< Genèse 25 >
1 Or Abraham prit une autre femme du nom de Cétura,
अब्राहामले अर्की एउटी पत्नी विवाह गरे ।
2 Laquelle lui enfanta Zamran, Jecsan, Madan, Madian, Jesboc et Sué.
तिनको नाउँ कतूरा थियो । तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्माइन् ।
3 Et Jecsan engendra Saba et Dadan. Les fils de Dadan furent Assurim, Latusim et Loomim.
योक्षान शेबा र ददानका पिता भए । अश्शूरी, लतूशी र लऊम्मीहरू ददानका सन्तान थिए ।
4 Mais de Madian naquirent Epha, Opher, Hénoch, Abida et Eldaa. Tous ceux-ci sont les fils de Cétura.
मिद्यानका छोराहरूचाहिँ एपा, एपेर, हानोक, अबीदा र एल्दा थिए । यी सबै कतूराका सन्तान थिए ।
5 Abraham donna tout ce qu’il possédait à Isaac.
अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई दिए ।
6 Mais aux fils de ses autres femmes, il fit des présents, les sépara d’Isaac, son fils, et les envoya, pendant que lui vivait encore, vers la région orientale.
तर आफू जीवित छँदै तिनका उपपत्नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्ना छोरा इसहाकबाट छुट्याएर तिनीहरूलाई पूर्व देशतिर पठाए ।
7 Or les jours de la vie d’Abraham furent de cent soixante-quinze ans.
अब्राहाम जम्मा एक सय पचहत्तर वर्षसम्म बाँचे ।
8 Et manquant de forces, il mourut dans une heureuse vieillesse, étant d’un âge fort avancé, et plein de jours; et il fut réuni à son peuple.
अब्राहाम पुरा जीवन जिएर बुढ़ेसकालमा मरे, र आफ्ना मरेका पिता-पुर्खाहरूसँग मिल्न गए ।
9 Et Isaac et Ismaël, ses fils, l’ensevelirent dans la caverne double, qui est située dans le champ d’Ephron, fils de Séor l’Héthéen, vis-à-vis de Mambré,
तिनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको मम्रेनजिकको मक्पेलाको ओडारमा गाडे ।
10 Et qu’il avait acheté des fils de Heth: c’est là qu’il fut enseveli, lui, et Sara sa femme.
त्यो खेत अब्राहामले हेतका छोराहरूबाट किनेका थिए । अब्राहाम आफ्नी पत्नी सारासित त्यहीँ नै गाडिए ।
11 Et, après sa mort, Dieu bénit Isaac son fils qui habitait près du puits du nom de puits Du vivant et voyant.
अब्राहामको मृत्युपछि परमेश्वरले तिनका छोरा इसहाकलाई आशिष् दिनुभयो, र इसहाक बेअर-लहै-रोइ नजिकै बसोबास गरे ।
12 Voici les générations d’Ismaël, fils d’Abraham, que lui enfanta Agar l’Egyptienne, servante de Sara:
साराकी कमारी मिश्री हागारपट्टिबाट जन्मेको अब्राहामको छोरो इश्माएलका सन्तान यिनै थिए ।
13 Et voici les noms de ses fils selon leurs noms et leurs générations. Le premier né d’Ismaël fut Nabaïoth, ensuite Cédar, Abdéel, Mabsam,
जन्म क्रमको सूचीअनुसार इश्माएलका छोराहरूका नाउँ यी नै थिएः इश्माएलको जेठो छोरो नबायोत, केदार, अदबेल,
मिब्साम, मिश्मा, दुमा, मस्सा,
15 Adar, Théma, Séthur, Naphis et Cedma.
हदद, तेमा, यतूर, नापीश र केदमा ।
16 Ce sont là les fils d’Ismaël; ce sont aussi les noms de leurs châteaux et de leurs villes; ils ont été douze princes de leurs tribus.
इश्माएलका छोराहरू यी नै थिए । तिनीहरूका बस्ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै थिए ।
17 Or la vie d’Ismaël fut de cent trente-sept ans; et manquant de forces, il mourut, et fut réuni à son peuple.
इश्माएलको जम्मा उमेर एक सय सैँतिस वर्ष हुँदा तिनको मृत्यु भयो र तिनी आफ्ना पिता-पुर्खाहरूसँगै मिल्न गए ।
18 Il habita depuis Hévila jusqu’à Sur, qui regarde l’Égypte, quand on entre en Assyrie: c’est en présence de tous ses frères qu’il mourut.
तिनीहरूको बसोबास मिश्रको सिमानानजिक भएको अश्शूर देशतिर पर्ने हवीलादेखि शूरसम्म थियो । तिनीहरू एक-अर्काको शत्रुतामा बसे ।
19 Voici aussi les générations d’Isaac fils d’Abraham: Abraham engendra Isaac,
अब्राहामका छोरा इसहाकको वृत्तान्त यही हो । अब्राहाम इसहाकका पिता भए ।
20 Lequel, lorsqu’il était âgé de quarante ans, prit pour femme Rébecca, fille de Bathuel, Syrien de Mésopotamie, et sœur de Laban.
पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गर्दा इसहाक जम्मा चालिस वर्षका थिए ।
21 Or Isaac implora le Seigneur pour sa femme, parce qu’elle était stérile: et le Seigneur l’exauça, et accorda la conception à Rébecca.
तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे । परमप्रभुले तिनको प्रार्थना सुन्नुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन् ।
22 Mais ses enfants s’entrechoquaient dans son sein; elle dit: S’il devait en être ainsi pour moi, qu’était-il besoin de concevoir? Et elle alla, pour consulter le Seigneur,
तिनको गर्भमा भएका बालकहरू एक-अर्कासँग लड्न लागे, र तिनले भनिन् “मलाई किन यस्तो भयो?” तिनले यसको बारेमा परमप्रभुसँग सोधिन् ।
23 Qui répondant, dit: Deux nations sont dans ton sein, et deux peuples sortis de ton ventre se diviseront; un peuple surpassera l’autre peuple, et l’aîné servira le plus jeune.
परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो कोखमा दुई जाति छन्, तेरो गर्भदेखि नै दुई जाति छुट्टिनेछन् । एक जाति अर्कोभन्दा बलवान् हुनेछ, र जेठाले कान्छाको सेवा गर्नेछ ।”
24 Déjà le temps d’enfanter était venu, et voilà que deux jumeaux se trouvèrent dans son sein.
तिनको सुत्केरी हुने बेला आउँदा तिनको कोखमा जुम्ल्याहा थिए ।
25 Celui qui le premier sortit, était roux, tout hérissé de poils comme une peau; et il fut appelé du nom d’Esaü. Aussitôt l’autre sortant, tenait de sa main le pied de son frère: et c’est pour cela qu’elle l’appela Jacob.
जेठोचाहिँ शरीरभरि रौँको लुगा लगाएजस्तै रातो वर्णको जन्म्यो । तिनीहरूले त्यसको नाउँ एसाव राखे ।
26 Isaac était sexagénaire, quand ces enfants lui naquirent.
त्यसपछि त्यसको भाइ बाहिर निस्क्यो । त्यसको हातले एसावको कुर्कुच्चा समातिरहेको थियो । त्यसको नाउँ याकूब राखियो । इसाहककी पत्नीले तिनीहरूलाई जन्माउँदा तिनी साठी वर्ष पुगेका थिए ।
27 Ceux-ci devenus grands, Esaü se rendit habile à chasser, et fut un homme des champs; Jacob, au contraire, homme simple, habitait sous les tentes.
बालकहरू बढे, र एसावचाहिँ सिपालु सिकारी र मैदानमा डुलिहिँड्ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्त स्वभावका मानिस भए ।
28 Isaac aimait Esaü, parce qu’il se nourrissait de sa chasse; et Rébecca chérissait Jacob.
इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे । तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन् ।
29 Or Jacob fit cuire un mets; Esaü étant venu vers lui des champs très fatigué,
याकूबले सुरुवा पकाए । एसाव मैदानबाट आए, र उनी भोकले कमजोर भएका थिए ।
30 Dit: Donne-moi de ce mets roux; car je suis extrêmement fatigué. C’est pour ce motif qu’il fut appelé du nom d’Edom.
एसावले याकूबलाई भने, “कृपया, मलाई त्यो रातो सुरुवा खान देऊ, म थकित छु ।” यसैकारण उनलाई एदोम भनियो ।
31 Jacob lui dit: Vends-moi ton droit d’aînesse.
याकूबले भने, “पहिले तपाईंको ज्येष्ठ-अधिकार मलाई बेच्नुहोस् ।”
32 Esaü répondit: Voici que je meurs; à quoi me servira mon droit d’aînesse?
एसावले भने, “हेर, म त मर्नै आँटेको छु । मलाई त्यो ज्येष्ठ-अधिकारको के काम?”
33 Jacob repartit: Jure-le moi donc. Esaü le lui jura, et il vendit son droit d’aînesse.
याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्नो ज्येष्ठ-अधिकार याकूबलाई बेचे ।
34 C’est ainsi qu’ayant pris du pain et le plat de lentilles, il mangea et but, et s’en alla, estimant peu d’avoir vendu son droit d’aînesse.
याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए । एसावले खानपान गरे अनि उठेर आफ्नो बाटो लागे । यसरी एसावले आफ्नो ज्येष्ठ-अधिकारलाई लत्त्याए ।