< Yanisa Mishiracho 10 >
1 Ta intes tummu gays, doorssata yire penggerape attin hara baggara guupi geliizaay kaysoone bonqqizzade.
“म तिमीहरूलाई साँच्चै भन्दछु, जुन मानिस भेडागोठको ढोकाबाट भित्र पस्दैन, तर कुनै अर्कै ठाउँबाट चढेर पस्छ, त्यही नै चोर र डाँकु हो।
2 Penggera geliizadey izi doorssata hemmiizade.
तर ढोकाबाट भित्र पस्ने मानिसचाहिँ आफ्नो भेडाको गोठालो हो।
3 Penggee nagzadey izas penggezza doyees, doorssatka iza qaala syeetes, ba doorssata sunththara sunththara xeeygi keesses.
गोठ कुर्नेले उसका निम्ति ढोका खोलिदिन्छ, र भेडाहरूले उसको सोर सुन्छन्। उसले आफ्ना भेडाहरूलाई नाम काढि-काढि बोलाउँछ र तिनीहरूलाई बाहिर लैजान्छ।
4 Beyta wursi kessidape guyee istta sinthth adhidi kalethees, doorssatika iza qaala erriza gish iza kaletees.
उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसकेपछि, ऊ तिनीहरूका अगि-अगि हिँड्छ, र भेडाहरूले उसलाई पछ्याउँछन्। किनकि तिनीहरूले उसको सोर चिन्छन्।
5 Immatha urra iza qaala errontta gish izafe baqatetes, attin muleka iza kaletena.
तर तिनीहरूले नचिनेको व्यक्तिलाई कहिल्यै पछ्याउँदैनन्; बरु त्यसदेखि भाग्छन्। किनकि तिनीहरूले नचिनेको व्यक्तिको सोर चिन्दैनन्।”
6 yesussay hessa lemisoza isttas yootdes, shin istt qasse izi isttas yootdaysa aykoka erribeytena.
येशूले यो दृष्टान्तको प्रयोग गर्नुभयो, तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा के थियो, सो तिनीहरूले बुझेनन्।
7 hessa gish yesussay qasseka isttas hizzgdes, “ta isttas tummu gays doorssat penggey tana.
त्यसकारण येशूले फेरि भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, भेडाहरूको ढोका म नै हुँ।
8 Tape kasse ydayt wuri kaysoone bonqqzayta doorssat gidkoo istt giza siybetena
मभन्दा अगि आउनेहरू सबै चोर र डाँकुहरू थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्।
9 Pengeey tana ta, ta bagara gelizadey wuri attana, gelanane kezana hemmetizasoka demmana.
ढोका म नै हुँ, जो मद्वारा भित्र पस्छ, उसले मुक्ति पाउनेछ; भित्र र बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।
10 Kaysooy kaysootana wodhanasine dhaysanas xaala yees, ta gidiko intes deyooy dana malane intes kehi darana mala yadsi.
चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएँ।
11 Ta loo7o hemmizzade, loo7o hemiizzdey ba shmppo ba doorssata gish aththi immees.
“असल गोठालो म नै हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ।
12 Mishshera qaxxaretdii himmizadey gidiko doorssat izas gidoontta gish sudhumey yizza woode doorssaatii yegidii bess baqaates, sudhumeyka doorssata daf daf meesene laales.
भाडाको मान्छे भेडाहरूको आफ्नै होइनन्। त्यसकारण जब त्यसले ब्वाँसो आउँदैगरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ, र भाग्छ। त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ।
13 Baqattza mishshan qaxxarettdadee gidida gishine doorssatas michchetonttagishasa gshasa.
त्यो मानिसचाहिँ भाग्छ; किनकि त्यो त भाडाको मानिस हो, त्यसले भेडाहरूका लागि केही वास्ता गर्दैन।
14 Loo7o hemmizadeey tana tani ta doorssata errays, isttika tana erretes.
“असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्।
15 Hesika aaway tana errizaysa mala tan ta shemppota doorssata gish aththa immana.
जसरी पिताले मलाई चिन्नुहुन्छ, र म पितालाई चिन्छु, र म मेरो प्राण आफ्ना भेडाहरूका लागि अर्पण गर्छु।
16 Hayssa ha doorssa yren geloonttayt tas hara doorssat deetes, ta isttaskka ha ehanaas tas beeses, isttika ta qaala siyanane issi mehe gidana, hemmiizayskka isadee gidana.
मेरा अरू पनि भेडाहरू छन्, जो यस गोठका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनु परेको छ। तिनीहरूले पनि मेरो सोर सुन्नेछन्; र एउटै बगाल र एउटै गोठालो हुनेछ।
17 Ta zaarada denththanas ta shemppo ta aththa immiza gish ta aaway tana dooses.
मेरा पिताले मलाई प्रेम गर्नुहुने कारण यही हो, म आफ्नो प्राण, यसलाई फेरि फिर्ता लिनका लागि अर्पण गर्दछु।
18 Tani ta shemppo ta dossara aththa immadsi attin oonnika tape woothii ekkeena, ta aththa immanas gidiin woykoo zaara denththans gidiin sheeney tassa, hessa he azazoza ta ta aawape ekkadis.
मेरो प्राण मबाट कसैले लिन सक्दैन, तर म स्वेच्छाले यो अर्पण गर्दछु। मसँग अर्पण गर्ने यो अधिकार पनि छ; यसलाई फेरि लिने अधिकार पनि छ। किनकि यो आज्ञा मैले मेरा पिताबाट प्राप्त गरेको हुँ।”
19 Hessa he qaalape denddaysan ayhudata garssan qasseka shaketeth medhetdees.
यी वचनहरूका कारण यहूदी समूहहरूको बीचमा फेरि फाटो आयो।
20 Daroo asay “iza bolla daydanthth diza gishine gooshu gidida gish inte izi gizaysa ays syeeti? gida.
तिनीहरूमध्ये धेरैले यसो भने, “यसलाई भूत लागेको छ, र यो बहुलाएको छ; यसका कुरा किन सुन्छौ?”
21 Baaggayti qasse “haysii daydanththi dizaddey hayssa mala gideena, daydanthth qooqda ayfe paththi errize? gida.
तर अरूहरूले भने, “यी वचनहरू भूत लागेको मानिसका होइनन्। के कुनै भूतले दृष्टिविहीनका आँखा खोलिदिन सक्छ र?”
22 Yerusalamen xoossa keehta oratho ba77ele boncho woodey gakkides, woodeyka gaalas.
यरूशलेममा मन्दिर समर्पणको चाड आयो। यो हिउँदको समय थियो।
23 Yesussay Xoossa keethth giibe gidon seloomoney simmeretzaso geetetzasora adhishshin.
अनि येशू मन्दिरको क्षेत्रभित्र हुनुहुन्थ्यो, र सोलोमनको दलानमा हिँड्दैहुनुहुन्थ्यो।
24 Ayhudati iza gidoo aththidi “ne aydee gakanas nu wozzna hirggan gammiisanee? ne Xoos kittidade gidikoo nus qoonccsa yoota gida.
केही यहूदीहरू उहाँका वरिपरि भेला भएर सोधे, “हामीलाई तपाईंले कहिलेसम्म दोधारमा राख्नुहुन्छ? यदि तपाईं नै ख्रीष्ट हुनुहुन्छ भने हामीलाई स्पष्ट भनिदिनुहोस्।”
25 Yesussayka isttas hizzgdees “ta intes yootadiskkoo shin inte qasse ammanibeykeista, ta aawa sunththan ta oththiza malatatii ta gish yootetes.
येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्वास गर्दैनौ। मैले मेरा पिताको नाममा गरेका अचम्मका कामहरूले मेरो विषयमा नै गवाही दिन्छन्।
26 Inte qasse ta doorssata gidoontta gish tana ammanekista.
तर तिमीहरूले विश्वास गर्दैनौ; किनकि तिमीहरू मेरा बगालका भेडाहरू होइनौ।
27 Ta doorssatii ta qaala siyetes, taka istta errays, isttikka tana kaalletes.
मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु; र तिनीहरूले मलाई पछ्याउँछन्।
28 Ta isttas medhina deyoo immana, muleeka istti dhayetena, istt ta kushshepe woththii ekkanas danadey oonnika dena. (aiōn , aiōnios )
म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै पनि नाश हुनेछैनन्। (aiōn , aiōnios )
29 Tas istta immida ta aaway wurisofee adhes, ta aawa kushshepe istta oonnika bonqqanas danddaena.
मेरा पिता जसले ती सबै मलाई दिनुभयो; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। मेरा पिताको हातबाट तिनीहरूलाई कसैले पनि खोसेर लैजान सक्दैन।
30 “Tanine ta aaway nu issino.”
म र मेरा पिता एक हौँ।”
31 Ayhudati iza caadanas qasseka shuchchu denththida.
यहूदीहरूले फेरि उहाँलाई हान्नलाई ढुङ्गाहरू टिपे।
32 Yesussayka “aawape gidida daroo gita malatata ta intena bessads, histtin ha ta besidaytape awari gish tana shuchchara caadeti? gides.
तर येशूले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै ठूला अचम्मका कामहरू देखाएँ। तीमध्ये कुन कामको कारणले मलाई ढुङ्गाले हान्छौ?”
33 Ayudatiika “nu nena shuchchara caadizay ne coo asi gida dashe nena nerkka xoossu kessada caashsha qaala ne hasaida gishshasape attin ne loo7o ooththidaysa gish gideena” gidii izas zaarida.
ती यहूदीहरूले जवाफ दिए, “तीमध्ये कुनै पनि कामको कारणले हामी तिमीलाई ढुङ्गाले हान्दैनौँ, तर परमेश्वरको निन्दा गरेको कारणले, किनकि तिमी एउटा मानिस भएर पनि आफैँलाई परमेश्वर हुँ भनी दाबी गर्छौ।”
34 Yesussayka isttas hizzgdes “inte wooga gidon (ta intena xoossata gadis) geeteti xaafetibeyne?
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूका व्यवस्थामा ‘तिमीहरू देवहरू हौ भनी मैले भनेको छु’ भनी लेखिएको छैन?
35 Xoossa qaalay isttas yida asata (xoossu gikoone maxaafay sharistanas danddaontta gidikoo.)
त्यसकारण यदि जसकहाँ परमेश्वरको वचन आयो, तिनीहरूलाई त ‘देवहरू’ भनिन्छ, र धर्मशास्त्र भङ्ग हुन सक्दैन भने,
36 Histtin (ta Xoossa na) gida gish aaway ba shaaki dummasidaysane ha duge allame kittidaysa inte ne caayadasa gidi tana wordo aazas mooteti?
पिताले उहाँको आफ्नैलाई झैँ पवित्र र अलग गरी संसारमा पठाउनुभएको व्यक्तिका विषयमा चाहिँ के भन्ने त? त्यसो हो भने मैले ‘म परमेश्वरको पुत्र हुँ’ भनेकोमा मलाई किन परमेश्वरको निन्दाको दोष दिन्छौ?
37 Ta aaway ooththizaysa ta oosontta aggkoo tanan ammanopite.
मेरा पिताले जे गर्नहुन्छ, मैले पनि त्यही नगरेसम्म मलाई विश्वास नगर।
38 Ta izaththo ooththiza gidiko inte tana ammanontta aggikoka ta aaway tanan dizaysa taka izan dizaysa inte errana malane yuush qoopana mala izi ooththida malatan ammanite.”
यदि मैले ती कामहरू गर्दछु भने तिमीहरूले ममाथि विश्वास नगरे तापनि ती अचम्मका कामलाई विश्वास गर। अनि तिमीहरूले यो जान्न र बुझ्न सक्नेछौ, पिता ममा हुनुहुन्छ र म उहाँमा छु।”
39 Qasseka istti iza oykanas paacciida shin izi istta kushshepe keesi ekii bidees.
फेरि तिनीहरूले उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्कनुभयो।
40 Hessafe guye Yesussay, Yanssaay kasse xammaqzasoo gede yoridanosepe he pinthth simmid hen gammides.
त्यसपछि येशू फर्केर यर्दन नदीपारि यूहन्नाले पहिले बप्तिस्मा दिने गरेको ठाउँमा जानुभयो। उहाँ त्यहीँ बस्नुभयो,
41 Daroo asay izako yides, istti qasse “Yanssay issi malataka ooththibeyna, gidoo attin hayssa addeza gish izi yootdaysi wurikka tummuko” gida.
र धेरै मानिसहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यूहन्नाले कहिल्यै कुनै अलौकिक चिन्ह गरेनन्; तापनि यूहन्नाले यी मानिसको विषयमा बताएका सबै कुरा सत्य रहेछन्।”
42 Henkka daroo asay Yesussan ammanides.
अनि त्यस ठाउँमा धेरैले येशूमाथि विश्वास गरे।