< 2 Rois 7 >

1 Et Élisée dit: Écoutez la parole de l’Éternel. Ainsi dit l’Éternel: Demain à cette heure-ci, la mesure de fleur de farine sera à un sicle, et les deux mesures d’orge à un sicle, à la porte de Samarie.
एलीशाले भने, “परमप्रभुको वचन सुन्‍नुहोस् । परमप्रभु यसो भन्‍नुहुन्छ, 'भोलि यतिबेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बिक्री हुनेछ' ।”
2 Et le capitaine, sur la main duquel le roi s’appuyait, répondit à l’homme de Dieu, et dit: Voici, quand l’Éternel ferait des fenêtres aux cieux, cela arriverait-il? Et [Élisée] dit: Voici, tu le verras de tes yeux, mais tu n’en mangeras pas.
तब जुन अधिकारीको हातको भरमा राजा हिंड्थे तिनले परमेश्‍वरका मानिसलाई जवाफ दिए र भने, “हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?” एलीशाले जवाफ दिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”
3 Et il y avait à l’entrée de la porte quatre hommes lépreux, et ils se dirent l’un à l’autre: Pourquoi sommes-nous assis ici jusqu’à ce que nous mourions?
मूल ढोकाको ठिक बाहिर कुष्ठरोग लागेका चार जना मानिस थिए । तिनीहरूले एक-अर्कालाई भने, “हामी नमरेसम्म हामी यहाँ किन बसिरहने?
4 Si nous disons: Entrons dans la ville, la famine est dans la ville, et nous y mourrons; et si nous restons assis ici, nous mourrons. Et maintenant, venez, et passons dans le camp des Syriens: s’ils nous laissent vivre, nous vivrons; et s’ils nous font mourir, nous mourrons.
हामी सहरमा जाऔं भनौं भने, सहरमा अनिकाल परेको छ र हामी त्यहाँ मर्नेछौं । हामी यहीँ बसौँ भने पनि हामी मर्नेछौँ । अब हामी अरामीहरूका सेना भएको ठाउँमा जाऔँ । तिनीहरूले हामीलाई जिउँदै राखे भने हामी जिउनेछौँ, र तिनीहरूले हामीलाई मारे भने हामी मर्नेछौँ ।”
5 Et ils se levèrent au crépuscule pour entrer dans le camp des Syriens; et ils vinrent jusqu’au bout du camp des Syriens, et voici, il n’y avait personne.
त्यसैले अरामी छाउनीभित्र जानलाई तिनीहरू साँझपख उठे । जब तिनीहरू छाउनीको बाहिरी भागमा आइपुगे, त्यहाँ कोही पनि थिएन ।
6 Car le Seigneur avait fait entendre dans le camp des Syriens un bruit de chars et un bruit de chevaux, le bruit d’une grande armée; et ils se dirent l’un à l’autre: Voici, le roi d’Israël a pris à sa solde contre nous les rois des Héthiens et les rois des Égyptiens, pour venir sur nous.
किनकि परमप्रभुले अरामी सेनालाई रथहरू, घोडाहरूको होहल्‍लाजस्‍तै— अर्को ठुलो सेनाको होहल्‍ला सुन्‍ने पार्नुभएको थियो, अनि, अनि तिनीहरूले एक-अर्कालाई भने, “इस्राएलका राजाले हित्तीहरू र मिश्रीहरूका राजाहरूलाई भाडामा लिएर हाम्रो विरुद्धमा आएका छन् ।”
7 Et ils se levèrent au crépuscule, et s’enfuirent; et ils abandonnèrent leurs tentes, et leurs chevaux, et leurs ânes, le camp tel quel; et ils s’enfuirent pour [sauver] leur vie.
त्यसैले सिपाहीहरू उठे र साँझमा नै भागे । तिनीहरूले आफ्ना पालहरू, घोडाहरू, गधाहरू र छाउनीलाई जस्ताको तस्तै छाडे र आफ्‍नो ज्यान बचाउन भागे ।
8 Et ces lépreux vinrent jusqu’au bout du camp; et ils entrèrent dans une tente, et mangèrent et burent, et en emportèrent de l’argent, et de l’or, et des vêtements; et ils s’en allèrent et les cachèrent. Et ils retournèrent, et entrèrent dans une autre tente et en emportèrent [du butin], et ils s’en allèrent et le cachèrent.
जब कुष्‍टरोग लागेका मानिसहरू छाउनीको बाहिरी भागमा आइपुगे, तब तिनीहरू एउटा पालभित्र पसे र खानपान गरे अनि चाँदी, सुन र लुगाहरू उठाए र गएर ती लुकाए । तिनीहरू फर्केर आए र अर्को पालभित्र पसे र त्यहाँबाट पनि लुटका माल लगे र लुकाए ।
9 Et ils se dirent l’un à l’autre: Nous ne faisons pas bien. Ce jour est un jour de bonnes nouvelles, et nous nous taisons. Si nous attendons jusqu’à la lumière du matin, l’iniquité nous trouvera. Et maintenant, venez, allons et rapportons-le à la maison du roi.
तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले ठिक गरिरहेका छैनौँ । आजको दिन शुभ खबरको दिन हो, तर हामी यस बारेमा मौन बसिरहेका छौँ । बिहन नभएसम्म हामीले पर्ख्यौं भने हामीमाथि दण्ड आइपर्नेछ । तब हामी अब जाऔं र राजाको घरानालाई भनौं ।”
10 Et ils vinrent et crièrent aux portiers de la ville, et leur rapportèrent, disant: Nous sommes venus dans le camp des Syriens; et voici, il n’y avait personne, ni voix d’homme, seulement les chevaux attachés, et les ânes attachés, et les tentes comme elles étaient.
त्यसैले तिनीहरू गए र सहरका पालेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई यसो भने, “हामी अरामीहरूका छाउनीमा गयौँ तर त्यहाँ कोही थिएन, कुनै मानिसको आवाज त्‍यहाँ सुनिएन, तर त्‍यहाँ घोडाहरू र गधाहरू बाँधिएका थिए अनि पालहरू जस्ताको तस्तै थिए ।”
11 Et les portiers le crièrent et le rapportèrent dans la maison du roi, à l’intérieur.
तब पालेहरूले त्यो खबर ठुलो स्‍वरले फैलाए, अनि त्‍यसपछि भित्र राजाको घरानालाई पनि त्‍यो कुरा बताइयो ।
12 Et le roi se leva de nuit, et dit à ses serviteurs: Je veux vous dire ce que les Syriens nous ont fait: ils savent que nous avons faim, et ils sont sortis du camp pour se cacher dans les champs, disant: Ils sortiront hors de la ville, et nous les prendrons vivants, et nous entrerons dans la ville.
तब रातमा राजा उठे र आफ्ना सेवकहरूलाई भने, “अब अरामीहरूले हामीलाई के गरेका छन् भनी म तिमीहरूलाई भन्‍नेछु । हामी भोकाएका छौँ भनी तिनीहरूलाई थाहा छ । त्यसैले तिनीहरू छाउनीबाहिर खेतबारीमा लुक्‍न गएका छन् । तिनीहरू भन्दैछन्, 'जब तिनीहरू सहरबाहिर आउँछन्, तब हामी तिनीहरूलाई जिउँदै समात्‍ने छौँ, र सहरभित्र पस्‍नेछौँ’ ।”
13 Et un de ses serviteurs répondit et dit: Qu’on prenne donc cinq des chevaux restants, qui demeurent de reste dans la [ville]; voici, ils sont comme toute la multitude d’Israël qui est de reste en elle; voici, ils sont comme toute la multitude d’Israël qui a péri. Envoyons-les, et nous verrons.
राजाका एक जना सेवकले जवाफ दिए र भने, “केही मानिसहरूले सहरमा छाडिएका पाँचवटा घोडा लिएर जाऊन् । तिनीहरू इस्राएलका बाँकी जनसङ्ख्याजस्तै छन् अर्थात् अधिकांश मरिसकेका छन् । हामी तिनीहरूलाई पठाऊँ र हेरौँ।”
14 Et ils prirent deux chars avec leurs chevaux, et le roi envoya après le camp des Syriens, disant: Allez et voyez.
त्यसैले तिनीहरूले घोडाहरूसँगै दुईवटा रथ लिए र राजाले तिनीहरूलाई यसो भनेर अरामीहरूको सेनाको पछि पठाए, “जाओ र हेर ।”
15 Et ils s’en allèrent après eux jusqu’au Jourdain; et voici, tout le chemin était plein de vêtements et d’objets que les Syriens avaient jetés dans leur fuite précipitée; et les messagers s’en retournèrent et le rapportèrent au roi.
तिनीहरू यर्दन नदीसम्मै तिनीहरूका पछि गए र अरामीहरूले हतारमा फालेका लुगा र सामनहरूले सबै बाटो भरिएका थिए । त्यसैले सन्देशवाहकहरू फर्के र राजालाई बताइदिए ।
16 Et le peuple sortit, et pilla le camp des Syriens: et la mesure de fleur de farine fut à un sicle, et les deux mesures d’orge à un sicle, selon la parole de l’Éternel.
मानिसहरू बाहिर निस्के र अरामीहरूको छाउनी लुटे । त्यसैले जस्‍तो परमप्रभुले भन्‍नुभएको थियो त्‍यस्‍तै भयो, एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बेचियो ।
17 Et le roi avait préposé à la garde de la porte le capitaine sur la main duquel il s’appuyait; et le peuple le foula aux pieds dans la porte, et il mourut, selon ce qu’avait dit l’homme de Dieu, ce qu’il avait dit quand le roi était descendu vers lui.
जसको हातमा भर परेर राजा हिंड्थे ती अधिकारीलाई तिनले मूल ढोका हेर्ने जिम्मा दिएका थिए र मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे । राजाले परमेश्‍वरका मानिसलाई तिनको घरमा भेट्न जाँदा तिनले अगमवाणी गरेजस्‍तै तिनको मृत्‍यु भयो ।
18 Et il arriva selon la parole que l’homme de Dieu avait adressée au roi, disant: Les deux mesures d’orge seront à un sicle, et la mesure de fleur de farine sera à un sicle, demain à cette heure-ci, à la porte de Samarie.
त्‍यसैले त्‍यस्‍तै भयो जास्‍तो परमेश्‍वरका मानिसले राजालाई यसो भनेका थिए, “यति बेलातिर सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा तिन माना जौ र एक ग्राम चाँदीमा डेढ माना पिठो पाइनेछ ।”
19 Et le capitaine avait répondu à l’homme de Dieu, et avait dit: Voici, quand l’Éternel ferait des fenêtres aux cieux, pareille chose arriverait-elle? Et il dit: Voici, tu le verras de tes yeux, mais tu n’en mangeras pas.
ती अधिकारीले परमेश्‍वरका मानिसलाई जवाफ दिएका थिए, “हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?” एलीशाले जवाफ दिएका थिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”
20 Et il lui en arriva ainsi: le peuple le foula aux pieds dans la porte, et il mourut.
तिनलाई ठिक त्यस्तै हुन आयो, किनकि मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे र तिनी मरे ।

< 2 Rois 7 >