< Ézéchiel 14 >

1 Alors quelques-uns des anciens d'Israël vinrent à moi et s'assirent devant moi.
इस्राएलका धर्म-गुरुमध्‍ये कोही मकहाँ आए र मेरो सामुन्‍ने बसे ।
2 La parole de Yahvé me fut adressée, en ces termes:
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
3 « Fils d'homme, ces hommes ont pris leurs idoles dans leur cœur, et ils ont mis devant eux la pierre d'achoppement de leur iniquité. Faut-il que je sois interrogé par eux?
“ए मानिसको छोरो, यी मानिसहरूले आफ्‍ना मूर्तिहरूलाई आफ्‍ना हृदयमा राखेका छन्, र आफ्‍नो अधर्मका ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नै अनुहारका सामु राखेका छन्‌ । के तिनीहरूले मेरो बारेमा सोध्‍न पाउँछन् र?
4 Parle-leur donc et dis-leur: « Le Seigneur Yahvé dit: « Tout homme de la maison d'Israël qui prendra ses idoles dans son cœur et mettra la pierre d'achoppement de son iniquité devant sa face, et qui s'adressera au prophète, moi, Yahvé, je lui répondrai là selon la multitude de ses idoles,
यसकारण तिनीहरू यो कुरा घोषणा गर र तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएलका घरानाका हरेक मानिस जसले आफ्‍नो हृदयमा मूर्तिहरू राख्‍छन्, र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नो अनुहारको सामुन्‍ने राख्‍छन्, र पनि अगमवक्ताकहाँ जान्‍छन्, म परमप्रभुले त्‍यसका मूर्तिहरूका संख्याअनुसार त्‍यसलाई जवाफ दिनेछु ।
5 afin que je prenne la maison d'Israël dans son propre cœur, car ils se sont tous éloignés de moi par leurs idoles ».
आफ्‍ना मूर्तिहरूको कारण आफ्‍ना हृदयहरू मबाट टाढा भएका इस्राएलका घरानालाई मैले फर्काउन सकौं भनेर म यसो गर्नेछु ।’
6 « C'est pourquoi vous direz à la maison d'Israël: « Le Seigneur Yahvé dit: « Revenez et détournez-vous de vos idoles! Détournez vos visages de toutes vos abominations.
यसकारण इस्राएलका घरानालाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः पश्‍चात्ताप गर र आफ्‍ना मूर्तिहरूदेखि फर्क । सबै घिनलाग्‍दा कुराबाट आफ्ना मुख फर्काओ ।
7 "''Car quiconque, de la maison d'Israël ou des étrangers qui habitent en Israël, se sépare de moi, prend ses idoles dans son cœur et met devant sa face la pierre d'achoppement de son iniquité, et vient trouver le prophète pour s'enquérir de moi, moi, Yahvé, je lui répondrai par moi-même.
किनकि इस्राएलका घरानाको हरेक व्‍यक्‍ति र इस्राएलमा बस्‍ने हरेक विदेशी व्‍यक्‍ति जसले मलाई त्‍याग्‍छ, जसले आफ्‍ना मूर्तिहरू आफ्‍ना हृदयमा राख्‍छ र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नै अनुहारको सामु राख्‍छ, र त्‍यसपछि मलाई खोज्‍न कुनै अगमवक्ताकहाँ जान्‍छ, त्‍यसलाई म परमप्रभु आफैले जवाफ दिनेछु ।
8 Je tournerai ma face contre cet homme et j'en ferai un objet de désolation, un signe et un proverbe, et je le retrancherai du milieu de mon peuple. Alors vous saurez que je suis Yahvé.
यसरी म आफ्‍नो मुख त्‍यस मानिसको विरुद्धमा लगाउनेछु, र त्‍यसलाई एउटा सङ्केत र उखानको पात्र बनाउनेछु, किनकि त्‍यसलाई म आफ्‍ना मानिसहरूका बिचदेखि बहिष्‍कार गर्नेछु र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
9 "''Si le prophète est trompé et qu'il prononce une parole, moi, Yahvé, j'ai trompé ce prophète, j'étendrai ma main sur lui et je le ferai périr du milieu de mon peuple d'Israël.
कुनै एक जना अगमवक्ता छलमा पर्छ र यस्‍तो सन्देश भन्‍छ भने, म परमप्रभुले त्‍यस अगमवक्ता छलमा पार्नेछु । म आफ्‍ना हात त्‍यसको विरुद्धमा पसार्नेछु, र मेरो मानिस इस्राएलको बिचबाट त्‍यसलाई नाश गर्नेछु ।
10 Ils porteront leur iniquité. L'iniquité du prophète sera comme l'iniquité de celui qui le cherche,
तिनीहरूका आफ्‍ना अपराध तिनीहरूले बोक्‍नेछन् । अगमवक्ताको अपराधचाहिं र उसँग सल्‍लाह लिनेको अपराधजस्‍तै हुनेछ ।
11 afin que la maison d'Israël ne s'éloigne plus de moi et ne se souille plus par toutes ses transgressions, mais qu'elle soit mon peuple et que je sois son Dieu, dit le Seigneur Yahvé.'"
यसकारण, इस्राएलका घरानाले मलाई पछ्‍याउनदेखि फेरि कहिल्‍यै बरालिनेछैनन्‌ न त आफ्‍ना सबै पापहरूले तिनीहरूले फेरि कहिल्‍यै आफैलाई अपवित्र पार्नेछन्‌ । तिनीहरू मेरा मानिसहरू हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”
12 La parole de Yahvé me fut adressée, en ces termes:
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
13 « Fils d'homme, quand un pays péchera contre moi en commettant une infidélité, et que j'étendrai ma main sur lui, que je briserai le bâton de son pain, que j'enverrai la famine sur lui, et que j'en exterminerai les hommes et les bêtes -
“ए मानिसको छोरो, कुनै देशले पाप गरेर मेरो विरुद्धमा पाप गर्छ, ताकि त्‍यसको विरुद्धमा आफ्‍नो हात पसारें र त्‍यसको खाद्य भण्‍डार म नाश गरें, र अनिकाल ल्‍याएँ र मानिस र पशु दुवैलाई नाश गरें भने,
14 si ces trois hommes, Noé, Daniel et Job, s'y trouvaient, ils ne sauveraient que leur propre âme par leur justice », dit le Seigneur Yahvé.
तब नोआ, दानिएल र अय्‍यूब, यी तिन जना मानिसहरू त्‍यहाँ भए भने पनि तिनीहरूले आफ्‍नो धार्मिकताद्वारा आफ्‍नै प्राण मात्र बचाउन सक्‍छन् । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
15 « Si je fais passer des bêtes féroces dans le pays, et qu'elles le ravagent, et qu'il devienne désert, de sorte que personne ne puisse y passer à cause des bêtes -
मैले त्‍यस देशमा जङ्गली जनावरहरू पठाएँ, र तिनीहरूले त्‍यसलाई बाँझो तुल्‍याए र त्‍यो देश उजाड भयो, जहाँ जनावरहरूका कारणले कुनै मानिस गएन भने,
16 si ces trois hommes y étaient, je suis vivant, dit le Seigneur Yahvé, ils ne délivreraient ni fils ni filles. Eux seuls seraient délivrés, mais le pays serait dévasté.
तब यी तिन जना मानिस त्‍यहाँ भए भने पनि, जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर घोषणा गर्नुहुन्छ, तिनीहरूले आफ्‍नै छोराछोरीलाई पनि बचाउन सक्‍दैनन् । तिनीहरूका आफ्‍नो जीवन मात्र बाँच्‍नेछ, तर देशचाहिं उजाड हुनेथियो ।
17 « Ou bien, si je fais venir l'épée sur ce pays, et que je dise: Epée, passe par le pays, et que j'en extermine les hommes et les bêtes,
अथवा मैले त्‍यस देशको विरुद्धमा तरवार ल्‍याएँ र यसो भनें, 'ए तरवार, देशभरि जा र त्‍यहाँबाट मानिसहरू र जनावरहरू दुवैलाई काट् ।'
18 si ces trois hommes y étaient, je suis vivant, dit le Seigneur Yahvé, ils ne délivreraient ni fils ni filles, mais ils seraient délivrés eux-mêmes.
तब यी तिन जना मानिस त्‍यो दैशको बिचमा भए भने पनि, जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, तिनीहरूले आफ्‍ना छोराछोरीलाई बचाउन सक्‍दैनन् । तिनीहरूका आफ्‍नो जीवन मात्र बाँच्‍नेछ ।
19 « Si j'envoie la peste dans ce pays, et que je répande sur lui ma fureur dans le sang, pour en exterminer l'homme et l'animal -
अथवा मैले यो देशको विरुद्धमा रूढी पठाएँ र रगत बगाएर त्‍यसका मानिसहरू र पशुहरूलाई मारेर मैले आफ्‍नो क्रोध पोखाएँ भने,
20 quand Noé, Daniel et Job y seraient, je suis vivant, dit le Seigneur Yahvé, ils ne sauveraient ni fils ni fille, ils ne sauveraient que leur propre âme par leur justice. »
तब नोआ, दानिएल र अय्‍यूब त्‍यो देशमा भए भने पनि, जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, तिनीहरूले आफ्‍ना छोराछोरीलाई बचाउन सक्‍दैनन् । तिनीहरूले आफ्‍नो धार्मिकताद्वारा आफ्‍नै प्राण मात्र बचाउन सक्‍छन् ।
21 Car le Seigneur Yahvé dit: « Combien plus quand j'enverrai mes quatre jugements sévères sur Jérusalem - l'épée, la famine, les bêtes malfaisantes et la peste - pour en exterminer l'homme et l'animal!
किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यरूशलेमको विरुद्धा मेरा चारवटा दण्‍डहरू— तरवार, अनिकाल, जङ्गली पशुहरू र रूढी पठाएर, त्‍यहाँका मानिस र पशुहरू दुवैलाई देशबाट नाश गरेर म धैरै खराब तुल्‍याउनेछु ।
22 Mais voici, il restera en elle un reste qui sera emporté, des fils et des filles. Voici qu'ils sortiront vers toi, et tu verras leur conduite et leurs actes. Alors tu seras consolé du mal que j'ai fait venir sur Jérusalem, de tout ce que j'ai fait venir sur elle.
तापनि हेर्, त्‍यसमा कोही बाँकी हुनेछन्‌, र बचेकाहरू आफ्‍ना छोराहरू र छोरीहरूका साथमा बाहिर निस्‍केर जानेछन्‌ । हेर्, तिनीहरू बाहिर तिमीहरूकहाँ आउनेछन्, र तिमीहरूले तिनीहरूका चालहरू र कामहरू हेर्नेछौ, र मैले यरूशलेममा ल्‍याएका ती दण्‍ड र देशको विरुद्ध मैले ल्याएका सबै कुराबाट तिमीहरूलाई सान्‍त्‍वना हुनेछ ।
23 Ils te consoleront, quand tu verras leur conduite et leurs actes; alors tu sauras que je n'ai pas fait sans raison tout ce que j'ai fait en elle, dit le Seigneur Yahvé.
बाँचेकाहरूका चाल र कामहरू देखेर तिमीहरूले सान्‍त्‍वना पाउनेछौ, यसरी मैले त्‍यसको विरुद्धमा गरेका यी सबै कुरा, र ती मैले व्‍यर्थमा गरिनँ भनी तिमीहरूले जान्‍नेछौ । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

< Ézéchiel 14 >