< Yanisa Mishiracho 11 >
1 Bittaniiya gizasoon Marammane diza manddaran Allazzare geetettizadey saketides.
लाजरस नामको एक जना मानिस बिरामी भएका थिए। उनी मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानीका थिए।
2 Izi ishsha Allazzarey saketda Maramma kase Yesussa to bolla shiito gusada Yesussa to ba huee iththken quccdaroko.
यी तिनै मरियम हुन्, जसले येशूका पाउमा अत्तर खन्याएर आफ्नो कपालले पुछिदिएकी थिइन्। तिनकै भाइ लाजरस बिरामी परेका थिए।
3 Hayt michchet “Godo ne dosizaysi saketdes” gidi asse yesussako kittida.
यसकारण ती दुई दिदीबहिनीले येशूकहाँ यसो भन्ने खबर पठाए, “प्रभु, तपाईंले माया गर्नुहुने व्यक्ति बिरामी छन्।”
4 Yesussay hessa siyd ha sakoy xoossa nay izan bonchetana malane Xoossi bonchetanasafe attin iza hayqqos gaththizaz dena” gides.
यो खबर सुनेर येशूले भन्नुभयो, “यो बिरामीले मृत्युमा पुर्याउँदैन, तर परमेश्वरको महिमाका लागि होस् भनेर यो भएको हो; अनि यसद्वारा परमेश्वरको पुत्रले पनि महिमा पाउनेछ।”
5 Yesussay martta izi michchyo marammone Allazare siqqees.
येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई प्रेम गर्नुहुन्थ्यो।
6 Gido attin Allazarey saketdaysa siyy woththdii hen ba dizason namm7u gaalas gammides.
लाजरस बिरामी छन् भनेर सुन्नुभए तापनि उहाँ जहाँ हुनुहुन्थ्यो, त्यही ठाउँमा अझै दुई दिन बस्नुभयो।
7 Hessafe guye bena kaallizayta “anee Yuhuda bitta simm boosu” gides.
त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “अब हामी यहूदियामा फर्केर जाऔँ।”
8 Isttika “asttammare! guththa wodepe kasse asay nena shuchchara caadana koyshshina, ne qasse hai hee simma banee? gida.
तर उहाँका चेलाहरूले भने, “गुरुज्यू, केही दिन अगि मात्र यहूदियाका यहूदी अगुवाहरूले तपाईंलाई ढुङ्गाले हान्न खोजेका थिए, र के फेरि तपाईं त्यहीँ जान चाहनुहुन्छ?”
9 Yesussay isttas “issi gaalasan tammane namm7u sateey dees gidenee? Gaalasara hammutiza urray ha allameza poo7on simmeretontta gish dhubetena.
येशूले भन्नुभयो, “दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? दिनको उज्यालोमा हिँड्डुल गर्ने मानिसले ठेस खाँदैन; किनकि त्यसले संसारको ज्योतिद्वारा देख्छ।
10 dhubeetzadey gidikoo qamara hammutizadee, gasooyka poo7oy bayndda gishasa.” gides.
तर राति हिँड्दा त्यसले ठेस खान्छ; किनकि त्यसले ज्योति पाउँदैन।”
11 Hessa isttas yootdape guye “nu lagge Allazarey ziniides, taka iza dhiskkofee denththana bayss” gides.
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “हाम्रा मित्र लाजरस सुतेका छन्, र अब म गएर तिनलाई उठाउनेछु।”
12 Iza kaallizati iza “godoo! izi dhiskkda gidiko denddana” gida.
उहाँका चेलाहरूले भने, “प्रभु, तिनी निदाएका मात्र छन् भने निको हुनेछन्।”
13 Yesussay isttas hessa yootday iza hayqqo gishasa shin ia kallizaytas qasse dhiskko gish yootida milatides
येशूले चाहिँ लाजरसको मृत्युको विषयमा भन्नुभएको थियो, तर उहाँका चेलाहरूले भने उनी सुतेकै छन् भनी ठानेका थिए।
14 hasa gish qoonccera isttas “Allazarey hayqqdes
त्यसपछि येशूले तिनीहरूलाई स्पष्टसँग भनिदिनुभयो, “लाजरस मरेका छन्।
15 Inte ammanana mala ta hen dontta aggdays inte gish tana uhaaththaayses, hai gidiko ane gede izako boos” gides.
अनि तिमीहरूका निम्ति म त्यहाँ नभएको पनि राम्रै भयो। किनकि यसले तिमीहरूलाई ममाथि विश्वास गर्ने तुल्याउनेछ। अब हामी लाजरस भएका ठाउँमा जाऔँ।”
16 Qasse Diidmoosa geeetza Toomasay hankoo yesussa kallizayta “ane nuka bidi izara isife hayqqos” gides.
तब थोमा, जसलाई दिदुमस भनेर पनि चिनिन्थ्यो, उनले अरू चेलाहरूलाई भने, “हामी पनि जाऔँ, र उहाँसँगै मरौँ।”
17 Yesussay bi gakishshn Allazarey haqqi moogetin oydu galas gidides
येशू आइपुग्नुहुँदा लाजरस मरेर चिहानमा राखेको चार दिन भइसकेको थियो भनेर उहाँले थाहा पाउनुभयो।
18 Biitanyaay Yerussalamepe baga satee oge hakes.
यरूशलेमदेखि बेथानी लगभग तीन किलोमिटर टाढामा थियो।
19 Istta ishsha hayqqo gish Marammone martta minththethanas daroo ayhuda asay isttako shiqides.
धेरै यहूदीहरू, मार्था र मरियमलाई तिनीहरूका भाइको मृत्युमा सान्त्वना दिन त्यहाँ आएका थिए।
20 Yesussay yidaysa Marttay siyada iza mooka ekana badusu, Maramma gidiko soon uttadus.
येशू आउँदैहुनुहुन्छ भन्ने सुनेर मार्था उहाँलाई भेट्न गइन्। तर मरियमचाहिँ घरमै बसिरहिन्।
21 Marttay Yesussa hizzgadusu “godoo! ne han dizakoo ta ishshay hayqqenako shin.
मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन।
22 Haika gidiko ne woosida wursi xoossi nes immanayssa ta errays.”
हुन त अहिले पनि तपाईंले परमेश्वरसँग जस्तोसुकै बिन्ती गर्नुभयो भने पनि उहाँले दिनुहुन्छ भनी म जान्दछु।”
23 Yesussayka izis “ne ishshay denddana” gides.
येशूले तिनलाई भन्नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।”
24 Marttay qasse “wurisethan denththa wode izi denddanaysa ta errays” gadus.
मार्थाले भनिन्, “म जान्दछु, अन्तिम दिनमा मरेकाहरूको पुनरुत्थान हुँदा ऊ पनि जीवित पारिनेछ।”
25 Yesussayka izis hizzgidess “dethine deyooy tanakoo, tana ammanizadey hayqqikoka paxa dana.
येशूले तिनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। ममाथि विश्वास गर्ने मर्यो भने पनि ऊ जीवित हुनेछ।
26 Tanan dizadeyne tana ammanizadey muleka hayqqena, hessa ne ammanay?” (aiōn )
जो ममाथि विश्वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन। मार्था के तिमी यो विश्वास गर्छ्यौ?” (aiōn )
27 Izaka zaarada “ee goodo neni duge ha allameza Kitteti Xoossa na gididaysa ta ammanays” gadus.
“निश्चय गर्छु, गुरुज्यू,” तिनले भनिन्, “यस संसारमा आउने परमेश्वरको पुत्र, ख्रीष्ट तपाईं नै हुनुहुन्छ भनी म विश्वास गर्छु।”
28 hessa gadane simmada ba michchiyo Marammo dumma xeeyga kessada “Asttammarey nena koyes” gadus.
अनि यति भनेर मार्था फर्केर गइन्, र मरियमलाई सुटुक्क बोलाएर भनिन्, “गुरुज्यू आउनुभएको छ, र तिमीलाई भेट्न चाहँदैहुनुहुन्छ।”
29 Marammaka hessa siyda mala elela denddada izaka badus.
यो सुनेर मरियम तुरुन्तै उठेर येशूकहाँ गइन्।
30 Hessa gakanas Yesussay Marttara gaggdason dees attin gede manddara garss gelbeyana
येशू अझै पनि त्यस गाउँमा पसिसक्नुभएको थिएन। उहाँ मार्थासँग भेट भएको ठाउँमा नै हुनुहुन्थ्यो।
31 Marammo minththeethishe izira soon diza Ayudatika maramma puthurkku ga eqqada kezdaysa beydii iza allazare duhaaththao achchan yekkana bizza milatin izo kaallida.
मरियम झट्टै उठेर गएको देखेपछि तिनलाई सान्त्वना दिन आएका यहूदीहरूले तिनी लाजरसको चिहानमा रुन गएकी हुन् भनी ठानेर तिनीहरू मरियमको पछि लागे।
32 Maramma Yesussay dizaso gakka iza demmida mala iza too bolla guhaaththaanada “godo ne han dizakoo ta ishshay hayqqenakoo shin” gadus.
जब येशू हुनुभएको ठाउँमा मरियम आइपुगिन्, तब उहाँलाई देखेपछि पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन।”
33 Izane izo kaali yida Ayhudati yekizaysa Yesussay beydi daroo michcheetdii
मरियम रोइरहेकी र तिनीसँगै आएका अरू यहूदीहरूलाई पनि तिनीसँग रोइरहेका देख्नुभएर येशू आत्मामा दुःखित र अति विचलित हुनुभयो।
34 “Iza awan moggidet?” gidii oychchdes, isttka “godo hayada beeya” gida.
“लाजरसलाई तिमीहरूले कहाँ राखेका छौ?” उहाँले तिनीहरूलाई सोध्नुभयो। तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, आएर हेर्नुहोस्।”
35 Yesussayka ayhaaththaunxxdes.
येशू रुनुभयो।
36 Ayhudatika “izi iza ay mala sqqzakoo beeyti” gida.
यो देखेर यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो!”
37 Istta garssafe issi issi asati haysi qooqe addeza ayfe pogdaysii hayssadey hayqqontta mala oththanas danddaene shin?” gida.
तर कतिले भने, “दृष्टिविहीनलाई दृष्टि दिने यी मानिसले लाजरसलाई पनि मर्नदेखि बचाउन सक्नेथिएनन् र?”
38 Yesussay iza wozanay michchetin gede duhaaththaoko bides, duhaaththaozika shuchchara tuccettda gonggollo.
येशू फेरि ज्यादै दुःखित भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओडारमा थियो। अनि यसको मुखमा ठूलो ढुङ्गा राखिएको थियो।
39 Izika istta “shuchcha denththte” gides, hayqqdaysa michchya Marttay “godo izi hayqqin hach oydu gaalas gidida gish xinqqanako” gadus.
येशूले तिनीहरूलाई भन्नुभयो, “ढुङ्गा हटाओ।” मर्नेकी दिदी मार्थाले भनिन्, “तर प्रभु, यस बेलासम्म त लास पनि गन्हाउन थाल्यो होला। किनकि उनी त्यहाँ रहेको चार दिन भइसक्यो।”
40 Yesussayka “ne ammaniza gidiko Xoossa boncho beyanddasa gada nes ta yootabeykna?” gides.
येशूले भन्नुभयो, “विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ भनी मैले तिमीलाई भनेको थिइनँ र?”
41 Hessa gish shuchcha denththida, Yesussayka pudee xeellidi hizzgdees. “ta aawawu ne ta giza siydda gish ta nena galatays.
त्यसकारण तिनीहरूले ढुङ्गा एकातिर हटाइदिए। त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्नुभयो, “पिता! मेरो बिन्ती सुनिदिनुभएको लागि धन्यवाद।
42 Ne wuriso gaalas ta giza siyzaysa ta errays, gido attin ta hessa giday hayssan eqqda asati ne tana kittidaysa ammanana malasa.
तपाईंले मेरो कुरा सधैँ सुन्नुहुन्छ भनी मलाई थाहा थियो। तर मलाई तपाईंले नै पठाउनुभएको हो भनी यिनीहरूले विश्वास गरून् भनेर यी वरिपरि उभिरहेका मानिसहरूका कारण मैले यसो भनेको हुँ।”
43 Yesussay hessa gidape kaallethidii qaala dhoqqu histtdii “Allazare! ha kezza” gidii xeeygdes.
यो कुरा भन्नुभएपछि येशू चर्को सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्केर आऊ!”
44 Hayqqda Allazareyka kumeththa asatethay moogo mayoon xaxetda mala duhaaththaope kezides, Yesussayka birsh yedite boo gides.
अनि मरेको लाजरस हात र खुट्टा कात्रोले बेह्रिएकै र अनुहारमा लुगाले छोपिएकै अवस्थामा बाहिर निस्की आयो। येशूले तिनीहरूलाई भन्नुभयो, “कात्रो फुकालिदेओ, र उनलाई जान देओ।”
45 Hessa gish Marammo minththethana yida ayhudatape daroo asay yesussay ooththdaysa beeyd izan ammanides.
जब मरियमलाई भेट्न आएका धेरै यहूदीहरू, जसले येशूले गर्नुभएको यो अचम्मको काम देखे, तब तिनीहरूले उहाँमाथि विश्वास गरे।
46 Isttafe baaggat bidi Yesussay ooththdaysa parssawistas yootda.
कति जनाचाहिँ फरिसीहरूकहाँ गएर येशूले गर्नुभएको कुरा तिनीहरूलाई सुनाइदिए।
47 Hessa qeessista halaqqatnee Parssaweti Ayhudata duulata shiqqana mala xeeygd, hizzgda “ha addezii daroo dumma malatata oththdade gidida gish nu ay oththko loo7o?”
त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले एउटा महासभा बोलाए। “अब हामी के गरौँ?” तिनीहरूले आपसमा प्रश्न गरे, “यस मानिसले त साँच्चै अलौकिक चिन्हहरू गरेर देखाउँदैछ।
48 Nu coou gikko asi wuri iza ammananane oroome asayka yidi nu biittane nu asa nupe ekkana.”
अब हामीले यसलाई त्यसै छोडिदियौँ भने सबै मानिसहरूले यसमाथि विश्वास गर्नेछन्। अनि रोमीहरू हामीमाथि आइलाग्नेछन् र हाम्रो पवित्रस्थान र जातिलाई कब्जा गर्नेछन्।”
49 Istta garssafe isaddey he laythth qeessistas wana halaqqa qayapaay hizzgdees, “inte aykooka errekkista.
तिनीहरूमध्ये त्यस वर्षको प्रधान पुजारी कैयाफाले भने, “तिमीहरूलाई केही पनि थाहा छैन!
50 Deerey wuri dhayanape dere gish issi urray hayqqkoo loo7o gidanayssa yushsh qoopeeketii.”
मानिसहरूका निम्ति सम्पूर्ण जाति नाश हुनुभन्दा यो एउटा मानिस मर्नु नै असल हुन्छ भनी तिमीहरू महसुस गर्दैनौ?”
51 Izi hessa beepe gidoontta he layth izi qeessistas halaqqa gidida gish Yesussay Ayhuda dere gish sinththafe hayqqanaysa gish yootdes.
कैयाफा आफूले सोचेर यसो भनेका थिएनन्, तर उनी प्रधान पुजारी भएको हुनाले येशू सम्पूर्ण यहूदी राष्ट्रका निम्ति मर्नुपर्छ भन्ने अगमवाणी तिनको मुखबाट निस्केको थियो।
52 Izi hayqqanay He dere asas xalala gidoontta kase laleetda Xoossa naytaka isibolla shishshanasko.
अनि त्यस राष्ट्रका लागि मात्र होइन, तर संसारभरि छरिएर बसेका परमेश्वरका सन्तानका निम्ति तिनीहरूलाई जम्मा गर्न र एउटै बनाउनलाई येशू मर्नुहुनेछ भन्ने यो भविष्यवाणी भएको थियो।
53 He gaalasafe ha simmin iza wodhanas maqqetda.
यसकारण त्यही समयदेखि तिनीहरूले येशूलाई मार्ने षड्यन्त्र रच्न थाले।
54 Hessa gish Yesussay he gaalasafe ha simmin Ayhudata garssan qoonccera simmeretibeyna, gidoo attin dugge bazoo bitta matan dizza ehaaththareeme geetetza katamay diza poqqethaso bidi bena kaallizaytara hen tkkides.
त्यसकारण येशू यहूदीहरूका बीचमा खुल्लमखुल्ला हिँड्नुभएन। उहाँ उजाडस्थानको छेउमा भएको एफ्राइम गाउँ जानुभयो र त्यहाँ आफ्ना चेलाहरूसँग बस्नुभयो।
55 Ayhudati paziga ba77eley matda mala ba77eley gakkanape kase gesho woga ooththanas daroo asay dumma dumma derepe Yerusalame yidees.
यहूदीहरूको निस्तार चाड नजिकै थियो। निस्तार चाड सुरु हुनुअगि शुद्धी-संस्कार पालन गर्न भनेर गाउँ-बस्तीबाट धेरै मानिसहरू यरूशलेम आएका थिए।
56 Asay yesussa koyshshe xoossa keeththan eqqdi ba garssan isay isaa “intes ay milatzee? ba77elezas yeenesha?” gides.
तिनीहरू सबैले येशूलाई खोजे, र मन्दिरमा उभिरहेका बेला तिनीहरूले आपसमा यसरी सोधखोज गरे, “तिम्रो के विचार छ? उहाँ निस्तार चाडको लागि आउनुहुन्न होला र?”
57 Qeessista halaqatine parssawet qasse Yesussa oykanass izi awan dizakoone errizadey isttas mlatana mala kase azazii woththiida.
तर मुख्य पुजारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन सकियोस् भनेर कसैले येशूलाई देख्यो भने त्यसले तिनीहरूलाई खबर गर्नू भन्ने आज्ञा दिएका थिए।