< Josué 15 >

1 Le sort de la tribu des fils de Juda, selon leurs familles, s'étendait jusqu'à la frontière d'Édom, jusqu'au désert de Tsin, au sud, à l'extrémité du midi.
यहूदाका मानिसहरूको कुलको निम्ति कुल-कुलअनुसार भू-भागको भाग सूदूर दक्षिणतिरको चोसो हुँदै जीनको मरुभूमिसँगै एदोमको सिमानाको दक्षिणसम्म थियो ।
2 Leur limite méridionale partait de l'extrémité de la mer Salée, de la baie qui regarde le sud;
दक्षिणतिरको सिमाना खारा समुद्रदेखि दक्षिणी मोहडाको खाडीसम्म जान्छ ।
3 elle partait au sud de la montée d'Akrabbim, passait par Zin, montait au sud de Kadesh Barnea, passait par Hezron, montait à Addar, et se tournait vers Karka;
तिनीहरूको सिमाना अक्रब्बीमको डाँडाको दक्षिण हुँदै जीनतिर जान्थ्यो, र कादेश-बर्नेको दक्षिणतिर हेस्रोनसँगै अद्दारसम्म जान्थ्यो, जहाँ यो कर्कातिर घुमेको थियो ।
4 elle passait par Azmon, sortait au torrent d'Égypte, et se terminait à la mer. Telle sera votre limite méridionale.
यो अज्मोन हुँदै मिश्रको खोलासम्म र समुद्रको अन्तसम्म आयो । यो तिनीहरूको दक्षिणी सिमाना थियो ।
5 La limite orientale était la mer Salée, jusqu'à l'extrémité du Jourdain. La limite du quart nord s'étendait depuis la baie de la mer jusqu'à l'extrémité du Jourdain.
पूर्वी सिमाना यर्दनको मुखमा खारा समुद्र थियो । उत्तरतिरको सिमाना यर्दनको मुखमा भएको समुद्रको खाडीबाट जान्थ्यो ।
6 La limite montait à Beth Hogla, et passait au nord de Beth Araba; la limite montait à la pierre de Bohan, fils de Ruben.
यो बेथ-अराबालाई छिचलेर बेथहोग्लातिर गयो । त्यसपछि यो रूबेनका छोरा बोहनको ढुङ्गातिर माथि जान्थ्यो ।
7 La frontière montait à Debir, de la vallée d'Acor, et passait au nord, en regardant vers Gilgal, qui fait face à la montée d'Adummim, qui est au sud du fleuve. La frontière s'étendait jusqu'aux eaux d'En Shemesh et se terminait à En Rogel.
त्यसपछि सिमाना आकोरको बेँसीबाट दबीरतिर माथि लाग्यो, र यस्तै उत्तरतिर, गिलगालतिर मोडिएर, जुन अदुममीमको डाँडाको सामुन्‍ने छ, जुन बेँसीको दक्षिणपट्टि छ । त्यो सिमाना एम-शेमेशको पानीका मूलहरू हुँदै एन-रिगेलतिर गयो ।
8 La frontière montait par la vallée du fils de Hinnom jusqu'au côté du Jébusien (appelé aussi Jérusalem) au sud; et la frontière montait jusqu'au sommet de la montagne qui se trouve devant la vallée de Hinnom à l'ouest, qui est à l'extrémité de la vallée des Rephaïm au nord.
अनि त्यो सिमाना यबूसी (त्यो भनेको यरूशलेम हो) सहरको दक्षिणतिरको बेन-हिन्‍नोमको बेँसीतिर माथि निस्क्यो । यो हिन्‍नोमको बेँसीमाथि पर्ने डाँडाको टुप्‍पोसम्म निस्क्यो, पश्‍चिममा, जुन रपाईको बेँसीको उत्ततिरको छेउमा छ ।
9 La frontière s'étendait depuis le sommet de la montagne jusqu'à la source des eaux de Nephtoah, et se prolongeait jusqu'aux villes de la montagne d'Ephron; la frontière s'étendait jusqu'à Baala (appelée aussi Kiriath Jearim);
त्यसपछि सिमाना नेप्‍तोहको पानीको मुहानतिरको डाँडाको चुचुरोदेखि, र त्यहाँबाट एप्रोन पहाडका सहरहरू निस्क्यो ।
10 la frontière tournait de Baala vers l'ouest jusqu'à la montagne de Séir, passait du côté de la montagne de Jearim (appelée aussi Chesalon) au nord, descendait jusqu'à Beth Shemesh, et passait par Timnah
सिमाना बाला (किर्यत-यारीम हो) तिर मोडिन्छ । त्यसपछि सिमानाबालाको पश्‍चिमबाट सेइर पहाडसम्म घेरा लगायो, र उत्तरतिर यारीम पहाडको (यसलाई कसालोन भनिन्छ) छेउ हुँदै बेथ-शेमेशतिर ओरालो झरेर तिम्‍ना पार गर्‍यो ।
11 La limite se prolongeait vers le nord jusqu'au côté d'Ékron; elle s'étendait jusqu'à Shikkeron, passait par la montagne de Baala, et se terminait à Jabneel; les sorties de la limite étaient vers la mer.
सिमाना एक्रोनको उत्तरी डाँडाको किनारा निस्‍क्यो र यो शिक‍करोनतिर मोडिन्छ अनि बाला पहाड हुँदै, यो त्यहाँबाट यब्‍नेलतिर गयो । त्यो सिमाना समुद्रमा टुङ्गियो ।
12 La limite occidentale s'étendait jusqu'au rivage de la grande mer. Telle est la frontière des fils de Juda, selon leurs familles.
पश्‍चिमी सिमाना महासमुद्र र यसको किनारा थियो । यो यहूदा वंशको कुल-कुलअनुसारको सिमाना हो ।
13 Il donna à Caleb, fils de Jephunné, une part parmi les fils de Juda, selon le commandement de l'Éternel à Josué, à Kiriath Arba, du nom du père d'Anak (appelée aussi Hébron).
परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञामुताबिक यहोशूले यपून्‍नेका छोरा कालेबलाई किर्यत-अर्बा अर्थात् हेब्रोन (अर्बा अनाकका पिता थिए) यहूदाको कुलको माझ भू-भाग दिए ।
14 Caleb chassa les trois fils d'Anak: Schéshai, Ahiman et Talmaï, fils d'Anak.
कालेबले त्यहाँबाट तिन जना अनाकका छोरालाई धपाएः शेशै, अहीमान र तल्मै जो अनाकका सन्तानहरू थिए ।
15 Il monta contre les habitants de Debir; or le nom de Debir était auparavant Kiriath Sepher.
त्यहाँबाट तिनी दबीरका सन्तानहरूलाई (दबीरलाई किर्यत-सेपेर भनिन्थ्यो) आक्रमण गर्न गए ।
16 Caleb dit: « Celui qui frappera Kiriath Sepher et la prendra, je lui donnerai ma fille Acsa pour femme. »
कालेबले भने, “जुन मानिसले किर्यत-सेपेर आक्रमण गर्छ र यसलाई कब्जा गर्छ, त्यसलाई म मेरो छोरी अक्सालाई पत्‍नीको रूपमा दिने छु ।”
17 Othniel, fils de Kenaz, frère de Caleb, la prit; et il lui donna pour femme sa fille Acsa.
जब कालेबका भाइ कनजका छोरा ओत्‍निएलले यसलाई कब्जा गरे, कालेबले तिनलाई तिनकी छोरी अक्सा पत्‍नीको रूपमा दिए ।
18 Quand elle arriva, elle lui fit demander un champ à son père. Elle descendit de son âne, et Caleb dit: « Que veux-tu? »
त्यपछि चाँडै अक्सा ओत्‍निएलकहाँ आइन् र उनले तिनलाई आफ्‍नो बुबासँग खेत माग्‍न आग्रह गरिन् । जब तिनी आफ्‍नो गधाबाट ओर्लिन्, कालेबले तिनलाई भने, “तिमी के चाहन्छ्यौ?”
19 Elle dit: « Donne-moi une bénédiction. Parce que tu m'as établie dans le pays du Sud, donne-moi aussi des sources d'eau. » Il lui a donc donné les ressorts supérieurs et les ressorts inférieurs.
अक्साले जवाफ दिइन्, “मलाई विशेष कृपा गर्नुहोस्, किनभने तपाईंले मलाई नेगेवको भू-भाग दिनुभएको छ, मलाई पानीका मुहानहरू पनि दिनुहोस् ।” अनि कालेबले तिनलाई पानीका माथिल्लो र तल्‍लो मुहानहरू दिए ।
20 Tel fut l'héritage de la tribu des fils de Juda, selon leurs familles.
कुल-कुलअनुसार यहूदा वंशका उत्तराधिकार यही थियो ।
21 Les villes les plus éloignées de la tribu des fils de Juda, vers la frontière d`Édom, au midi, étaient: Kabtseel, Eder, Jagur,
यहूदा कुलको अधीनमा रहेका सुदूर दक्षिणका सहरहरू एदोमको सिमानातिर यी नै थिएः कब्सेल, एदेर, यागूर,
22 Kinah, Dimona, Adada,
कीना, दीमोना, अदाद,
23 Kédesch, Hatsor, Ithnan,
केदेश, हासोर, यित्‍नान,
24 Ziph, Telem, Bealoth,
जीप, तेलेम, बालोत,
25 Hatsor Hadata, Kerioth Hetsron (appelée aussi Hatsor),
हासोरहादत्ता, किर्योत-हेस्रोन (जुन हासोर हो),
26 Amam, Shema, Moladah,
अमाम, शेमा, मोलादा,
27 Hazar Gaddah, Heshmon, Beth Pelet,
हसर-गद्दा, हेश्‍मोन, बेथ-पालेत,
28 Hazar Shual, Beersheba, Biziothiah,
हसर-शूआल, बेर्शेबा, बिज्योत्या ।
29 Baala, Iim, Ezem,
बाला, ईम, एसेम,
30 Eltolad, Chesil, Hormah,
एल्तोलद, कसील, होर्मा,
31 Ziklag, Madmannah, Sansannah,
सिक्लग, मद्‌मन्‍न, सन्‍सन्‍ना,
32 Lebaoth, Shilhim, Ain et Rimmon. Toutes les villes sont au nombre de vingt-neuf, avec leurs villages.
लबाओत, शिल्हीम, ऐन, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए ।
33 Dans la plaine, Eshtaol, Zorah, Ashnah,
पश्‍चिमतिरको तल्‍लो पहाडी देशमा, एश्‍तोल, सोरा, अश्‍ना,
34 Zanoah, En Gannim, Tappuah, Enam,
जानोह, एनगन्‍नीम, तप्‍पूह, एनाम,
35 Jarmuth, Adullam, Socoh, Azekah,
यर्मूत, अदूल्लाम, सोको, आजेका,
36 Shaaraim, Adithaim et Gederah (ou Gederothaim); quatorze villes et leurs villages.
शारैम, अदीतैम, र गदेरा (अर्थात् गदेरोतेम)। यिनीहरू तिनीहरूका गाउँहरूसहित चौध सहर थिए ।
37 Zénan, Hadasha, Migdal Gad,
सनान, हदाशा, मिग्‍दलाद,
38 Dilean, Mitspa, Joktheel,
दिलान, मिस्पा, योक्‍तेल,
39 Lakish, Bozkath, Églon,
लाकीश, बोस्कत, एग्लोन,
40 Cabbon, Lahmam, Chitlish,
कोब्‍बन, लहमास, कितलीश,
41 Gederoth, Beth Dagon, Naama et Makkéda; seize villes et leurs villages.
गदेरोत, बेथ-दागोन, नामा, मक्‍केदा । यिनीहरू तिनीहरूका गाउँहरूसहित सोह्रवटा थिए ।
42 Libna, Éther, Ashan,
लिब्‍ना, एतेर, आशान,
43 Iphta, Ashna, Nezib,
यिप्‍ताह, अश्‍ना, नसीब,
44 Keïla, Achzib et Maréscha; neuf villes et leurs villages.
कीलाह, अक्जीब, मारेशा । यिनीहरूका गाउँहरूसहित नौवटा सहर थिए ।
45 Ékron, avec ses villes et ses villages;
यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन;
46 depuis Ékron jusqu'à la mer, tous ceux qui sont près d'Asdod, avec leurs villages.
एक्रोनदेखि महासमुद्रसम्म, तिनीहरूका गाउँहरूसहित अश्दोद नजिकका सबै बस्ती ।
47 Asdod, ses villes et ses villages; Gaza, ses villes et ses villages; jusqu'au torrent d'Égypte, et la grande mer avec son littoral.
अश्‍दोद, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू, गाजा, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू; मिश्रको खोलासम्म, र यसको किनारासँगै महासमुद्रसम्म ।
48 Dans la montagne: Shamir, Jattir, Socoh,
पहाडी देशमा, शामीर, यत्तीर, सोको,
49 Dannah, Kiriath Sannah (qui est Debir),
दन्‍ना, किर्यत-सन्‍ना (अर्थात् दबीर),
50 Anab, Eshtemoh, Anim,
अनाब, एश्तमोह, अनीम,
51 Goshen, Holon et Giloh; onze villes et leurs villages.
गोशेन, होलोन, गीलोह । यिनीहरू तिनीहरूका गाउँहरूसहितका एघार सहर थिए ।
52 Arab, Duma, Eshan,
अरब, दुमा, एशान,
53 Janim, Beth Tappuah, Apheka,
यानूम, बेथ-तप्‍पूह, अपेका,
54 Humtah, Kiriath Arba (appelée aussi Hébron), et Zior; neuf villes avec leurs villages.
हुम्ता, किर्यत-अर्बा (अर्थात् हेब्रोन), र सीओर । यिनीहरू तिनीहरूका गाउँहरूसहितका नौवटा नगर हुन् ।
55 Maon, Carmel, Ziph, Juta,
माओन, कर्मेल, जीप, युक्‍ता,
56 Jizreel, Jokdeam, Zanoa,
यिजरेल, योक्दाम, जानोह,
57 Kaïn, Gibéa et Timna; dix villes et leurs villages.
कैन, गिबा र तिम्‍ना । यिनीहरू तिनीहरूका गाउँहरूसहित दसवटा सहर थिए ।
58 Halhul, Beth Zur, Gedor,
हलहूल, बेथ-सर, गदोर,
59 Maarath, Beth Anoth, et Eltekon; six villes, et leurs villages.
मारात, बेथ-अनोत र एल्तकोन । यिनीहरू तिनीहरूका गाउँहरूसहित छवटा सहर थिए ।
60 Kiriath Baal (appelée aussi Kiriath Jearim), et Rabba, deux villes et leurs villages.
किर्यत-बाल (अर्थात् किर्यत-यारीम), र रब्‍बा । यिनीहरू तिनीहरूका सहरहरूसहित दुईवटा सहर थिए ।
61 Dans le désert, Beth Araba, Middin, Secaca,
मरुभूमिमा त्यहाँ बेथ-अराबा, मिद्दीन, सकाका,
62 Nibshan, la ville du sel, et En Gedi; six villes avec leurs villages.
निब्शान, नूनको सहर र एन-गदी थिए । यिनीहरू तिनीहरूका सहरहरूसहित छवटा सहर थिए ।
63 Quant aux Jébusiens, habitants de Jérusalem, les fils de Juda n'ont pas pu les chasser, mais les Jébusiens vivent avec les fils de Juda à Jérusalem jusqu'à ce jour.
तर यबूसीहरू अर्थात् यरूशलेमका बासिन्दाहरूको सवालमा यहूदाका कुलले तिनीहरूलाई धपाउन सकेनन्, त्यसैले आजको दिनसम्म पनि यबूसीहरू यहूदाको कुलको माझमा बस्छन् ।

< Josué 15 >