< 2 Chroniques 6 >
1 Et Salomon s'écria: Le Seigneur avait dit qu'il habiterait dans le nuage.
तब सोलोमनले भने, “परमप्रभुले भन्नुभएको छ, उहाँ निष्पट्ट अँध्यारोमा वास गर्नुहुनेछ,
2 Et moi, Seigneur, j'ai construit à votre saint nom un temple, préparé pour vous abriter à jamais.
तर यहाँ मैले तपाईंको निम्ति सदासर्वदा वास गर्न एउटा उच्च वासस्थान बनाएको छु ।”
3 Puis, le roi se retourna, et il bénit toute l'Église d'Israël, et toute l'Église d'Israël était debout.
त्यसपछि इस्राएलका सारा समुदाय खडा भइरहँदा, राजा तिनीहरूतिर फर्के र तिनीहरूलाई आशीर्वाद दिए ।
4 Et il ajouta: Béni soit le Seigneur Dieu d'Israël, qui, de sa bouche, a parlé, concernant David, mon père; et qui, de ses mains, a rempli ses promesses; il avait dit:
तिनले भने, “परमप्रभु इस्राएलका परमेश्वरलाई प्रशंसा होस्, जसले मेरा बुबा दाऊदसँग बोल्नुभयो र आफ्ना हातले यसो भन्दै प्रतिज्ञा पूरा गर्नुभएको छ,
5 Depuis le jour où j'ai tiré mon peuple de l'Égypte, je n'avais point choisi de ville, parmi toutes les tribus d'Israël, pour qu'on bâtit un temple ou résidât mon nom; je n'avais point fait choix d'un homme qui fût le chef de mon peuple Israël.
‘मेरो मानिसलाई मिश्रदेशबाट मैले निकालेर ल्याएको दिनदेखि यता इस्राएलका सबै कुलको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्नलाई एउटा मन्दिर बनाउन भनी मैले छानिनँ । न त मेरो मानिस इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनें ।
6 Depuis, j'ai choisi Jérusalem pour que mon nom y réside, et j'ai choisi David pour qu'il soit sur mon peuple Israël.
तापनि मैले यरूशलेमलाई छानेको छु, ताकि त्यहाँ मेरो नाउँ त्यहा रहोस्, र दाऊदलाई नै मेरो मानिस इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु ।’
7 Or, mon père avait en son cœur la pensée de bâtir un temple au nom du Seigneur Dieu d'Israël.
अब परमप्रभु इस्राएलका परमेश्वरको नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने इच्छा मेरा बुबा दाऊदको हृदयमा थियो ।
8 Et le Seigneur dit à David, mon père: La pensée est venue en ton cœur de bâtir un temple à mon nom; il est bon qu'elle soit venue à ton cœur.
तर परमप्रभुले मेरो बुबा दाऊदलाई भन्नुभयो, 'मेरो नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो, यो तेरो हृदयमा राखेर तैंले असलै गरिस् ।
9 Néanmoins, tu ne bâtiras point ce temple: c'est le fils issu de tes entrailles qui le bâtira à mon nom.
तापनि तैंले त्यो मन्दिर निर्माण गर्नेछैनस् । बरु, तँबाट जन्मने तेरो छोराले नै मेरो नाउँको निम्ति त्यो मन्दिर बनाउनेछ ।’
10 Le Seigneur a relevé la parole qu'il avait dite; j'ai été suscité à la place de David, mon père, et je me suis assis sur le trône d'Israël, comme l'avait dit le Seigneur, et j'ai bâti un temple au nom du Seigneur Dieu d'Israël.
परमप्रभुले भन्नुभएको कुरा पूरा गर्नुभएको छ, किनकि परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम मेरो बुबा दाऊदको सट्टामा म खडा भएको छु, र इस्राएलको सिंहासनमा म बसेको छु । परमप्रभु इस्राएलका परमेश्वरको नाउँको निम्ति मैले यो मन्दिर बनाएको छु ।
11 Et j'ai placé l'arche qui renferme l'alliance que le Seigneur a faite avec Israël.
परमप्रभुले इस्राएलका मानिससित गर्नुभएको उहाँको आफ्नो करारको सन्दूक मैले त्यहाँ राखेको छु ।”
12 Ensuite, Salomon se tint devant l'autel du Seigneur et devant toute l'Église d'Israël, et il étendit les mains;
सोलोमनले परमप्रभुका वेदीको सामु इस्राएलका जम्मै समुदायको उपस्थितिमा खडा भए र आफ्ना हात फैलाए ।
13 Car il avait fait un piédestal d'airain qu'il avait placé au milieu du parvis du grand prêtre; ce piédestal avait cinq coudées de long, sur cinq de large, et trois de haut; or, le roi y était monté, et il se mit à genoux devant toute l'Église d'Israël, et il étendit les mains vers le ciel,
किनकि तिनले पाँच हात लामो, पाँच हात चौडा र तीन हात अग्लो काँसाको एउटा मञ्च बनाएका थिए । तिनले त्यसलाई चोकको बीचमा राखेका थिए । तिनी त्यसमाथि खडा भए र इस्राएलका सारा समुदायको उपस्थितिमा घुँडा टेके, र तिनले आफ्ना हात स्वर्गतिर फैलाए ।
14 Et il dit: Seigneur Dieu d'Israël, il n'est point au ciel et sur la terre de Dieu tel que vous, gardant alliance et miséricorde pour vos serviteurs qui marchent de toute leur âme devant vous.
तिनले भने, “हे परमप्रभु इस्राएलका परमेश्वर, स्वर्ग र पृथ्वीमा तपाईंजस्तो कुनै पनि परमेश्वर छैन, जसले आफ्नो सारा हृदयले तपाईंको मार्गमा जाग्ने आफ्ना सेवकहरूसँग आफ्नो अटुट प्रेमको करार बाँध्नुहुन्छ ।
15 Ce que vous avez réservé à votre serviteur David, ce que vous lui avez promis, ce que vous lui avez dit de votre bouche, vous l'avez exécuté de vos mains, comme il se voit aujourd'hui.
तपाईंले आफ्ना दास मेरा बुबा दाऊदसित गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ । हो, आफ्नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्नै हातले त्यो पूरा गर्नुभएको हो, जस्तो आज हुन आएको छ ।
16 Maintenant, Seigneur Dieu d'Israël, gardez pour votre serviteur David, mon père, cette parole que vous lui avez dite: il ne manquera jamais d'hommes de ton sang pour être assis sur le trône d'Israël, devant ma face, pourvu que tes enfants observent leurs voies, et qu'ils marchent, à mes yeux, comme toi-même as marché.
अब हे परमप्रभु इस्राएलका परमेश्वर, आफ्ना दास मेरा बुबा दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्नुभयो, ‘तँ मेरो सामु हिंडेझैं तेरा सन्तानहरू मेरो व्यवस्था पालन गर्ने कुरामा होसियार भए भने, इस्राएलको सिंहासनमा बस्नलाई कहिलै पनि तेरो निम्ति मानिसको अभाव हुनेछैन ।’
17 Maintenant, Seigneur Dieu d'Israël, que votre promesse à David, mon père, votre serviteur, soit confirmée.
अब हे परमप्रभु इस्राएलका परमेश्वर, तपाईंले आफ्नो सेवक दाऊदसित गर्नुभएको प्रतिज्ञा पूरा होस् ।
18 Est-il donc croyable que Dieu réside sur la terre parmi les hommes? Si le ciel et le ciel des cieux ne peuvent vous contenir, comment ce temple, que j'ai bâti à votre nom, vous contiendrait-il?
तर के परमेश्वर साँच्चै नै मानिससित पृथ्वीमा बस्नुहुन्छ र? हेर्नुहोस्, सारा संसार र स्वर्गमा पनि तपाईं अटाउनुहुन्न भने—मैले निर्माण गरेको यो मन्दिरमा त झन् कति साँगुरो हुन्छ होला?
19 O Seigneur Dieu d'Israël, considérez la demande et la prière de votre serviteur, pour exaucer la demande et la prière que fait aujourd'hui devant vous votre serviteur.
तापनि हे परमप्रभु मेरा परमेश्वर, आफ्नो सेवकको यो प्रार्थना र पुकारालाई कदर गर्नुहोस् । तपाईंका सेवकले तपाईंको सामु गर्ने रोदन र प्रार्थना सुन्नुहोस् ।
20 Que vos yeux soient ouverts nuit et jour sur ce temple, sur ce lieu dont vous avez dit que votre nom y serait invoqué; accueillez la prière que vous fait en ce lieu votre serviteur.
यस मन्दिर, अर्थात्, तपाईंले आफ्नो नाम राख्ने प्रतिज्ञा गर्नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुला रहोस् । तपाईंको सेवकले यस ठाउँतिर फर्केर गरेको प्रार्थना तपाईंले सुन्नुहोस् ।
21 Oui, vous écouterez la prière de votre serviteur et de votre peuple Israël, toutes les fois qu'ils prieront dans ce lieu; vous les entendrez du lieu que vous habitez au ciel, et vous les exaucerez, et vous leur serez propice.
यसैले आफ्ना सेवक र तपाईंका मानिस इस्राएलले यो ठाउँतिर फर्केर प्रार्थना गर्दा ती बिन्तीहरू सुन्नुहोस् । हो, त्यो ठाउँबाट, तपाईं बस्नुहुने स्वर्गबाट सुन्नुहोस् । अनि तपाईंले सुन्नुहुँदा क्षमा गर्नुहोस् ।
22 Si un homme a péché contre son prochain, et que celui-ci prête serment contre lui et qu'il lui défère le serment, et que le premier vienne jurer dans ce temple devant votre autel,
कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गर्छ र शपथ खान पर्यो भने, र त्यो शपथ यस मन्दिरभित्र तपाईंका वेदीको सामुन्ने खान्छ भने,
23 Vous l'entendrez du haut du ciel, et vous agirez, et vous jugerez vos serviteurs, pour rétribuer l'inique et faire retomber ses mauvaises voies sur sa tête; pour justifier le juste et le rétribuer selon son équité.
स्वर्गबाट सुन्नुहोस् र काम गर्नुहोस् । दोषी मानिसलाई दोषी ठहर्याएर र त्यसले गरेको कामको प्रतिफल त्यसलाई नै दिएर आफ्ना सेवकहरूका बीचमा न्याय गर्नुहोस् । निर्दोषलाई दोषी नठहराउनुहोस् र त्यसको धार्मिकताबमोजिम त्यसलाई प्रतिफल दिनुहोस् ।
24 Et si votre peuple Israël est frappé par son ennemi; s'ils ont péché contre vous, et qu'ils se convertissent, qu'ils rendent hommage à votre nom, qu'ils prient et supplient devant vous en ce temple;
जब तपाईंका मानिस इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारणले तिनीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुन्छन्, अनि तिनीहरूले तपाईंको नाउँ लिंदै यस मन्दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्छन् भने—
25 Vous les entendrez du haut du ciel, et vous serez miséricordieux pour les péchés de votre peuple Israël, et vous les ramènerez dans la terre que vous avez donnée à eux et à leurs pères.
तब तपाईंले स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नुहोस्, र आफ्ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् । तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस् ।
26 Lorsque vous aurez fermé le ciel et qu'il n'y aura plus de pluie, parce qu'ils auront péché contre vous, ils prieront en ce lieu, et ils rendront gloire à votre nom, et ils feront pénitence de leurs péchés, après que vous les aurez humiliés.
जब तपाईंका मानिसले तपाईंको विरुद्धमा पाप गरेको कारणले आकाश बन्द भएर पानी परेको छैन— अनि तिनीहरूले यस ठाउँतर्फ फर्केर तपाईंले तिनीहरूलाई दु: ख दिनुभएको कारणले तपाईंको नाउँ स्वीकार गर्छन् र आफ्ना पाप त्यागेर यस मन्दिरमा तपाईंको अगाडि प्रार्थना गर्छन् भने—
27 Et vous les entendrez du haut du ciel, et vous serez miséricordieux pour les péchés de vos serviteurs et de votre peuple Israël; car vous leur aurez montré la bonne voie qu'ils doivent suivre, et vous accorderez de la pluie à la terre que vous avez donnée en héritage à votre peuple.
तब तपाईंले तिनीहरू हिंड्नुपर्ने असल मार्गमा तिनीहरूलाई डोर्याउनुहुँदा, स्वर्गमा सुन्नुहोस्, र आफ्ना सेवकहरू र आफ्ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् । तपाईंका मानिसहरूलाई तपईंले उत्तराधिकारको रूपमा दिनुभएको देशमा झरी पठाउनुहोस् ।
28 Lorsqu'il y aura en la terre: famine, mortalité, vents pestilentiels, jaunisse, sauterelles; lorsqu'un ennemi aura opprimé votre peuple devant ses villes; dans toutes nos plaies et nos peines,
देशमा अनिकाल परेको छ वा माहामारी फैलेको छ, वा लाही वा ढुसी लाग्छ, कि सलह र फटेङ्ग्राहरू आउँछन् भने, वा शत्रुहरूले तिनीहरूका सहरको मुल ढोकाहरूमा आक्रमण गर्छन् वा कनै पनि किसिमको विपति वा रोग फैलेको छ भने—
29 Toute prière, toute supplication, que vous feront dans ce temple, les mains étendues, soit un homme, soit le peuple entier d'Israël, vous l'exaucerez. Si quelqu'un reconnaît sa faute et sa plaie,
अनि कुनै एक जना व्यक्ति वा सारा इस्राएलका मानिसहरूले विपत्ति वा दुःखलाई आफ्नो हृदयमा जानेर यस मन्दिरतिर आफ्ना हात फैलाउँछन् ।
30 Vous l'écouterez du haut du ciel, du lieu où est votre demeure; vous serez miséricordieux, et vous rétribuerez chacun selon sa voie, selon ce que vous aurez vu dans son cœur, car vous seul connaissez le cœur des fils des hommes.
तब तपाईं बस्नुहुने स्वर्गबाट सुन्नुहोस् । क्षमा गर्नुहोस् र हरेक व्यक्तिलाई उसका सबै चाल अनुसार प्रतिफल दिनुहोस् । तपाईंलाई त्यसको हृदय थाहा हुन्छ, किनभने तपाईंले मात्र मानिसजातिका हृदयहरू जान्नुहुन्छ ।
31 Ainsi, auront-ils crainte de toutes vos voies, tout le temps qu'ils vivront en la terre que vous avez donnée à nos pères.
यसो गर्नुहोस् ताकि तिनीहरूले तपाईंको डर मानून् जसले गर्दा तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरू सारा समयभरि तपाईंका मार्गमा हिंड्न सकून् ।
32 Et tout étranger qui n'est point de votre peuple Israël, et qui viendra d'une contrée lointaine, à cause de votre grand nom, de votre forte main et de votre bras tout-puissant, entrera aussi et priera dans ce temple.
विदेशीहरू जो तपाईंका मानिस इस्राएलका तर तपाईंको महान् नाउँ, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलेको हातका कारणले—आउँछ र यस मन्दिरतिर फर्केर त्यसले प्रार्थना गर्छ भने,
33 Et vous l'entendrez du haut du ciel, du lieu où est votre demeure; vous agirez selon la prière de l'étranger qui vous aura invoqué, afin que tous les peuples connaissent votre nom, et qu'ils aient crainte de vous, comme le peuple d'Israël, et qu'ils sachent que votre nom est invoqué dans ce temple que j'ai bâti.
तब कृपया तपाईं बस्नुहुने स्वर्गबाट सुन्नुहोस् र त्यो विदेशीले मागेका सबै कुरा गरिदिनुहोस्, ताकि तपाईंको मानिस इस्राएलले गरेझैं पृथ्वीका सबै मानिसले तपाईंको नाउँलाई जानून् र तपाईंको भय मानून्, र मैले बनाएको यस मन्दिर तपाईंकै नाउँले बोलाइन्छ भनी तिनीहरूले जानून् ।
34 Si votre peuple va en guerre contre ses ennemis, en suivant la voie où vous l'aurez envoyé, et s'il invoque le nom du Seigneur, tourné vers la ville que vous vous êtes choisie, et vers le temple que j'ai bâti à votre nom,
जब तपाईंले पठाउनुभएको ठाउँमा तपाईंका मानिसहरू आफ्ना कुनै शत्रुहरूसँग लडाइँ गर्न जान्छन् र तपाईंले चुन्नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्ति बनाएको यस मन्दिरतिर फर्केर तिनीहरूले प्रार्थना गर्छन् ।
35 Vous entendrez du haut du ciel sa demande et sa prière, et vous rendrez sur lui votre jugement.
तब तपाईंले तिनीहरूको प्रार्थना र बिन्ती स्वर्गबाट सुन्नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस् ।
36 Ils pècheront contre vous, car il n'est point d'homme qui ne pèche; vous les frapperez, vous les livrerez à des ennemis qui les emmèneront captifs en leur terre voisine ou lointaine.
जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्— किनकि पाप नगर्ने एक जना पनि छैन— र तिनीहरूसँग तपाईं रिसाउनुहुन्छ र तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्पिनुहुन्छ, ताकि शत्रुहरूले तिनीहरूलाई लान्छन् र तिनीहरूलाई आफ्नो देशमा, टाढा वा नजिक कैद गरेर लान्छन् ।
37 Et en la terre où ils auront été transportés, ils convertiront leurs cœurs, et ils se repentiront, et ils prieront dans leur captivité, disant: Nous avons péché, nous avons été déréglés et iniques.
तब तिनीहरू कैदमा परेको देशमा तिनीहरूले त्यो कुरा महसुस गर्छन् र तिनीहरूले पश्चात्ताप गर्छन् र आफ्नो कैदको देशमा तपाईंको कृपाको खोजी गर्छन् । तिनीहरूले यसो भन्छन्, ‘हामीले भ्रष्ट किसिमले काम गर्यौं र पाप गर्यौं । हामीले दुष्ट किसिमले व्यवहार गर्यौं ।’
38 Et ils reviendront à vous de tout leur cœur, de toute leur âme, en la contrée de ceux qui les auront pris, et où ils seront retenus captifs, et ils vous prieront, tournés vers la terre que vous avez donnée à leurs pères, vers la ville que vous vous êtes choisie, vers ce temple que j'ai bâti au nom du Seigneur.
जब तिनीहरूलाई उनीहरूले कैद गरेर लगेको देशमा तिनीहरूले आफ्ना सारा हृदय र आफ्ना सारा प्राणले तपाईंतिर फर्किन्छन् र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशतिर र तपाईंले चुन्नुभएको यो सहरतिर र तपाईंका नाउँको निम्ति मैले बनाएको यस मन्दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गर्छन् ।
39 Et vous entendrez du haut du ciel, du lieu de votre demeure, leur demande et leur prière; vous les jugerez, et vous serez miséricordieux envers ce peuple qui aura péché contre vous.
तब तपाईं बस्नुहुने स्वर्गबाट तिनीहरूको प्रार्थना र तिनीहरूका बिन्ती सुन्नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस् । तपाईंको विरुद्धमा पाप गरेका तपाईंका मानिसलाई क्षमा गरिदिनुहोस् ।
40 Et maintenant, Seigneur, ouvrez les yeux, prêtez une oreille attentive à la prière que je fais en ce temple.
अब हे मेरा परमेश्वर, यस ठाउँमा चढाइएका प्रार्थनाहरूमा आफ्ना आँखा खोल्नुहोस्, र आफ्ना कान थाप्नुहोस् ।
41 Levez-vous, ô Seigneur mon Dieu, pour entrer dans ce lieu de repos avec l'arche de votre force; que vos prêtres se revêtent du salut, et que vos enfants se réjouissent de vos biens.
हे परमप्रभु परमेश्वर, अब आफ्नो विश्रामको ठाउँमा, तपाईं र तपाईंका शक्तिको सन्दूकमा उठ्नुहोस् । हे परमप्रभु परमेश्वर, तपाईंका पुजारीहरू उद्धारको वस्त्रले पहिराइऊन्, र तपाईंका सन्तहरू तपाईंको भलाइमा आनन्दित होऊन् ।
42 Seigneur Dieu, ne vous détournez pas de votre christ; souvenez-vous de votre miséricorde envers David, votre serviteur.
हे परमप्रभु परमेश्वर, आफ्ना अभिषिक्त जनको मुहार तपाईंबाट नतर्काउनुहोस् । आफ्ना सेवक दाऊदसँग तपाईंले गर्नुभएको करार बफादारीतालाई सम्झनुहोस् ।