< Yanisa Mishiracho 12 >
1 Paziga ba77eles buro usuppun gaalas attishin Yesussay hayqqope denththida Allazarey dizaso biitaniya bides.
निस्तार चाड सुरु हुनुभन्दा छ दिन अगि येशू लाजरस बस्ने ठाउँ बेथानीमा आइपुग्नुभयो। तिनै लाजरस, जसलाई येशूले मरेकाबाट जीवित पार्नुभएको थियो।
2 hen Yesussas kawo kaththida Marttay iza kawo muzishin izara isife maaddan uttdaytape issay Allazareko.
येशूको सम्मानमा त्यहाँ भोज तयार गरिएको थियो। मार्थाले भोजनको तयार गरिन्, लाजरस पनि येशूसँग खान बस्नेहरूमध्ये एक थिए।
3 Maramma daroo allo7o wagara shameetda liitroo bagga gidiza geshsha nardoosa shittoo ekka yada Yesussa too bolla gussada tooza ba huee ithkera quccadus, keethaka shittoo sawoy kummidees.
मरियमले जटामसीबाट बनेको आधा लिटर जति सुगन्धित र अति मूल्यवान् अत्तर ल्याइन्। अनि येशूको पाउमा मलिदिइन् र उहाँको पाउहरू आफ्नै कपालले पुछिन्। अत्तरको सुवास्नाले घर भरियो।
4 Yesussa kaalliizaytape issay Yesussa aththi immana Asqqoroto Yudday hessa ixxid
उहाँका चेलाहरूमध्ये उहाँलाई पछि गएर विश्वासघात गर्ने यहूदा इस्करियोतले विरोध गर्दै भन्यो,
5 “Haysi shittoozi heedzdzu xeetu dinares bayzeetdii miishshay aazas manqqotas immetbeynee?” gides.
“बरु यो अत्तर बेचेर गरिबहरूलाई पैसा किन बाँडिएन?” यसको मोल एक वर्षको ज्याला बराबर थियो।
6 Izi hessa giday mishsha shishshza karaxxte oykkzadey iza gididda gish shiqqza mishshafe bees shishshdi goetzadee gidida gishasa, attin manqqotas michchetdii gidena.
तर त्यसले गरिबहरूको चिन्ता गरेर यसो भनेको थिएन। तर त्योचाहिँ चोर थियो; र चेलाहरूको पैसाको थैलो बोक्ने र समय-समयमा आफ्नै निम्ति त्यहाँबाट सुटुक्कै खर्च चलाउने गरेको हुनाले त्यसले यसो भनेको थियो।
7 Yesussa qasse hizzgdees “haysi shittoozi tas mooggo gaalasas qoofetdaz gidida gish he woode gakkanaas iza ba achchan nagu bochchofte.
तब येशूले जवाफ दिनुभयो, “यिनले जे गर्दैछिन्, सो गर्न देऊ। यिनले मेरो अन्तिम संस्कारको निम्ति यो अत्तर जोगाउनैपर्ने थियो।
8 Manqqooti ay woodeka intenara detees, gidoo attin inte tana wuriso woode demmekista.”
गरिबहरू त सधैँ तिमीहरूसँग हुन्छन्, तर म त सधैँ तिमीहरूसँग हुँदिनँ।”
9 He woode daroo Ayhuda asati Yesussay hen dizaysa erridi izakoo yida, yidaytkka yesussa xalala koyda gidoontta Yesussay hayqqoope denththida Allazareka beyanaskko.
यसै बीचमा यहूदीहरूको एउटा ठूलो भीडले येशू बेथानीमा हुनुहुन्छ भन्ने थाहा पाए। अनि उहाँलाई मात्र होइन, तर उहाँले मरेकाबाट जीवित पार्नुभएको लाजरसलाई समेत हेर्न भनी त्यो भीड त्यहाँ आए।
10 Hessa gish qeessata halaqati Yesussara Allazareka gathii wodhanas ba garssan zooretda.
त्यसकारण मुख्य पुजारीहरूले लाजरसलाई पनि मार्ने योजना गरे।
11 Hessika Allazare gedoon daroo Ayhuda asay Yesussako bi bidi iza ammaniiza gishasiko.
किनकि लाजरसकै कारण धेरै यहूदीहरू येशूलाई पछ्याउन र उहाँमाथि विश्वास गर्न थालेका थिए।
12 Wonttetha gaalas ba77eleza bonchana yida derey Yesussay Yerusalame yizaysa siydees.
भोलिपल्ट निस्तार चाडमा आउने ठूलो भीडले येशू यरूशलेमतिर जाँदैहुनुहुन्छ भन्ने खबर सुने।
13 Zammba heyththi ekkdi Yesussa mokkan kezzdes, derey qaala dhoqu histtdi hizzgdes “hosaeena!” goda sunththan yiza isiraele kawooy anjjetdade!”
तिनीहरू खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्न जयजयकार गर्दैगए। “होसन्ना!” “उहाँ जो प्रभुको नाममा आउनुहुन्छ, धन्य हुनुहुन्छ!” “इस्राएलका राजा धन्यका हुन्!”
14 Kase “hane! xiyonee nayee baboofa! hekoo ne kawooy haree gutte toogdii yess” geetetii xaafetda mala Yesussay hare gutte demmidi toogiides.
त्यहाँ येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो, र त्यसमाथि बस्नुभयो। उहाँको यस सवारीबाट धर्मशास्त्रमा लेखिएको यो अगमवाणी पूरा भयो:
“ए यरूशलेमका मानिसहरू हो, नडराओ, हेर, तिम्रा राजा, गधाको बछेडामाथि सवार हुनुभएर आउँदैहुनुहुन्छ।”
16 Iza kaallizayti hessa wuris koyyro wozinan woththbeytana, iza gish xaafettdaysane izas ooththetda hanoka wuris Yesussay hayqqope denddidape guye errida.
त्यस समय उहाँका चेलाहरूले यस घटनाका कुराहरू बुझेनन्। तर येशू आफ्नो महिमामा प्रवेश हुनुभएपछि मात्र तिनीहरूले यी सबै कुराहरू उहाँको बारेमा लेखिएका थिए र त्यसकारण तिनीहरूले उहाँका निम्ति यी सबै गरेका रहेछन् भनी बुझे।
17 Al77ezare duhaaththaope xeeygidi hayqqope denththida woode ezara isife diza asay iza denththa gish markkattda.
अब उहाँले लाजरसलाई चिहानबाट बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग रहने भीडले यो खबर फैलाइ नै रहे।
18 Daroo asayka izi hessa mala giita malata ooththidaysa siydi iza mokkana kezides.
यसैले गर्दा यति धेरै मानिसहरू उहाँलाई हेर्न आएका थिए। किनकि उहाँले यो अलौकिक चिन्ह गर्नुभएको छ भनेर तिनीहरूले सुनेका थिए।
19 Hessa gish parssaweti ba garssan isay issa “histtin ay ooththana danddaizoon? Beyte! kummetha derey atoontta iza kaalles” gida.
त्यसकारण फरिसीहरूले आपसमा भने, “हेर! हामीले केही गर्न सकेनौँ; हामी असफल भयौँ! हेर त, सारा संसार नै त्यसको पछि लाग्दैछ!”
20 Goynanas ba77elezas shiqqda asa garssan girrike dere asatika dettes.
चाडमा यरूशलेममा आराधना गर्न आएका मानिसहरूमध्ये कति ग्रीकहरू थिए।
21 Isttika gaalila garssan diza beete sayda geetettza dere ass pilphphosa geetetzadeko bidi “Goodo nu Yesussa beeyana koyos” gida.
तिनीहरू गालीलको बेथसेदामा बस्ने फिलिपकहाँ आए, र यसो भनेर बिन्ती गरे, “हजुर, हामी येशूलाई भेट्न चाहन्छौँ।”
22 pilphphosayka inddirasas yootdes, inddirasayne pilphphosay bidi Yesussas yootda.
फिलिपले गएर अन्द्रियासलाई भने; अनि अन्द्रियास र फिलिप दुवै गएर येशूलाई भनिदिए।
23 Yesussayka isttas hizzgdes “heko asa nay bonchetza saatey gakkides.
येशूले भन्नुभयो, “मानिसको पुत्र महिमित हुने समय आइपुगेको छ।
24 Ta intes tummu gays gistte ayfey biitan wodhada hayqqontta coou ga uttko berkka atawus, iza hayqqza gidiko hara daroo ayfawusu.
म तिमीहरूलाई साँच्चै भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एकलो रहन्छ; तर यदि त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ।
25 Be shemhaaththao dosizadey dhaysess, hayssa biita bolla ba shemhaaththao ixxizadey gidiko medhina deyooy nages. (aiōnios )
आफ्नो प्राणलाई माया गर्ने मानिसले त्यो गुमाउनेछ; तर आफ्नो प्राणलाई यस संसारमा घृणा गर्नेले त्यो अनन्त जीवनका लागि बचाउनेछ। (aiōnios )
26 Tas ooththana koyzadey tana, tas ooththzadey ta dizason dana, tas ooththzade ta aaway iza bonchana.
मेरो सेवा गर्नेले मलाई पछ्याउनैपर्छ। अनि म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ।
27 Qasseka Yesussay hizzgdes “heko ta shemhaaththaoya mettotadus (aabo! ha saateype tana ashsha goosha?) ta hizzgonta mala ta yiday hano ha metto saateysiko.
“अहिले मेरो हृदय अति व्याकुल भएको छ। के म यसरी प्रार्थना गरूँ, ‘पिता, जे हुन आँटेको छ, त्यसदेखि मलाई बचाउनुहोस्?’ होइन, यसैको लागि म यहाँसम्म आएँ।
28 aabo! ne ne sunththa boncha” hessafe kaalid “ta ta sunthth bonchadis, qasseka gujja bonchana” giza qaalay salope yides.
हे पिता, तपाईं आफ्नो नामको महिमा गर्नुहोस्!” त्यसपछि स्वर्गबाट यस्तो एउटा सोर आयो, “मैले मेरो नामको महिमा गरिसकेको छु, र म फेरि महिमा गर्नेछु।”
29 Hen gadan eqqda asay hessa siydi “daday dadates” gida, baggayti qasse “kitanchako hasaizadey” gida.
त्यो भीडमा यो सोर सुन्नेहरूमध्ये कतिले यसलाई गर्जन हो भनी ठाने, तर अरूले स्वर्गदूत उहाँसँग बोल्नुभएको हो भनी भने।
30 Yesussay hizzgdes “haysi giirethay yiday inte gishasa attin ta gish gidena.
येशूले भन्नुभयो, “यो आवाजचाहिँ तिमीहरूका फाइदाको निम्ति थियो, मेरो निम्ति थिएन।
31 Haysi allamey pirdistana woodey hayssa, hayssa dereza hariza xalaey hai gede kare yegistana.
अब संसारको न्यायको समय आइपुगेको छ। अब यस संसारको शासक बाहिर फालिनेछ।
32 Tani dhoqqu gada kaqqetza woode asa wursa tako zaarana.”
यदि म पृथ्वीबाट माथि उचालिएँ भने मैले सबै मानिसहरूलाई मकहाँ खिँच्नेछु।”
33 Yesussay hessa yootday izi ay mala hayqqo hayqqanakoo errisanasiko.
उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्ने सङ्केत गर्न उहाँले यसो भन्नुभएको थियो।
34 Asay qasse “nu woogan xaafettday (xoossay kittidadey medhinas dana) ges histtin ne qasse wanada (asa nay dhoqu gi kaqqistana beses) gazz? ne giza asanay awaysee?” gidi oychchida. (aiōn )
भीडले प्रश्न गर्यो, “ख्रीष्ट सदासर्वदा जीवित रहनुहुनेछ र कहिल्यै मर्नुहुनेछैन भनेर व्यवस्थाबाट हामीले सुनेका थियौँ। त्यसो हो भने, ‘मानिसको पुत्र उचालिनैपर्छ’ भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ? अनि ‘मानिसको पुत्र’ चाहिँ को हो त?” (aiōn )
35 Yesussay isttas hizzgdes “hai guutha woodes intenara poo7oy des, gadey dhumontta poo7ora hamutite, qamara hamutzadey izi awa bizakonee errena.
येशूले तिनीहरूलाई भन्नुभयो, “अब केही बेर मात्र तिमीहरूले ज्योति पाउनेछौ। तिमीहरूसँग ज्योति भएकै बेला र अन्धकारले ढाक्नुभन्दा अगि नै हिँड्डुल गर। अन्धकारमा हिँड्ने मानिसले ऊ कहाँ जाँदैछ भन्ने थाहा पाउँदैन।
36 Inte poo7o nayta gidana mala poo7oy dishin poo7on ammanite” Yesussay hessa gidape guye bidi istta ayfepe gemmides.
तिमीहरूसँग ज्योति हुँदा नै आफ्नो भरोसा त्यसमा राख, तब तिमीहरू ज्योतिका सन्तान बन्नेछौ।” यति भनिसक्नुभएपछि येशू त्यहाँबाट जानुभयो, र फेरि तिनीहरूबीचमा देखा पर्नुभएन।
37 Yesussay isttas hessa mala malata istta sinththan ooththinkka ayhudat izan ammanbbeytena.
येशूले तिनीहरूका अगि यतिका धेरै अलौकिक चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँलाई विश्वास गरेनन्।
38 Hesi haniday nabe isiyasay “goodo! nu markkatethi ammaniday oonne? Xoossa qaalay ooss qonccide?” gidi
यो कुरा यशैया अगमवक्ताले गरेका यो अगमवाणी पूरा हुनलाई भएको थियो: “हे प्रभु, कसले हाम्रो समाचारलाई विश्वास गरेको छ? र प्रभुको बाहुबल कसलाई प्रकट गरिएको छ?”
39 Hessa gish ammananas danddaibeytena, gasooyka nabe isiyasay kase hizzgii xaafida gishshasiko.
यसैकारणले गर्दा तिनीहरूले विश्वास गर्न सकेनन्, किनकि यशैयाले फेरि भनेका छन्:
40 “Isttii ba ayfen beeydi, ba wozinan yushshi qoopidi simmontta malane izi istta paththontta mala Xoossi istta ayfe qooqisides, istta wozinaka mumisides.”
“तिनीहरूका आँखाले नदेखून्, र हृदयले नबुझून्, न त निको हुनलाई मकहाँ आऊन् भनेर, परमेश्वरले नै तिनीहरूका आँखाहरू नेदेख्ने र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ।”
41 Isiyasay hessa giday xoossay kittidade boncho beeyida gishshasa, hessa gish hessa Yesussay geesh yootdes.
यशैयाले यो कुरा येशूको बारेमा भनेका थिए; किनकि उहाँको महिमाको दर्शन तिनले पाएका थिए।
42 Gidikoka ayhudista halaqatape daroo asay Yesussa ammanides, gido attin istta ayhudata woosa keethafe godontta mala parssawistas babiidi ba ammano qonccen markkatibeeytena.
तर यस्तै समयमा पनि धेरै यहूदी अगुवाहरूले समेत उहाँलाई विश्वास गरे, तर सभाघरहरूबाट तिनीहरूलाई फरिसीहरूले निकालिदिनेछन् भन्ने डरले तिनीहरूले आफ्नो विश्वासलाई खुल्लमखुल्ला स्वीकार गरेनन्।
43 Istti hessaththo haniday isttas Xoossafe immettza bonchofe aththidi asape immetza boncho dosida gishasa.
किनकि परमेश्वरको प्रशंसाभन्दा मानिसहरूको प्रशंसा तिनीहरूले रुचाए।
44 Yesussay ba qaala dhoqu histtdii hizzgides “tana ammanizadey tanan xalala gidontta tana kittdadenkka ammanes.
येशूले उच्च सोरमा भन्नुभयो, “मलाई विश्वास गर्नेले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि विश्वास गर्दछ।
45 Tana beeydadey tana kittdadeeka beeyana.
जसले मलाई हेर्छ, त्यसले मलाई पठाउनुहुनेलाई देख्छ।
46 Tana ammanizay wuri dhuman dontta mala ta poo7o gidada hayssa ha allameza yadis.
म संसारमा ज्योति भएर आएको हुँ। यसकारण ममाथि विश्वास राख्नेहरू कोही पनि अब अन्धकारमा रहनेछैन।
47 Ta qaala siydi oosonttade bolla pirdanay tana gidike, gasooyka ta yiday dere ashshanas attin dere bolla pirdanas gidena.
“मेरो वचन सुनेर पनि मेरो आज्ञापालन नगर्नेलाई, म न्याय गर्दिनँ; किनकि म संसारलाई बचाउन आएँ, यसलाई न्याय गर्नलाई होइनँ।
48 Tana koyonttadene ta qaala ekkonttade bolla pirdanadey dees, ta izas yootda qaalay wuriseththa gaalas iza bolla pirdana.
तर मलाई र मेरो वचनलाई अस्वीकार गर्नेहरू सबैको निम्ति एउटा न्यायकर्ता हुनुहुन्छ। अन्त्यको दिनमा मैले बोलेको यही वचनले त्यसलाई दोषी ठहराउनेछ।
49 Gasooyka tani coo ta sheeneni yootabeyke, ta gizaysane ta yootza azazo tas immiday tana kittda ta aawako.
किनकि मैले आफ्नै विचारले बोलिनँ, तर मलाई पठाउनुहुने पिताले नै के बोल्ने, र कसरी बोल्ने भनी मलाई आज्ञा दिनुभयो।
50 Iza azazoy medhina deyoo gididaysa ta errays, hessa gish ta yootzay wuri aaway tas yootdaysako. (aiōnios )
अनि उहाँका आज्ञाहरूले अनन्त जीवनमा पुर्याउँछन् भनेर म जान्दछु। त्यसकारण म जे भन्दछु, ती सबै पिताले मलाई भन्न लगाउनुभएका कुराहरू नै हुन्।” (aiōnios )