< Psaumes 26 >
1 De David. Rends-moi justice, Yahweh, car j’ai marché dans mon innocence; je me confie en Yahweh, je ne chancellerai pas.
हे परमप्रभु, मेरो न्याय गर्नुहोस्, किनकि म इमानदारीसँग हिंडेको छु । हलचल नगरी मैले परमप्रभुमा भरोसा गरेको छु ।
2 Éprouve-moi, Yahweh, sonde-moi, fais passer au creuset mes reins et mon cœur:
हे परमप्रभु, मलाई जाँच्नुहोस् र मलाई परिक्षण गर्नुहोस् । मेरो अन्तस्करण र मेरो हृदयको जाँच गर्नुहोस् ।
3 car ta miséricorde est devant mes yeux, et je marche dans ta vérité.
किनकि तपाईंको करारको विश्वस्तता मेरो आँखाका सामु छ, र म तपाईंको विश्वस्ततामा हिंड्छु ।
4 Je ne me suis pas assis avec les hommes de mensonge, je ne vais pas avec les hommes dissimulés;
मैले छली मानिसहरूसित सङ्गत गर्दिनँ, न त म कपटी मानिसहरूसित घुलमिल गर्छु ।
5 Je hais l’assemblée de ceux qui font le mal, je ne siège pas avec les méchants.
खराब गर्नेहरूको सभालाई म घृणा गर्छु, र दुष्टहरूसित म बस्दिनँ ।
6 Je lave mes mains dans l’innocence, et j’entoure ton autel, Yahweh,
हे परमप्रभु, नोर्दोषतामा म आफ्नो हात धुन्छु, र म तपाईंको वेदी वरिपरि घुम्छु,
7 pour faire entendre une voix de louange; et raconter toutes tes merveilles.
प्रशंसाको गीत ठुलो सोरले गाउन र तपाईंका सबै अचम्मका कामहरूको वर्णन गर्न ।
8 Yahweh, j’aime le séjour de ta maison, le lieu où ta gloire réside.
हे परमप्रभु, तपाईं बस्नुहुने मन्दिरलाई म प्रेम गर्छु, त्यो ठाउँ जहाँ तपाईंको महिमाले वास गर्छ ।
9 N’enlève pas mon âme avec celle des pécheurs, ma vie avec celle des hommes de sang,
मलाई पापीहरूसँगै वा मेरो जीवनलाई रक्तपिपासु मानिसहरूसँगै नबढार्नुहोस्,
10 qui ont le crime dans les mains, et dont la droite est pleine de présents.
जसको हातमा षड्यान्त्र छ, र जसको दाहिने हात घूसले पूर्ण छ ।
11 Pour moi, je marche en mon innocence: délivre-moi et aie pitié de moi!
तर मेरो बारेमा, म निष्ठामा चल्छु । मलाई उद्धार गर्नुहोस् र ममाथि दया गर्नुहोस् ।
12 Mon pied se tient sur un sol uni: je bénirai Yahweh dans les assemblées.
मेरो खुट्टा मैदानमा खडा छ । सभाहरूमा म परमप्रभुलाई धन्यको भन्नेछु ।