< Josué 19 >

1 La seconde part échut par le sort à Siméon, à la tribu des fils de Siméon, selon leurs familles. Leur héritage était au milieu de l’héritage des fils de Juda.
दोस्रो चिट्ठा कुल-कुलअनुसार शिमियोनको कुललाई पर्‍यो । तिनीहरूको भाग यहूदाको कुलको अधीन रहेको भागको बिचमा थियो ।
2 Ils eurent dans leur héritage: Beer-Schéba, Schéba, Molada,
तिनीहरूको उत्तराधिकारमा यी ठाउँहरू थिएः बेर्शेबा, शेबा, मोलादा,
3 Hatsar-Schual, Bala, Atsem,
हसर-शूआल, बाला, एसेम,
4 Eltholad, Bethul, Horma,
एल्तोलद, बतूल र होर्मा ।
5 Tsiklag, Beth-Marcaboth, Hatsar-Susa,
शिमियिनको भागमा यी पनि थिएः सिक्लग, बेथ-मर्काबोथ, हसर-सूसा,
6 Beth-Lebaoth et Scharuchen, treize villes, et leurs villages;
बेथ-लबाओत, शारूहेन ।
7 Aïn, Rimmon, Éther, et Aschan, quatre villes, et leurs villages;
शिमियोनका यी पनि थिएः ऐन, रिम्‍मोन, एतेर र आशान । यिनीहरू तिनीहरूका सहरहरूसहित चारवटा सहर थिए ।
8 et tous les villages aux environs de ces villes, jusqu’à Baalath-Beer, qui est Ramath du midi. Tel fut l’héritage de la tribu des fils de Siméon, selon leurs familles.
बालात-बेअरसम्म (अर्थात् नेगेवको रामा) यी सहरहरू वरिपरिका तिनीहरूका गाउँहरूलगायत सँगै थिए । यो कुल-कुलअनुसार शिमियोनको कुलको उत्तराधिकार थियो ।
9 L’héritage des fils de Siméon fut pris sur la portion des fils de Juda; car la portion des fils de Juda était trop grande pour eux, et c’est au milieu de leur héritage que les fils de Siméon reçurent le leur.
शिमियोनको कुलको उत्तराधिकारले यहूदाको कुलको क्षेत्रको भाग निर्धारण गर्‍यो । किनभने यहूदाको कुललाई दिइएको भाग तिनीहरूका निम्ति धेरै ठुलो भय । शिमियोनको कुलले तिनीहरूका भागको बिचबाट तिनीहरूका उत्तराधिकार पायो ।
10 La troisième part échut par le sort aux fils de Zabulon, selon leurs familles.
कुल-कुलअनुसार तेस्रो चिट्ठा जबूलूनको कुललाई पर्‍यो । तिनीहरूको उत्तराधिकारको सिमाना सारीदमा सुरु भयो ।
11 La limite de leur héritage s’étendait jusqu’à Sarid. Elle montait à l’occident vers Mareala, et touchait à Dabbéscheth, puis au torrent qui coule devant Jokneam.
तिनीहरूको सिमाना पश्‍चिमतिर मरलासम्म र दब्‍बेशेतलाई छोयो; त्यसपछि यो योक्‍नामको सामुन्‍नेको खोलासम्म फैलिएको थियो ।
12 De Sarid elle tournait à l’orient, vers le soleil levant, jusqu’à la frontière de Kisloth-Thabor, continuait à Dabrath, et montait à Japhia.
सारीदबाट सिमाना पूर्वतिर मोडियो र किस्लोथतबोरको सिमानासम्म छोयो । त्यहाँबाट दाबरतसम्म र यापीसम्म छोयो ।
13 De là elle passait à l’orient par Guittha-Hépher, par Ittha-Katsin, continuait à Rimmon, et se prolongeait jusqu’à Néa.
त्यहाँबाट यो पूर्वतिर छिचोलेर गात-हेपेर र इथ-कासीनसम्म पुग्यो; त्यसपछि यो रिम्‍मोनसम्म पुग्यो र नेआतिर मोडियो ।
14 Elle tournait ensuite du côté du nord vers Hannathon, et aboutissait à la vallée de Jiphthach-El.
सिमानाले हन्‍नतोनतिर उत्तरतिर मोड लियो र यिप्‍ताहएलको बेँसीमा टुङ्गियो ।
15 De plus, Katthath, Nahalal, Schimron, Jideala, Bethléhem. Douze villes, et leurs villages.
यो प्रदेशमा यी सहरहरू परेः काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथेलेहेम । तिनीहरूका गाउँहरूसहित बाह्रवटा सहर थिए ।
16 Tel fut l’héritage des fils de Zabulon, selon leurs familles, ces villes-là et leurs villages.
यी सहरहरूलगायत तिनीहरूका गाउँहरूसहित कुल-कुलअनुसार यो जबूलूनको कुलको उत्तराधिकार थियो ।
17 La quatrième part échut par le sort à Issacar, aux fils d’Issacar, selon leurs familles.
चौथो चिट्ठा कुल-कुलअनुसार इस्साखारको कुलको पर्‍यो ।
18 Leur limite passait par Jizreel, Kesulloth, Sunem,
तिनीहरूका क्षेत्रमा यी परेः यिजरेल, कसुल्लोत, शूनेम,
19 Hapharaïm, Schion, Anacharath,
हपरैम, शीओन र अनाहारत ।
20 Rabbith, Kischjon, Abets,
यसमा रब्बीत, किश्‍योन, एबेस,
21 Rémeth, En-Gannim, En-Hadda, et Beth-Patsets;
रेमेथ, एन-गन्‍नीम, एन-हद्दा र बेथ-पसेस पर्छन् ।
22 elle touchait à Thabor, à Schachatsima, à Beth-Schémesch, et aboutissait au Jourdain. Seize villes, et leurs villages.
तिनीहरूका सिमानाले तबोर, शहसूमा र बेथ-शेमेश छोयो र यर्दनमा अन्त भयो । तिनीहरूका गाउँहरूसहित सोह्रवटा सहर थिए ।
23 Tel fut l’héritage de la tribu des fils d’Issacar, selon leurs familles, ces villes-là et leurs villages.
तिनीहरूका गाउँहरूसहित तिनीहरूको कुलअनुसार यो इस्साखारको उत्तराधिकार थियो ।
24 La cinquième part échut par le sort à la tribu des fils d’Aser, selon leurs familles.
पाँचौँ चिट्ठा कुल-कुलअनुसार आशेरको कुलमा पर्‍यो ।
25 Leur limite passait par Helkath, Hali, Béthen, Acschaph,
तिनीहरूको सिमानामा हेल्कत, हली, बेतेन, अक्षाप,
26 Allammélec, Amead et Mischeal; elle touchait, vers l’occident, au Carmel et au Schichor-Libnath;
अल्लम्मेलेक, अमाद र मिशाल पर्थे । पश्‍चिमतिरको सिमाना कार्मेल र शीहोरलिब्‍नातसम्म फैलिएको थियो ।
27 puis elle tournait du côté de l’orient à Beth-Dagon, atteignait Zabulon et la vallée de Jiphthach-El au nord de Beth-Émek et de Neïel, et se prolongeait vers Cabul, à gauche,
त्यसपछि यो पूर्वतिर बेथ-दागोनतिर र जबूलूनतिर लाग्यो र यिप्‍ताह-एलको बेँसीसम्म, उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्यो । यो उत्तरतिर काबूलसम्म गयो ।
28 et vers Ébron, Rehob, Hammon et Kana, jusqu’à Sidon la grande.
यो एब्रोन, रहोब, हम्मोन र कनासाथै महा-सीदोनसम्म पुग्यो ।
29 Elle tournait ensuite vers Rama jusqu’à la ville forte de Tyr, et vers Hosa, pour aboutir à la mer, par la contrée d’Aczib.
सिमाना रामातिर र टुरोसको किल्ला भएको सहरतिर मोडियो । त्यसपछि सिमाना होसातिर मोडियो र अक्जीबको प्रदेशमा,
30 De plus, Umma, Aphek et Rehob. Vingt-deux villes, et leurs villages.
उम्मा, अपेक र रहोब समुद्रमा टुङ्गियो । तिनीहरूका गाउँहरूसहित बाइसवटा सहर थिए ।
31 Tel fut l’héritage de la tribu des fils d’Aser, selon leurs familles, ces villes-là et leurs villages.
तिनीहरूको गाउँलगायत सहरहरू यो कुल-कुलअनुसार आशेरको कुलको उत्तराधिकार थियो ।
32 La sixième part échut par le sort aux fils de Nephthali, selon leurs familles.
छैठौँ चिट्ठा कुल-कुलअनुसार नप्‍तालीको कुललाई पर्‍यो ।
33 Leur limite s’étendait depuis Héleph, depuis Allon, par Tsaanannim, Adami-Nékeb et Jabneel, jusqu’à Lakkum, et elle aboutissait au Jourdain.
तिनीहरूको सिमाना हेलेपबाट, सानन्‍नीमको अग्राठको रुखबाट अदामी-नेकेब, याब्‍नेल र लक्‍कूमसम्म पुग्यो; यो यर्दनमा अन्त भयो ।
34 Elle tournait vers l’occident à Aznoth-Thabor, et de là continuait à Hukkok; elle touchait à Zabulon du côté du midi, à Aser du côté de l’occident, et à Juda; le Jourdain était du côté de l’orient.
सिमाना पश्‍चिमपट्टि अज्नोथ-तबोरतिर मोडियो र हक्‍कोकतिर लाग्यो; यसले दक्षिणमा जबूलूनलाई छोयो र पश्‍चिममा आशेरलाई र पूर्वमा यहूदालाई यर्दन नदीमा भेट्टायो ।
35 Les villes fortes étaient: Tsiddim, Tser, Hammath, Rakkath, Kinnéreth,
यिनीहरू किल्ला भएका सहरहरू थिएः सिद्दीम, सेर, हम्मत, रक्‍कत, किन्‍नरेत,
36 Adama, Rama, Hatsor,
अदामा, रामा, हासोर,
37 Kédesch, Édréï, En-Hatsor,
केदेश, एद्रेई, एन-हासोर ।
38 Jireon, Migdal-El, Horem, Beth-Anath et Beth-Schémesch. Dix-neuf villes, et leurs villages.
यिरोन, मिग्दलएल, होरेम, बेथ-अनात बेथ-शेमेश थिए । तिनीहरूका गाउँहरूसहित उन्‍नाइसवटा सहर थिए ।
39 Tel fut l’héritage de la tribu des fils de Nephthali, selon leurs familles, ces villes-là et leurs villages.
तिनीहरूका गाउँहरूसहित सहरहरू यो कुल-कुलअनुसार यो नप्‍तालीको उत्तराधिकार थियो ।
40 La septième part échut par le sort à la tribu des fils de Dan, selon leurs familles.
सातौँ चिट्ठा कुल-कुलअनुसार दानको कुललाई पर्‍यो ।
41 La limite de leur héritage comprenait Tsorea, Eschthaol, Ir-Schémesch,
यसको उत्तराधिकारको क्षेत्रमा सोरा, एश्‍तोल, इर-शेमेश,
42 Schaalabbin, Ajalon, Jithla,
शालवीन, अय्यालोन, इत्ला पर्थे ।
43 Élon, Thimnatha, Ékron,
यसमा एलोन, तिम्‍ना, एक्रोन,
44 Eltheké, Guibbethon, Baalath,
एल्तके, गिब्‍बतोन, बालात,
45 Jehud, Bené-Berak, Gath-Rimmon,
यहूद, बने-बरक, गात-रिम्‍मोन,
46 Mé-Jarkon et Rakkon, avec le territoire vis-à-vis de Japho.
मे-यरकोन र योप्पापारिको क्षेत्रसँगै रक्‍कोन पर्थ्यो ।
47 Le territoire des fils de Dan s’étendait hors de chez eux. Les fils de Dan montèrent et combattirent contre Léschem; ils s’en emparèrent et la frappèrent du tranchant de l’épée; ils en prirent possession, s’y établirent, et l’appelèrent Dan, du nom de Dan, leur père.
जब दानको कुल आफैमा हरायो, दानले लेशेमलाई आक्रमण गर्‍यो, यसविरुद्ध लड्यो, र तरवारले प्रहार गरेर यसलाई कब्जा गर्‍यो; यसलाई अधीन गरेर यसमा बसोबास गर्‍यो । तिनीहरूले लेशेमलाई आफ्नो पुर्खाको नाउँअनुसार यसको नाउँ राखे ।
48 Tel fut l’héritage de la tribu des fils de Dan, selon leurs familles, ces villes-là et leurs villages.
कुल-कुलअनुसार तिनीहरूको गाउँहरूसहितको सहरहरू यो दानको कुलको उत्तराधिकारको थियो ।
49 Lorsqu’ils eurent achevé de faire le partage du pays, d’après ses limites, les enfants d’Israël donnèrent à Josué, fils de Nun, une possession au milieu d’eux.
जब इस्राएलका मानिसहरूले भूमिको बाँडफाँड गर्न सिद्ध्यायो, तिनीहरूले नूनका छोरा यहोशूलाई तिनीहरू माझमा एउटा भाग दिए ।
50 Selon l’ordre de l’Éternel, ils lui donnèrent la ville qu’il demanda, Thimnath-Sérach, dans la montagne d’Éphraïm. Il rebâtit la ville, et y fit sa demeure.
परमप्रभुको आज्ञाद्वारा तिनले मागेका, तिनीहरूले तिनलाई एफ्राइमको पहाडी देशको तिम्‍नथ-सेरह दिए । तिनले त्यो सहरको पुनर्निर्माण गरे र त्यहाँ बसे ।
51 Tels sont les héritages que le sacrificateur Éléazar, Josué, fils de Nun, et les chefs de famille des tribus des enfants d’Israël, distribuèrent par le sort devant l’Éternel à Silo, à l’entrée de la tente d’assignation. Ils achevèrent ainsi le partage du pays.
भेट हुने पालको प्रवेशद्वारमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूको कुलहरूका अगुवाहरूले शीलोमा परमप्रभुको सामु चिट्ठा हालेर बाँडेका उत्तराधिकार यिनीहरू नै हुन् । यसरी तिनीहरूले भू-भाग बाँड्न सिद्ध्याए ।

< Josué 19 >