< Genèse 40 >
1 Après ces choses, il arriva que l'échanson du roi d'Égypte et le panetier offensèrent leur seigneur, le roi d'Égypte.
मिश्रका राजाका पियाउने र पकाउनेले आफ्ना मालिकको विरुद्ध काम गरे ।
2 Et Pharaon se mit en colère contre ses deux officiers, contre le grand échanson et le grand panetier;
आफ्ना यी दुई अधिकार प्राप्त मुख्य पियाउने र पकाउनेसँग फारो क्रोधित भए ।
3 Et il les fit mettre en prison dans la maison du chef des gardes, dans la forteresse, lieu où Joseph était enfermé.
उनले तिनीहरूलाई अङ्गरक्षकहरूका कप्तानको घरमा कैदमा राखे, जहाँ योसेफलाई पनि राखिएको थियो ।
4 Et le chef des gardes établit Joseph auprès d'eux, et il les servait; et ils furent quelque temps en prison.
अङ्गरक्षकहरूका कप्तानले योसेफलाई तिनीहरूको सेवा गर्ने जिम्मा दिए । तिनीहरू त्यस झ्यालखानामा केही समयसम्म रहे ।
5 Et tous les deux eurent un songe, chacun le sien, dans une même nuit, chacun un songe d'une signification particulière, tant l'échanson que le panetier du roi d'Égypte qui étaient enfermés dans la forteresse.
ती झ्यालखानामा भएका मिश्रका राजाका पकाउने र पियाउने दुवैले एकै रात आ-आफ्नै सपना देखे, र ती दुवै सपनाका आ-आफ्नै अर्थ थिए ।
6 Et Joseph, venant vers eux le matin, les regarda, et voici, ils étaient tristes.
योसेफ बिहान तिनीहरूकहाँ आए र तिनीहरूलाई उदास देखे ।
7 Et il interrogea ces officiers de Pharaon, qui étaient avec lui en prison dans la maison de son maître, et leur dit: Pourquoi avez-vous mauvais visage aujourd'hui?
उनले आफ्ना मालिकका घरमा भएको झ्यालखानामा उनीसँगै भएका फारोका अधिकारीहरूलाई भने, “तपाईंहरू आज किन यति धेरै उदास देखिनुहुन्छ?”
8 Et ils lui répondirent: Nous avons fait un songe, et il n'y a personne qui l'interprète. Et Joseph leur dit: Les interprétations n'appartiennent-elles pas à Dieu? Racontez-moi vos songes, je vous prie.
तिनीहरूले उनलाई भने, “हामी दुवैले एउटा सपना देखेका छौँ र कसैले पनि त्यसको अर्थ खोल्न सकेको छैन ।” योसेफले तिनीहरूलाई भने, “के सबै अर्थहरू परमेश्वरका नै होइनन् र? कृपया, मलाई ती बताउनुहोस् ।”
9 Et le grand échanson raconta son songe à Joseph, et lui dit: Je songeais, et voici, un cep était devant moi;
मुख्य पियाउनेले योसेफलाई आफ्नो सपना भने । तिनले उनलाई भने, “मेरो सपनामा मेरोअगि एउटा दाखको बोट थियो ।
10 Et ce cep avait trois sarments. Or, il semblait qu'il poussait; sa fleur sortit, et ses grappes donnèrent des raisins mûrs.
त्यस दाखको बोटमा तिनवटा हाँगा थिए । जब त्यसमा टुसा पलायो, त्यसमा फूलहरू निस्किए र दाखका झुप्पाहरू पाके ।
11 Et la coupe de Pharaon était dans ma main; et je pris les raisins, et je les pressai dans la coupe de Pharaon, et je mis la coupe dans la main de Pharaon.
फारोको कचौरा मेरो हातमा थियो । मैले ती दाख लिएँ र फारोको कचौरामा निचरेँ, र त्यस कचौरालाई फारोका हातमा टक्र्याएँ ।”
12 Et Joseph lui dit: En voici l'interprétation: Les trois sarments sont trois jours.
योसेफले तिनलाई भने, “यसको अर्थ यस्तो छ । तिनवटा हाँगा भनेको तिन दिन हो ।
13 Dans trois jours, Pharaon élèvera ta tête, et te rétablira dans ta charge, et tu mettras la coupe de Pharaon dans sa main, comme tu le faisais auparavant, lorsque tu étais son échanson.
तिन दिनभित्र फारोले तपाईंको शिर उच्च पार्नुहुनेछ र तपाईंलाई तपाईंको काममा पुनर्स्थापित गर्नुहुनेछ । तपाईं फारोका पियाउने हुनुहुँदाजस्तै तपाईंले फारोको कचौरालाई उहाँका हातमा टक्र्याउनुहुनेछ ।
14 Mais souviens-toi de moi, quand tu seras heureux, et use de bonté envers moi, je te prie; fais mention de moi à Pharaon, et fais-moi sortir de cette maison.
तर तपाईंको भलो हुँदा मलाई सम्झनुहोस्, र कृपया ममाथि दया देखाउनुहोस् । मेरो विषयमा फारोलाई बताएर मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस् ।
15 Car, certainement, j'ai été dérobé du pays des Hébreux, et ici non plus je n'ai rien fait pour qu'on me mît dans cette fosse.
किनकि मलाई वास्तवमा हिब्रूहरूका देशबाट अपहरण गरी ल्याइएको थियो । यहाँ पनि यस झ्यालखानामा राखिनुपर्ने कुनै काम मैले गरेको छैन ।”
16 Alors le grand panetier, voyant que Joseph avait interprété en bien, lui dit: Moi aussi je songeais, et voici, j'avais trois corbeilles de pain blanc sur la tête;
जब मुख्य पकाउनेले सपनाको अर्थ असल भएको देखे, उनले योसेफलाई भने, “मैले पनि एउटा सपना देखेको थिएँ । रोटीका तिनवटा टोकरी मेरो टाउकोमाथि थिए ।
17 Et dans la plus haute corbeille il y avait pour Pharaon de toutes sortes de mets faits par le boulanger; et les oiseaux les mangeaient dans la corbeille qui était sur ma tête.
सबैभन्दा माथिको टोकरीमा फारोका निम्ति सबै किसिमका पकाइएका खाने कुरा थिए, तर चराहरूले मेरो टाउकोमाथिको टोकरीबाट ती खाइदिए ।”
18 Et Joseph répondit, et dit: En voici l'interprétation: Les trois corbeilles sont trois jours.
योसेफले जवाफ दिए, “यसको अर्थ यस्तो छ । तिनवटा टोकरी भनेको तिन दिन हो ।
19 Dans trois jours, Pharaon élèvera ta tête de dessus toi, et te fera pendre à un bois, et les oiseaux mangeront ta chair sur toi.
तिन दिनभित्र फारोले तपाईंको शिर उठाएर तपाईंलाई रुखमा झुण्ड्याइदिनुहुनेछ । चराहरूले तपाईंको मासु खानेछन् ।”
20 Et le troisième jour, jour de la naissance de Pharaon, il fit un festin à tous ses serviteurs, et il éleva la tête du grand échanson et du grand panetier, au milieu de ses serviteurs:
त्यसपछिको तेस्रो दिन फारोको जन्म दिन थियो । तिनले आफ्ना सबै नोकरहरूका निम्ति भोजको आयोजना गरे । आफ्ना नोकरहरूका माझमा तिनले मुख्य पियाउने र मुख्य पकाउनेलाई उभ्याए ।
21 Il rétablit le grand échanson dans son office d'échanson, afin qu'il mît la coupe dans la main de Pharaon;
तिनले मुख्य पियाउनेलाई उनको जिम्मेवारीमा पुनर्स्थापित गरिदिए, र उनले फेरि फारोका हातमा कचौरा टक्र्याए ।
22 Mais il fit pendre le grand panetier; comme Joseph le leur avait déclaré.
तर योसेफले तिनीहरूलाई अर्थ बताएझैँ फारोले मुख्य पकाउनेलाई झुण्ड्याइदिए ।
23 Or, le grand échanson ne se souvint point de Joseph; mais il l'oublia.
मुख्य पियाउनेले भने योसेफलाई सम्झेनन्, तर उनलाई बिर्सिहाले ।