< Psaumes 138 >
1 À David (ou de David lui-même ).
आफ्नो सारा हृदयले म तपाईंलाई धन्यवाद दिनेछु । देवताहरूका सामु म तपाईंको प्रशंसाका गीतहरू गउनेछु ।
2 J’adorerai en me tournant vers votre saint temple, et je glorifierai votre nom,
तपाईंको पवित्र मन्दिरतिर फर्केर म दण्डवत गर्नेछु र तपाईंको करारको विश्वस्तता र तपाईंको सत्यताको निम्ति तपाईंको नाउँमा धन्यवाद दिनेछु । तपाईंले आफ्नो वचन र आफ्नो नाउँलाई अरू कुनै पनि थोकभन्दा धेरै महत्त्वपूर्ण बनाउनुभएको छ ।
3 En quelque jour que je vous invoque, exaucez-moi; vous augmenterez en mon âme la force.
मैले तपाईंलाई पुकारा गरेको दिन तपाईंले मलाई जवाफ दिनुभयो । तपाईंले मलाई साहसी बनाउनुभयो र मेरो प्राणलाई बलियो पार्नुभयो ।
4 Qu’ils vous glorifient, Seigneur, tous les rois de la terre, parce qu’ils ont entendu toutes les paroles de votre bouche;
हे परमप्रभु, पृथ्वीका सबै राजाले तपाईंलाई धन्यवाद दिनेछन्, किनकि तिनीहरूले तपाईंको मुखको वचनहरू सुन्नेछन् ।
5 Et qu’ils chantent dans les voies du Seigneur, parce que grande est la gloire du Seigneur.
वास्तवमा, तिनीहरूले परमप्रभुका कामहरूका बारेमा गीतहरू गाउनेछन्, किनकि परमप्रभुको महिमा महान् छ ।
6 Car le Seigneur est élevé, et il regarde les choses basses; et les choses hautes, c’est de loin qu’il les connaît.
किनकि परमप्रभु उच्च हुनुभए तापनि उहाँले विनम्रहरूलाई वास्ता गर्नुहुन्छ, तर घमण्डीलाई उहाँले टाढैबाट चिन्नुहुन्छ ।
7 Si je marche au milieu de la tribulation, vous me donnerez la vie; et sur la colère de mes ennemis vous avez étendu votre main, et votre droite m’a sauvé.
म खतराहरूको बिचबाट हिड्नु परे तापनि, तपाईंले मेरो जीवनलाई सुरक्षित राख्नुहुन्छ । मेरा शत्रुहरूका क्रोध विरुद्धमा तपाईंले आफ्नो बाहुली पसार्नुहुन्छ र तपाईंको दाहिने बाहुलीले मलाई बचाउँछ ।
8 Le Seigneur rétribuera pour moi: Seigneur, votre miséricorde est pour jamais, ne méprisez pas les ouvrages de vos mains.
परमप्रभु अन्तसम्म नै मसँग हुनुहुन्छ । हे परमप्रभु, तपाईंको करारको विश्वस्तता सदासर्वदा रहन्छ । तपाईंका हातहरूले बनाएका जनलाई नत्याग्नुहोस् ।