< Éphésiens 3 >
1 C’est pour cela que moi Paul je [suis] prisonnier de Jésus-Christ pour vous Gentils.
यसैकारण म पावल, तिमी गैरयहूदीहरूका निम्ति ख्रीष्ट येशूको कैदी हुँ—
2 Si toutefois vous avez entendu quel est le ministère de la grâce de Dieu, qui m'a été donnée pour vous:
तिमीहरूका निम्ति मलाई परमेश्वरको अनुग्रहको व्यवस्थापन दिइएको बारेमा तिमीहरूले पक्कै सुनेका छौ।
3 Comment par la révélation le mystère m'a été manifesté (ainsi que je l'ai écrit ci-dessus en peu de mots;
जुन प्रकाशद्वारा त्यो रहस्य मलाई प्रकट गरिएको थियो; जसको बारेमा मैले छोटकरीमा लेखिसकेको छु।
4 D'où vous pouvez voir en [le] lisant, quelle est l'intelligence que j'ai du mystère de Christ).
तिमीहरूले जब यो पढ्नेछौ, ख्रीष्टको रहस्यबारे मेरो अन्तर्दृष्टि बुझ्नेछौ।
5 Lequel n'a point été manifesté aux enfants des hommes dans les autres âges, comme il a été maintenant révélé par l'Esprit à ses saints Apôtres et à [ses] Prophètes;
जुन कुरा अगाडिको पुस्ताका मानिसहरूलाई प्रकट गरिएको थिएन, तर अहिले परमेश्वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा प्रकट भएको छ।
6 [Savoir] que les Gentils sont cohéritiers, et d'un même corps, et qu'ils participent ensemble à sa promesse en Christ, par l'Evangile.
यो रहस्य के हो भने सुसमाचारमा विश्वास गरेर गैरयहूदीहरू पनि इस्राएलसँगै उत्तराधिकारी, एउटै शरीरका सदस्य, र ख्रीष्ट येशूमा भएको प्रतिज्ञामा साझेदार हुन्छन्।
7 Duquel j'ai été fait le ministre, selon le don de la grâce de Dieu, qui m'a été donnée suivant l'efficace de sa puissance.
परमेश्वरको शक्तिको कामअनुसार मलाई दिइएको उहाँको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक बनिएँ।
8 Cette grâce, [dis-je], m'a été donnée à moi qui suis le moindre de tous les Saints, pour annoncer parmi les Gentils les richesses incompréhensibles de Christ,
यद्यपि प्रभुका सबै सन्तहरूभन्दा म सानो व्यक्ति भए तापनि ख्रीष्टमा पाइने अगम्य सम्पत्तिको सुसमाचारबारे गैरयहूदीहरूलाई प्रचार गर्नलाई यो अनुग्रह मलाई दिइयो।
9 Et pour mettre en évidence devant tous quelle est la communication qui nous a été accordée du mystère qui était caché de tout temps en Dieu, lequel a créé toutes choses par Jésus-Christ; (aiōn )
अनि सबै थोक सृष्टि गर्नुहुने परमेश्वरले युगौँयुगसम्म लुकाएर राखिएको यो रहस्यको प्रबन्धबारे सबैलाई सरल ढङ्गमा बुझाउने अनुग्रह मलाई दिनुभयो। (aiōn )
10 Afin que la sagesse de Dieu, qui est diverse en toutes sortes, soit maintenant donnée à connaître aux Principautés et aux Puissances, dans les [lieux] célestes par l’Eglise;
स्वर्गीय स्थानहरूमा भएका शासकहरू तथा अधिकारीहरूलाई परमेश्वरको धेरै गुना ज्ञान अब मण्डलीद्वारा प्रकट होस् भन्ने उहाँको अभिप्राय थियो।
11 Suivant le dessein arrêté dès les siècles, lequel il a établi en Jésus-Christ notre Seigneur; (aiōn )
जुन अभिप्रायचाहिँ उहाँले हाम्रा प्रभु ख्रीष्ट येशूमा पूरा गर्नुभएको अनन्त योजनाअनुसार थियो। (aiōn )
12 Par lequel nous avons hardiesse et accès en confiance, par la foi que nous avons en lui.
उनै प्रभुमा, र उहाँमाथि राखिएको हाम्रो विश्वासद्वारा साहस र निश्चयतासाथ हामी परमेश्वरको उपस्थितिमा पुग्नसक्छौँ।
13 C'est pourquoi je vous prie de ne vous point relâcher à cause de mes afflictions que je souffre pour l'amour de vous, ce qui est votre gloire.
यसकारण म यो निवेदन गर्दछु, मैले तिमीहरूका निम्ति भोगिरहेका कष्टहरूका कारण निरुत्साहित नहोओ, यी त तिमीहरूका गौरव हुन्।
14 A cause de cela je fléchis mes genoux devant le Père de notre Seigneur Jésus-Christ;
यसैकारण म पिताको सामु घुँडा टेक्दछु,
15 (Duquel toute la parenté est nommée dans les Cieux et sur la terre.)
जसद्वारा स्वर्गमा र पृथ्वीमा भएका हरेक परिवारको नाम राखिएको छ।
16 Afin que selon les richesses de sa gloire il vous donne d'être puissamment fortifiés par son Esprit, en l'homme intérieur;
म यो प्रार्थना गर्छु, उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्तिद्वारा बलवान् बनाऊन्;
17 Tellement que Christ habite dans vos cœurs par la foi:
ताकि ख्रीष्ट तिमीहरूका हृदयमा विश्वासद्वारा बास गरिरहून्। अनि म यो पनि प्रार्थना गर्छु, तिमीहरू प्रेममा जरा गाडेका र स्थापित हुँदै
18 Afin qu'étant enracinés et fondés dans la charité, vous puissiez comprendre avec tous les Saints, quelle est la largeur et la longueur, la profondeur et la hauteur;
प्रभुका सबै सन्तहरू सँगसँगै ख्रीष्टको प्रेमको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ कति छ भनी तिमीहरूले बुझ्ने शक्ति पाउन सक;
19 Et connaître la charité de Christ, laquelle surpasse toute connaissance; afin que vous soyez remplis de toute plénitude de Dieu.
अनि सबै समझभन्दा बाहिरको ख्रीष्टको प्रेम जान्न सक, ताकि परमेश्वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक।
20 Or à celui qui par la puissance qui agit en nous avec efficace, peut faire infiniment plus que tout ce que nous demandons et pensons,
अब उहाँलाई, जसले हामीभित्र काम गर्ने आफ्नो शक्तिअनुसार हामीले मागेको वा सोचेकोभन्दा ज्यादै प्रशस्त गरी गर्न सक्नुहुन्छ;
21 A lui soit gloire dans l'Eglise, en Jésus-Christ, dans tous les âges du siècle des siècles, Amen! (aiōn )
उहाँलाई नै मण्डली र ख्रीष्ट येशूमा पुस्ता-पुस्तासम्म सदासर्वदा महिमा भइहोस्! आमेन। (aiōn )