< Zacharie 12 >
1 Malheur accablant de la parole du Seigneur sur Israël. Le Seigneur qui a étendu le ciel, et fondé la terre, et formé l’esprit de l’homme en lui, dit:
इस्राएलको विषयमा परमप्रभु यस्तो घोषणा गर्नुहुन्छ, जसले आकाश बनाउनुभयो र पृथ्वीको जग बसाल्नुभयो, जसले मानिसको आत्मालाई त्यसभित्र रच्नुभयो,
2 Voici que moi je ferai de Jérusalem une porte d’enivrement pour tous les peuples d’alentour; mais Juda même sera pendant le siège contre Jérusalem.
“हेर, म यरूशलेमलाई एउटा कचौरा तुल्याउँदै छु जसको कारण त्यसको वरिपरिका सबै धरमराउनेछन् । यरूशलेमको विरुद्ध घेरावन्दी हुँदा यहूदाको निम्ति पनि त्यस्तै हुनेछ ।
3 Et il arrivera qu’en ce jour-là je ferai de Jérusalem une pierre de poids pour tous les peuples; tous ceux qui la soulèveront seront meurtris et déchirés; et tous les royaumes de la terre s’assembleront contre elle.
त्यस दिन, म सबै जातिहरूका निम्ति यरूशलेमलाई एउटा गह्रौँ ढुङ्गो तुल्याउनेछु । त्यो ढुङ्गोलाई उठाउन खोज्ने सबैलाई गहिरो चोट लाग्नेछ, र पृथ्वीका सबै जातिहरू त्यस सहरको विरुद्धमा एक हुनेछन् ।
4 En ce jour-là, dit le Seigneur, je frapperai de stupeur tous les chevaux, et ceux qui les montent de démence; et sur la maison de Juda j’ouvrirai mes yeux: tous les chevaux des peuples, je les frapperai de cécité.
त्यस दिन, म हरेक घोडालाई भ्रमले र त्यसमा सवारलाई पागलपनले प्रहार गर्नेछु - परमप्रभु घोषणा गर्नुहुन्छ। यहूदाको घरानामाथि म मेरो नजर लगाउनेछु, तर जाति-जातिहरूका हरेक घोडालाई म अन्धोपनले प्रहार गर्नेछु ।
5 Et les chefs de Juda diront en leur cœur: Que les habitants de Jérusalem trouvent un appui pour moi dans le Seigneur des armées, leur Dieu.
अनि यहूदाका अगुवाहरूले आफ्ना हृदयमा यस्तो भन्नेछन्, ‘सेनाहरूका परमप्रभु, तिनीहरूका परमेश्वरको कारण यरूशलेमका वासिन्दाहरू हाम्रो बल भएका छन् ।’
6 En ce jour-là, je ferai des chefs de Juda comme un foyer de feu sous du bois, comme une torche de feu dans la paille; et ils dévoreront à droite et à gauche les peuples d’alentour, et Jérusalem sera de nouveau habitée en son propre lieu, à Jérusalem.
त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको बिचको आगोको मकलझैँ र बिटाहरूको बिचमा बलिरहेको राँकोझैँ तुल्याउनेछु, किनकि तिनीहरूले वरिपरिका सबै मानिसहरूलाई आफ्नो दाहिने र देब्रेपट्टि सखाप पार्नेछन् । यरूशलेम फेरि आफ्नै ठाउँमा बस्नेछ ।”
7 Et le Seigneur sauvera les tabernacles de Juda comme au commencement; afin que la maison de David ne se glorifie point fastueusement, et que la gloire des habitants de Jérusalem ne s’élève pas contre Juda,
दाऊदको घराना र यरूशलेममा बस्नेहरूको गौरव यहूदाका बाँकी रहेकाहरूको भन्दा बढ्ता नहोस् भनेर परमप्रभुले पहिला यहूदाको पाललाई बचाउनुहुनेछ ।
8 En ce jour-là, le Seigneur protégera les habitants de Jérusalem, et celui qui d’entre eux tombera en ce jour-là sera comme David, et la maison de David comme une maison à Dieu, comme un ange du Seigneur en leur présence.
त्यस दिन, परमप्रभु नै यरूशलेमका वासिन्दाहरूको रक्षक हुनुहुनेछ, र त्यस दिन तिनीहरूका कमजोरहरू दाऊदझैँ हुनेछन्, अनि दाऊदको घरानाचाहिँ परमेश्वरझैँ, तिनीहरूको अगि परमप्रभुका स्वर्गदूतझैँ हुनेछ ।
9 Et il arrivera qu’en ce jour-là, j’aurai soin de briser toutes les nations qui viennent contre Jérusalem.
“त्यसदिन यरूशलेमको विरुद्ध खडा हुने सबै जातिहरूलाई म सर्वनाश गर्न थाल्नेछु ।
10 Et je répandrai sur la maison de David et sur les habitants de Jérusalem l’esprit de grâce et de prières; et ils regarderont vers moi, qu’ils ont percé; et ils pleureront amèrement celui qu’ils ont percé, comme ils pleureraient leur fils unique, et ils s’affligeront à son sujet, comme on a coutume de s’affliger à la mort du premier-né.
तर दाऊदको घराना र यरूशलेमका वासिन्दाहरूमाथि म अनुग्रह र नम्र-निवेदन गर्ने आत्मा खन्याउनेछु, अनि तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले नै घोचेका छन् । एक मात्र छोरोको लागि शोक गरेझैँ, तिनीहरू मेरो निम्ति शोक गर्नेछन् । आफ्नो पहिलो पुत्रको निम्ति शोक गरेझैँ तिनीहरूले उनको लागि अत्यन्तै विलाप गर्नेछन् ।
11 En ce jour-là, il y aura un grand pleur dans Jérusalem, comme le pleur d’Adadremmon dans la plaine de Mageddon.
त्यस दिन यरूशलेमको विलाप मगिद्दोको बेँसीमा हदद-रिम्मोनको विलापझैँ हुनेछ ।
12 La terre pleurera, familles et familles à part; les familles de la maison de David à part, et leurs femmes à part;
भूमि विलाप गर्नेछ, हरेक कुलले अलग-अलग विलाप गर्नेछन् । दाऊदको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्नीहरू पतिबाट अलग हुनेछन् । नातानको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्नीहरू पतिबाट अलग हुनेछन् ।
13 Les familles de la maison de Nathan à part, et leurs femmes à part; les familles de la maison de Lévi à part, et leurs femmes à part; les familles de Séméi à part, et leurs femmes à part.
लेवीको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्नीहरू पतिबाट अलग हुनेछन् । शिमीको कुल अलग हुनेछ र तिनीहरूका पत्नीहरू पतिबाट अलग हुनेछन् ।
14 Toutes les autres familles, familles et familles à part, et leurs femmes à part.
बाँकी रहेका कुलहरूको हरेक वंश अलग हुनेछ र तिनीहरूका पत्नीहरू पतिबाट अलग हुनेछन् ।”