< Jérémie 41 >
1 Or, au septième mois, Ismaël, fils de Nethania, fils d'Elishama, de la race royale et l'un des principaux officiers du roi, et dix hommes avec lui, vinrent auprès de Guedalia, fils d'Ahikam, à Mitspa; et là ils mangèrent ensemble le pain à Mitspa.
सातौँ महिनामा एलीशामाको नाति, नतन्याहको छोरो इश्माएल, जो राजकीय घरानाका थिए, तिनी राजाका दस जना अधिकारीसँगै मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आए । मिस्पामा तिनीहरूले सँगसँगै खानपान गरे ।
2 Alors Ismaël, fils de Nethania, se leva, avec les dix hommes qui étaient avec lui, et frappa avec l'épée Guedalia, fils d'Ahikam, fils de Shaphan, et le tua, lui que le roi de Babylone avait établi gouverneur du pays.
तर नतन्याहको छोरो इश्माएल र तिनीसित भएका दस जना मानिस उठे, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले आक्रमण गरे । इश्माएलले गदल्याहलाई मारे, जसलाई बेबिलोनका राजाले देशको गभर्नर नियुक्त गरेका थिए ।
3 Ismaël tua aussi tous les Juifs qui étaient avec Guedalia à Mitspa, et les hommes de guerre chaldéens qui s'y trouvaient.
त्यसपछि इश्माएलले मिस्पामा गदल्याहसित भएका सबै यहूदी र त्यहाँ भेट्टाइएका कल्दी योद्धाहरूलाई मारे ।
4 Le deuxième jour après qu'il eut tué Guedalia, et que personne ne l'eut su,
तब गदल्याह मारिएको दोस्रो दिन भएको थयो तर पनि कसैलाई थाहा थिएन ।
5 des hommes vinrent de Sichem, de Silo et de Samarie, quatre-vingts hommes, la barbe rasée, les vêtements déchirés, et s'étant coupés, avec des offrandes et de l'encens à la main, pour les amener à la maison de Yahvé.
शकेम, शीलो र सामरियाबाट आ-आफ्ना दारी खौरेका, लुगा च्यातेका र शरीर चिरै-चिरा पारेका असी जना मानिस आ-आफ्ना हातमा खानाका भेटीहरू र धुप लिएर परमप्रभुको मन्दिरमा जानलाई आए ।
6 Ismaël, fils de Nethania, sortit de Mitspa pour aller au-devant d'eux, en pleurant tout le long de son chemin; et, lorsqu'il les rencontra, il leur dit: « Venez vers Guedalia, fils d'Ahikam. »
तिनीहरू रुँदै जाँदै गर्दा नतन्याहको छोरो इश्माएल मिस्पाबाट तिनीहरूलाई भेट्न निस्के । तिनीहरूसित तिनको भेट हुँदा तिनले तिनीहरूलाई भने, “अहीकामका छोरा गदल्याहकहाँ आओ ।”
7 Lorsqu'ils arrivèrent au milieu de la ville, Ismaël, fils de Nethania, les tua et les jeta au milieu de la fosse, lui et les hommes qui étaient avec lui.
जब तिनीहरू सहरभित्र प्रवेश गरे, तब नतन्याहको छोरो इश्माएलले तिनीहरूको हत्या गरे, तिनी र तिनका मानिसहरूका लाशलाई एउटा खाडलमा फाले ।
8 Mais on trouva dix hommes parmi ceux qui dirent à Ismaël: « Ne nous tue pas, car nous avons des provisions cachées dans les champs, du blé et de l'orge, de l'huile et du miel. » Il s'arrêta donc, et ne les tua pas parmi leurs frères.
तर तिनीहरूका बिचमा भएका दस जना यस्ता मानिस थिए जसले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्, किनकि हामीसित खेतमा लुकाइएका हाम्रा खाद्यपदार्थहरू अर्थात् गहूँ, जौ, तेल र मह छन् ।” त्यसैले तिनले तिनीहरू र तिनका साथीहरूलाई मारेनन् ।
9 Et la fosse dans laquelle Ismaël jeta tous les cadavres des hommes qu'il avait tués, près de Guedalia (c'était celle qu'avait faite le roi Asa par crainte de Baescha, roi d'Israël), Ismaël, fils de Nethania, la remplit de ceux qui avaient été tués.
इश्माएलले हत्या गरी जुन इनारमा ती लाशहरू फलेका थिए, त्यो एउटा ठुलो इनार थियो जसलाई आसा राजाले इस्राएलका राजा बाशाको विरुद्धमा सुरक्षाको निम्ति खनेका थिए । नतन्याहको छोरो इश्माएलले यसलाई लाशहरूले भरे ।
10 Et Ismaël emmena captif tout le peuple qui était resté à Mitspa, même les filles du roi, et tout le peuple qui était resté à Mitspa, que Nebuzaradan, chef des gardes, avait confié à Guedalia, fils d'Ahikam. Ismaël, fils de Nethania, les emmena captifs, et partit pour passer chez les enfants d'Ammon.
त्यसपछि इश्माएलले मिस्पामा भएका अरू सबै मानिस, राजाका छोरीहरू र अहीकामका छोरा गदल्याहको जिम्मामा अङ्गरक्षकका कप्तान नबूजरदानले मिस्पामा छाडेका सबै मानिसलाई समाते । यसरी नतन्याहको छोरो इश्माएलले तिनीहरूलाई कैद गरे र सिमाना पार गरेर अम्मोनका मानिसहरूकहाँ गए ।
11 Mais lorsque Johanan, fils de Karéa, et tous les chefs des troupes qui étaient avec lui, apprirent tout le mal qu'avait fait Ismaël, fils de Nethania,
तर कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्तानले नतन्याहको छोरो इश्माएलले ल्याएका सबै हानिको विषयमा सुने ।
12 ils prirent tous les hommes et allèrent combattre Ismaël, fils de Nethania, et ils le trouvèrent près des grandes eaux qui sont à Gabaon.
त्यसैले तिनीहरूले आफ्ना सबै मानिसलाई लिए र नतन्याहको छोरो इश्माएलको विरुद्धमा युद्ध गर्न गए । तिनीहरूले तिनलाई गिबोनको ठुलो तलाउमा फेला पारे ।
13 Et quand tout le peuple qui était avec Ismaël vit Johanan, fils de Karéah, et tous les chefs des troupes qui étaient avec lui, ils se réjouirent.
जब इश्माएलसित भएका सबै मानिसले कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्तानलाई देखे, तब तिनीहरू साह्रै खुसी भए ।
14 Et tout le peuple qu'Ismaël avait emmené captif de Mitspa se retourna et revint, et alla vers Johanan, fils de Karéah.
इश्माएलले मिस्पामा समातेका सबै मानिस फर्के र कारेहका छोरा योहानानकहाँ गए ।
15 Mais Ismaël, fils de Nethania, échappa à Johanan avec huit hommes, et alla vers les fils d'Ammon.
तर नतन्याहको छोरो इश्माएल आठ जना मानिससँगै योहानानबाट भागे । तिनी अम्मेनका मानिसहरूकहाँ गए ।
16 Alors Johanan, fils de Karéa, et tous les chefs des troupes qui étaient avec lui, prirent tout le reste du peuple qu'il avait récupéré d'Ismaël, fils de Nethania, à Mitspa, après qu'il eut tué Guedalia, fils d'Ahikam, les hommes de guerre, avec les femmes, les enfants et les eunuques, qu'il avait ramenés de Gabaon.
कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्तानले नतन्याहको छोरो इश्माएलबाट उद्धार गरिएका सबै मानिसलाई मिस्पाबाट लगे । यो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेपछिको कुरो थियो । योहानान र तिनका साथीहरूले गिबोनमा उद्धार गरिएका बलिया पुरुषहरू, योद्धाहरू, स्त्रीहरू, बालबालिका र नपुंसकहरूलाई लगे ।
17 Ils partirent et s'établirent à Geruth Chimham, qui est près de Bethléem, pour aller entrer en Égypte
त्यसपछि तिनीहरू गए, र केही समय बेथलेहेम नजिकै गेरूथ-किम्हाममा बसे ।
18 à cause des Chaldéens; car ils avaient peur d'eux, parce qu'Ismaël, fils de Nethania, avait tué Guedalia, fils d'Ahikam, que le roi de Babylone avait établi gouverneur du pays.
कल्दीहरूको कारणले तिनीहरू मिश्रदेश जाँदै थिए । तिनीहरू उनीहरूदेखि डराएका थिए, किनकि नतन्याहको छोरो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेका थिए, जसलाई बेबिलोनका राजाले देशको गभर्नर बनाएका थिए ।