हेर्नुभयो।
33 Macashayakka bess azi wanidakkone erada babashene kokorashe yada Yesusa sinthan gufanada hanida tumma wurssa izas yotaduss.
तब ती स्त्रीले आफूमा के भएको थियो, सो जानेर आइन् र उहाँको पाउमा घोप्टो परिन्; अनि डरले काँप्दै उहाँलाई सबै साँचो कुरा बताइन्।
34 Izikka “ta naaye ne amonoy nena ashides Saron ba, ne wayeppe paxa” gidees.
उहाँले त्यसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। शान्तिसित जाऊ। तिमी आफ्नो कष्‍टबाट मुक्त भयौ।”
35 Yesusay buro hasa7a bolla dishin mukurabe halaqa Iya7irosa soppe yidi Iya7irosas “ne naaya hayqaduss, Goda mela aazas dabursaz?” gida.
येशू बोलिरहनुभएकै बेला केही मानिसहरू सभाघरका शासक याइरसको घरबाट आएर भने, “तपाईंकी छोरीको मृत्यु भयो। अब गुरुज्यूलाई किन अरू दुःख दिनुहुन्छ?”
36 Gidikkokka Yesusay issta hasa7a lepp histidi mukurabe halaqaza “Ne amano xala ammana atin baboppa” gidees.
उनीहरूले भनेको कुराको वास्तै नराखी येशूले सभाघरका शासकलाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर।”
37 Pixirosa Yaqoberane Yaqobe isha Yanisappe atin haray oonikka iza kalana mala koybeyna.
उहाँले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्‍नाबाहेक अरूलाई आउन दिनुभएन।
38 Gede mukurabe halaqa keth gakidamala asay wasishe cammo yeho yekizaysa beyidees.
जब उहाँहरू सभाघरका शासकको घरमा आइपुग्नुभयो; तब येशूले मानिसहरू रुँदै र कराउँदै खैलाबैला गरिरहेका देख्नुभयो।
39 So gelidi haysi wuri aza wasonne aaza yeho? Naya dhiskadus atin hayqabeyku gidees.
उहाँ भित्र पसेर तिनीहरूलाई भन्‍नुभयो, “किन यस्तो रुवाइ र खैलाबैला गर्छौ? केटी मरेकी छैन, तर निदाइरहेकी छे।”
40 Qassse asay wuri iza bolla bicidees asa wursikka kethappe kesidi nayi aawane nayi ayiyo qassekka izara issippe yidayta iza kalizayta xala kalethidi naya diza so gelidees.
तर तिनीहरूले उहाँको उपहास गरेर हाँसे। उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो; अनि केटीका बुबा, आमा र आफूसित भएका चेलाहरूलाई लिएर केटी भएको ठाउँमा जानुभयो।
41 Nayi kushekka ooykidi “Xaalita kum!” gidees. “Xaalita kum” gusas birshechi hane naye denda guussa.
उहाँले त्यसको हात समात्नुभयो र त्यसलाई भन्‍नुभयो, “तालिता कौम!” (जसको अर्थ हो, “हे सानी केटी, म तिमीलाई भन्दछु, उठ!”)।
42 Nayakka herkka denda eeqadus, hene hane hamutaduss. Iziskka laythay tammanne namm7u laytha; asaykka he hanozan daro malaletides.
तब त्यो केटी तुरुन्तै जुरुक्‍क ऊठी, र यताउता हिँडी (ऊ बाह्र वर्षकी थिई)। यो देखेर तिनीहरूले अति अचम्म माने।
43 Yesusay hayssa oonikka eronta mala kehi minthi yotidees; “nays mana qumma immitte” gides.
उहाँले यसबारे कसैलाई नभन्‍नू भनेर आज्ञा दिँदै त्यस केटीलाई केही खानेकुरा दिनू भनी तिनीहरूलाई भन्‍नुभयो।

< Marqqossa 5 >