< Kitetidayta Ootho 1 >
1 Tofilosa, Yesussay oothanasine tammarissanas oykidayssa wursia ta nes koyro maxaafan xaafadis.
प्रिय थियोफिलस, मैले मेरो पहिलो पुस्तकमा येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका बारेमा लेखेको छु।
2 Hessika izi pude denththa gaalas gakkanaas ba doorida kitidaytas xiillo ayana baggara izi isttas immida azazoko.
उहाँले चुन्नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा आज्ञा दिनुभएको दिनदेखि उहाँ स्वर्गमा उठाएर लगिनुभएको दिनसम्मको वृत्तान्त मैले मेरो त्यसै पुस्तकमा वर्णन गरिसकेको छु।
3 Izi daro waye be7idappe guye istakko shiqidi hayqope denddanayssa haytannitas daroo markkara qonccisishe oydu tamu gaalas gakkanaas isttas gaalas galas beetishe Xoossa kawootetha gish yootides.
आफूले दुःख सहनुभएपछि, उहाँ ती मानिसहरूका सामु प्रकट हुनुभयो र आफू जीवित हुनुभएको विश्वासलाग्दा धेरै प्रमाणहरू तिनीहरूलाई दिनुभयो। तिनीहरूका सामु उहाँ चालीस दिनसम्म देखा परिरहनुभयो र परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो।
4 Isttara isife maadan uttidishe istta hizzgi azazides “Yerussalamepe kezoppite, gido attin ta intes yootishin inte siydayssa ta aaway immida uhaaththaayssa naagitte.
तिनीहरूसँगै भोजन गरिरहेको बेला एकपल्ट तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “मैले तिमीहरूलाई भनेका मेरा पिताको प्रतिज्ञाको वरदानलाई पर्खेर बस्नू। त्यो प्राप्त नभएसम्म यरूशलेमलाई नछोड्नू।
5 Yanissay haththan xaamaqqides shin inte qass guuththa wodeppe guye xiillo ayanan xammaqistana.
किनकि यूहन्नाले पानीले बप्तिस्मा दिए, तर केही दिनमा तिमीहरूले पवित्र आत्माले बप्तिस्मा पाउनेछौ।”
6 Isttika issibolla shiqetti uttidishe “Godo! isiraelista kawootethi zaarada hai essane?” gi oychchida.
तब तिनीहरू उहाँको वरिपरि भेला भए र उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले यसै समयमा इस्राएलको राज्य पुनर्स्थापना गराउनुहुन्छ?”
7 Izika isttas “aaway ba sheenen woththida wode errooy intes immetibeeyna.
उहाँले तिनीहरूलाई भन्नुभयो: “पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको समय वा मिति जान्ने काम तिमीहरूको होइन।
8 Gido attin xiillo Ayanay inte bolla wodhdhida wode inte wolliiqa ekkana, Yerussalamenika Yudanika Sammariyanika wursoson biita gaxxa gakkanaas inte tas markkata gidana” gides.
तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ; र तिमीहरू यरूशलेममा, सम्पूर्ण यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म नै मेरा साक्षी हुनेछौ।”
9 Hessa gi yootidape guye istti xeellishin pude salo denddides, salo sharayika istta ayfepe iza genththides.
उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो। अनि तिनीहरूको दृष्टिबाट उहाँ बादलभित्र लोप हुनुभयो।
10 Izi biishin istti iza tish histi pude salo xeelishin booththa mayo mayida namm7u asati qoponnita istta achchan eqqidi;
उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एक टकले हेरिरहेका थिए, तब त्यसै बेला अकस्मात् सेता पोशाकमा दुई जना मानिस तिनीहरूका नजिक प्रकट भए।
11 “inteno Galila asato! inte pude salo xeellishe hayssan aazas eqqidetii? Haysi inte maatappe pude salo dennidishin inte beeyza Yesussay salo keezishin inte beeyda mala hessaththoka izi simmi yaana” gida.
तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, आकाशतिर हेर्दै तिमीहरू किन उभिरहेका छौ? तिमीहरूका बीचबाट स्वर्ग लगिइनुभएको यही येशू, जसरी अहिले स्वर्ग जानुभएको तिमीहरूले देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।”
12 Hessafe guye Dabirezayite giza zumma bollafe wodhdhid Yerusalame simmida, he zummayka yerussalameppe issi killo mittire mala hakkes.
त्यसपछि प्रेरितहरू जैतुनको पहाड भनिने डाँडाबाट यरूशलेम फर्के। यो ठाउँ यरूशलेम सहरदेखि झण्डै एक शब्बाथ दिनको बाटो टाढा पर्दछ।
13 Gede kaatamayo gellida wode kase ba diza keeththa fooqe bolla keziida, heyttikka Phixxirossa, Yanissa, Yaqoobe, Inddarassa, Philliphossa, Toomassa, Barttelomossa, Matossa, Illifossa na Yaqoobe, ba bagga maddizade geetettiza Simmonane yaqoobe na Yuuda.
तिनीहरू त्यहाँ आइपुगेपछि, तिनीहरू आफू बसेको माथिल्लो तलाको कोठामा गए। त्यहाँ पत्रुस, यूहन्ना, याकोब र अन्द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्फयसको छोरा याकोब र सिमोन कनानी र याकोबको छोरा यहूदा उपस्थित थिए।
14 Heyti wurikka maccashatappe Yesussa aayoo marammira hessathokka iza ishshatara issi wozinnan issi bolla qanxxontta minni woossida.
येशूकी आमा मरियम, उहाँका भाइहरू र अन्य महिलाहरूसँग मिलेर तिनीहरू निरन्तर प्रार्थनामा लागिरहे।
15 He gaallasatan Phixxirossay xeistane namm7u tammu ammaniza asa giidon eqqiddi.
ती दिनमा पत्रुस, दाजुभाइ-दिदीबहिनीहरूका (तिनीहरूका संख्या करिब एक सय बीस थियो) बीचमा उभिए,
16 Hizzgides “ta ishshato! Yesussa oykkida asata kaalleth oyththida, yuda gish xiillo ayanay kassetidi dawute dunnan hasa7iida geesha maxaafa qaalay polistanas koshiza gishiko.
र भने, “दाजुभाइ-दिदीबहिनीहरू हो, येशूलाई पक्राउनेहरूको अगुवा यहूदाको बारेमा पवित्र आत्माले दावीदको मुखद्वारा जे वचन धेरै पहिल्यै बोल्नुभएको थियो, पवित्रशास्त्रको त्यो वचन पूरा हुनैपर्थ्यो।
17 Izikka nuuppe issade mala taybeettidi hayssa ha oosozan gellanas exxa demmides.
किनकि त्यो पनि हामीहरूमध्येकै एक थियो, र त्यो हाम्रै सेवाको एउटा साझेदार पनि थियो।”
18 Shin hayssadey ba iitta ooson demmida miishshan gade shammides. Hennikka ba liiphon gufanni kunnidin iza asatathay giidofe phalliqeti wodhdhides; iza maraccey biita bolla zazetides.
(आफ्नो दुष्टतापूर्ण कामको इनामबाट यहूदाले एउटा खेत किन्यो। त्यही खेतमा त्यो उँधोमुन्टो भई खस्यो र त्यसको भुँडी फुट्यो, र त्यसका सबै आन्द्राभुँडी बाहिर छरपस्ट भए।
19 Hesikka yerussalamen diza asas wursios siyetides. Biitaykka istta qaalara “akeelidama” geetetides; Birishechayika suththa biita gusa.
यरूशलेमका हरेक मानिसले यो कुरा थाहा पाए। यसैकारण तिनीहरूले आफ्नो भाषामा त्यस खेतलाई आखेल्दामा अर्थात् रगतको खेत भनी नाम राखे।)
20 Gujjidikka Phixxirossay “mazzimmure maaxaafan (iza biittay mela atto, iza biittan assi doopo qassekka iza dannatethi hara assi eekko) geeteti xaafetides.
पत्रुसले भने, “किनकि भजनहरूको पुस्तकमा लेखिएको छ, “‘त्यसको ठाउँ उजाड होस्; त्यहाँ बास गर्ने कोही नहोस्,’ र, “‘त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्।’
21 Hessa gish Goda Yesusay nunara diza wode wurson nunara isife dizayta gidofe nu issade dorannas koshshes.
यसैकारण एक जना यस्तो व्यक्ति छान्नु आवश्यक छ, जो प्रभु येशू हाम्रा साथमा हुनुहुँदा सबै कुराको साक्षी थियो।
22 Hesikka Yanisa xiinqqateppe ha simmin Yesussay nuppe shakeetidi dendi bana gakkanaas nunara dizade gidannas beeses. Gasoykka ha asatappe issadey nunara Yesussa denththas markka gidana koshshes” gides.
त्यो मानिस यूहन्नाको बप्तिस्माको समयदेखि सुरु गरेर येशू हामीबाट माथि उठाइ लगिइनुभएको बेलासम्म हामीसँगै रहेको हुनुपर्दछ। किनकि तीमध्ये एक जना हामीसँगै उहाँ पुनरुत्थान हुनुभएको साक्षी हुनैपर्दछ।”
23 Hessa gish Barissabasa woykko Yosixxossa geetettiza Yosehaaththaonne Matiyassa namm7ata shishshidi;
त्यसैले तिनीहरूले बर्साबास भनिने योसेफ (जसलाई युस्तस पनि भनिन्थ्यो) र मतियास गरी दुई जनालाई प्रस्ताव गरे।
24 Hizzgi wossida “Godo! Ne asa wurso wozina errassa, hayta namm7ata giidofe ne oona doridakko issade nuna beessa.
अनि तिनीहरूले प्रार्थना गरे, “प्रभु, तपाईं सबै मानिसहरूका हृदयका कुरा जान्नुहुन्छ। यी दुईमध्ये कसलाई तपाईंले छनौट गर्नुभएको छ, हामीलाई देखाइदिनुहोस्।
25 Yuuday yeggi bidason ha ooththa ooththanadene haware gidanade ne doora” gida.
अनि त्यसले यो प्रेरितको सेवाको काम गर्न सकोस्, जुन सेवाका निम्ति छानिएको ठाउँ छोडेर यहूदा आफ्नो निज ठाउँमा गयो।”
26 Hessafe exxa yeggin exxay Maatiyassas keezides. Izikka taammane issi hawaristara isife tayibeetides.
त्यसपछि तिनीहरूले गोला हाले, र गोला मतियासको नाममा पर्यो। त्यसैले तिनी एघार प्रेरितहरूसँग थपिए।