< 2 Samuel 5 >
1 Toutes les tribus d’Israël vinrent auprès de David, à Hébron, et lui dirent: "Nous sommes ta chair et ton sang.
त्यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हे्र्नुहोस्, हामी तपाईंकै मासु र हड्डी हौं ।
2 Déjà hier, déjà avant-hier, alors que Saül était notre roi, c’est toi qui dirigeais toutes les expéditions d’Israël. C’Est toi, avait dit l’Eternel, qui gouverneras Israël, mon peuple, toi qui seras son chef…"
केही समयअगि जब शाऊल हामीमाथि राजा थिए, तब तपाईंले नै इस्राएलको फौजको नेतृत्व गर्नुभयो । परमप्रभुले तपाईंलाई भन्नुभयो, 'तैंले नै मेरा इस्राएल इस्राएलको गोठालो गर्ने छस् र तँ नै इस्राएलमाथि शासक हुने छस्' ।”
3 Tous les anciens d’Israël vinrent donc trouver le roi, à Hébron; le roi David fit un pacte avec eux à Hébron, devant l’Eternel, et ils le sacrèrent comme roi d’Israël.
त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू राजाकहाँ हेब्रोनमा आए र राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे ।
4 David avait trente ans lorsqu’il devint roi; son règne fut de quarante ans.
दाऊदले राज्य गर्न सुरु गर्दा तिनी तिस वर्षका थिए र तिनले चालिस वर्षसम्म राज्य गरे ।
5 Il régna dans Hébron, sur Juda, sept ans et six mois, et dans Jérusalem il régna trentre-trois ans sur tout Israël et Juda.
तिनले हेब्रोनमा सात वर्ष छ महिना राज्य गरे र सबै इस्राएल र यहूदामा तेत्तीस वर्ष राज्य गरे ।
6 Le roi, avec ses hommes, marcha sur Jérusalem contre les Jébuséens, qui occupaient le pays; mais ceux-ci dirent à David: "Tu n’entreras pas ici que tu n’aies délogé les aveugles et les boiteux," voulant dire que David n’y entrerait point.
राजा र तिनका मानिसहरू त्यस ठाउँका बासिन्दाहरू अर्थात् यरूशलेमका यबूसीहरूका विरुद्ध लड्न गए । तिनीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउनुभयो भने, अन्धा र लङ्गडाले नै फर्काइदिने छन्। दाऊद यहाँ आउन सक्दैन ।”
7 Mais David s’empara de la forteresse de Sion, qui est la Cité de David.
तापनि, दाऊदले सियोनका किल्ला कब्जा गरे, जुन अहिले दाऊदको सहर हो ।
8 Ce même jour, David avait dit: "Celui qui veut battre les Jébuséens doit pénétrer jusqu’au faîte, jusqu’aux boiteux et aux aveugles", devenus odieux à David. C’Est pourquoi on a dit: "Aveugle ni boiteux ne doivent entrer dans la maison."
त्यति नै बेला दाऊदले भने, “यबूसीहरूलाई आक्रमण गर्नेहरूले 'लङ्गडा र अन्धाकहाँ’ पुग्न पानीको नालीबाट जाने छ जो दाऊदका शत्रुहरू हुन् ।” यसैले मानिसहरूले भन्छन्, “'अन्धा र लङ्गडाहरू' दरबारमा प्रवेश गर्नुहुँदैन ।”
9 David s’établit dans la forteresse, qu’il nomma la Cité de David, et ajouta des constructions tout autour, à l’intérieur du Millo:
त्यसैले दाऊद त्यो किल्लामा बसे र यसलाई दाऊदको सहर भनियो । तिनले यसलाई गाराहरूदेखि भित्रसम्म नै किल्लाबन्दी गरे ।
10 David alla grandissant de plus, en plus, assisté par l’Eternel, Dieu-Cebaot.
दाऊद धेरै शक्तिशाली भए किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्वर तिनीसँग हुनुहुन्थ्यो ।
11 Hiram, roi de Tyr, envoya une députation à David avec du bois de cèdre, des charpentiers et des maçons, qui bâtirent une maison pour David.
त्यसपछि टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए अनि देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूलाई पनि पठाए । तिनीहरूले दाऊदको निम्ति महल बनाए ।
12 Et David reconnut que le Seigneur l’avait destiné à régner sur Israël, et lui avait accordé une royauté glorieuse en faveur de son peuple Israël.
परमप्रभुले आफूलाई इस्राएलमाथि राजाको रूपमा स्थापित गर्नुभएको थियो भनी दाऊदले जान्दथे र उहाँले आफ्ना मानिस इस्राएलको खातिर तिनको राज्यलाई उच्च पार्नुभएको थियो ।
13 David prit encore des concubines et des épouses dans Jérusalem, après son départ d’Hébron, et il lui naquit encore des fils et des filles.
दाऊदले हेब्रोन छोडे र यरूशलेममा आए, त्यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्नीहरू र पत्नीहरू ल्याए र तिनका अरू धेरै छोराहरू र छोरीहरू जन्मे ।
14 Voici les noms de ceux qui lui naquirent à Jérusalem: Chammoua, Chobab, Nathan et Salomon;
यरूशलेममा जन्मेका तिनका छोराछोरीका नाउँ यीनै थिएः शम्मूअ, शोबाब, नातान, सोलोमन,
15 Yibhar, Elichoua, Néfeg et Yafia;
यिभार, इलीशूअ, नेपेग, यापी,
16 Elichama, Elyada et Elifélet.
एलीशामा, एल्यादा र एलीपेलेत ।
17 Les Philistins, ayant su que David avait été oint comme roi d’Israël, montèrent tous pour chercher à le prendre; David l’apprit et se rendit à la forteresse.
अब दाऊदलाई इस्राएलको राजा अभिषेक गरिएको छ भनेर जब पलिश्तीहरूले सुने, तब तिनीहरू सबै तिनलाई खोज्न गए । तर दाऊदले यो सुने र तल किल्लामा गए ।
18 Les Philistins étaient arrivés et s’étaient déployés dans la vallée de Refaïm.
पलिश्तीहरू आएका थिए र रपाईको बेसीमा छरिएका थिए ।
19 Alors David consulta le Seigneur en disant: "Dois-je monter vers les Philistins? Les livreras-tu en ma main?" Le Seigneur répondit à David: "Monte! Oui, je livrerai les Philistins en ta main."
त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे । तिनले भने, “के म पलिश्तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” पमरप्रभुले दाऊदलाई भन्नुभयो, “आक्रमण गर्, किनभने म निश्चय नै तँलाई पलिश्तीहरूमाथि विजय गराउने छु ।”
20 David atteignit Baal-Peraçim et les y battit. Et il dit: "Le Seigneur a dispersé mes ennemis devant moi comme une eau débordée." C’Est de là que cet endroit fut nommé Baal-Peraçim.
त्यसैले दाऊदले बाल-पराजीमा आक्रमण गरे र त्यहाँ तिनले तिनीहरूलाई पराजित गरे । तिनले भने, “परमप्रभु विष्फोट हुने पानीको बाढीझैं मेरो सामु मेरा शत्रुहरूका विरुद्ध विष्फोट हुनुभएको छ ।” त्यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम भयो ।
21 Ils laissèrent là leurs idoles, qui furent emportées par David et ses hommes.
पलिश्तीहरूले त्यहाँ आफ्ना मूर्तीहरू छोडिराखे अनि दाऊद र तिनका मानिसहरूले ती लिएर गए ।
22 Mais de nouveau les Philistins y montèrent et se déployèrent dans la vallée de Refaïm.
त्यसपछि पलिश्तीहरू फेरि माथि आए र फेरि एक पटक रपाईो बेसीमा फैलिएर बसे ।
23 David consulta le Seigneur, qui répondit: "Ne monte pas; tourne-les par derrière et marche sur eux du côté des bekhaïm.
त्यसैले दाऊदले फेरि पनि परमप्रभुसँग सहायता मागे र पमरप्रभुले तिनलाई भन्नुभयो, “तैंले तिनीहरूलाई अडागिबाट आक्रमण गर्नु हुँदैन, तर तिनीहरूको पछिल्तिरबाट फन्को मारेर लहरे-पिपलको जङ्गलभएर तिनीहरूमाथि जाइलाग ।
24 Or, lorsque tu entendras un bruit de pas sur les cimes des bekhaïm, mets-toi vite en mouvement, car alors le Seigneur sera venu à ton secours pour que tu battes l’armée des Philistins."
जब तैंले लहरे-पिपलको टुप्पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्छस्, तब फौजका साथमा आक्रमण गर् । यसो गर् किनभने तैंले पलिश्तीहरू आक्रमण गर्नुअगि परमप्रभु जानुभएको हुनुहुने छ ।”
25 David se conforma aux instructions du Seigneur, et il battit les Philistins depuis Ghéba jusque vers Ghézer.
त्यसैले परमप्रभुले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्तीहरूलाई गिबिनदेखि गेजेरतिर जाने बाटोसम्म नै मारे ।