< 2 Chroniques 13 >

1 En la dix-huitième année du règne de Jéroboam, Abias commença à régner sur Juda.
राजा यरोबामको अठारौँ वर्षमा, अबियाले यहूदामा राज्य गर्न सुरु गरे ।
2 Il régna trois ans à Jérusalem; et le nom de sa mère était Maacha, fille d'Uriel de Gabaon. Abias ne cessa pas d'être en guerre avec Jéroboam.
तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे । तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन्‌ । अबिया र यारोबामका बीचमा युद्ध भयो ।
3 Et il rangea en bataille une armée de quatre cent mille hommes vaillants, et Jéroboam lui en opposa huit cent mille, vaillants aussi.
अबिया चार लाख छानिएका बलिया र वीर योद्धाहरू लिएर युद्ध गर्न गए । यारोबामले छानिएका बलिया र वीर आठ लाख योद्धाहरू लडाँइको निम्ति तैनाथ गरे ।
4 Alors Abias monta sur la colline de Salomon qui est dans les montagnes d'Ephraïm, et il dit: Jéroboam, écoute-moi ainsi que tout Israël.
अबिया एफ्राइमको पहाडी देशमा भएको समारैम डाँडामा खडा भए र यसो भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन!
5 Ne devez-vous pas savoir que par une alliance sacrée, le Seigneur notre Dieu a donné pour toujours le royaume d'Israël à David et à ses fils.
परमप्रभु इस्राएलका परमेश्‍वरले औपचारिक करारद्वारा सधैँको निम्‍ति दाऊद र तिनका सन्‍तानलाई इस्राएलमाथि शासन गर्न दिनुभएको कुरा के तिमीहरूलाई थाहा छैन?
6 Mais, Jéroboam, fils de Nabat, serviteur de Salomon, fils de David, s'est levé et s'est révolté contre son maître.
तापनि दाऊदका छोरा सोलोमनका सेवक नबातका छोरा यारोबाम उठ्‍यो र आफ्‍ना मालिकको विरुद्धमा बागी भयो ।
7 Et des hommes de pestilence, fils du péché, se sont joints à lui, qui s'est révolté contre Roboam, fils de Salomon, et Roboam, qui était jeune et d'un cœur craintif, n'osa lui tenir tête.
केही बेकम्‍मा बदमाशहरू त्‍यसको साथमा भेला भए । तिनीहरू सोलोमनका छोरा रहबामको विरुद्धमा आए, जति बेला रहबाम कलिलै र अनुभव नभएको र तिनीहरूको सामना गर्न नसक्‍ने अवस्थामा थिए ।
8 Et vous maintenant, vous dites que vous résisterez au royaume du Seigneur que possèdent les fils de David; et vous êtes nombreux, et vous avez avec vous les veaux d'or qu'a faits Jéroboam, pour qu'ils soient vos dieux.
यसैले तिमीहरूसँग एउटा ठूलो फौज भएको हुनाले र तिमीहरूसँग देवताहरू हुनलाई यारोबामले बनाएका यी सुनका बाछाहरू तिमीहरूसँग भएको हुनाले, अब तिमीहरू दाऊदका सन्‍तानहरूका हातमा भएको परमप्रभुका राज्‍यको विरुद्धमा खडा हुने योजना गर्दछौ ।
9 N'avez-vous pas chassé les prêtres du Seigneur, les fils d'Aaron et les lévites? Ne vous êtes-vous point fait des prêtres parmi le peuple de toute la terre? Quiconque arrive, pour se consacrer, avec un bœuf du troupeau et sept béliers, le voilà prêtre de ce qui n'est point dieu.
तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पुजारीहरू र लेवीहरूलाई लखेट्‍ने र अरू देशका मानिसहरूले गरेझैं आफ्‍नै पुजारीहरूलाई नियुक्त गरेनौ र? जुनसुकै मानिस पुजारी भएर सेवा गर्नलाई एउटा बाछो र सात वटा भेडा लिएर आउँछ, त्यो जो देवताहरू नै होइनन्, त्यसको पुजारी बन्छ ।
10 Quant à nous, nous n'avons point abandonné le Seigneur; ce sont ses prêtres, fils d'Aaron, et ses lévites qui le servent, et qui journellement
तर हाम्रा बारेमा त, परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, र हामीले उहाँलाई त्‍यागेका छैनौं । हामीसँग परमप्रभुको सेवा गर्ने हारूनका सन्तानहरू पुजारीको रूपमा छन्, र आफ्नो काम गर्ने लेवीहरू छन् ।
11 Offrent des holocaustes au Seigneur, matin et soir, brûlent les parfums composés, déposent sur la table pure les pains de proposition, allument à la nuit le chandelier d'or et les lampes qui doivent brûler; car, nous observons les préceptes du Seigneur Dieu de nos pères, que vous avez abandonné.
तिनीहरू हरेक बिहान र बेलुकी परमप्रभुको निम्‍ति होमबलि र सुगन्‍धित धूप चढ़ाउँछन्‌ । पवित्र टेबलमा उपस्‍थितिको रोटीलाई मिलाएर राख्‍ने काम पनि तिनीहरू गर्छन् । तिनीहरू बेलुकैपिच्‍छे सुनको सामदानमा भएका बत्तीहरू बाल्‍दछन्‌ । हामी परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालना गर्छौं, तर तिमीहरूले उहाँलाई त्यागेका छौ ।
12 Voyez, le Seigneur et ses prêtres sont avec nous à notre tête; ce sont les trompettes sacrées qui nous donnent les signaux; fils d'Israël, gardez- vous de combattre le Seigneur, car vous ne réussirez à rien.
हेर, परमेश्‍वर हाम्रा शिरमा हामीसँग हुनुहुन्छ, र उहाँका पुजारीहरू तिमीहरूका विरुद्धमा खतराको संकेत दिनलाई तुरही लिएर यहाँ छन् । हे इस्राएलका मानिसहरू हो, परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा युद्ध नगर, किनकि तिमीहरू सफल हुनेछैनौ ।”
13 Cependant, Jéroboam ramena sur les derrières de Juda une embuscade qu'il avait dressée; il fut ainsi lui-même devant Juda, et son embuscade derrière.
तर यारोबामले आफ्‍नो फौजको एक दल पछिल्‍तिर गएर ढुकिबस्‍नलाई पठाएका थिए, र तिनको फौज चाहिं यहूदा, र तिनीहरूको पछाडि ढुकेर बसेका फौज थिए ।
14 Et Juda se retournant regarda, et voilà que la bataille était devant et derrière lui; alors, il cria au Seigneur, et les prêtres sonnèrent de la trompette.
जब यहूदाका मानिसहरूले पछाडि हेरे, तब हेर, लडाइँ आफ्‍नो अगाडि र पछाडि दुवैतिर भएको देखे । तिनीहरूले परमप्रभुमा पुकारा गरे, र पुजारीहरूले आफ्‍ना तुरहीहरू फुके ।
15 Et les hommes de Juda crièrent, et il advint, pendant qu'ils jetaient de grands cris, que le Seigneur frappa Jéroboam et Israël devant Abias et Juda.
त्यसपछि यहूदाका मानिसहरूले ठुलो सोरले कराए । जब तिनीहरूले ठुलो सोरले कराए, तब परमेश्‍वरले यारोबाम र सबै इस्राएललाई अबिया र यहूदाको सामुन्‍ने प्रहार गर्नुभयो ।
16 Et les fils d'Israël s'enfuirent devant Juda, et le Seigneur les livra au roi de Juda.
इस्राएलका मानिसहरू यहूदाका सामुन्‍नेबाट भागे, र परमेश्‍वरले तिनीहरूलाई यहूदाको हातमा सुम्‍पिदिनुभयो ।
17 Abias et son peuple les frappèrent d'une grande plaie, et cinq cent mille hommes vaillants succombèrent du côté d'Israël.
अबिया र तिनका फौजले ठुलो सङ्‍ख्‍यामा तिनीहरूको हत्या गरे । इस्राएलका पाँच लाख चुनिएका मानिसहरू मरेर ढले ।
18 Et, en ce jour-là, les fils d'Israël furent humiliés, et les fils de Juda prévalurent, parce qu'ils avaient espéré en Dieu.
यसरी इस्राएलका मानिसहरूलाई त्‍यस बेला पराजित गरियो । यहूदाका मानिसहरूले जिते, किनभने तिनीहरूले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा गरे ।
19 Abias poursuivit Jéroboam, il lui prit des villes: Béthel et ses bourgs, Mayne et ses bourgs, Ephron et ses bourgs.
अबियाले यारोबामलाई खेदे । तिनले उनीबाट बेथेल र त्‍यसका बस्‍ती, येशना र त्‍यसका बस्‍ती, अनि एप्रोन र त्‍यसका बस्‍तीसमेत कब्‍जा गरे ।
20 Et Jéroboam fut sans force sous le règne d'Abias; enfin, le Seigneur le frappa, et il mourut.
अबियाको शासनको समयमा यारोबामले फेरि आफ्‍नो शक्ति कदापि प्राप्‍त गर्न सकेनन्‌ । परमप्रभुले उनलाई प्रहार गर्नुभयो, र उनी मरे ।
21 Et Abias s'affermit, et il épousa quatorze femmes, dont il eut vingt-deux fils et seize filles.
तर अबियाले शक्तिशाली भए । तिनले आफ्नो निम्ति चौध जना पत्‍नी ल्‍याए, र बाइस जना छोरा र सोह्र जना छोरीका पिता भए ।
22 Le reste de l'histoire d'Abias, ses actions et ses discours, sont écrits au livre du prophète Addo.
अबिया बाँकी कामहरू र तिनका व्यवहार र वचनहरू इद्दो अगमवक्ताको इतिहासमा लेखिएका छन्‌ ।

< 2 Chroniques 13 >