< Genèse 34 >
1 Or, Dina, la fille que Léa avait enfantée à Jacob, sortit pour voir les filles du pays.
अब लेआले याकूबको निम्ति जन्माएकी छोरी दीना त्यस देशका युवतीहरूसित भेट गर्न गइन् ।
2 Et Sichem, fils de Hémor, le Hévien, prince du pays, la vit, et l'enleva, et coucha avec elle, et lui fit violence.
त्यस देशका रजौटा हिव्वी हमोरको छोरा शकेमले उनलाई देखी उनलाई प्रकेर लगे र उनीसित सहवास गरे ।
3 Et son âme s'attacha à Dina, fille de Jacob, et il aima la jeune fille, et parla au cœur de la jeune fille.
तिनी याकूबकी छोरी दीनासित मोहित भएका थिए । तिनले यी युवतीलाई प्रेम गरी स्नेहपूर्वक बोले ।
4 Et Sichem parla à Hémor, son père, et lui dit: Donne-moi cette jeune fille pour femme.
शकेमले आफ्ना पिता हमोरलाई यसो भने, “मेरी पत्नी हुनलाई ती युवती मलाई ल्याइदिनुहोस् ।”
5 Or, Jacob apprit qu'il avait déshonoré Dina sa fille; mais ses fils étaient aux champs avec son bétail, et Jacob se tut jusqu'à leur retour.
अब याकूबले आफ्नी छोरी दीनालाई शकेमले अशुद्ध पारेको कुरा सुने । तिनका छोराहरू खेतमा गाईबस्तु चराउन गएका थिए । त्यसैले तिनीहरू नफर्कुञ्जेल याकूब चुप लागेर बसे ।
6 Cependant Hémor, père de Sichem, sortit vers Jacob pour lui parler.
शकेमका पिता हमोर याकूबसित कुराकानी गर्न गए ।
7 Et les fils de Jacob revinrent des champs dès qu'ils apprirent la chose; et ces hommes furent affligés et fort irrités de l'infamie que Sichem avait commise en Israël, en couchant avec la fille de Jacob, ce qui ne devait point se faire.
याकूबका छोराहरू खेतबाट फर्कंदा तिनीहरूले यस विषयबारे सुने । तिनीहरूलाई चोट पुगेको थियो । याकूबकी छोरीमाथि जबरजस्ती सहवास गरेर तिनले इस्राएलको बेइज्जत गरेकाले तिनीहरू ज्यादै रिसाए । किनकि यस्तो कुरो गरिनुहुँदैनथ्यो ।
8 Et Hémor leur parla, en disant: L'âme de Sichem, mon fils, s'est attachée à votre fille; donnez-la-lui, je vous prie, pour femme.
हमोरले तिनीहरूलाई भने, “मेरो छोरो शकेमले तपाईंकी छोरी दीनालाई माया गर्छन् । कृपया, उनलाई तिनकी पत्नी हुन दिनुहोस् ।
9 Et alliez-vous avec nous; vous nous donnerez vos filles, et vous prendrez nos filles pour vous.
हामीसित अन्तरजातीय विवाह गर्नुहोस् । तपाईंका छोरीहरू हामीलाई दिनुहोस् र हाम्री छोरीहरू तपाईंहरूले लैजानुहोस् ।
10 Et vous habiterez avec nous; et le pays sera à votre disposition: demeurez-y et y trafiquez, et acquérez-y des propriétés.
तपाईंहरू हामीसितै बस्नुहोस् । तपाईंहरूलाई बसोबास गरी व्यापार गर्न र सम्पत्ति आर्जन गर्न यो देश खुला हुनेछ ।”
11 Et Sichem dit au père et aux frères de la jeune fille: Que je trouve grâce à vos yeux; et je donnerai ce que vous me direz.
शकेमले उनका पिता र उनका दाजुहरूलाई भने, “मलाई तपाईंहरूले निगाह गर्नुहोस्, र तपाईंहरूले मलाई जे भन्नुहुन्छ, म त्यही दिनेछु ।
12 Imposez-moi un grand douaire, et de grands présents, et je les donnerai comme vous me direz; mais donnez-moi la jeune fille pour femme.
तपाईंहरूलाई इच्छा लागेमुताबिक जतिसुकै दाइजो र उपहार माग्नुुहोस् म ती दिनेछु, तर मलाई यी युवती पत्नी तुल्याउनलाई दिनुहोस् ।”
13 Alors les fils de Jacob répondirent avec ruse à Sichem et à Hémor, son père; ils parlèrent ainsi, parce qu'il avait déshonoré Dina leur sœur.
शकेमले दीनालाई अशुद्ध तुल्याएकाले याकूबका छोराहरूले शकेम र तिनका पिता हमोरलाई छलपूर्वक जवाफ दिए ।
14 Ils leur dirent: C'est une chose que nous ne pouvons faire que de donner notre sœur à un homme incirconcis; car ce nous serait un opprobre.
तिनीहरूले उनीहरूलाई भने, “हामी यस्तो कुरा गर्न सक्दैनौँ । खतना नगरेको कुनै पनि व्यक्तिलाई हामी हाम्री बहिनी दिन सक्दैनौँ । किनकि त्यसो गर्दा हाम्रो बेइज्जत हुन्छ ।
15 Nous ne consentirons à ce que vous demandez que si vous devenez semblables à nous, en circoncisant tous les mâles parmi vous.
यो सर्तमा मात्रै हामी तपाईंहरूसित सहमत हुनेछौः हामीजस्तै तपाईंहरूको हरेक पुरुषको खतना हुनुपर्छ ।
16 Alors nous vous donnerons nos filles, et nous prendrons vos filles pour nous; et nous habiterons avec vous, et nous ne serons plus qu'un peuple.
तब हामी हाम्रा छोरीहरू तपाईंहरूलाई दिनेछौँ र तपाईंहरूका छोरीहरू हामी लिनेछौँ अनि हामी तपाईंहरूसित बसी एउटै जाति हुनेछौँ ।
17 Mais, si vous ne voulez pas nous écouter et vous circoncire, nous prendrons notre fille, et nous nous en irons.
तर तपाईंहरूले हाम्रो कुरा सुनेर खतना गर्नुभएन भने हामी हाम्री बहिनी लिएर जानेछौँ ।”
18 Et leurs discours plurent à Hémor et à Sichem, fils de Hémor.
तिनीहरूको कुराले हमोर र तिनका छोरा शकेमलाई खुसी तुल्यायो ।
19 Et le jeune homme ne différa point de faire la chose; car la fille de Jacob lui plaisait. Or il était le plus considéré de toute la maison de son père.
यिनीहरूले भनेका कुरा गर्न ती युवकले ढिला गरेनन् किनकि तिनी याकूबकी छोरीसित मोहित भएका थिए, र तिनी आफ्ना पिताको घरानामा सबैभन्दा इज्जतदार व्यक्ति थिए ।
20 Hémor et Sichem, son fils, vinrent donc à la porte de leur ville, et parlèrent aux gens de leur ville, en disant:
हमोर र तिनका छोरा शकेम तिनीहरूको सहरको द्वारमा गएर सहरका मानिसहरूलाई भने,
21 Ces gens-ci sont paisibles à notre égard; qu'ils habitent au pays, et qu'ils y trafiquent. Et voici, le pays est assez étendu pour eux; nous prendrons leurs filles pour femmes, et nous leur donnerons nos filles.
“यी मानिसहरू शान्तिप्रिय छन् । त्यसैले यिनीहरू हामीसितै बसोबास गरी व्यापार गरून् किनकि वास्तवमा हाम्रो देश तिनीहरूका लागि पनि ज्यादै ठुलो छ । तिनीहरूका छोरीहरूलाई पत्नी बनाउनलाई लिऔँ र तिनीहरूलाई हाम्रा छोरीहरू दिऔँ ।
22 Mais ils ne consentiront à habiter avec nous, pour n'être qu'un seul peuple, que si tout mâle parmi nous est circoncis, comme ils sont eux-mêmes circoncis.
यो सर्तमा मात्रै ती मानिसहरू हामीसित बसी एउटै जाति हुन सहमत छन्: तिनीहरूजस्तै हाम्रो हरेक पुरुषको खतना हुनुपर्छ ।
23 Leur bétail, et leurs biens, et toutes leurs bêtes, ne seront-ils pas à nous? Accordons-leur seulement cela, et qu'ils demeurent avec nous.
के तिनीहरूका सबै गाईबस्तु र सम्पत्ति अर्थात् जनावरहरू हाम्रा हुनेछैनन् र? त्यसैले तिनीहरूसित सहमत होऔँ र तिनीहरू हामीसित बसून् ।”
24 Et tous ceux qui sortaient par la porte de leur ville, obéirent à Hémor et à Sichem son fils, et tout mâle qui sortait par la porte de leur ville, fut circoncis.
सहरका सबै मानिसले हमोर र तिनका छोरा शकेमको कुरा माने, अनि हरेक पुरुषको खतना गरियो ।
25 Et il arriva au troisième jour, lorsqu'ils étaient souffrants, que deux des fils de Jacob, Siméon et Lévi, frères de Dina, prirent chacun leur épée, se jetèrent sur la ville en sécurité, et tuèrent tous les mâles.
तेस्रो दिनमा तिनीहरू अझै दर्दमा हुँदा याकूबका दुई जना छोरा शिमियोन र लेवी (दीनाका दाजुहरू) ले आ-आफ्नो तरवार लिई आफ्नो सुरक्षामा ढुक्क रहेको सहरमाथि आक्रमण गरी सबै पुरुषलाई मारे ।
26 Ils passèrent au tranchant de l'épée Hémor et Sichem, son fils; et ils prirent Dina de la maison de Sichem, et ils sortirent.
तिनीहरूले तरवारले हमोर र तिनका छोरा शकेमलाई मारे । तिनीहरूले दीनालाई शकेमको घरबाट लिएर गए ।
27 Les fils de Jacob se jetèrent sur les blessés et pillèrent la ville, parce qu'on avait déshonoré leur sœur.
याकूबका अन्य छोराहरू मरेकाहरूकहाँ आई सहरलाई लुटे किनकि ती मानिसहरूले तिनीहरूकी बहिनीलाई अशुद्ध बनाएका थिए ।
28 Et ils prirent leurs troupeaux, leurs bœufs et leurs ânes, ce qui était dans la ville et aux champs;
तिनीहरूले उनीहरूका बगालहरू, बथानहरू, गधाहरू, सबै सम्पत्ति र सहरमा भएको हरेक थोक लिएर गए ।
29 Ils emmenèrent et pillèrent tous leurs biens, et tous leurs petits enfants, et leurs femmes, et tout ce qui était dans les maisons.
तिनीहरूका सबै केटाकेटी र पत्नीहरूलाई तिनीहरूले कैद गरे । घरहरूभित्र भएको हरेक थोक पनि तिनीहरूले कब्जा गरे ।
30 Alors Jacob dit à Siméon et à Lévi: Vous m'avez troublé, en me mettant en mauvaise odeur parmi les habitants du pays, parmi les Cananéens et les Phéréziens. Et moi, je n'ai qu'un petit nombre d'hommes; ils s'assembleront contre moi, et me frapperont, et je serai détruit, moi et ma maison.
याकूबले शिमियोन र लेवीलाई भने, “यस देशका बासिन्दाहरू अर्थात् कनानीहरू र परिज्जीहरूका सामु मलाई अप्रिय तुल्याएर तिमीहरूले ममाथि सङ्कष्ट ल्याएका छौ । मेरा मानिसहरू थोरै छन् तिनीहरू एकै ठाउँमा जम्मा भई ममाथि आक्रमण गरे भने म र मेरो घराना नष्ट हुनेछौँ ।
31 Et ils répondirent: Doit-on traiter notre sœur comme une prostituée?
तर शिमियोन र लेवीले भने, “के शकेमले हाम्री बहिनीलाई वेश्यालाई जस्तै व्यवहार गर्नहुन्छ?”