< 2 Chroniques 19 >
1 Mais Josaphat, roi de Juda, retourna paisiblement en sa maison à Jérusalem.
यहूदाका राजा यहोशापात सुरक्षासाथ यरूशलेमको आफ्नो दरवार फर्के ।
2 Jéhu, le Voyant, fils d’Hanani, vint à sa rencontre, et lui dit: Vous donnez du secours à l’impie, et vous vous liez d’amitié avec ceux qui haïssent le Seigneur; et c’est pour cela certainement que vous méritiez la colère de Dieu.
तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न आए र यहोशापात राजालाई भने, “के दुष्टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।
3 Mais de bonnes œuvres ont été trouvées en vous, parce que vous avez enlevé les bois sacrés de la terre de Juda, et que vous avez préparé votre cœur pour chercher le Seigneur Dieu de vos pères.
तापनि तपाईंमा केही असल कुरा छन्, किनभने तपाईंले अशेराका खम्बाहरूलाई देशबाट हटाउनुभएको छ, र तपाईंले आफ्नो हृदय परमप्रभुलाई खोज्नमा लाउनुभएको छ ।”
4 Josaphat habita donc à Jérusalem, et il sortit de nouveau vers le peuple, depuis Bersabée jusqu’à la montagne d’Ephraïm, et il les rappela au culte du Seigneur, le Dieu de leurs pères.
यहोशापातको यरूशलेममा बसे । अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी देशमा मानिसहरूका माझमा गए र तिनीहरूलाई परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरकहाँ फर्काएर ल्याए ।
5 Et il établit des juges pour le pays dans toutes les villes de Juda fortifiées, pour chaque lieu en particulier.
यहूदाका किल्लाबन्दी गरिएका सबै सहरमा तिनले न्यायकर्ताहरू नियुक्त गरे ।
6 Et il ordonna aux juges: Prenez garde, dit-il, à tout ce que vous ferez; car ce n’est pas la justice d’un homme que vous exercez, mais celle du Seigneur, et tout ce que vous aurez jugé retombera sur vous.
तिनले न्यायकर्ताहरूलाई भने, “तिमीहरूले गर्ने कुरामा ध्यान देओ, किनभने तिमीहरूले मानिसहरूका निम्ति होइन तर परमप्रभुको निम्ति फैसला गर्दछौ । फैसलाको क्रममा उहाँ नै तिमीहरूसँग हुनुहुन्छ ।
7 Que la crainte du Seigneur soit avec vous, et faites tout avec soin; car il n’y a dans le Seigneur notre Dieu, ni iniquité, ni acception de personnes, ni désir de présents.
यसैले अब, परमप्रभुको भय तिमीहरूमा रहोस् । न्याय गर्दा होसियार होओ, किनकि परमप्रभु हाम्रा परमेश्वरमा अधर्म हुँदैन, नत उहाँमा पक्षपात र घूस लिने काम नै हुन्छ ।”
8 Josaphat établit aussi dans Jérusalem des Lévites, des prêtres, et des princes des familles d’Israël, afin de juger le jugement et la cause du Seigneur pour ses habitants.
यसबाहेक यहोशापातले यरूशलेममा केही लेवी र पुजारी, र इस्राएलका पुर्ख्यौली घरानाका केही अगुवाहरूलाई परमप्रभुको न्याय कायम राख्न र झगडाहरू मिलउन नियुक्त गरे । तिनीहरू यरूशलेममा बसे ।
9 Et il leur ordonna, disant: C’est ainsi que vous agirez dans la crainte du Seigneur, fidèlement et avec un cœur parfait.
तिनले उनीहरूलाई यसो भनेर निर्देशन दिए, “तिमीहरूले सधैँ परमेश्वरको भय राखेर विश्वाससित र आफ्ना सारा हृदयले काम गर्नुपर्छ ।
10 Quant à toute cause (qui vous viendra) de vos frères qui habitent dans leurs villes, entre parenté et parenté, partout où il sera question de loi, de commandement, de cérémonies, d’ordonnances, faites-la leur connaître, afin qu’ils ne pèchent point contre le Seigneur, et que sa colère ne vienne point sur vous et sur vos frères; agissant donc ainsi, vous ne pécherez point.
जब आफ्ना सहरमा बस्ने तिमीहरूका दाजुभाइबाट तिमीहरूका सामु कुनै पनि मुद्दा आउँछन्, चाहे ती रक्तपातसम्बन्धी होउन्, वा व्यवस्था र आज्ञा, विधिहरू वा आदेशहरूका विरुद्धमा होउन्, तिमीहरूले तिनीहरूलाई चेताउनी दिनू, ताकि तिनीहरू परमप्रभुको अगि दोषी नठहरिऊन्, नत्रता तिमीहरू र तिमीहरूका दाजुभाइमा क्रोध आइपर्ने छ । तिमीहरूले यसो गर्नू र तिमीहरू सबै दोषी ठहरिने छैनौ ।
11 Or Amarias, le prêtre, votre pontife, présidera dans les choses qui regardent Dieu, et Zabadias, fils d’Ismael, chef dans la maison de Juda, sera préposé sur les ouvrages qui appartiennent au service du roi. Vous avez aussi pour maîtres les Lévites devant vous; fortifiez-vous et agissez avec soin, et le Seigneur sera avec vous, vous comblant de biens.
हेर, परमप्रभुका सबै विषयमा मुख्य पुजारी अमर्याह तिमीहरूमाथि छन् । राजा सम्बन्धमा सबै विषयमा यहूदाका घरानाका अगुवा इश्माएलका छोरा जबदियाह निरीक्षक छन् । साथै लेवीहरूले अधिकारीहरूका रूपमा तिमीहरूका सेवा गर्नेछन् । बलिया होओ र तिमीहरूलाई दिइएका निर्देशनहरू पालना गर, र असल गर्नेहरूका साथमा परमप्रभु रनुभएको होस् ।”