< 2 Chroniques 9 >
1 Et la reine de Sheba entendit parler de la renommée de Salomon, et elle vint à Jérusalem, pour éprouver Salomon par des énigmes, avec un fort grand train, et des chameaux qui portaient des aromates et de l’or en grande quantité, et des pierres précieuses; et elle vint vers Salomon et parla avec lui de tout ce qu’elle avait sur son cœur.
जब शेबाकी रानीले सोलोमनको ख्यातिको बारेमा सुनिन्, तब कठिन प्रश्नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन् । तिनी मसलाहरू, प्रशस्त सुन र धेरै बहुमूल्य रत्नहरूलाई ऊँटहरूमा लदाएर एक अत्यन्तै ठूलो लावालश्करसाथ आइन् । जब तिनी सोलोमनकहाँ आइन्, तब तिनले आफ्नो मनमा भएका सबै कुरा उनलाई भनिन् ।
2 Et Salomon lui expliqua toutes les choses dont elle parlait; et il n’y eut pas une chose cachée pour Salomon, [pas une chose] qu’il ne lui explique.
सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए । सोलोमनको निम्ति कुनै कुरा पनि प्रश्न कठिन भएन । तिनले जवाफ नदिएको कुनै पनि प्रश्न बाँकी रहेन ।
3 Et la reine de Sheba vit la sagesse de Salomon, et la maison qu’il avait bâtie,
जब शेबाकी रानीले सोलोमनको बुद्धि, र तिनले बनाएको राजमहल देखिन्,
4 et les mets de sa table, et la tenue de ses serviteurs, et l’ordre de service de ses officiers, et leurs vêtements, et ses échansons, et leurs vêtements, et la rampe par laquelle il montait dans la maison de l’Éternel, et il n’y eut plus d’esprit en elle;
तिनको टेबलको भोजन, तिनका सेवकहरूका बसाइ, तिनका सेवकहरूका काम र तिनीहरूका पोशाकहरू, र तिनका मद्य पियाउनेहरू र तिनका पोशाकहरू, र परमप्रभुको मन्दिरमा तिनले चढाएका होमबलिहरू देखिन्, र तिनी आश्चर्यचकित भइन् ।
5 et elle dit au roi: Ce que j’ai entendu dire dans mon pays sur tout ton état et sur ta sagesse était la vérité;
तिनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको विषयमा मैले आफ्नो देशमा सुनेको कुरा साँचो रहेछ ।
6 mais je n’ai pas cru leurs paroles, jusqu’à ce que je sois venue et que mes yeux aient vu; et voici, on ne m’avait pas rapporté la moitié de la grandeur de ta sagesse: tu surpasses la rumeur que j’en ai entendue.
म यहाँ नआएसम्म मैले जे सुनें त्यो मैले विश्वास गरिनँ, र अहिले मेरा आँखाले यी देखेका छन् । तपाईंको बुद्धि र सम्पत्तिको विषयमा मलाई आधा कुरा पनि भनिएको रहेनछ! तपाईंको ख्याति मैले सुनेको भन्दा बढी रहेछ ।
7 Heureux tes gens, et heureux ceux-ci, tes serviteurs, qui se tiennent continuellement devant toi, et qui entendent ta sagesse!
तपाईंका मानिसहरू कति धन्यका हुन् र निरन्तर तपाईंको सामु खडा रहने तपाईंका सेवकहरू कति धन्यका हुन् किनभने तिनीहरूले तपाईंका बुद्धिका कुराहरू सुन्न पाउँछन् ।
8 Béni soit l’Éternel, ton Dieu, qui a pris plaisir en toi, pour te placer sur son trône comme roi pour l’Éternel, ton Dieu! Parce que ton Dieu a aimé Israël pour l’établir à toujours, il t’a fait roi sur eux pour faire droit et justice.
तपाईंसित प्रसन्न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्नुहुने परमप्रभु तपाईंका परमेश्वर धन्यका होउन् । किनभने इस्राएललाई सदाको निम्ति स्थापित गराउनलाई तपाईंका परमेश्वरले त्यसलाई प्रेम गर्नुभयो । तपाईंले न्याय र धार्मिकता कायम राख्नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा बनाउनुभयो!”
9 Et elle donna au roi 120 talents d’or, et des aromates en très grande quantité, et des pierres précieuses; et il n’y a pas eu d’aromates pareils à ceux que la reine de Sheba donna au roi Salomon.
तिनले राजालाई चार टन सुन, प्रशस्त मात्रामा मसला र बहुमूल्य रत्नहरू दिइन् । सोलोमन राजालाई शेबाकी रानीले दिएको जति धेरै मसलाहरू तिनलाई फेरि कसैले पनि दिएन ।
10 (Et les serviteurs de Hiram aussi, et les serviteurs de Salomon, qui apportèrent de l’or d’Ophir, apportèrent du bois d’algummim et des pierres précieuses.
ओपीरबाट सुन ल्याउने हीरामका सेवकहरू र सोलोमनका सेवकहरूले चन्दनको काठ र बहुमूल्य रत्नहरू पनि ल्याए ।
11 Et, avec le bois d’algummim, le roi fit des escaliers pour la maison de l’Éternel et pour la maison du roi, et des harpes et des luths pour les chanteurs: et on n’en avait pas vu de semblable auparavant dans le pays de Juda.)
चन्दनका काठबाट राजाले परमप्रभुको मन्दिर र राजमहलका सिंढी र संगीतकारहरूका निम्ति वीणा र सारङ्गीहरू पनि बनाए । यहूदा देशमा यसभन्दा अघि कहिल्यै पनि यस्ता काठहरू देखिएका थिएनन् ।
12 Et le roi Salomon donna à la reine de Sheba tout son désir, [tout ce] qu’elle demanda, outre ce qu’elle avait apporté au roi. Et elle s’en retourna, et s’en alla dans son pays, elle et ses serviteurs.
शेबाकी रानीले जे इच्छा गरिन् र जे मागिन् ती हरेक कुरा सोलोमन राजाले तिनलाई दिए । तिनले राजालाई ल्याएर दिएका थोकभन्दा धेरै तिनले उनलाई दिए । यसरी उनी बिदा भइन् र आफ्ना सेवकहरूका साथ आफ्नो देशमा फर्किन् ।
13 Et le poids de l’or qui arrivait à Salomon dans une année était de 666 talents d’or,
सोलोमनकहाँ हरेक वर्षमा आएको सुनको तौल तेईस टन हुन्थ्यो,
14 outre ce qu’apportaient les commerçants ambulants et les trafiquants, et ce qu’apportaient à Salomon tous les rois de l’Arabie, et les gouverneurs du pays, en fait d’or et d’argent.
यो व्यापारीहरू र कारोवारीले ल्याएका सुनबाहेको थियो । अरब देशका सबै राजा र प्रादेशिक गभर्नरहरूले पनि राजाको निम्ति सुन र चाँदी ल्याए ।
15 Et le roi Salomon fit 200 grands boucliers d’or battu, mettant à chaque bouclier 600 [sicles] d’or battu,
सोलोमन राजाले पिटेका सुनका दुई सय ठूला ढाल बनाए । प्रत्येक ढाल बनाउन साढे तिन किलोग्राम सुन लागेको थियो ।
16 et 300 petits boucliers d’or battu, mettant à chaque bouclier 300 [sicles] d’or; et le roi les mit dans la maison de la forêt du Liban.
पिटेको सुनका तिन सय साना ढाल पनि तिनले बनाए । प्रत्येक ढालमा करीब डेढ किलोग्राम सुन थियो । राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे ।
17 Et le roi fit un grand trône d’ivoire, et le recouvrit d’or pur;
तब राजाले हस्ती-हाडको एउटा ठूलो सिंहासन बनाए र त्यसमा निखुर सुनको जलप लगाए ।
18 et le trône avait six degrés et un marchepied d’or attenants au trône, et des bras d’un côté et de l’autre à l’endroit du siège, et deux lions qui se tenaient à côté des bras,
सिंहासनमा उक्लने छ वटा खुट्किला थिए, र सुनको एउटा पाउदान सिंहासनसँग जोडिएको थियो । आसनका दुवैतिर हात अड्याउने ठाउँ थिए दुवै छेउमा दुई वटा सिंह खडा थिए ।
19 et douze lions qui se tenaient là sur les six degrés, d’un côté et de l’autre: il ne s’en était point fait de pareil dans aucun royaume.
छ वटै खुट्किलाका दुवैपट्टि एक-एक वटा गरी जम्मा बाह्र वटा सिंह खडा थिए । कुनै पनि राज्यमा यस्तो किसिमको सिंहासन थिएन ।
20 Et tous les vases à boire du roi Salomon étaient d’or, et tous les vases de la maison de la forêt du Liban, d’or pur: l’argent, aux jours de Salomon, n’était compté pour rien.
सोलोमनका पिउने कचौरा सबै सुनका थिए, र लेबनानको वन भनिने राजमहलमा भएका पिउने कचौरा सबै सुनका थिए । चाँदीको केही पनि थिएन, किनभने सोलोमनको समयमा चाँदीलाई बहुमूल्य ठानिइन ।
21 Car les navires du roi allaient à Tarsis avec les serviteurs de Hiram: une fois tous les trois ans les navires de Tarsis venaient, apportant de l’or et de l’argent, de l’ivoire, et des singes et des paons.
हिरामका समुद्री जहाजका साथमा राजाका पनि जहाजहरू थिए । हरेक तिन वर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हस्ती-हाड, ढेडुहरू र बाँदरहरू लिएर आउँथ्यो ।
22 Et le roi Salomon fut plus grand que tous les rois de la terre en richesse et en sagesse.
यसरी सोलोमन राजाले धन-सम्पत्ति र बुद्धिमा पृथ्वीका अरू सबै राजालाई जितेका थिए ।
23 Et tous les rois de la terre recherchaient la face de Salomon, pour entendre sa sagesse, que Dieu avait mise dans son cœur.
परमेश्वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्न पृथ्वीका सबै राजाले तिनको उपस्थितिमा बस्न खोज्थे ।
24 Et ils apportaient chacun son présent: des vases d’argent et des vases d’or, et des vêtements, des armes, et des aromates, des chevaux et des mulets: chaque année le tribut de l’année.
आउने हरेकले आफ्नो सौगात चाँदी र सुनका भाँडाहरू, लुगाहरू, हातहतियार र मसलाहरू अनि घोडा र खच्चरहरू वर्षैपिच्छे ल्याउँथे ।
25 Et Salomon avait 4 000 stalles pour des chevaux et des chars, et 12 000 cavaliers; et il les plaça dans les villes à chars, et auprès du roi à Jérusalem.
सोलोमनसँग आफ्ना घोडा र रथहरूका निम्ति चार हजार तबेला थिए । अनि तिनका बाह्र हजार घोडचडी थिए, जसलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाई चाहिं आफूसित यरूशलेममा राखे ।
26 Et il dominait sur tous les rois, depuis le fleuve jusqu’au pays des Philistins et jusqu’à la frontière d’Égypte.
तिनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूका देश र मिश्रदेशको सिमानासम्मै राज्य गरे ।
27 Et le roi fit que l’argent, dans Jérusalem, était comme les pierres, et il fit que les cèdres étaient, en quantité, comme les sycomores qui sont dans le pays plat.
राजासँग यरूशलेममा चाँदीचाहिं ढुङ्गैसरह थिए । तिनले देवदारुको काठचाहिं पहाडका जङ्गली अञ्जीरका बोटहरूसरह तुल्याए ।
28 Et l’on exportait d’Égypte et de tous les pays des chevaux pour Salomon.
तिनीहरूले सोलोमनका निम्ति मिश्रदेश र अरू सबै देशबाट घोडाहरू ल्याए ।
29 Et le reste des actes de Salomon, les premiers et les derniers, ne sont-ils pas écrits dans les paroles de Nathan, le prophète, et dans la prophétie d’Akhija, le Silonite, et dans la vision de Jehdo, le voyant, touchant Jéroboam, fils de Nebath?
सोलोमनको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्मै नातान अगमवक्ताको इतिहास, शीलोनी अहियाहको अगमवाणी र दर्शी इद्दोका दर्शनको पुस्तकमा (जसमा नबातका छोरा यारोबामको विषयमा पनि जानकारी छ) वर्णन गरिएका छैनन् र?
30 Et Salomon régna à Jérusalem sur tout Israël 40 ans.
सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालिस वर्ष राज्य गरे ।
31 Et Salomon s’endormit avec ses pères; et on l’enterra dans la ville de David, son père; et Roboam, son fils, régna à sa place.
त्यसपछि तिनी आफ्ना पर्खाहरूसित सुते, र मानिसहरूले तिनका बुबा दाऊदको सहरमा गाडे । तिनका ठाउँमा तिनका छोरा रहबाम राजा भए