< Ézéchiel 9 >
1 Puis il cria à mes oreilles d’une voix forte, disant: "Approchez, fléaux de la ville, chacun son engin de destruction à la main."
तब उहाँले ठुलो सोरमा कराएर यसो भन्नुभएको मैले सुनें, “रक्षकहरू हरेकले आफ्ना हातमा नष्ट गर्ने हतियार लिएर सहरमा आऊन् ।”
2 Et voici que six hommes venaient du côté de la porte supérieure qui regarde au Nord, chacun avec son engin de ruine à la main, et il y avait un homme au milieu d’eux, vêtu de lin, avec l’écritoire du scribe aux reins, et ils vinrent se poster près de l’autel de cuivre.
तब हेर, छ जना मानिसहरू हरेकले आ-आफ्नो हातमा हत्या गर्ने हतियार लिएर उत्तरतिर फर्केको माथिल्लो ढोकाबाट आए । तिनीहरूका माझमा सूती कपडा लगाएका र कलम भिरेका एक जना मानिस थिए । यसरी तिनीहरू भित्र गए र काँसाको वेदीको छेउमा खडा भए ।
3 Et la gloire du Dieu d’Israël s’éleva, de dessus le Chérubin sur lequel elle se trouvait, vers le seuil de la maison et appela l’homme vêtu de lin qui avait l’écritoire du scribe aux reins.
तब इस्राएलका परमेश्वरको महिमाचाहिं करूबहरूदेखि मास्तिर हटेर मन्दिरको सँघारमा पुगिसकेको थियो । तब परमप्रभुले त्यो सूती कपडा लगाएको र कलम भिरेको मानिसलाई आफ्नो छेउमा बोलाउनुभयो ।
4 L’Eternel lui dit: "Passe au milieu de la ville, au milieu de Jérusalem, et tu dessineras un signe sur le front des hommes qui soupirent et gémissent à cause de toutes les iniquités qui s’y commettent."
परमप्रभुले तिनलाई भन्नुभयो, “सहरको बिचबाट— यरूशलेमको बिचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदारहरूमा एउटा चिन्ह लगा ।”
5 Et aux autres il dit, à mes oreilles: "Passez dans la ville derrière lui, et frappez; que votre oeil n’ait pas d’indulgence et n’ayez pas pitié.
मैले सुनिरहँदा उहाँले अरूलाई भन्नुभयो, “उसको पछिपछि सहरभरि जाओ र मार । तिमीहरूका आँखामा दया आउन नदेओ, र नछोड,
6 Vieillards, jeunes gens et jeunes filles, enfants et femmes, tuez-les, détruisez-les, mais de tout homme qui porte le signe n’approchez pas, et commencez par mon sanctuaire. "Ils commencèrent par les hommes âgés qui étaient devant le temple."
वृद्ध मानिस, जवान मानिस, कन्या, साना बालकहरू र स्त्रीहरू । ती सबैलाई मार! तर निधारमा त्यो चिन्ह भएको कसैलाई पनि नछोओ । मेरो पवित्रस्थानदेखि नै सुरु गर ।” यसैले मन्दिरको सामु भएका धर्म-गुरुहरूदेखि नै तिनीहरूले सुरु गरे ।
7 Et il leur dit: "Profanez la maison et remplissez les cours de cadavres; sortez!" Et ils sortirent et frappèrent dans la ville.
उहाँले तिनीहरूलाई भन्नुभयो, “मन्दिर बिटुलो पार, र त्यसका चोकहरूलाई लाशहरूले भर । जाओ!” यसैले तिनीहरू गए र सहरलाई आक्रमण गरे ।
8 Or, comme ils frappaient, et que je demeurais là, je tombai sur ma face, je criai et dis: "Hélas! Seigneur Dieu, vas-tu détruire tout ce qui reste d’Israël en épanchant ta colère sur Jérusalem?"
जब तिनीहरूले त्यसलाई आक्रमण गर्दैथिए, र मचाहिं एक्लै छोडिएँ, तब घोप्टो परें र रुँदै भनें, “हे परमप्रभु परमेश्वर, यरूशलेममाथि आफ्नो क्रोध खन्याउनुहुँदा इस्राएलका बचेकाहरू जम्मैलाई तपाईंले सर्वनाश गर्नुहुनेछ?”
9 Il me dit: "L’Iniquité de la maison d’Israël et de Juda est grande, très grande, le pays est rempli de sang, la ville est remplie de dénis de justice, car ils ont dit: "L’Eternel a délaissé le pays, l’Eternel ne voit pas."
उहाँले मलाई भन्नुभयो, “इस्राएल र यहूदाका घरानाको पाप असाध्य ठुलो छ । देश रक्तपातले भरिएको छ, र सहरचाहिं विकृतिले भरिपूर्ण छ, किनकि तिनीहरू भन्छन्, 'परमप्रभुले देशलाई त्याग्नुभएको छ, र ‘परमप्रभुले देख्नुहुन्न' ।
10 Moi non plus, mon oeil n’aura pas d’indulgence et je n’aurai pas de pitié, je ferai retomber leurs actes sur leur tête.
यसैले मेरा आँखामा दया हुनेछैनँ, र म तिनीहरूलाई छोड्नेछैनँ । बरु म ती सबै तिनीहरूकै शिरमा खन्याइदिनेछु ।”
11 "Et voici que l’homme, vêtu de lin, qui avait l’écritoire aux reins, fit son rapport en disant: "J’Ai agi comme tu m’avais commandé."
हेर, त्यो सूती कपडा लगाएको र कम्मरमा कलम भिरेको मानिस आऐ । तिनले यसो भने, “तपाईंले मलाई आज्ञा गर्नुभएबमोजिम मैले गरेको छु ।”