< Luqaassa 3 >

1 Xiibaros geetettiza qeesarey kawottida tammanne ichachchantho laythan Phanxoossa Philaxosa gizays Yuda biitta haariza wode, Herdossay Galila biitta haariza wode, iza ishay piliphoossay, Ixuriyasanne Xirakkondose biitta haariza wode, Lisannyossay Sabilane biitta haariza wode,
रोमी सम्राट सिजर तिबेरिअसको शासनकालको पन्ध्रौँ वर्षमा, जब पन्तियस पिलातस यहूदिया प्रदेशका राज्यपाल, हेरोद गालील प्रदेशका शासक, उनका भाइ फिलिप इतुरिया र त्राखोनितिस प्रदेशका शासक, र लुसानियास अबिलेने प्रदेशका शासक थिए,
2 Haanaynne Qayafay waana qeeseta gidida wode Xoossa qaalay baazo biittan diza Zakarassa na Yanisakko yides.
तब हन्‍नास र कैयाफा प्रधान पुजारी भएको समयमा परमेश्‍वरको वचन उजाडस्थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो।
3 Yaanisay Yordanose shoore achchan diza dereta wurson “inte nagara atto gaanas nagarappe simmidi xamaqqetite” gidi yoottides.
तिनी पाप क्षमाका लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदीका वरपर सबै इलाकातर्फ गए।
4 Hessika qasse nabe Isayaasay bazon hizgidi wassiza asa koshinch “Godas oge giigissite baassidikka lo7ethite.
जसरी यशैया अगमवक्ताका वचनको पुस्तकमा लेखिएको छ: “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।
5 Shoobba biittay wuri kumana guutha zumayne gita zumay wuri ziq gaana geella ogey sitta moorettida ogey lo7o gidana.
प्रत्येक उपत्यका पुरिनेछ, प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ; बाङ्गा-टिङ्गा बाटाहरू सीधा पारिनेछन्। अप्ठेरा बाटाहरू समतल हुनेछन्।
6 Asa zerethi wuri ashshizza Xoossa woliqqa beyana giidi bazon wassiza asa qaala giireth” giidi ba maxaafan xaafida mala.
अनि सबै मानव जातिले परमेश्‍वरको मुक्ति देख्नेछन्।’”
7 Yanisaykka iza kushen xamaqqistana yiza asas “inteno ha shoosha nayto yaana diza Xoossa hanqqofe haakkana mala ooni intena zoridee?
यूहन्‍नाले तिनीबाट बप्‍तिस्मा लिन आउने भीडहरूलाई भने, “हे सर्पका सन्तान हो! आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?
8 Inte naggara oothoppe simmidayssa erisiza ootho oothite (Abramey nu aaway nuus dees) gusi aggitte gides. Xoossi bees giikko ha shuchchatappe Abrames na oothi denthaanas dandda7izayssa erite”
पश्‍चात्ताप अनुसारको फल फलाओ, र आफैँ, ‘हामी अब्राहामका सन्तान हौँ’ भन्‍ने नठान; किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका निम्ति सन्तान उत्पन्‍न गर्न सक्नुहुन्छ।
9 Beyxxey mith qanxanas miththa xaphon dees. Lo7o ayfe ayfontta iita mithi wuri qanxettidi taman yegistana.
रूखको जरामा बन्चरो परिसकेको छ; यसैले असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।”
10 Asaykka “histtini ay oothooni” giidi oychchides.
त्यसपछि भीडले सोध्यो, “त्यसो भए हामीले के गरौँ त?”
11 Yanisaykka asas “nam77u mayoy diza issi mayoy bayndda asas imo qassekka qumay dizaykka shaakkidi immo” gides.
यूहन्‍नाले जवाफ दिए, “आफूसँग दुई वटा दौरा हुने मानिसले नहुनेलाई एउटा देओस्; र जससँग भोजन छ, त्यसले पनि त्यसै गरोस्।”
12 Qaraxa shiishizayttikka xamaqqistanaas yiidi “tamarisizayso nu ay oothino?” gida.
कर उठाउनेहरू पनि बप्‍तिस्मा लिन आए, र तिनीहरूले सोधे, “गुरुज्यू, हामी के गरौँ?”
13 Izikka “inte azazettidayssafe bollara qaraxa shiishoppite” gides.
तिनले उनीहरूलाई भने, “तिमीलाई जति खटाइएको छ, त्योभन्दा बढी नलेओ।”
14 Wotadarattikka “nuni qasse ay oothino” giidi oychchida. izikka “oona miishshakka gidin dafi ekkofite qassekka oonane wordon mootopite inte damozay intes giddana” gides.
त्यसपछि केही सिपाहीहरू आएर सोधे, “हामीले चाहिँ के गरौँ त?” तिनले जवाफ दिए, “कसैलाई नलुट, र मानिसहरूलाई झूटो आरोप नलगाओ। आफ्नो तलबमा सन्तुष्‍ट रहो।”
15 Asay Yanisa beyidi haysi kirstossa? giidi ba wozinan sidhides.
मानिसहरू आशामा पर्खिरहेका थिए, र सबैले आ-आफ्ना मनमा कतै यूहन्‍ना नै ख्रीष्‍ट हुन् कि भनी विचार गरिरहेका थिए।
16 Yanisaykka wursos “tani intena haathan xamaqays gido attin ta iza caamma birshaanas besoontta tappe aadhdhizaddey yaana. izi intena Xillo Ayaananne taman xamaqqana.
तब यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिँदै भने, “म त तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु; तर मभन्दा शक्तिशाली एक जना आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जत्तिको योग्यको पनि म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ।
17 Kath suragiza layiday iza kushen dees. Balezza kumetha geeshshanna gistteza qasse di7en qollana gafezakka to7onta taman xuugana” gides.
उहाँको खला सफा गर्न उहाँको निफन्‍ने नाङ्लो उहाँकै हातमा छ, र उहाँले गहुँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ; तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ।”
18 Yanissay asa hara dumma dumma zore qaalara minnithethi zorishe mishrachcho qaala yoottides.
अनि अरू पनि यस्तै वचनद्वारा यूहन्‍नाले मानिसहरूलाई शिक्षा दिए र तिनीहरूलाई सुसमाचार प्रचार गरे।
19 Gido attin Galila biitta haariza Herdoosay ba isha machcho Herooddiyaado ekkida gishine hara daro iita oothida gish Yanisay iza hanqqida gish
तर जब हेरोदले आफ्नै भाइकी पत्नी हेरोदियासलाई राखेका कारण र उनले गरेका सबै दुष्कर्मका कारण यूहन्‍नाले उनलाई हप्काए,
20 kase mooro bolla hara gujjidi Herdossay Yaanisa woyne keeththan yegides.
तब यूहन्‍नालाई झ्यालखानामा थुनेर हेरोदले सबै दुष्कर्महरूमाथि अझै एउटा दुष्कर्म थपे।
21 Asay xamaqqettidappe guyyen Yesussaykka xamaqqetides, izi woosishin saloy doyettides.
जब धेरै मानिसहरूले बप्‍तिस्मा लिइरहेका थिए, तब येशूले पनि बप्‍तिस्मा लिनुभयो। अनि उहाँले प्रार्थना गर्दै गर्नुहुँदा स्वर्ग उघ्रियो।
22 Xillo Ayyaanaykka wole milattida iza bolla wodhides. “saloppe ta dosiza nay nena nenan tani ufa7istays” giza qaalay yides.
अनि पवित्र आत्मा एउटा ढुकुरझैँ शारीरिक रूपमा उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।”
23 Yesussay Xoossa ootho oykkishn laythay izas heezu tamu laytha mala gidana. Asaykka izi Yosefo na, Eelle na,
अब येशू आफैँले आफ्नो सेवा सुरु गर्नुहुँदा उहाँ करिब तीस वर्षको हुनुहुन्थ्यो। उहाँ योसेफका छोरा हुनुहुन्छ भनी मानिसहरूले ठानेका थिए। योसेफ हेलीका छोरा थिए,
24 Maati na, Lewe na, Milki na, Yuda na, Yosefo na,
हेली मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी मल्कीका छोरा, मल्की यन्‍नाईका छोरा, यन्‍नाई योसेफका छोरा,
25 Matattiyu na, Amoxxe na, Nahome na, Isilime na, Naage na,
योसेफ मत्ताथियाहका छोरा, मत्ताथियाह आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्गैका छोरा,
26 Maate na, Matatiyo na, Semeye na, Yosefo na, Yuda na,
नग्गै माथका छोरा, माथ मत्ताथियाहका छोरा, मत्ताथियाह सेमैनका छोरा, सेमैन योसेखका छोरा, योसेख योदाका छोरा,
27 Yoonane na, Reese na, zerubbaabeele na, Selatiyale na, Nere na,
योदा योआननका छोरा, योआनन रेसाका छोरा, रेसा यरुबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा, शालतिएल नेरीका छोरा,
28 Milki na, hadi na, Yosa na, Qoosame na, Elimodamme na,
नेरी मल्कीका छोरा, मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादामका छोरा, एलमादाम एरका छोरा,
29 Yose na, Elazare na, Yorame na, Maaxate na, Eelle na,
एर यहोशूका छोरा, यहोशू एलीएजरका छोरा, एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा, मत्तात लेवीका छोरा,
30 Simoona na, Yuda na, Yosefo na, Yooname na, Eliyaqqeeme na,
लेवी शिमियोनका छोरा, शिमियोन यहूदाका छोरा, यहूदा योसेफका छोरा, योसेफ योनामका छोरा, योनाम एल्याकीमका छोरा,
31 Meliya na, Maaxate na, Naatane na, Daawute na,
एल्याकीम मलेआका छोरा, मलेआ मिन्‍नाका छोरा, मिन्‍ना मत्ताथाका छोरा, मत्ताथा नातानका छोरा, नातान दावीदका छोरा,
32 Iseeye na, Iyobede na, Bo7eeze na, Selimoona na, Ne7asoone na,
दावीद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा,
33 Amnaddabe na, Aarame na, Aaronne na, Esrome na, Faareesse na, Yuda na,
नहशोन अम्मीनादाबका छोरा, अम्मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोरा,
34 Yaqoobe na, Yisaqqa na, Abrame na, tara na, Nakore na,
यहूदा याकोबका छोरा, याकोब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा,
35 Seerohe na, Raggawe na, Faaleeqqe na, Aabere na, Saala na,
नाहोर सरूगका छोरा, सरूग रऊका छोरा, रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा,
36 Qayneme na, Aarfakkisidde na, Seeme na, Nohe na, Lamehe na,
शेलह केनानका छोरा, केनान अर्पक्षदका छोरा, अर्पक्षद शेमका छोरा, शेम नोआका छोरा, नोआ लेमेखका छोरा,
37 Matosala na, Henokke na, Yarede na, Malali7eele na, Qaynane na,
लेमेख मतूशेलहका छोरा, मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा, येरेद महलालेलका छोरा, महलालेल केनानका छोरा,
38 Henosse na Seete na Addamme na, Xoossa na, milatides.
केनान एनोशका छोरा, एनोश शेतका छोरा, शेत आदमका छोरा, अनि आदम परमेश्‍वरका छोरा थिए।

< Luqaassa 3 >