< Yanisa Mishiracho 5 >
1 Hesafe kalidi Ayhudista Ba7lley dizza gish Yesussay Yerussallame bideess.
केही समयपछि येशू यहूदीहरूको एउटा चाडको निम्ति यरूशलेम जानुभयो।
2 Yerusalamen doorsi gelizza pennge achchan iibrawista qalara Betesayda getettza issi pulltoofe shiqqida eloo hathey dees. Bollara kamay diza ichachu o7geti dettes.
यरूशलेममा भेडा ढोकाको नजिकै एउटा पोखरी थियो, जसलाई आरामाईक भाषामा बेथस्दा भनिन्छ, र यो पाँच वटा दलानहरूले घेरिएको थियो।
3 Daro hargganchatti, ayyfe qooqeti, to woobetinne to silati ogge bolla zinniidi hathay qaxistana gakanas nagetees.
त्यसको छेउमा दृष्टिविहीन, लङ्गडो, पक्षघाती तथा थुप्रै रोगीहरू पस्रिरहेका हुन्थे। तिनीहरू पानी छचल्किएको पर्खिरहन्थे।
4 Isi isi woode Goda kiitanchay hathan woodhidi hatha qaththes. haththa qathafe kaldi koyrottdi hathan gelizza hargganchay bena sakiza ay hrggefekka paxes.
किनकि बेला-बेलामा प्रभुका दूत तल ओर्लेर पानी हल्लाइदिन्थे। अनि हरेकपल्ट पानी छचल्किएपछि जो पहिला पानीभित्र पस्थ्यो, त्यो जस्तोसुकै रोग लागेको भए तापनि निको भइहाल्थ्यो।
5 Hen gadaan heedzdzu tammane oosppun laythth kumeth sakketida isadeey dess.
त्यहाँ एक जना मानिस थियो, जो अठतीस वर्षदेखिको पक्षघातको रोगी थियो।
6 Yessusay Adezza hen zin7idayssa beyddine izi daro laythth saketdayssa eridi “ne paxxana kooyaz?” gidess.
जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्नुभयो र त्यो लामो समयदेखि त्यस अवस्थामा रहेछ भनी थाहा पाउनुभयो, तब उहाँले त्यसलाई सोध्नुभयो, “के तिमी निको हुन चाहन्छौ?”
7 Hargganchazika zaridi “Godo haththay qaxxetiza woode tana hathan gelththiza assi dena, ta buroo bana gishshin harray tape kaseti hathan gelles.” gidess
त्यस रोगीले भन्यो, “हजुर, पानी छचल्काइँदा मलाई पोखरीमा हालिदिन सहायता गर्ने कोही पनि छैन। म पस्ने कोसिस गर्दागर्दै अर्को मान्छे मभन्दा अगाडि पसिहाल्छ।”
8 Yesussayka Iza “dendda ne zin7ida algga tookada ba” gidess.
त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाऊ, र हिँड।”
9 Adezzikka herakka paxxides. Be algga tooki ekidii bidess. Hessi hanidayy Ayhudista sambbata galassa.
तुरुन्तै त्यो मानिस निको भयो, र आफ्नो ओछ्यान उठाएर हिँड्यो। यो घटना भएको दिन शब्बाथ थियो।
10 Hesa gish Ayhudista hallaqat paxxida Adezza “hach Sambbattara ne algga tokkana mala Musse wogay azazena” gida.
त्यसकारण यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “आज शब्बाथको दिन हो। व्यवस्थाले तिमीलाई ओछ्यान बोक्न समेत निषेध गरेको छ।”
11 Izikka Isttas “ne zini7ida algga tookkda ba gi yotides” gides.
तर त्यसले जवाफ दियो, “मलाई निको पार्नुहुने व्यक्तिले नै मलाई भन्नुभयो, ‘आफ्नो ओछ्यान उठाऊ, र हिँड।’”
12 Isttikka “nena algga tookkada ba giday oonne?” gi oychchida.
तिनीहरूले त्यसलाई सोधे, “तिमीलाई यो उठाएर हिँड भन्ने त्यो मानिस को हो?”
13 Deerey darida gishinne Yesussay hepee hakki bida gish iza oonni paththidakonne adezzi eribeyna.
निको भएको मानिसलाई उहाँ को हुनुहुन्थ्यो भन्ने बारेमा केही थाहा थिएन। किनकि येशू त्यहाँ भएको भीडभित्र पसिसक्नुभएको थियो।
14 Hesafe guye Yesussay Adeza Xoossa keeththan demmidi “hekoo ha7i ne paxadasa kaseysafe Adhizza iita miishi ne bolla gakontta mala nam77anththo nagara othofa” gides
त्यसपछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाएर भन्नुभयो, “हेर, तिमी निको भएका छौ। पाप गर्न छोड, नत्रता तिमीमाथि अझ नराम्रो अवस्था आउनसक्छ।”
15 Adezikka bidinne iza pathiday Yesussa gididaysa Ayhudista dannatas yotides.
त्यो मानिस गयो, र त्यसलाई निको पार्ने व्यक्ति येशू हुनुहुँदोरहेछ भनी यहूदी अगुवाहरूलाई भनिदियो।
16 Adezza sambbata gallas pathida gish Ayhudista dannat Yesussa oykkana yedi godida.
त्यसकारण येशूले यी कामहरू शब्बाथको दिनमा गर्नुभएको हुनाले यहूदी अगुवाहरूले उहाँको खेदो गर्न लागे।
17 Yesussayka isstas “ta aaway wurso wode oothes, takka othana” gides
येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताले आजको दिनसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहनेछु।”
18 Hesa gason ayhudista dannat Yesussa wodhana malla kaseppe aththi denththethida, qase izi sammbatta morida gish xalla gidontta “Xoossi ta aawa” gida gishshinne bena Xoossara ginssida gishasa.
यसकारणले गर्दा तिनीहरूले उहाँलाई मार्न झन् धेरै प्रयत्न गर्न लागे। किनकि उहाँले केवल शब्बाथ दिनलाई मात्र भङ्ग गर्नुभएको थिएन। तर आफूलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई पनि आफ्नै पिता भन्नुभएको थियो।
19 Yesussay isttsa hizgi zarrides “ta intes tummu gays aaway oothishin be7idaysa othoppe attin nazi ba shenen ayne otheena. Aaway othizaysa iza nay hessathoka oothes.
येशूले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, पुत्र आफूले केही गर्न सक्दैन। उसले त पिताले जे गरिरहनुभएको देख्छ, त्यही मात्र गर्छ। किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले पनि त्यही गर्छ।
20 Gasoyka Aaway naaza doses ba othzaysakka wursi iza besees, inte malaletontta mala hayssafeka adhiza ootho buro bessana.
किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँले जे गर्नुहुन्छ, त्यो सबै पुत्रलाई देखाउनुहुन्छ। तिमीहरूका आश्चर्यका निम्ति उहाँले पुत्रलाई यीभन्दा पनि अझै ठूला-ठूला कुराहरू देखाउनुहुनेछ।
21 Aaway haqqidayta denththizaythone deyoo imizaysatho nazika hessathoo ba koydades deyoo immana.
किनकि जसरी पिताले मरेकाहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसैलाई जीवन दिन्छ।
22 Aaway oonna bollaka pirdeena gido attin pirda maata wuris ba nazas imiddes.
यसबाहेक पिताले कसैको न्याय गर्नुहुन्न। तर न्यायको सम्पूर्ण काम उहाँले पुत्रलाई सुम्पनुभएको छ,
23 Izi hessaththo oththiday asay wuri aawa bonchana malane qaaseka nazaka bonchana malasa. Naza bonchonttay naza kitida aawakka boncheen.
ताकि पितालाई आदर गरेझैँ तिनीहरू सबैले पुत्रलाई पनि आदर गरून्। जसले पुत्रलाई आदर गर्दैन, त्यसले पुत्रलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन।
24 Ta intes tumma gays ta qaalla siyzadeesine tana kitidaden amanizades medhina deyooy dees, izadeey hayqoope gede deyoon pinnidees atin iza bolla pirdetena. (aiōnios )
“म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ। (aiōnios )
25 Ta intes tummu gays kase hayqqida asat Xoossa na qaala siyza woodey yaana, he woodiyakka haano, siyzatii wuri deyoon deyaana.
म तिमीहरूलाई साँच्चै भन्दछु, त्यो समय आइरहेको छ, र त्यो अहिले नै आइसकेको छ। जब मरेकाहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्; र जसले सुन्छन्, तिनीहरू बाँच्नेछन्।
26 Gasoykka aaway ba bagra deyooy diza mala nazikka ba baggara deyooy dana mala oothides
किनकि जसरी पिता आफैँमा जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि आफैँमा जीवन हुने अधिकार दिनुभएको छ।
27 Izi asa na gidida gish pirdana mala Godatethth izas imiddes.
अनि उहाँले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ; किनकि ऊ मानिसको पुत्र हो।
28 Haysan aykokka malaletoppite, Gasoykka buro kase hyqdii dufoon dizaayti wuri Iza qaala giireth siyizza woodey yana.
“यस कुरामा आश्चर्य नमान। किनकि समय आइरहेको छ। जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्,
29 Lo7o oothdayt hayqqope denddid paxxna, Iita othidaayti gidikko hayqoope denddidi pirdistana.”
तब बाहिर निस्किआउनेछन्, जसले असल काम गरेका छन्, तिनीहरू अनन्तसम्म जिउनलाई र जसले कुकर्म गरेका छन्, तिनीहरू अनन्तसम्म दण्ड पाउनलाई पुनरुत्थान हुनेछन्।
30 “Ta ta sheenen ayne oththanas danddaike, gido attin ta ta aawape siyda mala pirdays, tana kiitidaysa sheene oththaysi attin ta sheenen ta oththontta gish ta pirdan balay bawwa.
म आफैँ त केही गर्न सक्दिनँ,” मैले जस्तो सुन्दछु, त्यसैअनुसार न्याय गर्दछु। अनि मेरो न्याय उचित छ; किनकि म आफ्नो इच्छा होइन, तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु।
31 Tan ta gish tarkka markkatiko ta markkay tummu gidena.
“यदि मैले आफ्नै विषयमा गवाही दिएँ भने मेरो साक्षी साँचो हुँदैन।
32 Gido attin ta gish markkatizzadey haraay dees, izika ta gish markkatizzade, markkatethay tummu gididdaysa ta eraays.
मेरो पक्षमा गवाही दिने अर्को एक जना हुनुहुन्छ। अनि म जान्दछु, मेरो विषयमा उहाँले दिनुहुने गवाही सत्य ठहर्छ।
33 Inteni Yanssako asse kitideistashin izika tummu markkatidees.
“तिमीहरूले यूहन्नाकहाँ सोध्न पठायौ, र तिनले सत्यताको गवाही दिएका छन्।
34 Ta hayssa gizay inte attana mala attin tas haara ass markkateth koshshida gish gideena.
मैले मानिसको गवाही ग्रहण गर्छु भनेर त होइन, तर तिमीहरूले उद्धार पाउन सक भनेर मैले यो कुरा भनेको हुँ।
35 Yanssay exidii pooizaa poo7 mala, intekka gutha wode iza poo7in uhaaththaaettana kooydista.
यूहन्ना बलिरहने र ज्योति दिइरहने बत्ती थिए, र तिमीहरू केही समय तिनको प्रकाशमा रमाउन खोज्यौ।
36 Tas gidikoo Yanssa markkatethape adhiza markkaay dees, ta markkayka ta aaway tas immida oothok, hesika ta oothiza othooy ta aaway tana kitidaysa tas markkates.
“मसँग यूहन्नाको भन्दा ठूलो गवाही छ; किनकि पिताले मलाई पूरा गर्न भनी दिनुभएको काम, जो मैले गरिरहेको छु, त्यही कामले नै पिताले मलाई पठाउनुभएको हो भनी गवाही दिन्छन्।
37 Tana kitida ta Aawayka ba huera tas markkatidees, inte gidiko iza qaala giireth mulekka siybeykkista, izas medhoka mulera beybeeykkista.
अनि पिता जसले मलाई पठाउनुभयो, उहाँ आफैँले मेरो विषयमा साक्षी दिनुभएको छ। तिमीहरूले कहिल्यै पनि उहाँको सोर सुनेका छैनौ, न उहाँको रूप देखेका छौ।
38 Izi kitidadden inte ammanontta gish iza qaalay inte achchan deyeena.
न त उहाँको वचन तिमीहरूमा रहन्छ; किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्वास गर्दैनौ।
39 Intes geesha Maxxaafatape medhina deyoo demanas milatin maxaxafata piqqilista, maxxaafatikka ta gish markkatetes. (aiōnios )
तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ। किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्, (aiōnios )
40 gido attin inte deyoo demaanas tako ha yana kooyekkista.
तर पनि जीवन प्राप्त गर्न मकहाँ आउन तिमीहरू अस्वीकार गर्छौ।
41 Ta asappe boncho kooykke.
“म मानिसहरूबाट प्रशंसा ग्रहण गर्दिनँ,”
42 ta intena errays, xoossa siqqoy intenan baynddaysa errays.
तर म तिमीहरूलाई चिन्दछु। तिमीहरूको हृदयमा परमेश्वरको प्रेम छैन भनी म जान्दछु।
43 Tan ta aawa sunththan yadiis shin inte tana mooki ekiibeykeista hara uray qase ba sunththan yikoo inte iza mokii ekista.
म मेरा पिताको नाममा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। तर अर्को कोही उसको आफ्नै नाममा आयो भने तिमीहरूले त्यसलाई ग्रहण गर्छौ।
44 Inte inte garssan isay isape boncho koyzzaytoo issi Xoossafe betizza boncho koyonttaytoo inte waanidi tana amaanana danddaeti?
यदि तिमीहरूले एका-अर्काबाट प्रशंसा ग्रहण गर्छौ, तर एक मात्र परमेश्वरबाट आउने प्रशंसा प्राप्त गर्न केही वास्ता नै गर्दैनौ भने तिमीहरूले कसरी विश्वास गर्न सक्छौ र?
45 Ta aawa sinththan intena moottanay intes tana misatoopo intena moottanay inte iza uhaaththaaysi oothiza Musekko,
“तर तिमीहरूलाई पिताको अगि मैले दोष्याउनेछु भनी नसम्झ। तिमीहरूलाई दोष्याउने त मोशा हुन्, जसमाथि तिमीहरूको आशा रहेको छ।
46 Museey ta gish xaafidaysa ammanidako inte tana ammanana.
यदि तिमीहरूले मोशालाई विश्वास गरेका भए तिमीहरूले मलाई पनि विश्वास गर्नेथियौ। किनकि तिनले मेरो विषयमा लेखेका थिए।
47 Izi xaafidaysa inte ammanontta agikoo qase ta qaala inte woostti ammanane?”
तर तिनले लेखेको कुरामा विश्वास नगरेपछि मैले भनेका कुराहरू तिमीहरूले कसरी विश्वास गर्छौ र?”