< Jonas 3 >
1 Puis la parole de l'Eternel fut [adressée] à Jonas une seconde fois, en disant:
परमप्रभुको वचन योनाकहाँ दोस्रो पटक यसो भनेर आयो,
2 Lève-toi, et t'en va à Ninive la grande ville; et y publie à haute voix ce que je t'ordonne.
“उठ्, र त्यस ठुलो सहर निनवेमा जा र त्यसलाई दिनलाई मैले तँलाई आज्ञा गरेको सन्देश घोषणा गर् ।”
3 Jonas donc se leva, et s'en alla à Ninive, suivant la parole de l'Eternel. Or Ninive était une très-grande ville, de trois journées de chemin.
यसैले योना उठे र परमप्रभुको वचनमा आज्ञाकारी भएर निनवेमा गए । त्यस बेला निनवे अत्यन्तै ठुलो सहर थियो । त्यहाँ पुग्न तिन दिनको यात्रा गर्नुपर्थ्यो ।
4 Et Jonas commença d'entrer dans la ville le chemin d'une journée, et il cria et dit: Encore quarante jours, et Ninive sera renversée.
योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ ।”
5 Et les hommes de Ninive crurent à Dieu, et publièrent le jeûne, et se vêtirent de sacs, depuis le plus grand d'entre eux jusqu'au plus petit.
निनवेका मानिसहरूले परमेश्वरलाई विश्वास गरे र तिनीहरूले उपवासको घोषणा गरे । तिमध्ये ठुलादेखि लिएर सानासम्म सबैले भाङ्ग्रा लगाए ।
6 Car cette parole était parvenue jusqu'au Roi de Ninive, lequel se leva de son trône, et ôta de dessus soi son vêtement magnifique, et se couvrit d'un sac, et s'assit sur la cendre.
त्यो खबर चाँडै नै निनवेका राजाकहाँ पुग्यो । तिनी आफ्ना सिंहासनबाट उठे, आफ्नो वस्त्र उतारे, आफूलाई भाङ्ग्रा ढाके, र खरानीमा बसे ।
7 Puis il fit faire une proclamation, et on publia dans Ninive par le décret du Roi et de ses Princes, en disant: Que ni homme, ni bête, ni bœuf, ni brebis, ne goûtent d'aucune chose, qu'ils ne se repaissent point, et qu'ils ne boivent point d'eau.
तिनले एउटा यस्तो घोषणाको सन्देश पठाए, “निनवेमा, राजा र भारदारहरूको अधिकारले, कुनै मानिस वा गाईबस्तु वा भेडाबाख्राले कुनै कुरा खानेछैनन् । तिनीहरूले खाना नखाऊन्, न पानी पिऊन् ।
8 Et que les hommes soient couverts de sacs, et les bêtes aussi; et qu'ils crient à Dieu de toute leur force, et que chacun se convertisse de sa mauvaise voie, et des actions violentes qu'ils ont commises.
तर मानिस र पशु दुबैले भाङ्ग्राले ढाकून्, र तिनीहरूले ठुलो सोरले परमेश्वारमा पुकारा गरून् । हरेक व्यक्ति आफ्ना दुष्ट मार्ग र आफ्ना हातले हिंसात्मक कामबाट फर्कून् ।
9 Qui sait si Dieu viendra à se repentir, et s'il se détournera de l'ardeur de sa colère, en sorte que nous ne périssions point.
कसलाई जान्दछ? परमेश्वर नरम बन्न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्नुहुन्छ, जसले गर्दा हामी नष्ट हुनेछैनौं ।”
10 Et Dieu regarda à ce qu'ils avaient fait, [savoir] comment ils s'étaient détournés de leur mauvaise voie, et Dieu se repentit du mal qu'il avait dit qu'il leur ferait, et ne le fit point.
तिनीहरूले जे गरे त्यो परमेश्वरले देख्नुभयो । यसरी तिनीहरू आफ्ना दुष्ट मार्गहरूबाट फर्के । यसैले परमेश्वरले तिनीहरूलाई दिन्छु भन्नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन ।