< 1 Chroniques 18 >

1 Il advint, après cela, que David battit les Philistins et qu'il les mit en fuite; et il leur enleva Geth avec ses bourgs.
यसपछि दाऊदले पलिश्‍तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई जिते । तिनले गात र त्‍यसका वरिपरिका गाउँहरू तिनीहरूबाट लिए ।
2 Il vainquit Moab, et les fils de Moab lui furent asservis; et ils lui payèrent un tribut.
तब तिनले मोआबलाई जिते र मोआबीहरू तिनका सेवक भए र तिनलाई कर तिरे ।
3 David vainquit aussi, dans le pays d'Hémath, Adraazar, roi de Suba, qui s'était mis en campagne pour se rendre maître des rives de l'Euphrate.
सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्‍नो राज्‍य स्‍थापित गर्न जाँदै गर्दा दाऊदले हददेजेरलाई हमातमा पराजित गरे ।
4 Et David prit aux vaincus mille chars, sept mille chevaux et vingt mille piétons; puis, il énerva les attelages de tous les chars, et n'en garda que cent.
एक हजार रथहरू, सात हजार घोडचढीहरू र बीस हजार पैदल सिपाहीहरूलाई दाऊदले तिनीबाट कब्‍जा गरे । दाऊदले रथका सबै घोडाका नशा काटे, तर सयवटा रथहरूका लागि आवश्यक पर्ने घोडाहरू मात्र बचाएर राखे ।
5 Et le Syrien de Damas marcha au secours d'Adraazar, roi de Suba, et David tua au Syrien vingt-deux mille hommes.
जब सोबाका राजा हददेजेरलाई सहायता गर्न दमस्‍कसका अरामीहरू आए, तब दाऊदले बाईस हजार जना अरामीलाई मारे ।
6 Et David mit une garnison dans la Syrie de Damas, et les Syriens lui furent asservis; ils lui payèrent un tribut. Et le Seigneur protégea David partout où il porta ses armes.
तब दाऊदले दमस्‍कसमा अराममा सेनाको छाउनी राखे, र आरामीहरू तिनका सेवक भए र तिनलाई कर तिरे । दाऊद जहाँ गए त्यहाँ परमप्रभुले तिनलाई विजयी दिनुभयो ।
7 Et David prit les colliers d'or que portaient les serviteurs d'Adraazar, et il les consacra dans Jérusalem.
हददेजेरका सेवकहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसे र ती यरूशलेममा ल्‍याए ।
8 Et David recueillit à Mathabeth (Métébac), et dans les principales villes d'Adraazar, une prodigieuse quantité d'airain, dont Salomon se servit pour fabriquer la mer d'airain, et les colonnes et tous les vases d'airain.
तिनले हददेजेरका सहरहरू तेबह र कूनबाट पनि धेरै मात्रामा काँसा ल्‍याए । यसैबाट सोलोमनले पछि “खड्कुँलो” भनिने काँसाको एउटा विशाल बाटा, स्‍तम्‍भहरू र काँसाका विभिन्‍न भाँडाहरू बनाए ।
9 Cependant Thoa (Thu), roi d'Hémath, apprit que David avait taillé en pièces toute l'armée d'Adraazar.
जब दाऊदले सोबाका राजा हददेजेरका जम्‍मै सेनालाई परास्‍त गरेको कुरा हमातका राजा तोऊले सुने,
10 Et il envoya vers David son fils Aduram (Jedduram), pour lui demander la paix et le bénir à cause de sa victoire sur Adraazar; car Thoa était ennemi d'Adraazar. Et tous les vases d'or, d'argent et d'airain,
तब दाऊद राजालाई अभिवादन गर्न र बधाई दिन तोऊले आफ्‍ना छोरा हदोरमलाई तिनीकहाँ पठाए । दाऊदले हददेजेरलाई आक्रमण गरेको र पराजित गरेको, अनि हददेजेर र तोऊका बिचमा प्राय युद्ध चल्‍ने गरेको कारण तिनले यसो गरे । तोऊले सुन, चाँदी र काँसबाट बनेका विभिन्‍न किसिमका सरसामान पनि दाऊदकहाँ पठाए ।
11 Le roi David les consacra au Seigneur de même que l'argent et l'or qu'il avait pris à toutes les nations: à l'Idumée, à Moab, aux fils d'Ammon, aux Philistins et aux fils d'Amalec.
दाऊद राजाले यी भाँडाहरू परमप्रभुको निम्ति अलग गरे, साथमा तिनले सबै जातिहरूः एदोम, मोआब, अम्‍मोनका मानिसहरू, पलिश्‍तीहरू र अमालेकबाट लिएका सुन र चाँदी पनि अगल गरे ।
12 Et Abessa, fils de Sarvia, tailla en pièces quatre-vingt mille Philistins dans le val d'Aïlon.
सरूयाहका छोरा अबीशैले नूनको उपत्‍यकामा अठाह्र हजार एदोमीलाई मारे ।
13 Et il mit dans la vallée une garnison, et tous les Iduméens furent asservis à David, et le Seigneur protégea David partout où il porta ses armes.
तिनले एदोममा सेनाको छाउनी राखे, र सबै एदोमी अब दाऊदका सेवक भए । दाऊद जहाँ गए त्‍यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो ।
14 Ainsi, David régna sur tout Israël, et il jugea tout son peuple selon l'équité.
दाऊदले सारा इस्राएलमाथि राज्‍य गरे, र आफ्‍ना सबै मानिसहरूको न्‍याय र धार्मकता कायम गरे ।
15 Joab, fils de Sarvia, commandait l'armée; Josaphat, fils d'Achilud, recueillait les actes publics.
सरूयाहका छोरा योआब सेनाका कमाण्‍डर थिए, र अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।
16 Sadoc, fils d'Achitob, et Achimélech, fils d'Abiathar, étaient prêtres, et Susa (Sasa), scribe.
अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पुजारीहरू थिए, र शब्‍शा सचिव थिए ।
17 Et Banaïas, fils de Joad, commandait Chéléthi et Phéléthi, et les fils de David étaient les premiers lieutenants du roi.
यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका निरीक्षक थिए । दाऊदका छोराहरूचाहिं राजाका मुख्‍य अधिकारीहरू थिए ।

< 1 Chroniques 18 >