< Psaumes 85 >
1 Au chef de musique. Des fils de Coré. Psaume. Éternel! tu as été propice à ta terre, tu as rétabli les captifs de Jacob.
सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूको भजन। हे याहवेह, तपाईंको देशमाथि तपाईंले कृपा राख्नुभएको छ; तपाईंले याकोबको सुख-शान्ति पुनर्स्थापित गरिदिनुभएको छ।
2 Tu as pardonné l’iniquité de ton peuple, tu as couvert tous leurs péchés. (Sélah)
तपाईंले आफ्ना प्रजाको अधर्म क्षमा गर्नुभएको छ; तिनीहरूका सबै पाप ढाकिदिनुभएको छ। सेला
3 Tu as retiré tout ton courroux, tu es revenu de l’ardeur de ta colère.
तपाईंले आफ्ना सबै क्रोध पन्छाउनुभयो; र आफ्नो दन्किँदो क्रोधबाट तपाईं फर्कनुभयो।
4 Ramène-nous, ô Dieu de notre salut, et fais cesser ton indignation contre nous.
हे हाम्रा मुक्तिदाता परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस्, र हामीप्रतिको तपाईंको अप्रसन्नता हटाइदिनुहोस्!
5 Veux-tu être à toujours en colère contre nous, faire durer ta colère de génération en génération?
के तपाईं हामीसित सधैँ रिसाइरहनुहुनेछ? के तपाईं पुस्तौँ-पुस्तासम्म नै क्रोध गरिरहनुहुनेछ?
6 Ne veux-tu pas nous faire vivre de nouveau, afin que ton peuple se réjouisse en toi?
के तपाईं हामीलाई पुनर्जागृत बनाउनुहुन्न, ताकि तपाईंका प्रजा तपाईंमा रमाऊन्?
7 Éternel! fais-nous voir ta bonté, et accorde-nous ton salut.
हे याहवेह, आफ्नो अचुक प्रेम हामीलाई देखाउनुहोस्, र हामीलाई तपाईंको मुक्ति प्रदान गर्नुहोस्!
8 J’écouterai ce que dira Dieu, l’Éternel; car il dira paix à son peuple et à ses saints. Mais qu’ils ne retournent pas à la folie!
याहवेह परमेश्वरले जे भन्नुहुनेछ, त्यो म सुन्नेछु; उहाँले आफ्ना प्रजाहरू, र आफ्ना विश्वासयोग्य सेवकहरूसँग शान्तिको प्रतिज्ञा गर्नुहुन्छ— तर तिनीहरू फेरि मूर्खतातिर नलागून्।
9 Certainement, son salut est près de ceux qui le craignent, afin que la gloire demeure dans notre pays.
निश्चय नै उहाँको भय मान्नेहरूको नजिकै उहाँको मुक्ति छ; ताकि उहाँको महिमा हाम्रो देशमा बास गरोस्।
10 La bonté et la vérité se sont rencontrées, la justice et la paix se sont embrassées.
अचुक प्रेम र विश्वासयोग्यता आपसमा मिल्छन्; धार्मिकता र शान्तिले एक-अर्कालाई चुम्बन गर्छन्।
11 La vérité germera de la terre, et la justice regardera des cieux.
पृथ्वीबाट विश्वासयोग्यताको अङ्कुर निस्कन्छ, र स्वर्गबाट धार्मिकताले तल हेर्दछ।
12 L’Éternel aussi donnera ce qui est bon, et notre pays rendra son fruit.
जे असल छ, याहवेहले त्यही दिनुहुनेछ; र हाम्रा जमिनले फसल उमार्नेछ।
13 La justice marchera devant lui, et elle mettra ses pas sur le chemin.
धार्मिकता उहाँको अगि-अगि जानेछ र उहाँका पाइलाहरूको निम्ति मार्ग तयार गर्छ।