< Job 31 >

1 J'avais fait un pacte avec mes yeux, disant: Je ne regarderai plus une vierge.
मैले मेरा आँखासित करार बाँधेको छु । तब कसरी कुनै कन्यालाई म कुदृष्‍टिले हेर्न सक्छु र?
2 Car quelle est la part que d'en haut m'a réservée le Seigneur; quel héritage dois-je attendre du Tout-Puissant qui règne au plus haut des cieux?
किनकि माथि हुनुभएको परमेश्‍वरबाट के हिस्सा पाइन्‍छ र? उच्‍चमा हुनुभएको सर्वशक्तिमान्‌बाट के उत्तराधिकार पाइन्‍छ र?
3 Malheur, perdition à l'injuste, expulsion pour celui qui fait le mal.
विपत्ति अधर्मी मानिसहरूका लागि हो, अनि विनाशचाहिं दुष्‍ट काम गर्नेहरूका लागि हो भनी मैले विचार गर्थें ।
4 Le Seigneur ne me tiendra-t-il pas compte de mes voies, ni de la manière dont j'ai marché?
के परमेश्‍वरले मेरा मार्गहरू देख्‍नुहुन्‍न र मेरा सबै कदम गन्‍नुहुन्‍न र?
5 Si j'avais été le compagnon des railleurs; si j'avais porté mes pas du côté de la fraude!
म झुटो कुरामा हिंडेको छु भने, र मेरो खुट्टा छल गर्न हतारिन्‍छन् भने,
6 Mais je me suis maintenu sous le joug de la justice, et le Seigneur connaît mon innocence.
न्यायको तराजुमा मलाई जोखियोस्, जसले गर्दा परमेश्‍वरले मेरो सत्यनिष्ठा जान्‍नुहुनेछ ।
7 Si mon pied s'est écarté du droit chemin, si mon cœur a été égayé par mes yeux, si mes mains ont touché des présents,
मेरो कदमह बाटोबाट तर्किएको छ भने, र मेरो हृदय मेरा आँखाको पछि लागेको छ भने, र मेरा हातमा कुनै दाग टाँसिएको छ भने,
8 Que d'autres consomment ce que j'ai semé, que sur la terre je devienne sans racines.
तब मलाई रोप्‍न दिइयोस् अनि अर्कैले खाओस्, र मेरा बालीहरू उखेलिऊन् ।
9 Si mon cœur a convoité la femme d'autrui, si j'ai franchi ses portes,
मेरो हृदय स्‍त्रीद्वारा धोकामा परेको छ भने, र मेरो छिमेकीको ढोकामा म ढुकिबसेको छु भने,
10 Que ma femme plaise à un autre homme; que mes enfants soient humiliés.
तब मेरी पत्‍नीले अर्कैको लागि अन्‍न पिसोस्, र अरू मानिसहरू त्यसमाथि घोप्‍टो परून् ।
11 Rien ne peut apaiser la colère de Dieu contre celui qui souille la femme de son prochain.
किनकि त्यो त डरलाग्दो अपराध हुन्छ । वास्तवमा यो न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्छ ।
12 Le feu s'attaquera à toute sa personne et dévorera tout ce qui sera issu de lui.
किनकि त्यो त नरकसम्म नै भस्म पार्ने आगो हो, र त्‍यसले मेरा सबै फसललाई जरैसम्म जलाउँछ ।
13 Si j'avais faussé le jugement que je rendais sur mon serviteur et ma servante, lorsqu'ils recouraient à ma justice,
मेरो कमारा वा कमारीले न्‍यायको लागि बिन्‍ती गर्दा, तिनीहरूले मसित बहस गर्दा, मैले बेवास्ता गरेको भए,
14 Que ferais-je quand à mon tour le Seigneur me jugera? Qu'aurais-je à lui répondre, s'il m'avait surpris en quelque faute?
जब मलाई दोष लगाउन परमेश्‍वर उठ्‍नुहुन्‍छ, तब म के गर्न सक्‍छु र? जब मेरो न्याय गर्न उहाँ आउनुहुन्‍छ, तब म उहाँलाई कसरी जवाफ दिन सक्‍छु र?
15 Ceux que j'avais à juger n'avaient-ils pas été comme moi, conçus en des entrailles? n'était-ce pas comme si les mêmes flancs nous avaient portés?
मलाई गर्भमा रच्नुहुनेले नै तिनीहरूलाई पनि रच्नुभएको होइन र? हामी सबैलाई उहाँले नै गर्भमा बनाउनुभएको होइन र?
16 Aussi les pauvres ont-ils toujours trouvé chez moi ce qui leur manquait; et je n'ai point fait verser de larmes à l'œil de la veuve.
गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने,
17 Si j'ai mangé seul ma bouchée, si je n'en ai point fait part à l'orphelin;
अर्थात् मैले आफ्‍नो गासलाई एक्‍लै खाएको छु, अनि अनाथहरूलाई पनि त्‍यो खान दिएको छैनँ भने—
18 Si dès ma jeunesse, à peine sorti du ventre de ma mère, je n'ai eu de lui des soins paternels;
किनकि मेरो युवावस्थादेखि मसित अनाथ बुबासितझैं हुर्केको छ, अनि मैले उसकी विधवा आमालाई मेरी आमाको गर्भदेखि नै डोर्‍याएको छु ।
19 Si j'ai méprisé l'homme nu et abandonné; si je ne l'ai point vêtu;
लुगाफाटाको कमीले कोही नष्‍ट भएको मैले देखेको छु भने, अर्थात् खाँचोमा परेको मान्छेले लुगा लगाउन नपाएको मैले देखेको छु भने,
20 Si les indigents ne m'ont point béni; si leurs épaules n'ont pas été réchauffées par les toisons de mes agneaux;
मेरो भेडाको ऊनले आफूलाई न्यानो पार्न नपाएको हुनाले, उसको हृदयले मलाई आशिष् दिएको छैन भने,
21 Si j'ai levé la main sur le pupille; si je n'ai point multiplié mes secours avec confiance;
सहरको मूल ढोकामा मैले आफ्‍नो समर्थन देखेको हुनाले, अनाथहरूको विरुद्धमा मैले आफ्‍नो हात उठाएको छु भने, तब मेरो विरद्धमा अभियोग लगाउनुहोस् ।
22 Que mon épaule se déboîte, que mon bras soit broyé au-dessous du coude.
मैले यी कुराहरू गरेको छु भने, मेरो काँधको पाता काँधबाट खुस्कोस् र मेरो पाखुरा त्‍यसको जोर्नीबाट खुस्कोस् ।
23 En vérité la crainte du Seigneur m'a saisi; je ne puis supporter ce qu'il m'envoie.
किनकि परमेश्‍वरबाट आउने विनाशदेखि म डराएँ । उहाँको ऐश्‍वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ ।
24 Si j'avais amoncelé de l'or, si j'avais estimé surtout les pierres précieuses;
सुनलाई मैले आफ्‍नो आशा बनाएको छु भने, अनि निखुर सुनलाई मैले यसो भनेको छु, ‘मैले भर पर्ने तँमाथि नै हो,' भने,
25 Si j'avais mis ma joie en de grandes richesses; si ma main s'était posée sur des trésors innombrables;
मेरो धन-सम्पत्ति प्रशस्त भएको हुनाले, मेरो हातले धेरै धनदौलत प्राप्‍त गरेको हुनाले म रमाएको छु भने, तब मेरो विरुद्धमा अभियोगहरू ल्याउनुहोस् ।
26 Je me serais dit: N'ai-je point vu le soleil dans tout son éclat s'éclipser, et la lune au ciel périr? Et rien n'est au-dessus d'eux.
सूर्य उदाउँदा मैले त्‍यसको दर्शन गरेको, अर्थात् चन्द्रमा चम्‍किलो भएर हिंडेको हेरेको भए,
27 Et si mon cœur en secret s'est laissé séduire; et si j'ai baisé ma main en la portant à ma bouche,
अनि मेरो हृदय गुप्‍तमा आकर्षित भएको छ भने, जसको कारणले तिनको पुजा गर्न मेरो मुखले मेरो हातलाई चुम्बन गरेको भए—
28 Que ces fautes me soient gravement imputées; car alors j'ai menti au Seigneur Très-Haut.
यो पनि न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्‍थ्‍यो, किनकि माथि विराजमान् हुनुहुने परमेश्‍वरलाई मैले इन्कार गरेको हुन्‍थें ।
29 Et si je me suis réjoui de la chute de mes ennemis, et si dans mon âme j'ai dit: Bien!
मलाई घृणा गर्ने कुनै व्यक्तिको विनाशमा म रमाएको छु भने, अर्थात् विपत्तिले उसमाथि विजय पाउँदा आफैलाई बधाई दिएको छु भने, तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
30 Puisse mon oreille ouïr la malédiction qui sera portée contre moi; puissé-je être signalé à tout le peuple comme un méchant.
वास्तवमा ऊ मरोस् भनी सराप्‍नलाई, आफ्‍नो मुखलाई पाप गर्ने अनुमति मैले दिएकै छैनँ ।
31 Si je n'ai pas été bon pour mes servantes, si elles ont dit de moi: Qui nous permettra de nous rassasier de sa chair?
मेरो पालका मानिसहरूले कदापि यसो भनेका छैनन् भने, 'अय्यूबको भोजनले तृप्‍त नभएको मानिस कसैले भेट्टाउन सक्छ?'
32 Si j'ai laissé l'étranger passer la nuit en plein air, et si ma porte ne s'est pas ouverte à tout venant.
(विदेशीले पनि कदापि सहरको चोकमा बास बस्‍नुपरेको छैन, किनकि यात्रु निम्‍ति मैले सधैँ आफ्‍ना ढोकाहरू खुला गरेको छु), र त्यसो होइन भने, मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
33 Si ayant failli involontairement, j'ai caché mes péchés;
आफ्‍नो दोषलाई आफ्‍नै लुगाले ढाकेर, मानव-जातिले झैं मैले आफ्‍ना पापहरू लुकाएको भए,
34 Retenu par la honte de les avouer devant la multitude; si j'ai souffert que le pauvre sortît de ma maison l'estomac vide;
(किनकि ठुलो भिडदेखि म डराएँ, परिवारहरूको निन्दाले मलाई त्रसित पार्‍यो, जसको कारणले म चुप लागें र बाहिर गइनँ), तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
35 Qui me donnera quelqu'un qui m'écoute? Si je n'ai point eu crainte de la main du Seigneur; le titre que j'avais contre autrui,
ओहो, मेरो कुरा सुन्‍ने कोही भए त, हेर्नुहोस्, मेरो हस्ताक्षर यहीँ छ । सर्वशक्तिमान्‌को जवाफ पाऊँ । मेरो प्रतिवादीले लेखेको दोष-पत्र मसित भए त,
36 Que j'avais lu les épaules ceintes d'une couronne,
निश्‍चय पनि त्‍यो म आफ्‍नै काँधमा खुलमखुला बोकेर हिंड्‍थें । मुकुटझैं त्‍यो म लगाउँथें ।
37 Si je ne l'ai point remis, après l'avoir déchiré, sans rien exiger du débiteur;
जसरी निर्धक्‍क राजकुमार उहाँकहाँ जान्‍छन्, त्‍यसरी नै उहाँलाई म आफ्‍ना कदमहरूको हिसाब दिन्‍थें ।
38 Si jamais la terre a gémi contre moi, si ses sillons ont pleuré tous ensemble,
मेरो खेत मेरो विरुद्धमा कदापि कराएको छ भने, र यसमा भएका हलोका डोबहरू एकसाथ रोएका छन् भने,
39 Si j'ai consommé ses fruits seul et sans les payer; si en les empruntant j'ai affligé l'âme de son possesseur,
त्‍यसको फसलको लागि मूल्‍य नचूकाइ मैले खाएको छु भने, अर्थात्, त्‍यसका मालिकहरूलाई मृत्‍युमा पुर्‍याएको छु भने,
40 Que les champs, au lieu de froment, ne produisent pour moi que des orties; et au lieu d'orge que des ronces. Et Job cessa de parler.
तब गहुँको साटोमा काँढा र जौँको साटो झारपात उम्रियोस् ।” अय्यूबका वचनहरू सकिए ।

< Job 31 >