< Lévitique 5 >
1 "'Si quelqu'un pèche, en entendant une adjuration publique pour témoigner, lui étant témoin, qu'il a vu ou connu, s'il ne le rapporte pas, il portera sa faute.
यदि कसैले आफूले देखेको वा सुनेको कुनै कुराको साक्षी भएर पनि त्यस कुराको गवाही दिनुपर्ने अवस्थामा गवाही नदिएको कारणले पाप गर्दछ भने, त्यो दोषी हुने छ ।
2 "'Si quelqu'un touche une chose impure, qu'il s'agisse du cadavre d'un animal impur, du cadavre d'un animal de rente impur ou du cadavre d'un reptile impur, et que cela lui soit caché, et qu'il soit impur, il sera coupable.
वा परमेश्वरले अशुद्ध ठहराउनुभएको कुनै कुरा कसैले छोयो भने, चाहे त्यो कुनै अशुद्ध वन-पशु, पाल्तु पशु वा घस्रने पशुको मृत शरीर होस्, त्यसले त्यो अजानमा छोएको भए तापनि त्यो अशुद्ध र दोषी हुने छ ।
3 "'Ou bien, s'il touche l'impureté de l'homme, quelle que soit l'impureté avec laquelle il est souillé, et qu'elle lui soit cachée, quand il en aura connaissance, il sera coupable.
वा त्यसले कसैको अशुद्धता छोयो भने, चाहे त्यो अशुद्धता जेसुकै होस्, र त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो दोषी हुने छ ।
4 "'Si quelqu'un jure témérairement de ses lèvres de faire du mal ou de faire du bien - tout ce qu'un homme peut proférer témérairement par un serment, et que cela lui soit caché - lorsqu'il en aura connaissance, il sera coupable de l'une de ces choses.
वा कसैले खराब वा असल गर्न आफ्नो मुखबाट विचारै नगरेर किरिया हाल्छ भने, त्यसले जेसुकैको किरिया हालेको भए तापनि, यदि त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो यी सबै कुराहरूमा दोषी हुने छ ।
5 S'il se rend coupable de l'une de ces choses, il confessera le péché qu'il a commis;
यी कुराहरूमा कोही दोषी ठहरिएपछि त्यसले जेसुकै पाप गरेको भए तापनि त्यसले त्यो स्वीकार गर्नुपर्छ ।
6 et il apportera à l'Éternel son sacrifice de culpabilité pour le péché qu'il a commis: une femelle du troupeau, un agneau ou une chèvre, en sacrifice pour le péché; et le prêtre fera pour lui l'expiation de son péché.
त्यसपछि त्यसले आफूले गरेको पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा बगालबाट पोथी पशु, पाठी वा बाख्री पापबलिको निम्ति ल्याओस्, र त्यसको पापको निम्ति पुजारीले प्रायश्चित्त गर्ने छ ।
7 "'S'il n'a pas les moyens de se procurer un agneau, il apportera à Yahvé son sacrifice pour le péché qu'il a commis, deux tourterelles ou deux jeunes pigeons, l'un pour le sacrifice pour le péché, l'autre pour l'holocauste.
यदि त्यससँग पाठी किन्ने औकात छैन भने, त्यसले आफ्नो पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा दुईवटा ढुकुर वा दुईवटा परेवाका बच्चा ल्याओस्, एउटाचाहिँ पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ।
8 Il les apportera au sacrificateur, qui offrira d'abord celle qui est pour le sacrifice pour le péché. Il lui arrachera la tête du cou, mais il ne la coupera pas complètement.
त्यसले त्यो पुजारीकहाँ ल्याओस्, जसले पहिला एउटालाई पापबलिको निम्ति अर्पण गर्ने छ । त्यसले त्यसको घाँटीबाट त्यसको टाउको निमोठोस्, तर त्यसको शरीरबाट त्यसलाई पूर्ण रूपमा नछुटाओस् ।
9 Il fera aspersion d'une partie du sang du sacrifice pour le péché sur le côté de l'autel, et le reste du sang sera versé au pied de l'autel. C'est un sacrifice pour le péché.
त्यसपछि त्यसले पापबलिको केही रगत वेदीको वरिपरि छर्कोस्, र बाँकी रगतचाहिँ वेदीको फेदमा खन्याओस् । योचाहिँ पापबलि हो ।
10 Il offrira le second en holocauste, selon les règles établies; le sacrificateur fera pour lui l'expiation du péché qu'il a commis, et il lui sera pardonné.
त्यसपछि निर्देशनहरूमा वर्णन गरिएअनुसार त्यसले दोस्रो चरोलाई होमबलिको रूपमा अर्पण गरोस्, र त्यसले गरेको पापको निम्ति पुजारीले प्रायश्चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ ।
11 "'Mais s'il n'a pas les moyens de se procurer deux tourterelles ou deux jeunes pigeons, il apportera en offrande pour le péché qu'il a commis, un dixième d'épha de fleur de farine en sacrifice pour le péché. Il n'y mettra pas d'huile et il n'y mettra pas d'encens, car c'est un sacrifice pour le péché.
तर यदि त्यससँग दुई ढुकुर वा दुई परेवाका बच्चा किन्ने औकात छैन भने, त्यसले आफ्नो पापको निम्ति बलिको रूपमा आधा पाथी मसिनो पिठोको पापबलि ल्याओस् । त्यो पापबलि भएको कारण त्यसले त्यसमा तेल वा धूप नराखोस् ।
12 Il l'apportera au prêtre; le prêtre en prendra une poignée comme portion commémorative, et il la brûlera sur l'autel, sur les offrandes consumées par le feu de Yahvé. C'est un sacrifice pour le péché.
त्यसले त्यो पुजारीकहाँ ल्याओस्, र पुजारीले त्यसबाट एक मुट्ठी चिन्हको रूपमा लिएर परमप्रभुको निम्ति वेदीमा आगोको बलिमाथि जलाओस् । यो पापबलि हो ।
13 Le prêtre fera pour lui l'expiation du péché qu'il a commis à l'égard de l'une de ces choses, et il lui sera pardonné; le reste appartiendra au prêtre, comme l'offrande de repas.'"
त्यस मानिसले गरेका सबै पापको निम्ति पुजारीले प्रायश्चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ । अन्नबलिमा झैँ भेटीबाट बाँकी रहेको जति सबै पुजारीको हुने छ’ ।”
14 L'Éternel parla à Moïse et dit:
अनि परमप्रभु मोशासँग यसो भनेर बोल्नुभयो,
15 « Si quelqu'un commet une faute et pèche involontairement à l'égard des choses saintes de l'Éternel, il apportera à l'Éternel son sacrifice de culpabilité: un bélier sans défaut du troupeau, selon votre estimation en sicles d'argent, selon le sicle du sanctuaire, pour le sacrifice de culpabilité.
“यदि कसैले अजानमा परमप्रभुका कुराहरूको सम्बन्धमा पाप गर्दछ र अविश्वासपूर्वक काम गर्दछ भने, त्यसले परमप्रभुकहाँ आफ्नो दोषबलि ल्याओस् । यो बलिचाहिँ दोषबलिको रूपमा बगालको निष्खोट भेडा होस्; जसको मूल्य पवित्रस्थानको चाँदीको शेकेल बराबरको हुनुपर्छ ।
16 Il restituera ce qu'il a fait de mal par rapport à la chose sainte, il y ajoutera un cinquième et le donnera au prêtre; le prêtre fera pour lui l'expiation avec le bélier du sacrifice de culpabilité, et il lui sera pardonné.
जे पवित्र छ त्यसको विरुद्ध गरेको पापको कारण त्यसले परमप्रभुलाई प्रसन्न तुल्याउनुपर्छ, र त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई दिनुपर्छ । त्यसपछि दोषबलिको त्यो भेडा लिएर पुजारीले त्यस मानिसको निम्ति प्रायश्चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ ।
17 « Si quelqu'un commet un péché en faisant l'une des choses que l'Éternel a ordonné de ne pas faire, sans le savoir, il est néanmoins coupable, et il portera la peine de son iniquité.
परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएको कुनै कुरा कसैले गर्दछ भने, त्यसबारे त्यो अजान भए तापनि, त्यो दोषी हुने छ र आफ्नो दोषको भार त्यसले आफैँ बोक्नुपर्छ ।
18 Il apportera au prêtre un bélier sans défaut du troupeau, selon votre estimation, en sacrifice de culpabilité; le prêtre fera pour lui l'expiation de la faute qu'il a commise sans le savoir, et il lui sera pardonné.
त्यसले बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्खोट भेडा पुजारीकहाँ दोषबलिको रूपमा ल्याओस् । त्यसले अजानमा गरेको पापको निम्ति पुजारीले प्रायश्चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ ।
19 C'est un sacrifice de culpabilité. Il est certainement coupable devant Yahvé. »
यो दोषबलि हो, र त्यो निश्चय नै परमप्रभुको अगि दोषी छ ।”