< Luqaassa 9 >

1 Yesussaykka tammanne nam77u hawarista issife xeeygidi dayiddanthata kessana malane harggefe pathana mala istas wolqanne Godatethi immides:
एक दिन येशूले बाह्र जना चेलाहरूलाई एकसाथ बोलाउनुभयो। त्यसपछि तिनीहरूलाई उहाँले भूतआत्माहरू निकाल्ने, रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो।
2 qassekka Xoossa kawotetha yootanasinne harggizayta pathanas ista kiittidees.
अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको घोषणा गर्न र बिरामीहरूलाई निको पार्न अधिकार दिएर पठाउनुभयो।
3 istaskka “oge bishe guufe woykko, qaraxite woykko, quma woykko miishshe woykko nam77u mayo aykkokka oykki baannas koshshenna.” gides.
उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यात्राका लागि केही पनि नलेओ; न लहुरो, न झोला, न रोटी, न पैसा, न त दुईसरो लुगा।
4 intekka he katamayppe kezana gakanas koyro gelida oona keeththanka gidin heen gam7ite.
जुन घरमा तिमीहरू पस्छौ, त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस।
5 katama asay intena mokki ekkonta ixxikko he katamayppe kezidi intena mokkontaytas markka gidana mala inte tohon diza gudula pittidi kezite gides.
यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने तिनीहरूका सहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति तिमीहरूका पैतालाको धुलो टक्टक्याइदेओ।”
6 istikka Goday gida mala kezidi miishrachcho qaala yootishene hargganchata pathishe dere wurson guttappe gutta yuuyiida.
तब तिनीहरू बिदा भए; अनि सबैतिर सुसमाचार घोषणा गर्दै र रोगीहरूलाई निको पार्दै गाउँ-गाउँमा गए।
7 he wode issi issi asati Yanisay hayqqoppe denddides, baggati Elasay kezidi beettides, qasse bagati beni nabetappe issay hayqqoppe dendidees giidi haasa7etiza gish Yuda biitta haariza Herdoossay hessa siyidi hanza miishshan ba wozinan metotettides.
अब गालील प्रदेशका शासक हेरोदले यी सबै घटनाबारे सुनेर तिनी अन्योलमा परे, किनकि कसै-कसैले यूहन्‍ना मरेकाबाट जीवित भएका छन् भनी भन्दथे।
8
कतिले एलिया देखा परेका छन् भन्दथे। अनि कतिपयले भने उहिलेका अगमवक्ताहरूमध्ये एक जना बौरी उठेर आएका हुन् भन्‍ने गर्थे।
9 Herdoossaykka tani iza qoodhe qanxida xamaqiza Yanisay hayqqides, histin iza gish hayssa mala haasa7etishn ta siyizays izi oonee? giidi iza ba ayfera beyana koydees.
तर हेरोदले भने, “मैले नै यूहन्‍नाको शिर काट्न लगाएँ। त्यसकारण यिनीचाहिँ को हुन्, जसका बारेमा म यस्ता सबै कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने प्रयास गरे।
10 hawarettikka simmidi isti oothidaysa wursi Yesussassi yoottida. izikka ista xalla benara ekkidi Beettesaydda geetettiza poqqethan diza katama bides.
जब प्रेरितहरू फर्केर आए, तब आफूले गरेका कामका विषयमा येशूलाई बताए। त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो साथमा लिई बेथसेदा भन्‍ने एउटा सहरमा सुटुक्‍कै जानुभयो।
11 gido attin daro asay hessa eridi ista kaallides. izikka ista mokki ekkidi Xoossa kawotetha gish yoottides. qassekka harggefe pathanas bessizayta pathides.
तर भीडले यो कुरा थाहा पाएर उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्‍वरको राज्यको विषयमा सिकाउनुभयो। अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो।
12 gadey lem7ishin tamman nam77u hawareti izakko shiiqqidi “nuni dizay baazo biittan gidida gish asay biiddi bees aqana sonne miza miish koyana mala asa moyiza” gida.
दिन ढल्कन थालेपछि बाह्रै जना उहाँकहाँ आएर भने, “भीडलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र बास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौँ।”
13 gido attin izi istas zaaridi “mizaz inte istas immite” gides. istikka nuus ichachu ukeethafenne nam77u moleppe haray ba. ha asas gidiza kath koshikko shamanas besses gida.
उहाँले भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले जवाफ दिए, “गएर भीडका निम्ति खानेकुरा नकिनेसम्म त अहिले हामीसँग केवल पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।”
14 Yesussaykka bena kaallizayta “asa ichachu tamu ichachu tamu histi shaakki shaakki utisite” gides. heenkka ichachu shi gidana attumma asay dees.
(त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।) तर उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई पचास-पचासको समूहमा बसाओ।”
15 Yesussa kaallizaytika Yesussay azazida mala asa wursi utisida.
अनि चेलाहरूले त्यसै गरे र सबै जना बसे।
16 Yesussaykka ichachu ukeeththanne nam77u molista oykidi pude salo xeellidi Xoossa galatides. izikka ukeetha menithidi asa gathana mala bena kaallizaytas immides.
ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो।
17 asay wurikka miidi kaallides. Yesussa kaallizaytika asappe atidda tammanne nam77u masobe kumeth maaddafe denthida.
तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
18 issi gallas Yesussay berkka woossishin iza kaallizayti izara deetes. izikka ista “asay tana oona gizee?” giidi oychchides.
एकपल्ट येशू एकलै प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँका चेलाहरू उहाँसँगै थिए, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई, म को हुँ भन्छन्?”
19 istikka izas “issi issi asay xamaqqiza Yanisa bagayti Elasa harati qasse beni nabetappe issay hayqoppe denddidees geetes” gida.
तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना भन्छन्, कसैले एलिया भन्छन्, अनि कतिले चाहिँ पहिलेका अगमवक्ताहरू मध्येबाट एक जना फेरि उठेर आएका हुन् भनी भन्छन्।”
20 izikka ista “intech tana oona geetii?” giidi oychchides. Phexirosaykka “neni Xoossafe kiittetida kirstoosa” giidi zaaridees.
उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूचाहिँ म को हुँ भन्छौ त?” पत्रुसले जवाफ दिए, “परमेश्‍वरका ख्रीष्‍ट!”
21 Yesussaykka ista hayssa oonaskka yootoppite giidi minnithi yoottidi
येशूले तिनीहरूलाई यो कुरा कसैलाई नभन्‍नू भनी कडा आज्ञा दिनुभयो।
22 qassekka asa nay daro waayye ekkanas besses, dere cimatan qeese halaqqataninne Muse woga xaafizaytan ixistanane ista kushen hayqqanasinne hezantho gallassan hayqqpope dendana gides.
अनि उहाँले भन्‍नुभयो, “मानिसको पुत्रले धेरै कष्‍टहरू सहनुपर्छ। प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा फेरि जीवित भई उठ्नुपर्छ।”
23 qassekka wursosi “ba shemppo ashshana giza asi wuri dhaysana, shin ba shempota gish giidi dhaysiza asi ashshana. hessa gish tana kaalana koyiza asi diikko bena kaddo, wurso gallas ba masqqale tookkidi tana kaalo” gides.
त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।
किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसैले त्यो बचाउनेछ।
25 asi alame mule wodhisidi ba shemppo dhaysiko aaza go7ay dizee?
यदि कुनै मानिसले सारा संसार हात पारेर पनि आफैँलाई नाश पार्छ वा गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?
26 oonikka tananinne ta qaalan yeelatikko asa nay ba bonchora, aawa bonchoranne geeshsha kiitanchata bonchora yiza wode tani izan yeelatana.
यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो, पिताको र पवित्र स्वर्गदूतहरूको महिमामा आउँदा त्यस मानिससँग शर्माउनेछ।
27 ta intes tumu gays hayssan eqqida asappe hayqqanappe sinthan Xoossa kawotethi beyana bagga asati deetes.
“म तिमीहरूलाई साँच्‍चै भन्दछु, यहाँ उपस्थित भएकाहरूमध्ये कतिले परमेश्‍वरको राज्य आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”
28 Yesussay hessa gida osppun gallassa malappe guye woossanas zuma bolla kezides. bishe benara Phexirosa, Yanisanne Yaqobe ekki bides.
येशूले यो कुरा भन्‍नुभएको करिब आठ दिनपछि पत्रुस, याकोब र यूहन्‍नालाई आफ्नो साथमा लिएर प्रार्थना गर्नलाई उहाँ एउटा अग्लो पर्वतमा चढ्नुभयो।
29 izi woosishin iza ayfesoy lametides. iza medhaykka wolqantha mala xoliqidi booxxidees.
उहाँले प्रार्थना गर्दै गर्नुहुँदा उहाँको अनुहारको रूप बदलियो, र उहाँको लुगा बिजुली चम्केको झैँ उज्ज्वल भयो।
30 nam77u asati Museynne Elasay izara haasa7ettida.
दुई व्यक्ति, मोशा र एलिया, येशूसँग बातचित गर्दै महिमित अवस्थामा देखा परे।
31 istikka bonchora qonccidi Yerusalemeni polistana diza Yesussa hayqqo gish haasa7ettida.
तिनीहरूले उहाँको बिदाइको बारेमा बोलिरहेका थिए, जुन कुरा उहाँले अब यरूशलेममा पूरा गर्न लाग्नुभएको थियो।
32 Phexirosane izara dizayta deexo dhiskkoy oykkides. istikka dhiskofe beeggidi Yesussa bonchonne nam77u asi izara eqqidayta beydda.
पत्रुस र तिनका साथीहरू निन्द्राले लट्ठ भएका थिए; तर जब तिनीहरू पूर्ण रूपले बिउँझे, तब तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिरहेका दुई जना मानिसलाई देखे।
33 he nam77u asati Yesussappe shaakketi bishin Phexirosay Yesussa “Godo issi daasse nees, issi daasse Muses issi daasse Elasas oothidi haan dizaakko nuus lo7oshin” gides. gido attin Phexirosay ba gizaysa eronta gides.
मानिसहरू येशूबाट बिदा भएर जान लाग्दा पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।” आफूले के बोलेका थिए, सो कुराको तिनलाई ख्यालै थिएन।
34 izi hessa haasa7ishin shaaray yiidi ista genthides. shaara giddo gelidi babida.
तिनी बोलिरहेकै बेलामा एउटा बादल देखा पर्‍यो। अनि तिनीहरूलाई ढाक्यो, र बादलभित्र प्रवेश गर्न लाग्दा तिनीहरू डराए।
35 shaara giddofekka “tani doorida nay hayssa iza siyite” giza qaalay setettides.
बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ, यिनको कुरा सुन!”
36 qaalay setettida wode Yesussay xalla beettides. Yesussa kaallizayttikka hanidda miishsha wursi ba wozinan oykkida attin oonaaskka yoottibeyitena.
यो आवाज बोलिएपछि तिनीहरूले येशू एकलै हुनुभएको देखे। चेलाहरूले यो घटनाका कुरा आफैँमा मात्र राखे, र आफूले देखेका कुरा त्यस समयमा तिनीहरूले अरू कसैलाई बताएनन्।
37 wontetha gallas isti zuma bolla wodhin daro asay yiidi Yesussara gaagidees.
भोलिपल्ट, जब उहाँहरू पहाडबाट तल आउनुभयो, तब एउटा ठूलो भीड उहाँलाई भेट्न आयो।
38 he wode asa giddofe issi uray qaala dhoqqu histidi “tamaarisizayso taas issi nay xalla diza gish iza ne xeellana mala ta nena woosays.
भीडबाट एउटा मानिसले कराएर भन्यो, “गुरुज्यू, मेरो छोरामाथि कृपादृष्‍टि गरिदिनुहोस् भनी म बिन्ती गर्दछु; किनकि ऊ मेरो एउटै मात्र सन्तान हो।
39 iza iita ayaanaay oykishin haasa7ay bayndda wasses, qakketishe duunara goppontto kesses, qoho gathidappe guye daro waayisdi agges.
एउटा आत्माले उसलाई पक्रन्छ, र ऊ अचानक चिच्याउँछ। त्यस आत्माले उसलाई छोप्छ, र उसले मुखबाट फिँज काढ्छ। त्यसले उसलाई मुस्किलले कहिलेकाहीँ मात्र छोड्छ र त्यसले उसलाई नाश गर्न खोज्दैछ।
40 nena kaallizayti nazappe kessana mala ista ta woosadisi, gido attin kessana dandda7ibeyitenna” gides.
त्यसलाई निकालिदिनका लागि मैले तपाईंका चेलाहरूलाई बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।”
41 Yesussaykka istas zaaridi “amanontta ha wode wobe asato tani intenara aydde gakkanaas daanee? intenakka aydde gakanas dandda7anee? naaza ane ha eha!” gides.
येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? अनि येशूले त्यो केटोको बुबालाई भन्‍नुभयो, तिम्रो छोरालाई यहाँ ल्याऊ।”
42 naazi yishin iita ayaanaay iza boollafe yegin qakkettides. Yesussaykka iita ayaanan seeridi naaza pathidi naaza aawas immides.
त्यो केटो आउँदा-आउँदै दुष्‍ट आत्माले उसलाई भुइँमा पछार्‍यो र माडारमुडुर पार्‍यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हप्काउनुभयो, र केटालाई निको पार्नुभयो, अनि त्यसलाई बुबाको हातमा दिनुभयो।
43 asaykka wuri Xoossa gitatethan malaletides. izi oothidaysan asay wuri malaletishn Yesussay bena kaallizayta
तिनीहरू सबै परमेश्‍वरको महान् शक्ति देखेर आश्‍चर्यचकित भए। सबै मानिसहरू येशूले गर्नुभएका कुरामा छक्‍क परेका देखेर येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
44 “asa nay asa kushen aadhdhidi imistana, intekka ha yoza baloppitte” gides.
“मैले तिमीहरूलाई जे भन्दैछु, त्यो ध्यानपूर्वक सुन: मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।”
45 gido attin izi gizaysi istas gelibeyna. ays giiko isti akekkontta mala yozi istafe geemettides, zaaridikka oychchonta mala babida.
तर यसको अर्थ के हो, त्यो तिनीहरूले बुझ्न सकेनन्। तिनीहरूले नबुझून् भनी यो कुरा तिनीहरूबाट गुप्‍त राखिएको थियो; अनि यसको बारेमा उहाँलाई सोध्न तिनीहरू डराए।
46 iza kaallizayti ooni oonappe aadhizakkone ba garsan palametida.
चेलाहरूका बीचमा तिनीहरूमध्ये सबैभन्दा ठूलो को हुने भन्‍ने विषयमा विवाद सुरु भयो।
47 Yesussaykka ista wozina qofa eridi guutha na ekki yiidi ba matan esidi
येशूले तिनीहरूका विचार थाहा पाएर एउटा सानो बालकलाई लिनुभयो र आफ्नो छेउमा उभ्याउनुभयो।
48 “ha guutha na ta sunthan ekkizaddey oonikka diikko tana ekkees, tana ekkizaddeyka tana kiitiddaysa ekkees. inte wursofe guutha uray izi wursofe aadhdhes” gides.
त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले यस बालकलाई मेरो नाममा ग्रहण गर्छ; त्यसले मलाई नै ग्रहण गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्छ; त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि जो तिमीहरूमध्ये सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा महान् हुन्छ।”
49 Yanisaykka “Godo issi uray ne sunthan dayiddanth kesishin beydos. gido attin izi nunara kaalonta gish digganas koydos” gides.
यूहन्‍नाले भने, “गुरुज्यू, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू निकालिरहेको देख्यौँ। अनि हामीले त्यसलाई रोक्यौँ, किनकि ऊ हाम्रो समूहको होइन।”
50 “intena ixonta asi wuri inte baga gidida gish diggopite” gides.
येशूले भन्‍नुभयो, “त्यसलाई नरोक; किनकि जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।”
51 Yesussay salo biza wodey matida gish Yerusaleme baanas denddidees.
जब उहाँको स्वर्ग उठाइलगिने दिन नजिक आउँदैथियो, तब येशूले यरूशलेमतिर जाने निश्‍चय गर्नुभयो।
52 izikka sinthethidi ase kiittides. istikka koshiza miish giigissanappe kasetidi Samarya biittan diza issi guta bida.
उहाँले समाचार लाने मानिसहरूलाई अगि-अगि पठाउनुभयो; जो उहाँका निम्ति सबै कुरा तयार पार्न सामरीहरूको एउटा गाउँमा गए।
53 gido attin derey izi Yerusaleme bizayssa erida gish mokki ekkibeyitenna.
तर त्यहाँका मानिसहरूले उहाँ यरूशलेम जान लाग्नुभएको हुनाले उहाँलाई स्वागत गरेनन्।
54 iza kaallizaytappe Yaqobeyne Yanisay hanzaysa beyidi “Godo Elasay oothoysatho tamay saloppe wodhidi ista dhayso” giidi azazana mala koyay? gida.
उहाँका चेलाहरू याकोब र यूहन्‍नाले यो देखेपछि उहाँलाई सोधे, “प्रभु, के यिनीहरूलाई भस्म गर्न एलियाझैँ हामीले पनि स्वर्गबाट आगो बर्सने आज्ञा गरौँ भन्‍ने तपाईं चाहनुहुन्छ?”
55 gido attin Yesussay istakko yuuyiidi “intes ay mala ayaanaay dizakkon erekketii? asa nay yiday asa shemppo ashshanas attin dhaysanas gideenna” giidi ista seerides.
तर येशूले फर्केर तिनीहरूलाई हप्काउनुभयो,
56 isti wurikka hara guta bida.
र उहाँहरू अर्कै गाउँतिर जानुभयो।
57 istikka birshin issi asi istakko shiiqidi “tani neni biza wursoso nena ta kaalana” gides.
उहाँहरू बाटोमा हिँडिरहनुभएको बेला एक जना मानिसले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।”
58 Yesussaykka “worikenatas aqqizza olay, kafotas qasse aqqizza kafo keethi dees gido attin asa nas ba hu7e ayssiza soykka baawa” gides.
येशूले भन्‍नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।”
59 Yesussaykka hinkoysa “tana kaala” gides. he uraykka “Godo ta kasista baada ta aawa moogoo?” gides.
उहाँले अर्को मानिसलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तर त्यसले भन्यो, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।”
60 Yesussaykka “aggagga hayqidayti hayqidayta moogetto, neni gidikko baada Xoossa kawotethaa asas yoota” gides.
येशूले त्यसलाई भन्‍नुभयो, “मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्। तर तिमी गएर परमेश्‍वरको राज्यको घोषणा गर।”
61 qassekka hara uray “Godo ta nena kaalana shin koyro so baada ta keeththa asa saro gaada yoo?” gides.
अझै अर्कोले भन्यो, “प्रभु, म तपाईंलाई पछ्याउनेछु, तर पहिले मलाई गएर मेरा परिवारबाट बिदा लिन दिनुहोस्।”
62 gido attin Yesussay “boora kaso oykkidi goyishe guye zaari xellizaddey oonikka Xoossa kawotethas beesena” gides.
येशूले जवाफ दिनुभयो, “आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्‍वरको राज्यको सेवामा योग्य हुँदैन।”

< Luqaassa 9 >