< 1 Samuel 30 >
1 Or, lorsque David et ses hommes arrivèrent à Ciklag le troisième jour, les Amalécites avaient envahi le Midi et cette ville, l’avaient saccagée et livrée aux flammes.
जब दाऊद र तिनका मानिसहरू तेस्रो दिनमा सिक्लगमा आए, अमालेकीहरूले नेगेव र सिक्लगलाई लूटेका थिए । तिनीहरूले सिग्लगलाई आक्रमण गरे र त्यसलाई आगोले लगाए,
2 Ils avaient capturé les femmes qui s’y trouvaient, sans tuer personne, petit ou grand, mais avaient emmené leur prise et étaient repartis.
र यसमा भएका स्त्रीहरू र साना-ठुला हरेकलाई कब्जा गरे । तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरू आफ्नो बाटो जाँदा तिनीहरूलाई लिएर गए ।
3 David et ses hommes, en arrivant dans la ville, la trouvèrent incendiée, leurs femmes et leurs enfants emmenés captifs.
जब दाऊद र तिनका मानिसहरू त्यो सहरमा आए, यसलाई जलाइएको थियो र तिनीहरूका पत्नीहरू, छोराहरू र छोरीहरूलाई कैदीको रूपमा लगिएका थियो ।
4 Alors David et ceux qui l’accompagnaient, élevant la voix, pleurèrent aussi longtemps qu’ils en eurent la force.
जब दाऊद र तिनीसँग भएका मानिसहरू डाँको छोडेर तिनीहरूमा रुने शक्ति नै नभएसम्म रोए ।
5 Les deux femmes de David étaient également prisonnières, Ahinoam la Jezreélite et Abigaïl, la veuve de Nabal le Carmélite.
दाऊदका दुवै पत्नीहरू यिजरेली अहीनोम र कार्मेली नाबालकी पत्नी अबीगेललाई कैदीको रूपमा लगिएका थियो ।
6 David éprouva une grande angoisse, car le peuple voulait le lapider, chacun étant exaspéré de la perte de ses fils et de ses filles. Cependant David puisa des forces dans la pensée du Seigneur, son Dieu.
दाऊद साह्रै व्याकु भए, किनभने मानिसहरूले तिनलाई ढुङ्गाले हान्ने कुरा गरिरहेका थिए, किनकि सबै मानिसहरूको मन आ-आफ्नो छोराहरू र छोरीहरूका निम्ति तितो भएको थियो । तर दाऊदले परमप्रभु परमेश्वरमा आफूलाई शक्तिशाली बनाए ।
7 Il dit au prêtre Ebiatar, fils d’Ahimélec: "Fais-moi, je te prie, avancer l’éphod." Ebiatar présenta l’éphod à David,
दाऊदले पुजारी अहीमेलेकका छोरा अबीयाथारलाई भने, “बिन्ती छ, यहाँ मकहाँ एपोद ल्याऊ ।” अबीयाथारले दाऊदकहाँ एपोद ल्याए ।
8 et David consulta le Seigneur, en disant: "Dois-je poursuivre cette troupe? L’Atteindrai-je? Poursuis, répondit-il, car tu l’atteindras et tu reprendras sa capture."
दाऊदले निर्देशनको निम्ति परमप्रभुसँग यसरी प्रार्थना गरे, “के मैले यो फौजको पिछा गरे भने, म तिनीहरूलाई भेट्टाउन सक्छु?” परमप्रभुले तिनलाई जवाफ दिनुभयो, “खेदेर जा, किनकि तैंले तिनीहरूलाई निश्चय नै भेट्टाउनेछस् र तैंले निश्चय नै सबै थोक छुटाउनेछस् ।”
9 David marcha avec ses six cents compagnons; parvenus au torrent de Bessor, plusieurs d’entre eux s’arrêtèrent
त्यसैले दाऊद, आफू र आफूसँग भएका छ सय जना मानिस लिएर गए । तिनीहरू बसोरको खोल्सामा आए, जहाँ छोडिएकाहरू बसेका थिए ।
10 David continua la poursuite avec quatre cents hommes, laissant en arrière deux cents hommes, trop fatigués pour traverser le torrent de Bessor.
तर दाऊदले आफू र आफूसँग भएका चार सय जान मानिसले पिछा गरिरहे, किनकि दुई सय जना पछाडी नै बसे, जो यति धेरै थाकेका थिए, कि तिनीहरू बसोर खोल्सा पारि जान सकेनन् ।
11 On rencontra dans les champs un Egyptien, qu’on amena à David. On lui donna du pain à manger, on lui fit boire de l’eau,
तिनीहरूले एक जना मिश्रीलाई खेतमा भेट्टाए र उसलाई दाऊदकहाँ ल्याए । तिनीहरूले उसलाई रोटी दिए र उसले खायो । तिनीहरूले उसलाई पानी पिउन दिए ।
12 on lui fit manger une tranche de gâteau de figues et deux grappes de raisins secs, ce qui le ranima; car il n’avait point mangé de pain ni bu d’eau, pendant trois jours et trois nuits.
र तिनीहरूले उसलाई एक डल्लो नेभारा र दुई झुप्पा किशमिश दिए । जब उसले ती खाइसक्यो, उसले फेरि शक्ति पायो, किनकि उसले तिन दिन र तिन रातदेखि रोटी खाएको वा पानी पिएको थिएन ।
13 David lui dit: "A qui appartiens-tu et d’où es-tu?" Il répondit: "Je suis un jeune Egyptien, esclave d’un Amalécite; mon maître m’a abandonné, malade que j’étais, il y a trois jours.
दाऊदले उसलाई सोधे, “तिमी को हौ? तिमी कहाँबाट आएका हौ?” उसले भन्यो, “म मिश्रको एक जना जवान मानिस, अमालेकीको सेवक हुँ । मेरो मालिकले मलाई छोडे, किनभने तिन दिनअघि म बिरामी भएँ ।
14 Nous avons envahi le côté méridional des Kerêthites, le territoire de Juda, le midi de la terre de Caleb, et nous avons incendié Ciklag."
हामीले करेतीहरूको नेगेव, यहूदाको भाग, कालेबको नेगेवलाई लूट्यौं र सिग्लगमा आगो लगायौं ।”
15 David lui dit: "Veux-tu nous conduire vers cette troupe?" Il répondit: "Jure-moi par le Seigneur que tu ne me feras pas mourir et que tu ne me livreras pas à mon maître, et je te conduirai vers cette troupe."
दाऊदले उसलाई भने, “के तिमीले मलाई यो लूटपाट गर्ने समूहकहाँ लैजान सक्छौ?” त्यो मिश्रीले भने, “तपाईंले मलाई मार्नुहुन्न वा मलाई मेरो मालिकको हातमा सुम्पनुहुन्न भनी परमेश्वरको नाउँमा शपथ खानुहोस् र म तपाईंलाई यो लूटपाट गर्ने समूहकहाँ लानेछु ।”
16 Il l’y conduisit, et on les vit répandus par toute la campagne, célébrant par des festins et des danses le grand butin qu’ils avaient emporté du pays des Philistins et du pays de Juda.
जब त्यो मिश्रीले दाऊदलाई तल ल्याए, तब लूटपाट गर्नेहरू मैदानभरि छरिएर तिनीहरूले पलिश्तीहरूको देश र यहूदाको देशबाट लिएका सबै लूटका मालको कारणले खाँदै, पिउँदै र नाच्दै थिए ।
17 David les tailla en pièces depuis le crépuscule jusqu’au soir du lendemain; nul d’entre eux n’échappa, à l’exception de quatre cents jeunes hommes qui s’enfuirent à dos de chameau.
दाऊदले तिनीहरूलाई बिहान सबैरैदेखि अर्को दिनको साँझसम्म नै तिनीहरूलाई आक्रमण गरे । ऊँटमा चढेर भागेका चार सय जना जवान मानिसबाहेक एक जना पनि उम्केनन् ।
18 David reprit tout ce qu’avaient enlevé les Amalécites, y compris ses deux femmes.
अमालेकीहरूले लगेका सबै थोक दाऊदले पुनः प्राप्त गरे । अनि दाऊदले आफ्नी दुई जना पत्नीलाई पनि छुटाए ।
19 Rien n’y manqua, depuis la moindre capture jusqu’à la plus grande, jusqu’aux garçons et aux filles, rien du butin dont ils s’étaient emparés; tout fut ramené par David.
कुनै पनि कुरा पनि गुमेनन्, न साना न त ठुला, न छोराहरू न त छोरीहरू, न त लूटपाट गर्नेहरूले कब्जा गरेका कुनै कुरा नै गुम्यो । दाऊदले हरेक कुरा फिर्ता ल्याए ।
20 David prit tout le menu et le gros bétail; on fit marcher devant lui ce bétail, en proclamant: "Ceci est le butin de David!"
दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।”
21 David arriva près des deux cents hommes qui avaient été trop harassés pour le suivre, et qu’on avait laissés près du torrent de Bessor. Ils s’avancèrent au-devant de David et de la troupe qui l’accompagnait; David s’approcha de ces hommes et s’informa de leur bien-être.
दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे ।
22 Tous les méchants et mauvais sujets, parmi les hommes qui avaient suivi David, prirent alors la parole et dirent: "Puisqu’ils n’ont pas marché avec nous, nous ne devons rien leur donner du butin que nous avons repris, si ce n’est à chacun sa femme et ses enfants; qu’ils les emmènent et s’en aillent!
तब दाऊदसँग गएका सबै दुष्ट र वेकामका मानिसले भने, “यी मानिसहरू हामीसँग नगएका हुनाले हामीले फिर्ता ल्याएका कुनै पनि लूटका मालहरू हामी तिनीहरूलाई दिनेछैनौं । हरेक मानिसले आफ्ना पत्नी र छोराछोरी लिन र तिनीहरूलाई लिएर जान सक्छ ।”
23 Ne faites pas cela, mes frères, répondit David, pour la grâce que le Seigneur nous a faite en nous protégeant et en nous livrant la troupe qui était venue contre nous.
तब दाऊदले भने, “मेरा भाइ हो, परमप्रभुले हामीलाई दिनुभएको कुरामा तिमीहरूले यस्तो व्यवहार गर्नुहुँदैन । उहाँले हाम्रो सुरक्षा गर्नुभएको छ र हाम्रो विरुद्धमा आउने लूटपाट गर्नेहरूलाई हाम्रो हातमा सुम्पनुभएको छ ।
24 Et qui vous céderait en pareille affaire? Non, telle la part de ceux qui sont allés au combat, telle la part de qui est resté aux bagages: ils partageront également."
तिमीहरूको यो कुरा कसले सुन्नेछ? किनभने युद्धमा जानेहरूको हिस्सा जत्ति हुन्छ सामानहरू कुर्नेहरूको हिस्सा पनि त्यत्ति नै हुनेछ । तिनीहरूले बाँड्नेछन् अनि बराबर बाँड्नेछन् ।”
25 De fait, à partir de ce jour, il en fit pour Israël une loi et une règle, en vigueur encore aujourd’hui.
त्यस दिनदेखि आजको दिनसम्म यस्तै चलन छ, किनभने दाऊदले यसलाई इस्राएलको निम्ति नियम र आदेश नै बनाए ।
26 De retour à Ciklag, David envoya de son butin aux anciens d’Israël, à ses amis, en disant: "C’Est votre profit du butin fait sur les ennemis du Seigneur";
जब दाऊद सिक्लगमा आए, तिनले आफ्ना मित्रहरू अर्थात् यहूदाका धर्म-गुरुहरुलाई केही लूटका मालहरू पठाएर भने, “हेर्नुहोस्, परमप्रभुका शत्रहरूबाट लिइएका लुटका मालबाट तपाईंहरूका निम्ति उपहार यहाँ छ ।”
27 savoir, aux gens de Béthel, à ceux de Ramot-du-Midi, à ceux de Yattir;
तिनले बेथेलमा भएका, दक्षिणको रामोतमा, यत्तीरमा भएकाहरू,
28 à ceux d’Aroêr, à ceux de Sifmot, à ceux d’Echtemoa;
र अरोएरमा भएका, सिपमोतमा भएका, एश्तामिमा भएका धर्म-गुरुहरुलाई केही पठाए ।
29 à ceux de Rakhal, à ceux des villes yerahmeélites, à ceux des villes kênites;
तिनले केही कुरा राकालमा भएका, यरहमेलीहरूका सहरहरूमा भएका, केनीहरूका सहरमा भएका,
30 à ceux de Horma, à ceux de Cor-Achân, à ceux d’Atakh;
होर्मामा भएका, बोर-आशानमा भएका, अत्ताकमा भएका,
31 à ceux d’Hébron, bref, de tous les lieux où David avait séjourné avec ses hommes.
र हेब्रोनमा भएका र दाऊद आफै र आफ्ना मानिसहरू सधैं जाने गरेका सबै ठाउँतिर पनि केही पठाए ।