< Proverbes 22 >

1 La renommée est préférable aux grandes richesses, et la bonne grâce plus que l'argent ni l'or.
धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु अनि निगाह सुन र चाँदीभन्दा उत्तम हो ।
2 Le riche et le pauvre s'entre-rencontrent: celui qui les a tous faits, c'est l'Eternel.
धनी र गरिब यस कुरामा समान छन्, कि दुवैका सृष्‍टिकर्ता परमेश्‍वर हुनुहुन्छ ।
3 L'homme bien avisé prévoit le mal, et se tient caché; mais les niais passent, et en payent l'amende.
विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।
4 La récompense de la débonnaireté et de la crainte de l'Eternel sont les richesses, la gloire et la vie.
विनम्रता र परमप्रभुको भयको इनाम धन-सम्पत्ति, मान र जीवन हुन् ।
5 Il y a des épines et des pièges dans la voie du pervers; celui qui aime son âme, s'en retirera loin.
टेडा मानिसहरूको मार्गमा काँढा र पासाहरू लुकेका हुन्छन् । आफ्नो जीवनको रखवाली गर्नेचाहिँ तीबाट टाढै बस्‍ने छन् ।
6 Instruis le jeune enfant, à l'entrée de sa voie; lors même qu'il sera devenu vieux, il ne s'en retirera point.
बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन ।
7 Le riche dominera sur les pauvres; et celui qui emprunte, sera serviteur de l'homme qui prête.
धनी मानिसहरूले गरिब मानिसहरूमाथि शासन गर्छन्, र सापट लिनेचाहिँ सापट दिनेको दास बन्छ ।
8 Celui qui sème la perversité, moissonnera le tourment; et la verge de son indignation prendra fin.
अन्याय छर्नेले सङ्कष्‍टको कटनी गर्ने छ, र त्यसको झोँखको लौरो भाँचिने छ ।
9 L'œil bénin sera béni, parce qu'il aura donné de son pain au pauvre.
उदार दृष्‍टि भएको मानिस आशिषित् हुने छ, किनकि त्यसले आफ्नो रोटी गरिबहरूसित बाँडचुँड गर्छ ।
10 Chasse le moqueur, et le débat sortira, et la querelle, et l'ignominie cesseront.
खिल्ली उडाउनेलाई बाहिर निकाल्, र द्वन्द्व हटेर जान्छ अनि वादविवाद र अपमान लोप हुने छन् ।
11 Le Roi est ami de celui qui aime la pureté de cœur, et qui a de la grâce en son parler.
शुद्ध हृदयलाई प्रेम गर्ने र बोलीवचन अनुग्रहमय भएको मानिसको लागि राजा पनि मित्र हुने छ ।
12 Les yeux de l'Eternel protègent la science, mais il renverse les paroles du perfide.
परमप्रभुको दृष्‍टिले ज्ञानमाथि नजर लगाइरहन्छ, तर उहाँले विश्‍वासघातीका वचनहरूलाई मिल्काइदिनुहुन्छ ।
13 Le paresseux dit: le lion est là dehors; je serais tué dans les rues.
अल्छे मानिसले भन्छ, “बाटोमा एउटा सिंह छ । मलाई खुला ठाउँहरूमा मारिने छ ।”
14 La bouche des étrangers est une fosse profonde; celui que l'Eternel a en détestation, y tombera.
व्यभिचारी स्‍त्रीको मुख गहिरो खाडलजस्तै हो । त्यसभित्र खस्‍नेको विरुद्धमा परमप्रभुको क्रोध दन्कन्छ ।
15 La folie est liée au cœur du jeune enfant; [mais] la verge du châtiment la fera éloigner de lui.
बच्‍चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ ।
16 Celui qui fait tort au pauvre pour s'accroître, et qui donne au riche, ne peut manquer de tomber dans l'indigence.
आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्‍ने छ ।
17 Prête ton oreille, et écoute les paroles des sages, et applique ton cœur à ma science.
आफ्नो कान थाप् र बुद्धिमान्‌का वचनहरू सुन् अनि मेरो ज्ञानमा तेरो हृदय लगा ।
18 Car ce te sera une chose agréable si tu les gardes au-dedans de toi, et si elles sont rangées ensemble sur tes lèvres.
किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुने छ ।
19 Je te l'ai aujourd'hui fait entendre, à toi, dis-je, afin que ta confiance soit en l'Eternel.
तेरो भरोसा परमप्रभुमाथि होस् भनेर आज म तँलाई यी कुराहरू सिकाउँछु ।
20 Ne t'ai-je pas écrit des choses convenables aux Gouverneurs en conseil et en science;
के मैले तेरो लागि अर्ती र ज्ञानका तिसवटा नीति-वचन लेखिदिएको छैनँ र?
21 Afin de te donner à connaître la certitude des paroles de vérité, pour répondre des paroles de vérité à ceux qui envoient vers toi?
तँकहाँ पठाइएकाहरूलाई तैँले भरोसायोग्य जवाफहरू दिन सक् भनेर मैले तँलाई यी भरोसायोग्य वचनहरू सिकाएको होइनँ र?
22 Ne pille point le chétif, parce qu'il est chétif; et ne foule point l'affligé à la porte.
गरिबलाई नलुट्, किनकि त्यो गरिब हो, न त खाँचोमा परेकोलाई मूल ढोकामा पेल्ने गर,
23 Car l'Eternel défendra leur cause, et enlèvera l'âme de ceux qui les auront volés.
किनकि परमप्रभुले तिनीहरूको मुद्दाको पक्षमा वकालत गर्नुहुने छ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुने छ ।
24 Ne t'accompagne point de l'homme colère, et ne va point avec l'homme furieux;
रिसद्वारा नियन्त्रित हुने मानिसलाई मित्र नबना, र क्रोधित मानिससित सङ्गत नगर् ।
25 De peur que tu n'apprennes son train, et que tu ne reçoives un piège dans ton âme.
नत्रता तैँले त्यसका मार्गहरू सिक्‍ने छस्, र तेरो प्राण पासोमा पर्ने छ ।
26 Ne sois point de ceux qui frappent dans la main, ni de ceux qui cautionnent pour les dettes.
धितोमा आफ्नो हात नहाल् वा अर्काको ऋणको जमानी नबस् ।
27 Si tu n'avais pas de quoi payer, pourquoi prendrait-on ton lit de dessous toi?
तँसित तिर्ने उपायको कमी भयो भने कसैलाई तेरो खाटसमेत लैजानबाट कुन कुराले रोक्‍न सक्छ?
28 Ne recule point la borne ancienne que tes pères ont faite.
तेरा पिता-पुर्खाहरूले खडा गरेका प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा ।
29 As-tu vu un homme habile en son travail? il sera au service des Rois, et non à celui des gens de basse condition.
के आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यो राजाहरूका सामु खडा हुने छ । त्यो सर्वसाधारणको सामु खडा हुने छैन ।

< Proverbes 22 >