< Genèse 29 >
1 Jacob donc se mit en chemin, et s'en alla au pays des Orientaux.
तब याकूब आफ्नो बाटो लागे र पूर्वका मानिसहरूको देशमा पुगे ।
2 Et il regarda, et voici un puits dans un champ, et là-même trois troupeaux de brebis couchées près du puits (car on y abreuvait les troupeaux, ) et il y avait une grosse pierre sur l'ouverture du puits.
तिनले हेर्दा मैदानमा एउटा इनार देखे, र त्यसको नजिक भेडाका तिनवटा बगाल बसिरहेका थिए । किनकि त्यही इनारबाट तिनीहरूले बगाललाई पानी खुवाउँथे, र इनारको मुख ढाक्ने ढुङ्गा ठुलो थियो ।
3 Et quand tous les troupeaux étaient là assemblés, on roulait la pierre de dessus l'ouverture du puits, et on abreuvait les troupeaux; et ensuite on remettait la pierre en son lieu, sur l'ouverture du puits.
सबै बगालहरू त्यहाँ जम्मा भएपछि गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएर भेडाहरूलाई पानी खान दिन्थे । त्यसपछि तिनीहरूले त्यो ढुङ्गालाई इनारको मुखमा फेरि पहिलेकै ठाउँमा राखिदिन्थे ।
4 Et Jacob leur dit: Mes frères, d'où êtes-vous? Ils répondirent: Nous sommes de Caran.
याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ?” तिनीहरूले भने, “हामी हारानका हौँ ।”
5 Et il leur dit: Ne connaissez-vous point Laban fils de Nacor? Et ils répondirent: Nous le connaissons.
उनले तिनीहरूलाई भने, “तिमीहरू नाहोरका छोरो लाबानलाई चिन्छौ?” तिनीहरूले भने, “हामी तिनलाई चिन्छौँ ।”
6 Il leur dit: Se porte-t-il bien? Ils lui répondirent: Il se porte bien; et voilà Rachel sa fille, qui vient avec le troupeau.
उनले तिनीहरूलाई सोधे, “के उहाँ सन्चै हुनुहुन्छ?” तिनीहरूले भने, “उहाँ सन्चै हुनुहुन्छ, र हेर्नुहोस्, उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन् ।”
7 Et il dit: Voilà, il est encore grand jour, il n'est pas temps de retirer les troupeaux; abreuvez les troupeaux, et ramenez-les paître.
याकूबले भने, “हेर, मध्य दिन भएको छ । भेडा-बाख्राहरूलाई जम्मा गर्ने बेला भएको छैन । भेडाहरूलाई पानी खुवाएर जाओ र तिनीहरूलाई चर्न देओ ।
8 Ils répondirent: Nous ne le pouvons point jusqu'à ce que tous les troupeaux soient assemblés, et qu'on ait oté la pierre de dessus l'ouverture du puits, afin d'abreuver les troupeaux.
तिनीहरूले भने, “सबै बगालहरू जम्मा नभई हामी तिनीहरूलाई पानी खुवाउन सक्दैनौँ । त्यसपछि यी मानिसहरूले इनारको मुखको ढुङ्गो हटाउनेछन्, अनि हामी भेडाहरूलाई पानी खुवाउनेछौँ ।”
9 Et comme il parlait encore avec eux, Rachel arriva avec le troupeau de son père; car elle était bergère.
याकूब तिनीहरूसँग कुरा गरिरहेकै बेला, राहेल आफ्ना बुबाका भेडाहरू लिएर त्यहाँ आइपुगिन्, किनकि तिनले भेडाहरू चराउँदै थिइन् ।
10 Et il arriva que quand Jacob eut vu Rachel fille de Laban frère de sa mère, et le troupeau de Laban frère de sa mère, il s'approcha et roula la pierre de dessus l'ouverture du puits, et abreuva le troupeau de Laban, frère de sa mère.
जब याकूबले आफ्ना मामा लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, याकूबले नजिक आएर इनारको मुखको ढुङ्गा गुडाए, अनि आफ्ना मामा लाबानका भेडाहरूलाई पानी खुवाए ।
11 Et Jacob baisa Rachel, et élevant sa voix, il pleura.
तब याकूबले राहेललाई चुम्बन गरे र डाको छोडेर रोए ।
12 Et Jacob apprit à Rachel qu'il était frére de son père, et qu'il était fils de Rébecca; et elle courut le rapporter à son père.
याकूबले राहेललाई आफू तिनका बाबुको नातेदार र रिबेकाको छोरा भएको कुरा बताए । तब राहेल दौडेर गइन् र आफ्ना बाबुलाई यो कुरा बताइन् ।
13 Et il arriva qu'aussitôt que Laban eut appris des nouvelles de Jacob fils de sa sœur, il courut au-devant de lui, l'embrassa, et le baisa, et le fit venir dans sa maison; et [Jacob] récita à Laban tout ce [qui lui était arrivé].
आफ्ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्नलाई दौडेर गएर तिनलाई अँगालो हालेर चुम्बन गरे, अनि तिनलाई आफ्नो घरमा ल्याए । याकूबले लाबानलाई सबै कुरा बताइदिए ।
14 Et Laban lui dit: Certainement, tu es mon os et ma chair; et il demeura avec lui un mois entier.
लाबानले तिनलाई भने, “वास्तवमा तिमी मेरो हाड र मासु हौ ।” त्यसपछि याकूब तिनीसँग करिब एक महिना बसे ।
15 Après quoi Laban dit à Jacob: Me serviras-tu pour rien, parce que tu es mon frère? Dis-moi quel sera ton salaire?
त्यसपछि लाबानले याकूबलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्याला कति हो मलाई भन ।”
16 Or Laban avait deux filles, dont l'aînée s'appelait Léa, et la plus jeune, Rachel.
लाबानका दुई जना छोरी थिए । जेठीको नाउँ लेआ र कान्छीको नाउँ राहेल थियो ।
17 Mais Léa avait les yeux tendres, et Rachel était de belle taille, et belle à voir.
लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ शारीरिक रूपमा सुडौल र हेर्नमा सुन्दरी थिइन् ।
18 Et Jacob aimait Rachel, et il dit: Je te servirai sept ans pour Rachel, ta plus jeune fille.
याकूबले राहेललाई प्रेम गरे, त्यसैले तिनले भने, “तपाईंकी कान्छी छोरी राहेलको निम्ति म सात वर्षसम्म तपाईंको सेवा गर्नेछु ।”
19 Et Laban répondit: Il vaut mieux que je te la donne que si je la donnais à un autre; demeure avec moi.
लाबानले भने, “त्यसलाई अर्को मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो । मसँगै बस ।”
20 Jacob donc servit sept ans pour Rachel, qui lui semblèrent comme peu de jours, parce qu'il l'aimait.
यसकारण याकूबले राहेलको निम्ति सात वर्षसम्म सेवा गरे । राहेलप्रति तिनको प्रेमको कारण तिनलाई त्यो समय तिनलाई थोरै दिनजस्तो लाग्यो ।
21 Et Jacob dit à Laban: Donne-moi ma femme, car mon temps est accompli, et je viendrai vers elle.
त्यसपछि याकूबले लाबानलाई भने, “मैले सेवा गर्ने दिनहरू पुरा भएको हुनाले मलाई मेरी पत्नी दिनुहोस् ताकि म तिनीसँग विवाह गर्न सकूँ ।”
22 Laban donc assembla tous les gens du lieu, et fit un festin.
तब लाबानले त्यस ठाउँका सबै मानिसहरू जम्मा गरेर भोज दिए ।
23 Mais quand le soir fut venu, il prit Léa sa fille, et l'amena à Jacob, qui vint vers elle.
साँझमा उनले आफ्नी छोरी लेआलाई याकूबकहाँ ल्याइदिए, र याकूबले तिनीसँग सहवास गरे ।
24 Et Laban donna Zilpa sa servante à Léa, sa fille, [pour] servante.
लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारी हुनलाई दिए ।
25 Mais le matin étant venu, voici, [c'était] Léa. Et il dit à Laban: Qu'est-ce que tu m'as fait? N'ai-je pas servi chez toi pour Rachel? et pourquoi m'as-tu trompé?
याकूबले बिहान हेर्दा त लेआ पो रहिछन् । तिनले लाबानलाई भने, “तपाईंले मप्रति यो के गर्नुभएको? मैले राहेलको निम्ति सेवा गरेको होइन र? त्यसो भए तपाईंले किन मसित छल गर्नुभयो?”
26 Laban répondit: On ne fait pas ainsi en ce lieu, de donner la plus jeune avant l'aînée.
लाबानले भने, “जेठीको भन्दा कान्छीको विवाह अगि गर्ने रीति हामीकहाँ छैन ।
27 Achève la semaine de celle-ci, et nous te donnerons aussi l'autre, pour le service que tu feras encore chez moi sept autres années.
यो छोरीसँग एक साता पुरा गर, र अर्को सात वर्ष मेरो सेवाको सट्टामा म तिमीलाई अर्की पनि दिनेछु ।”
28 Jacob donc fit ainsi, et il acheva la semaine de Léa; et Laban lui donna aussi pour femme Rachel sa fille.
याकूबले त्यसै गरे, र लेआसँग एक साता पुरा गरे । तब लाबानले आफ्नी छोरी राहेललाई पनि याकूबकी पत्नीको रूपमा दिए ।
29 Et Laban donna Bilha sa servante à Rachel sa fille, pour servante.
लाबानले आफ्नी कमारी बिल्हालाई आफ्नी छोरी राहेलकी कमारी हुनलाई दिए ।
30 Il vint donc aussi vers Rachel, et il aima plus Rachel que Léa; et il servit encore chez lui sept autres années.
त्यसैले याकूबले राहेलसँग पनि सहवास गरे, तर तिनले लेआलाई भन्दा राहेललाई बढी प्रेम गर्थे । यसकारण याकूबले थप सात साल लाबानको सेवा गरे ।
31 Et l'Eternel voyant que Léa était haïe, ouvrit sa matrice; mais Rachel était stérile.
लेआलाई प्रेम नगरिएको परमप्रभुले देख्नुभयो, त्यसैले उहाँले तिनको कोख खोलिदिनुभयो । तर राहेलका सन्तान भएका थिएनन् ।
32 Et Léa conçut et enfanta un fils, et elle le nomma Ruben, car elle dit: [C'est] parce que l'Eternel a regardé mon affliction; c'est pourquoi aussi maintenant mon mari m'aimera.
लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्यसको नाम रूबेन राखिन् । “साँच्ची नै परमप्रभुले मेरो दु: ख देख्नुभएको छ, अब त मेरा पतिले निश्चय नै मलाई प्रेम गर्नुहुनेछ ।”
33 Elle conçut encore, et enfanta un fils, et dit: Parce que l'Eternel a entendu que j'étais haïe, il m'a aussi donné celui-ci; et elle le nomma Siméon.
तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्माइन् । तिनले भनिन्, “म प्रेमविहीन छु भनी परमेश्वरले सुन्नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो,” र तिनले त्यसको नाउँ शिमियोन राखिन् ।
34 Et elle conçut encore, et enfanta un fils, et dit: Maintenant mon mari s'attachera à moi: car je lui ai enfanté trois fils: C'est pourquoi on appela son nom Lévi.
तिनी फेरि गर्भवती भइन् र एक जना छोरो जन्माइन् । तिनले भनिन्, “अब त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्ति तिन जना छोरा पाइसकेँ ।” यसकारण त्यसको नाउँ लेवी राखियो ।
35 Elle conçut encore, et enfanta un fils, et dit: Cette fois je louerai l'Eternel; c'est pourquoi elle appela son nom Juda; et elle ne continua plus d'avoir des enfants.
तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु ।” यसैले त्यसको नाउँ यहूदा राखियो । त्यसपछि तिनले जन्माउन छोडिन् ।