< Jérémie 22 >
1 Ainsi dit l’Éternel: Descends à la maison du roi de Juda, et prononce là cette parole,
परमप्रभु यसो भन्नुहुन्छ, “यहूदाको राजाको घरमा तल जा र त्यहाँ यो वचन घोषणा गर्,
2 et dis: Écoute la parole de l’Éternel, ô roi de Juda, qui es assis sur le trône de David! toi, et tes serviteurs, et ton peuple, qui entrez par ces portes.
यसो भन, 'ए यहूदाका राजा, तँ जो दाऊदको सिंहासनमा बस्छस्, तँ र तेरा सेवकहरू र यी ढोकाहरूद्वारा आउने तेरा मानिसहरू हो, परमप्रभुको वचन सुन ।
3 Ainsi dit l’Éternel: Pratiquez le jugement et la justice, et délivrez de la main de l’oppresseur celui qui est pillé; et n’opprimez pas, ne violentez pas l’étranger, l’orphelin, et la veuve, et ne versez pas le sang innocent dans ce lieu.
परमप्रभु यसो भन्नुहुन्छः न्याय र धार्मिकता कायम राख, अनि लुटिएको कुनै व्यक्तिलाई थिचोमिचो गर्नेको हातबाट छुटकारा देओ । तिमीहरूको देशमा भएका कुनै पनि विदेशी वा अनाथ वा विधवालाई दुर्व्यवहार नगर । यस ठाउँमा हिंसा नगर वा निर्दोष रगत नबगाओ ।
4 Car si en effet vous accomplissez fidèlement cette parole, alors les rois qui sont assis à la place de David sur son trône entreront par les portes de cette maison, montés sur des chars et sur des chevaux, – lui, et ses serviteurs, et son peuple.
तिमीहरूले साँच्चै यी कुरा गर्यौ भने, दाऊदको सिंहासनमा बस्ने राजाहरू, रथ र घोडाहरूमा सवार ऊ, उसका सेवकहरू र उसका मानिसहरू यी ढोकाहरूभित्र यो मन्दिरमा पस्नेछन् ।
5 Et si vous n’écoutez pas ces paroles, je jure par moi-même, dit l’Éternel, que cette maison sera réduite en désolation.
तर मैले घोषणा गरेका यी वचन तिमीहरूले सुन्दैनौ भने—यो राजदरबार भग्नावशेष हुनेछ, यो परमप्रभुको घोषणा हो' ।”
6 Car ainsi dit l’Éternel touchant la maison du roi de Juda: Tu es pour moi un Galaad, le sommet du Liban… Si je ne te réduis en désert, en villes inhabitées!
किनकि यहूदाका राजाको घरानाको बारेमा परमप्रभु यसो भन्नुहुन्छ, 'तँ मेरो लागि गिलाद वा लेबनानको टाकुराजस्तै छस् । तापनि म तँलाई उजाड-स्थान, मानिसहरू नबस्ने सहरहरूजस्तै तुल्याउनेछु ।
7 Et je préparerai contre toi des destructeurs, chacun avec ses armes, et ils couperont et jetteront au feu l’élite de tes cèdres.
किनकि तेरो विरुद्धमा आउनलाई मैले विनाशकहरू तोकेको छु । मानिसहरूले आ-आफ्ना हतियारहरूले सबैभन्दा राम्रा-राम्रा देवदारुहरू काट्नेछन् र तिनलाई आगोमा जलाउने छन् ।
8 Et beaucoup de nations passeront près de cette ville, et chacun dira à son compagnon: Pourquoi l’Éternel a-t-il fait ainsi à cette grande ville?
तब धेरै जातिहरू त्यस सहर भएर जानेछन् । एउटाले अर्कोलाई सोध्ने छ, 'यस महान् सहरप्रति परमप्रभुले किन यसरी व्यवहार गर्नुभएको होला?'
9 Et on dira: Parce qu’ils ont abandonné l’alliance de l’Éternel leur Dieu, et qu’ils se sont prosternés devant d’autres dieux, et les ont servis.
तब अर्कोले जवाफ दिनेछ, 'किनकि तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको करारलाई त्यागे र अरू देवताहरूको सामु निहुरे र तिनीहरूको पुजा गरे ।”
10 Ne pleurez pas celui qui est mort, et ne vous lamentez pas sur lui. Pleurez, pleurez celui qui s’en va, car il ne reviendra plus, ni ne reverra plus le pays de sa naissance!
मृत्यु भएको व्यक्तिको निम्ति नरोओ वा त्यसको निम्तो शोक गर, तर टाढा लगिन लागेको व्यक्तिप्रति धुरुधुरु रोओ, किनकि त्यो फेरि कहिल्यै फर्किने अनि आफ्नो जन्मभूमि देख्नेछैन ।'
11 Car ainsi dit l’Éternel quant à Shallum, fils de Josias, roi de Juda, qui régna à la place de Josias, son père, [et] qui s’en est allé de ce lieu: Il n’y reviendra plus;
किनकि यहूदाका राजा योशियाहका छोरा यहोआहाज जसले आफ्ना पिता योशियाहको सट्टामा राजा भई सेवा गरे, तिनको बारेमा परमप्रभु भन्नुहुन्छ, 'ऊ यस ठाउँबाट गएको छ, र फर्केर आउनेछैन ।
12 car il mourra dans le lieu où on l’a transporté, et ne verra plus ce pays.
जहाँ तिनीहरूले उसलाई कैद गरेर लगेका छन्, ऊ त्यहीं मर्नेछ, र उसले फेरि कहिल्यै यो देश देख्नेछैन ।'
13 Malheur à celui qui bâtit sa maison par l’injustice, et ses chambres hautes par le manque de droiture; qui se sert pour rien de son prochain, et ne lui donne rien pour son travail;
जसले आफ्नो घर अधार्मिकता, आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्नो छिमेकीलाई सित्तैमा काम लगाउँछ, अनि जसले उसलाई ज्याला दिंदैन, त्यसलाई धिक्कार छ ।
14 qui dit: Je me bâtirai une vaste maison et de spacieuses chambres hautes, et qui se la perce de fenêtres, et la lambrisse de cèdre, et la peint en vermillon.
उसले भन्छ, 'आफ्नो निम्ति माथिल्ला कोठाहरू फराकिलो भएको एउटा ठुलो महल म बनाउनेछु ।' त्यसले उसले त्यसको निम्ति ठुला-ठुला झ्यालहरू बनाउँछ र त्यसमा देवदारुका पल्लाहरू हाल्छ अनि उसले त्यसमा रातो रङ लगाऊँछ ।
15 Régneras-tu, parce que tu rivalises avec le cèdre? Ton père n’a-t-il pas mangé et bu, et pratiqué le jugement et la justice? alors il s’est bien trouvé.
के यही कुराले तँलाई असल राजा बनाउँछन्, कि तैंले देवदारुका फल्याकहरू पाउने इच्छा गरिस्? तेरा बाबुले पनि खाए र पिए, तापनि न्याय र धार्मिकता कायम राखे, होइन र? त्यसको लागि असल कुराहरू नै भए ।
16 Il a jugé la cause de l’affligé et du pauvre; alors cela a bien été. N’est-ce pas là me connaître? dit l’Éternel.
उसले गरिबहरू र खाँचोमा परेकाहरूको पक्षमा न्याय गर्यो । त्यस बेला राम्रै भएको थियो । के मलाई चिन्नुको अर्थ यही होइन र? यो परमप्रभुको घोषणा हो ।
17 Car tes yeux et ton cœur ne sont qu’ à ton gain déshonnête, et au sang innocent pour le répandre, et à l’oppression et à la violence pour les faire.
तर तेरो दृष्टि र हृदयमा बेइमान नाफा कमाउनु, निर्दोषहरूको रगत बगाउनु, अरूहरूलाई थिचोमिचो र अत्याचार गरेर कमाउनुबाहेक अरू केही छैन ।
18 C’est pourquoi, ainsi dit l’Éternel quant à Jehoïakim, fils de Josias, roi de Juda: On ne se lamentera pas sur lui: Hélas, mon frère! Hélas, [ma] sœur! On ne se lamentera pas sur lui: Hélas, Seigneur! et: Hélas, sa gloire!
त्यसकारण यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्नुहुन्छः 'हाय, मेरा दाजु! हाय मेरी बहिनी!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् । 'हाय, मेरा मालिक! हाय, उहाँको गौरव!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् ।
19 Il sera enseveli de l’ensevelissement d’un âne, – traîné et jeté par-delà les portes de Jérusalem.
त्यसलाई एउटा गधालाई गाडेझैं घिसारेर टाढा लगिन्छ र यरूशलेमका ढोकाहरूको बाहिर फ्याँकिनेछ ।
20 Monte au Liban et crie, et de Basan fais entendre ta voix, et crie [des hauteurs] d’Abarim, parce que tous tes amants sont brisés.
लेबनानका पहाडहरूमा उक्लेर जा र चर्को गरी करा । बाशानमा तेरो सोर निकाल् । अबारीम पहाडहरूबट चर्को गरी करा, किनकि तेरा सबै मित्रहरू नष्ट गरिनेछन् ।
21 Je t’ai parlé dans le temps de ta prospérité; [mais] tu as dit: Je n’écouterai point. Ceci a été ton chemin dès ta jeunesse, que tu n’as point écouté ma voix.
तँ सुरक्षित हुँदा मैले तँसित बोलेँ, तर तैंले भनिस्, 'म सुन्ने छैनँ ।' तेरो युवावस्थादेखि यो तेरो चलन थियो, किनकि तैंले मेरो सोर सुनेको छैनस् ।
22 Tous tes pasteurs seront la pâture du vent, et tes amants iront en captivité; et alors tu seras honteuse et confuse à cause de toute ton iniquité.
बतासले तेरा सबै गोठालालाई उडाएर लैजानेछ, र तेरा मित्रहरू निर्वासनमा लगिनेछन् । तब तेरा सबै दुष्ट कामद्वारा तँ निश्चय नै लज्जित हुनेछस्, र अपमानित हुनेछस् ।
23 Habitante du Liban, qui fais ton nid dans les cèdres, combien tu seras un objet de pitié quand les douleurs viendront sur toi, l’angoisse comme celle d’une femme qui enfante!
तँ जो 'लेबनान' मा बस्छस्, जुन देवदारुले बनेका घरहरू हुन्, प्रसव-वेदनमा भएकी स्त्रीलाई जस्तै तँमाथि पीडा आउँदा तँ कसरी तँमाथि दया गरिनेछ र ।”
24 Je suis vivant, dit l’Éternel, que quand même Conia, fils de Jehoïakim, roi de Juda, serait un cachet à ma main droite, je t’arracherai de là!
“यो परमप्रभुको घोषणा हो, जस्तो म जीवित छु, ए यहूदाका राजा यहोयाकीमको छोरो यहोयाकीन, तँ मेरो हातको छाप-औंठी होस्, म तँलाई धुजाधुजा पार्नेछु ।
25 Et je te livrerai en la main de ceux qui cherchent ta vie, et en la main de ceux dont tu as peur, et en la main de Nebucadretsar, roi de Babylone, et en la main des Chaldéens.
किनकि मैले तँलाई तेरो ज्यान लिन खोज्नेहरूको हातमा र जससँग तँ डराउँछस् तिनीहरूकै हातमा, बेबिलोनका राजा नबूकदनेसर र कल्दीहरूको हातमा सुम्पिदिएको छु ।
26 Et je te jetterai, toi et ta mère qui t’a enfanté, dans un autre pays, où vous n’êtes pas nés; et là vous mourrez.
तँलाई र तँलाई जन्म दिने तेरी आमालाई म आर्को देशमा फल्नेछु, जुन देशमा तँ जन्मेको थिइनस् र त्यहाँ तिमीहरू मर्नेछौ ।
27 Et, dans le pays où ils désirent ardemment de retourner, ils ne retourneront point.
यस देशको बारेमा जहाँ तिनीहरू फर्केर आउन इच्छा गर्नेछन्, तिनीहरू यहाँ फर्केर आउनेछैनन् ।
28 Cet homme, Conia, est-il un vase d’argile méprisé et mis en pièces? un ustensile auquel on n’a point de plaisir? Pourquoi ont-ils été jetés loin, lui et sa postérité, et lancés dans un pays qu’ils ne connaissent point?
के यो तिरस्कृत र टुक्रटुक्रा भएको भाँडो हो? के यो मानिस यहोयाकीन एउटा त्यस्तो भाँडो हो जसले कसैलाई खुसी पार्दैन? ऊ र उसका सन्तानहरूलाई किन तिनीहरूले बाहिर फालेका छन् र तिनीहरूले नचिनेका देशमा तिनीहरूलाई पठाएका छन्?
29 Terre, terre, terre, écoute la parole de l’Éternel!
ए देश, ए देश, ए देश! परमप्रभुको वचन सुन् ।
30 Ainsi dit l’Éternel: Inscrivez cet homme comme privé d’enfants, comme un homme qui ne prospérera pas pendant ses jours; car, de sa semence, nul ne prospérera, assis sur le trône de David, ou dominant encore en Juda.
परमप्रभु यसो भन्नुहुन्छ, 'यो मानिस यहोयाकीनको बारेमा लेखः ऊ सन्तानहीन हुनेछ । उसको आफ्नो जीवनकालमा उसले उन्नति गर्नेछैन, र उसका सन्तानहरूमध्ये कसैले पनि सफलता हासिले गर्नेछैनन्, वा फेरि कहिल्यै दाऊदको सिंहासनमा बस्नेछन् र यहूदामाथि राज्य गर्नेछन् ।”