< Nombres 5 >
1 Le Seigneur parla encore à Moïse, disant:
परमप्रभुले मोशालाई भन्नुभयो,
2 Ordonne aux enfants d’Israël qu’ils jettent hors du camp tout lépreux, celui qui a la gonorrhée et celui qui a été souillé à cause d’un mort:
“छालाको सरुवा रोग भएका सबै, धातुको रोग भएका सबै, लास छोएर अशुद्ध भएका सबैलाई छाउनी बाहिर पठाउन इस्राएलका मानिसहरूलाई आज्ञा दे ।
3 Que ce soit un homme ou une femme, jetez-les hors du camp, pour ne pas qu’ils le souillent, puisque j’habite avec vous.
पुरुष होस् वा महिला, तैँले तिनीहरूलाई छाउनी बाहिर पठाउनुपर्छ । तिनीहरूले छाउनीलाई अशुद्ध तुल्याउनुहुँदैन, किनभने म यसमा बास गर्छु ।”
4 Et les enfants d’Israël firent ainsi, et ils les jetèrent hors du camp, comme avait dit le Seigneur à Moïse.
इस्राएलका मानिसहरूले यसै गरे । परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार तिनीहरूले तिनीहरूलाई छाउनी बाहिर पठाए । फेरि
5 Le Seigneur parla encore à Moïse, disant:
परमप्रभुले मोशालाई भन्नुभयो,
6 Dis aux enfants d’Israël: Un homme ou une femme, lorsqu’ils auront commis quelqu’un des péchés, qui ont coutume d’arriver aux hommes, et que par négligence, ils auront transgressé le commandement du Seigneur, et auront failli,
“इस्राएलका मानिसहरूलाई भन् । जब पुरुष वा महिलाले मानिसहरूले आपसमा गर्ने यस्ता कुनै पाप गर्छन् र मप्रति बेइमान हुन्छ, त्यो व्यक्ति दोषी हुन्छ ।
7 Confesseront leur péché, et rendront la somme même, et la cinquième partie par-dessus, à celui contre lequel ils auront péché.
त्यसपछि त्यसले आफूले गरेको पाप स्वीकार गर्नुपर्छ । त्यसले आफू चुकेको मूल्य चुक्ता गर्नुपर्छ र पाँचौँ हिस्सा थप्नुपर्छ । यो त्यसले आघात पुर्याएको व्यक्तिकहाँ ल्याउनुपर्छ ।
8 Mais s’il n’y a personne qui puisse recevoir, ils la donneront au Seigneur, et elle appartiendra au prêtre, outre le bélier qui est offert pour l’expiation, afin que l’hostie soit propitiatoire.
तर यदि अपमानमा परेको व्यक्तिको कुनै नजिकको नातेदार छैन भने, त्यसले आफ्नो प्रायश्चित्तको निम्ति एउटा थुमासँगै त्यसको दोषको निम्ति पुजारीद्वारा मूल्य मलाई तिर्नुपर्छ ।
9 Toutes les prémices aussi qu’offrent les enfants d’Israël, appartiennent au prêtre;
इस्राएलका मानिहरूका सबै भेटी र इस्राएलका मानिसहरूले पुजारीलाई ल्याएका र अलग गरेका थोकहरू त्यसको हुनेछ ।
10 Et tout ce qui est offert au sanctuaire par chacun d’eux, et qui est remis aux mains du prêtre, lui appartiendra,
हरेक व्यक्तिका भेटीहरू पुजारीको निम्ति हुनेछ; यदि कसैले पुजारीलाई कुनै थोक दिन्छ भने, यो त्यसको हुनेछ ।”
11 Le Seigneur parla encore à Moïse, disant:
फेरि, परमप्रभुले मोशालाई भन्नुभयो,
12 Parle aux enfants d’Israël, et tu leur diras: Un homme dont la femme aura fait une faute, et méprisant son mari,
“इस्राएलका मानिसहरूलाई भन् । 'कुनै मानिसकी पत्नी बहकिन्छे र आफ्नो पतिको विरुद्ध पाप गर्छे ।
13 Aura dormi avec un autre homme, en sorte que son mari n’ait pu la découvrir, et que l’adultère soit caché, et qu’elle ne puisse pas être convaincue par des témoins, parce qu’elle n’a pas été trouvée dans le crime;
त्यसपछि अर्को पुरुष त्यससँग सुत्छे । त्यस अवस्थामा त्यो अशुद्ध हुन्छे ।
14 Si un esprit de jalousie excite cet homme contre sa femme, qui est souillée, ou accusée par un faux soupçon,
त्यसका पतिले यो नदेखे तापनि वा थाहा नै नपाए तापनि र त्यो कार्य गर्दा कसैले नपक्रे तापनि र त्यसको विरुद्ध कोही नभए तापनि, त्यसकी पत्नी अशुद्ध भएकी छे भन्ने डाहको आत्माले थाहा देला । तथापि पत्नी अशुद्ध नभएको हुँदा पनि डाहको गलत विचार आउन सक्ला ।
15 Il l’amènera au prêtre, et offrira une offrande pour elle, la dixième partie d’une mesure de farine d’orge: il ne répandra point d’huile par-dessus, et il n’y mettra point d’encens, parce que c’est un sacrifice de jalousie, et une oblation pour découvrir un adultère.
यस अवस्थामा त्यो मानिसले आफ्नी पत्नीलाई पुजारीकहाँ ल्याउनुपर्छ । पतिले त्यसको तर्फबाट आवश्यक पर्ने बलिदान अर्थात् आधा पाथी जौको पिठो ल्याउनुपर्छ । उसले यसमा तेल हाल्नुहुँदैन र कुनै सुगन्धित मसला हाल्नुहुँदैन, किनभने यो डाहको अन्नबलि अर्थात् अपराध याद दिलाउनेको चढाइएको अन्नबलि हो ।
16 Le prêtre l’offrira donc et la présentera devant le Seigneur;
पुजारीले त्यस स्त्रीलाई नजिक ल्याउनुपर्छ र त्यसलाई परमप्रभुको सामु राख्नुपर्छ ।
17 Et il prendra de l’eau sainte dans un vase de terre, et il y jettera un peu de terre du pavé du tabernacle.
पुजारीले पवित्र पानीको भाँडो लिनुपर्छ र पवित्र वासस्थानको भुइँबाट धूलो लिनुपर्छ । त्यसले त्यो धूलोलाई त्यो पानीमा हाल्नुपर्छ ।
18 Et lorsque la femme sera debout en la présence du Seigneur, il lui découvrira la tête, et lui posera sur les mains le sacrifice du souvenir, et l’oblation de la jalousie: mais lui-même tiendra les eaux très amères, sur lesquelles il a accumulé les malédictions avec exécration;
पुजारीले त्यो महिलालाई परमप्रभुको सामु खडा गर्नेछ र त्यसले त्यो महिलाका कपाल फुलाइदिनेछ । त्यसले त्यो सम्झनाको अन्नबलिलाई त्यसको हातमा राख्नेछ, जुन सन्देहको अन्नबलि हो ।
19 Et il l’adjurera, et il lui dira: Si un homme étranger n’a pas dormi avec toi, et si tu n’as pas été souillée, le lit de ton mari déserté, elles ne te nuiront point ces eaux très amères sur lesquelles j’ai accumulé les malédictions.
पुजारीले श्राप ल्याउन सक्ने तितो पानीलाई त्यसको हातमा राख्नेछ । पुजारीले त्यस महिलालाई शपथ खान लगाओस् र त्यसलाई यसो भनोस्, 'यदि अरू कुनै पुरुषले तँसँग यौन सम्बन्ध राखेको छैन भने र यदि तँ बरालिएर गएको छैनस् र अपराध गरेको छैन भने, तँ श्राप ल्याउने यो तितो पानीबाट मुक्त हुनेछस् ।
20 Si, au contraire, tu t’es détournée de ton mari, et si tu as été souillée et as été avec un autre homme,
तर यदि पतिको अधीनमा भएकी तँ बरालिएकी छस्, यदि तँ अशुद्ध भएकी छस् र यदि अरू कुनै पुरुष तँसँग सुतेको छ भने,
21 Tu seras sous le poids de ces malédictions: Que le Seigneur te donne en malédiction et en exemple à tous parmi son peuple; qu’il fasse pourrir ta cuisse, et que s’enflant, ton sein se rompe.
(पुजारीले त्यो महिलामाथि श्राप ल्याउन सक्ने शपथ खान लगाउनुपर्छ र त्यसले महिलालाई भनिरहोस्) 'परमप्रभुले तँलाई श्रापित तुल्याउनुभएको होस् जुन तेरा मानिसहरूलाई देखाइनेछ । यदि परप्रभुले तेरो जाँघ सुक्ने तुल्याउनुभयो र तेरो पेट सुनिने तुल्याउनुभयो भने, यसै होस् ।
22 Qu’elles entrent dans ton ventre ces eaux maudites, et que, ton sein s’enflant, ta cuisse se pourrisse. Et la femme répondra: Amen, amen.
श्राप ल्याउने यो पानी तेरो पेटभित्र जानेछ र तेरो पेट सुनिनेछ र तेरो जाँघ सुक्ने छ । त्यो महिलाले 'हो, म दोषी छु भने यस्तै होस्' भनी जवाफ दिनुपर्छ ।
23 Et le prêtre écrira sur le livre ces malédictions, puis il les effacera avec les eaux très amères, sur lesquelles il a accumulé les malédictions,
पुजारीले यी श्रापहरूलाई मुट्ठोमा लेख्नुपर्छ, र ती लेखिएका श्रापहरूलाई त्यो तितो पानीमा धुनुपर्छ ।
24 Et il les lui donnera à boire. Lorsqu’elle les aura bues,
पुजारीले श्राप ल्याउने त्यो तितो पानी त्यो महिलालाई पिउन लगाउनुपर्छ । त्यो पानी त्यसभित्र जाने छ र तितो तुल्याउनेछ ।
25 Le prêtre prendra de sa main le sacrifice de jalousie et l’élèvera devant le Seigneur, puis il le posera sur l’autel, de telle sorte seulement, qu’auparavant
पुजारीले महिलाको हातबाट डाहको अन्नबलि लिनुपर्छ । उसले परप्रभुको सामु अन्नबलिलाई डोलाउनुपर्छ र यसलाई वेदीमा ल्याउनुपर्छ ।
26 Il prenne une poignée du sacrifice qui est offert, et qu’il le brûle sur l’autel, et qu’ainsi il donne à boire à la femme les eaux très amères.
पुजारीले अन्नबलिबाट एक मुट्ठी लिएर यसलाई वेदीमा जलाउनुपर्छ । त्यसपछि त्यसले महिलालाई त्यो तितो पानी पिउन दिनुपर्छ ।
27 Lorsqu’elle les aura bues, si elle a été souillée, et si, son mari méprisé, elle est coupable d’adultère, les eaux de malédiction la pénétreront; et son ventre s’étant enflé, sa cuisse se pourrira; et cette femme sera en malédiction et en exemple à tout le peuple.
त्यसले त्यसलाई पानी पिउन दिँदा त्यसले आफ्नो पति विरुद्ध पाप गरेकोले यदि त्यो अशुद्ध भएकी छे भने, त्यो श्राप ल्याउने पानी त्यसभित्र जानेछ र तितो तुल्याउनेछ । त्यसको पेट फुलिनेछ र त्यसको जाँघ सुक्नेछ । त्यो महिला आफ्ना मानिसहरूबिच श्रापित हुनेछ ।
28 Que si elle n’a pas été souillée, elle n’éprouvera aucun mal, et elle aura des enfants.
तर यदि महिला अशुद्ध भएकी छैन भने र त्यो शुद्ध छे भने, त्यो स्वतन्त्र हुने छे । त्यसले बालक जन्माउन सक्ने छे ।
29 Telle est la loi de la jalousie. Si une femme s’est détournée de son mari, et si elle a été souillée,
डाहको नियम यही हो । आफ्नो पतिबाट बरालिने र अशुद्ध हुने महिलाको नियम यही हो ।
30 Et que son mari poussé par un esprit de jalousie, l’amène en présence du Seigneur, et que le prêtre lui fasse selon tout ce qui a été écrit,
आफ्नी पत्नीप्रति डाही हुँदा डाहको आत्मा भएको पुरुषको निम्ति नियम यही हो । उसले महिलालाई परमप्रभुको सामु ल्याउनुपर्छ र पुजारी डाहको व्यवस्थाले वर्णन गरेका सबै थोक गर्नुपर्छ ।
31 Le mari sera sans faute, et elle, elle recevra le châtiment de son iniquité.
पुरुष आफ्नी पत्नीलाई पुजारीकहाँ ल्याएको दोषबाट मुक्त हुनेछ । महिलाले त्यसको कुनै पनि दोष भोग्नुपर्छ ।”