< Luqaassa 2 >

1 He wode biitta bollan diza asi wurikka taybeettidi xafistana mala orome kawo Awuggisxxossafe awajjay kezides:
ती दिनहरूमा रोमी सम्राट सिजर अगस्टसले उनको साम्राज्यमा सबैको जनगणना गरियोस् भन्‍ने हुकुम जारी गरे।
2 Hessikka Qerenewoossa geetettizaysi Soore giza dere haariza wode hannida koyro dere taybo.
(कुरेनियस सिरिया राज्यका राज्यपाल हुँदा यो पहिलो जनगणना भएको थियो।)
3 Hessa gish asi wuri xafistanaas ba dere biddes.
नाम दर्ता गर्न सबै आ-आफ्ना सहरमा गए।
4 Yosefoykka asho dabbotethan Daawute bagafe gididda gish Galila awurajja garssan diza Naazirete katamappe Yuda awurajja Beettaleme geetettiza Daawute katamappe yidees.
यसरी योसेफ पनि गालील प्रदेशको नासरत सहरबाट यहूदिया प्रदेशमा, दावीदको सहर बेथलेहेम गए; किनकि उनी दावीदकै घराना र वंशका थिए।
5 Izi xafistana bishin izas giigistada yelana matida Maaramira biddes.
उनी आफ्नो नाम दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्।
6 Izetikka heen dishin izis yelo wodey gakkides.
तिनीहरू त्यहाँ रहेकै बेला बालक जन्मने बेला भयो,
7 Izaka koyro attumma na yeliddaysafe guye imathi aqqizza keeththan aqqizza soy bayndda gish naaza carqqara xaaxadda miiza gaaxotan zin7adus.
र तिनले आफ्नो जेठो छोरा जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्; किनकि तिनीहरूका निम्ति पाटी-पौवामा ठाउँ नै थिएन।
8 Beettaleme achchan dorssa heemiza asati dorssa naagishe qammaara karen aqqizzayti deetees.
त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्‍ने केही गोठालाहरू थिए।
9 Goda kiitanchaykka istako yides, Goda boncho poo7oykka ista lanqqen yuuyi aadhdhannas po7ides. Istika keehi dagammida gish,
त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ प्रकट भए, र प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए।
10 kiitanchay ista “babofite, wurso asas gidiza gita ufaysa miishshrachcho ekka yadis.
तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका लागि हुनेछ।
11 Hach kawo Daawute katama Beettalemen shemppo dhaley yellettidees. Izikka Goda kirstosa geetettees.
आज दावीदको सहर बेथलेहेममा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्‍ट प्रभु हुनुहुन्छ।
12 Cariqqara xaxeti zin7ida gaccino na demmanddista hessikka intes malaata gido gides.”
अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”
13 Izarakka hara daro salo kiitanchati beettidda. Xoossa galatishe,
तब एक्‍कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्‍वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्‍यो:
14 bolla salon Xoossassi bonchoy gido sarotethaykka biitta bollan izi dosiza asas wursos gido gida.
“सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।”
15 Kiitanchati istafe shaakkettidi salo simmin dorsse heemizayti ba garsan issay issa “ane ha yite Goday nuus qonccisidaysanne haanddayssa Beistalame katama biiddi beyos” gida.
जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब ती गोठालाहरूले आपसमा भने, “हामी बेथलेहेममा जाऔँ, र यो भएको घटना हेरौँ, जसको विषयमा प्रभुले हामीलाई भन्‍नुभएको छ।”
16 Istika elelli biiddi Maaramira, Yosefora mehe kath muziza gonggen zin7ida naara demmida.
त्यसकारण तिनीहरू हतार-हतार गए, र मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए।
17 Beyddaysafe guyyen Goda kiitanchay naaza gish istas yoottidayssa wursi zari yottida.
जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैलाए।
18 Heemizayti yoottidayssa siyida asay wuri keehi malalettides.
जति जनाले यो सुने, गोठालाहरूले तिनीहरूलाई बताएका कुरामा सबै आश्‍चर्यचकित भए।
19 Gido attin Maarama yoza wurssa ba wozinan wotha dentha qoppashe gam7adus.
तर मरियमले यी सबै कुरा मनैमा राखिन् र त्यस बारेमा विचार गर्दै बसिन्।
20 Heemizaytika handdays wurikka kiitanchay istas yoottida mala gididi beettidda gish siyidaysassine beyddayssas wursos Xoossa galatishenne bonchishshe simmida.
सबै कुरा तिनीहरूलाई भनिएबमोजिम नै सुनेका र देखेका हुनाले ती सबै कुराहरूका निम्ति परमेश्‍वरलाई महिमा र प्रशंसा गर्दै गोठालाहरू फर्के।
21 naazi yelettin osppuntha gallassan qaxaretiza wodey gakin aayeya iza qanthatanappe kase kiitanchay gida mala Yesussa geetettidi suummidees.
आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाम येशू राखियो, जुन नाम उहाँ गर्भमा आउनुभन्दा अगि नै स्वर्गदूतले राख्नू भनी भनेका थिए।
22 Muse woga mala isti geeyiza wodey wurini Yosefoyne Maarama guutha na Yesussa Godaa Xoossa sinthe shiishanas ekkidi Yerusaleme kezida. Hessika Goda wogan koyro yelettiza addey wuri Godas dumma gidana geetettidi Xafetidayssa polanaasinne,
जब मोशाको व्यवस्थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भयो, तब योसेफ र मरियमले उहाँलाई प्रभुमा समर्पण गर्न यरूशलेममा ल्याए,
(जसरी प्रभुको व्यवस्थामा लेखिएको छ, “पहिले जन्मने हरेक जेठो पुत्र प्रभुका निम्ति पवित्र गरिनेछ”),
24 qassekka Goda wogan nam77u wole kafotanne woykko nam77u wole kafo ciyista geetettiddayssa mala yarsho shiishanaassa.
अनि “एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा” भनी प्रभुको व्यवस्थाले भनेजस्तै तिनीहरू बलिदान चढाउन गए।
25 He wode Yerusaleme kataman xilloonne Xoossa babbiza issi Simona geetettiza asi dees, izikka Isra7eele nayta attotetha naagiza asane xillo ayyaanany iza bolla shemppida asa.
त्यस समय यरूशलेममा शिमियोन नाम गरेका एक जना धर्मी र भक्त मानिस थिए। पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो; अनि तिनले इस्राएलका सान्त्वना दिनुहुनेलाई पर्खिरहेका थिए।
26 Qassekka kirstossa beyontta dishe hayqqonta mala xillo ayyaanany izas qonccides.
प्रभुका ख्रीष्‍टलाई नदेखेसम्म तिनी मर्नेछैनन् भनी पवित्र आत्माद्वारा तिनलाई प्रकट गरिएको थियो।
27 Izika he wode xillo ayyaanany kaalethin maqqdase lasha gaath gelidees. Naaza aayeyiranne aawara Muse wogan bessizayssa polanaas guutha na Yesussa ekkidi gelida wode,
त्यस दिन आत्माद्वारा डोर्‍याइएर तिनी मन्दिरको चोकमा गए। जब बुबाआमाले बालक येशूलाई उहाँका निम्ति व्यवस्थाले मागे अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए,
28 Simonay naaza ekki idimmidi Xoossa galatishe,
तब शिमियोनले उहाँलाई आफ्नो पाखुरामा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने:
29 “Godo, ne caaqqida qaala mala ha7i tani ne ayylleya ne ashshizzayssa ta ayfera beyidda gish hi7a tana saron ekka, asa wurso sinthan ne giigisida attotetha ha7i ta ta ayfera beyadis.
“हे सार्वभौम प्रभु, तपाईंले प्रतिज्ञा गर्नुभएबमोजिम, अब आफ्नो सेवकलाई शान्तिसित बिदा दिनुहोस्,
किनकि मेरा आँखाले तपाईंको ‘उद्धार’ देखेका छन्,
जो तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार पार्नुभएको छ;
32 Haysika wurso deres geemmettidayssa qoncisiza poo7o, ne dere Isra7eleska boncho” gides.
सबै जातिहरूलाई प्रकाशका निम्ति र तपाईंको जाति इस्राएललाई महिमाका निम्ति ज्योति हुनुहुन्छ।”
33 Aawaynne aaya iza gish haasa7etida yozan malaletida.
बालकका बुबा र आमा उहाँका विषयमा बोलिएका कुरा सुनेर छक्‍क परे।
34 Simonaykka ista anjjidees, Maaramokka “daro asa wozina qofay qonccana mala haysi Isra7eelen diza darotas dhayosinne atethas, iza ixxizaytas qasse malaata gidana mala doorettides” gides.
त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र येशूकी आमा मरियमलाई भने: “यी बालक इस्राएलमा धेरै जनाका लागि पतन र उत्थानका कारण ठहरिनुहुनेछ। उहाँ परमेश्‍वरबाट पठाइएको चिन्ह हुनुहुन्छ, तर धेरैले उहाँको विरोध गर्नेछन्।
35 Qassekka darota wozina qofay qonccana mala naaza michay qara mashsha mala ne wozina phaliqqana.
जसबाट धेरै हृदयका विचारहरू प्रकट हुनेछन्। अनि एउटा तरवारले तिम्रो आफ्नै प्राण पनि छेड्नेछ।”
36 Qassekka Aasseere bagafe Fanu7eele na Haana geetettiza cimmida nabey daysu, izaka ba koyro azinara laappun layth kumeth deyadus.
त्यहाँ आशेरका कुलका फनुएलकी छोरी हन्‍ना नाम गरेकी एउटी अगमवादिनी थिइन्। तिनी साह्रै वृद्ध थिइन्; र तिनी विवाहपछि सात वर्ष मात्र पतिसँग बसेकी थिइन्।
37 Laythay izis osppun tammanne oydu layth gidana gakkanaas qammane gallas xoomashene woossashe maqqdaseppe shaakketonta am77etethan gam77adus.
तिनी लगभग चौरासी वर्षकी विधवा थिइन्; तिनले कहिल्यै मन्दिर छोड्दैनथिइन्, तर दिनरात उपवास र प्रार्थनासाथ आराधनामा समय बिताउँथिन्।
38 He wodekka shiiqqada Xoossa galatadus. Yerusaleme wozetethi naagishe dizaytas wursos guutha naaza gish yootadus.
त्यही बेला तिनीहरूकहाँ आएर तिनले परमेश्‍वरलाई धन्यवाद दिइन्, र यरूशलेमको उद्धारको प्रतीक्षा गर्दै बस्‍नेहरू सबैलाई बालकको बारेमा बताइन्।
39 Yoseforane Maaramira Goda wogan azazettidayssa polidi Galila awurajjan diza ba so Naazirete katama simmida.
प्रभुको व्यवस्थाले बताएका सम्पूर्ण काम गरेर सिद्ध्याएपछि योसेफ र मरियम गालील प्रदेशको आफ्नै सहर नासरतमा फर्के।
40 Guutha naazikka diccidi minni minni biddes, eratethankka kumides, Xoossa aaro keyatethaykka iza bolla dees.
बालक बढ्दै र बलियो हुँदै जानुभयो; उहाँ बुद्धिले भरिनुभयो र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो।
41 Aawaynne aaya laythan laythan faaziga bonchannas Yerusaleme beettes.
येशूका आमाबुबा निस्तार चाडको निम्ति वर्षेनी यरूशलेम जाने गर्दथे।
42 Naazas laythay tammanne nam77u layth kumida wode kase dose gididayssa mala faaziga bonchanna kezida.
जब उहाँ बाह्र वर्षको हुनुभयो, तब उहाँहरू चाडको रीतिअनुसार जानुभयो।
43 Faziga baaleza wursidi ba so simmishn guutha naazi, Yesussay Yerusalemen attides. Yelidaytikka izi attiddayssa eribeeyttenna.
चाड सकिएपछि उहाँका आमाबुबा घर फर्कंदै गर्दा बालक येशू यरूशलेममै रहनुभयो। तर उहाँका आमाबुबाले यो थाहा पाएनन्।
44 Benara issife biza oge asara dees gishe issi gallassa oge bida. Gido attin izi istara baynddaysa eridi ba dabbota achchanne laggeta achchan dizakkonne giidi koyida.
उहाँ तिनीहरूकै यात्रीदलमा हुनुहुन्छ होला भन्‍ने ठानी तिनीहरू एक दिनभरिको बाटो गए। तब तिनीहरूले उहाँलाई आफ्ना नातेदारहरू र मित्रहरूका बीचमा खोज्न थाले।
45 Koyi koyidi beettontta ixiin Yerusaleme simmida.
उहाँलाई त्यहाँ नभेट्टाउँदा, तिनीहरू उहाँलाई खोज्न यरूशलेम नै फर्के।
46 Heezzu gallassafe guye maqqdasen tamarisizayta giddon uttidi siyishenne asata oychchishenne ista oychcha zarishe maqqdasen dishin demmida.
तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरको चोकमा शिक्षकहरूसँग बसेर तिनीहरूका कुरा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै रहनुभएको भेट्टाए।
47 Siyidayti wuri Yesussa akekkaninne iza zarozan daro malaalettida.
उहाँका कुरा सुन्‍नेहरू सबै जना उहाँको समझ र उत्तरहरूमा छक्‍क परेका थिए।
48 Yosefoyne Maarama iza beyida wode malaaletida. Maaramaka ta nazo ays hayssa mala oothadi? ne aawaynne taninne nena koyishe keehi metottettidos gadus.
जब उहाँका आमाबुबा उहाँलाई देखेर चकित भए; तब उहाँकी आमाले उहाँलाई भनिन्, “छोरा, तिमीले हामीलाई किन यस्तो व्यवहार गर्‍यौ? तिम्रा बुबा र म चिन्तित भएर तिमीलाई खोजिरहेका थियौँ।”
49 Izikka zaaridi tana ays koydettii? Tani ta aawa keeththan daanas bessizaysa eribeykketi gides.
उहाँले भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभयो? म मेरा पिताको घरमा हुनुपर्छ भन्‍ने कुरा के तपाईंहरूलाई थाहा थिएन?”
50 Gido attin istas izi yoottidayssi gelibeynna.
तर उहाँले तिनीहरूलाई के भन्दैहुनुहुन्थ्यो, त्यो तिनीहरूले बुझेनन्।
51 Heeppe simmin istara issife Naazirete wodhidi istas azazettishe deyidees. Aaya Maaramaka he haanida miishsha wurssa ba wozinan naagashe gam7adus.
त्यसपछि उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूप्रति आज्ञाकारी बन्‍नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनैमा राखिन्।
52 Yesussay cincatethan, geesaninne saban Xoossa sinthanne asa sinthan diccides.
अनि येशू बुद्धिमा, कदमा अनि परमेश्‍वर र मानिसहरूको कृपादृष्‍टिमा बढ्दै जानुभयो।

< Luqaassa 2 >