< Exode 25 >
1 Et l’Éternel parla à Moïse, disant:
परमप्रभुले मोशालाई भन्नुभयो,
2 Parle aux fils d’Israël, et qu’ils prennent pour moi une offrande élevée. Vous prendrez mon offrande élevée de tout homme qui aura un esprit libéral.
“राजीखुसीबाट प्रेरित भई हरेक व्यक्तिले मेरो लागि भेटी ल्याओस् भनी इस्राएलीहरूलाई भन् । तैँले यी भेटीहरू मेरो लागि ग्रहण गर्नुपर्छ ।
3 Et c’est ici l’offrande élevée que vous prendrez d’eux: de l’or, et de l’argent, et de l’airain;
तैँले तिनीहरूबाट प्राप्त गर्नुपर्ने भेटीहरू यिनै हुन्: सुन, चाँदी, र काँसा
4 et du bleu, et de la pourpre, et de l’écarlate, et du coton blanc, et du poil de chèvre;
निलो, बैजनी र रातो ऊन, मलमलको कपडा, बाख्राको भुत्ला
5 et des peaux de béliers teintes en rouge, et des peaux de taissons, et du bois de sittim;
रातो रङले रङ्गाएका भेडाका छाला र सीलका छालाहरू, बबुल काठ,
6 de l’huile pour le luminaire, des aromates pour l’huile de l’onction et pour l’encens des drogues odoriférantes;
पवित्रस्थानका बत्तीहरूका निम्ति तेल, अभिषेक गर्नका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पातामा जड्नका लागि
7 des pierres d’onyx, et des pierres à enchâsser pour l’éphod et pour le pectoral.
आनिक्स र अन्य बहुमूल्य रत्नहरू ।
8 Et ils feront pour moi un sanctuaire, et j’habiterai au milieu d’eux.
म तिनीहरूका बिचमा बस्न सकूँ भनेर तिनीहरूले मेरो निम्ति एउटा पवित्रस्थान बनाऊन् ।
9 Selon tout ce que je te montre, le modèle du tabernacle et le modèle de tous ses ustensiles, ainsi vous ferez.
मैले तँलाई देखाउने नमुनामुताबिक तैँले पवित्र वासस्थान र यसका सबै सामानहरू बनाउनू ।
10 Et ils feront une arche de bois de sittim: sa longueur sera de deux coudées et demie, et sa largeur d’une coudée et demie, et sa hauteur d’une coudée et demie.
तिनीहरूले बबुल काठको सन्दुक बनाऊन् । यसको लमाइ साँढे दुई हात, चौडाइ साँढे एक हात र उचाइ साँढे एक हातको होस् ।
11 Et tu la plaqueras d’or pur; tu la plaqueras dedans et dehors, et tu y feras un couronnement d’or tout autour;
यसको निम्ति सुनका चारवटा मुन्द्रा झुण्ड्याउनू ।
12 et tu fondras pour elle quatre anneaux d’or, et tu les mettras à ses quatre coins, deux anneaux à l’un de ses côtés, et deux anneaux à l’autre de ses côtés.
एकापट्टि दुईवटा र अर्कोपट्टि दुईवटा गरी तिनलाई सन्दुकको चारवटा खुट्टामा लगाउनू ।
13 Et tu feras des barres de bois de sittim, et tu les plaqueras d’or;
तैँले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू ।
14 et tu feras entrer les barres dans les anneaux, aux côtés de l’arche, pour porter l’arche par elles.
सन्दुकलाई बोक्नलाई त्यसको दुवैपट्टिका किनारामा भएका मुन्द्राहरूमा ती डन्डाहरू घुसाउनू ।
15 Les barres seront dans les anneaux de l’arche; on ne les en retirera point.
डन्डाहरू सन्दुकका मुन्द्राहरूमा रहनुपर्छ । तिनलाई त्यसबाट झिकिनुहुँदैन ।
16 Et tu mettras dans l’arche le témoignage que je te donnerai.
तैँले सन्दुकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्नू ।
17 – Et tu feras un propitiatoire d’or pur: sa longueur sera de deux coudées et demie, et sa largeur d’une coudée et demie.
तैँले निखुर सुनको एउटा प्रायश्चित्तको ढकनी बनाउनू । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको होस् ।
18 Et tu feras deux chérubins d’or; tu les feras d’or battu, aux deux bouts du propitiatoire.
तैँले प्रायश्चित्तको ढकनीको दुई किनारामा राख्न पिटिएको सुनका दुईवटा करूब बनाउनू ।
19 Fais un chérubin au bout de deçà, et un chérubin au bout de delà: vous ferez les chérubins [tirés] du propitiatoire, à ses deux bouts.
प्रायश्चित्तको ढकनीको एउटा किनारामा एउटा करूब र अर्को किनारामा अर्को करूब राख्नू । ती दुईवटा करूब र प्रायश्चित्तको ढकनी एउटै सुनको टुक्राबाट बनाइयोस् ।
20 Et les chérubins étendront les ailes en haut, couvrant de leurs ailes le propitiatoire, et leurs faces seront l’une vis-à-vis de l’autre; les faces des chérubins seront [tournées] vers le propitiatoire.
करूबहरूले आ-आफ्ना पखेटा मास्तिर फैलाऊन् र प्रायश्चित्तको ढकनीलाई छाया पारून् । करूबहरू एक-अर्काको आमनेसामने होऊन् र तिनीहरूले प्रायश्चित्तको ढकनीतर्फ हेरून् ।
21 Et tu mettras le propitiatoire sur l’arche, par-dessus, et tu mettras dans l’arche le témoignage que je te donnerai.
तैँले प्रायश्चित्तको ढकनीलाई सन्दुकको माथिपट्टि राख्नू, र मैले तँलाई दिने करारका विधिविधानहरू सन्दुकभित्र राख्नू ।
22 Et je me rencontrerai là avec toi, et je parlerai avec toi de dessus le propitiatoire, d’entre les deux chérubins qui seront sur l’arche du témoignage, [et te dirai] tout ce que je te commanderai pour les fils d’Israël.
यही सन्दुकमा म तँसित भेट्नेछु । प्रायश्चित्तको ढकनीमाथिबाट म तँसित बोल्नेछु । गवाहीको सन्दुकको माथि भएका दुईवटा करूबको बिचबाट मैले इस्राएलीहरूलाई दिने सबै आज्ञा तँलाई दिनेछु ।
23 Et tu feras une table de bois de sittim: sa longueur sera de deux coudées, et sa largeur d’une coudée, et sa hauteur d’une coudée et demie.
तैँले बबुल काठको एउटा टेबुल बनाउनू । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हातको होस् ।
24 Et tu la plaqueras d’or pur, et tu y feras un couronnement d’or tout autour.
तैँले यसलाई निखुर सुनले मोहर्नू र यसको चारैतिर सुनको बिट लगाउनू ।
25 Et tu y feras un rebord d’une paume tout autour, et tu feras un couronnement d’or à son rebord, tout autour.
त्यसको चारैतिर चार अङ्गुल चौडा भएको घेरो बनाउनू र घेरोको वरिपरि सुनको बिट लगाउनू ।
26 Et tu lui feras quatre anneaux d’or, et tu mettras les anneaux aux quatre coins qui seront à ses quatre pieds.
टेबुलको लागि सुनका चारवटा मुन्द्रा बनाउनू र ती मुन्द्राहरूलाई चार खुट्टा भएका चारवटै कुनामा लगाउनू ।
27 Les anneaux seront près du rebord, pour recevoir les barres, pour porter la table.
टेबुललाई बोक्नलाई डन्डाहरूका लागि ठाउँ हुन ती मुन्द्राहरू घेरोको छेउमा होऊन् ।
28 Et tu feras les barres de bois de sittim, et tu les plaqueras d’or; et avec elles on portera la table.
टेबुललाई तीसँगै बोक्न सकियोस् भनी बबुल काठबाट डन्डाहरू बनाउनू र
29 Et tu feras ses plats, et ses coupes, et ses gobelets, et ses vases, avec lesquels on fera les libations; tu les feras d’or pur.
तिनलाई सुनले मोहर्नू अर्घबलिहरू चढाउन प्रयोग हुने थाल, चम्चा, करुवा र कचौराहरू बनाउनू । तैँले ती सबै निखुर सुनको बनाउनू ।
30 Et tu mettras sur la table le pain de proposition, devant moi, continuellement.
तैँले टेबुलमा मेरो सामु नियमित रूपमा उपस्थितिको रोटी राख्नू ।
31 Et tu feras un chandelier d’or pur: le chandelier sera fait [d’or] battu; son pied, et sa tige, ses calices, ses pommes, et ses fleurs, seront [tirés] de lui.
पिटेको निखुर सुनबाट एउटा सामदान बनाउनू । आधार र बिँडसहित यसलाई बनाउनू । यसका कचौराहरू, कोपिला र फुलहरू सबै नै एउटै टुक्राबाट बनाइनुपर्छ ।
32 Et six branches sortiront de ses côtés, trois branches du chandelier d’un côté, et trois branches du chandelier de l’autre côté.
यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी जम्मा छवटा हाँगा बाहिरतिर निस्केका होऊन् ।
33 Il y aura, sur une branche, trois calices en forme de fleur d’amandier, une pomme et une fleur; et, sur une [autre] branche, trois calices en forme de fleur d’amandier, une pomme et une fleur; ainsi pour les six branches sortant du chandelier.
पहिलो हाँगामा हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । त्यस्तै अर्को हाँगामा पनि हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । सामदानबाट बाहिर निस्कने सबै छवटा हाँगामा उस्तै होऊन् ।
34 Et il y aura au chandelier quatre calices en forme de fleur d’amandier, ses pommes et ses fleurs;
सामदान र बिचको बिँडमा हाडेबदामका फुलजस्ता चारवटा कचौरा आ-आफ्नै कोपिला र फूलसमेत होऊन् ।
35 et une pomme sous deux branches [sortant] de lui, et une pomme sous deux branches [sortant] de lui, et une pomme sous deux branches [sortant] de lui, pour les six branches sortant du chandelier;
एउटै टुक्राको रूपमा पहिलो जोडी हाँगामुनि एउटा कोपिला र एउटै टुक्राको रूपमा दोस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । त्यसै गरी, एउटै टुक्राको रूपमा तेस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । सामदानबाट बाहिर निस्केका सबै छवटै हाँगा उस्तै होस् ।
36 leurs pommes et leurs branches seront [tirées] de lui, le tout battu, d’une pièce, d’or pur.
तिनीहरूका कोपिला र हाँगाहरू सबै पिटेको निखुर सुनको एउटा टुक्राबाट बनेका होऊन् ।
37 – Et tu feras ses sept lampes; et on allumera ses lampes, afin qu’elles éclairent vis-à-vis de lui.
तैँले सामदान र यसका सातवटा बत्ती बनाउनू, र यसबाट उज्यालो दिन ती बत्तीहरू बालिराख्नू ।
38 Et ses mouchettes et ses vases à cendre seront d’or pur.
चिम्टा र तिनीहरूका मोसोदानीहरू निखुर सुनबाट बनाइनुपर्छ ।
39 On le fera, avec tous ces ustensiles, d’un talent d’or pur.
सामदान र यसका सबै पात्र बनाउन करिब चौँतिस किलोग्राम निखुर सुनको प्रयोग गर्नू ।
40 Regarde, et fais selon le modèle qui t’en est montré sur la montagne.
तँलाई पर्वतमा देखाएको नमुनाबमोजिम ती बनाउन नभुल्नू ।