< Actes 4 >
1 Comme ils parlaient au peuple, les prêtres, le commandant du temple et les sadducéens vinrent les trouver,
जब पत्रुस र यूहन्ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका मुख्य व्यक्ति र सदूकीहरू तिनीहरूकहाँ आए ।
2 mécontents de ce qu'ils enseignaient le peuple et proclamaient en Jésus la résurrection des morts.
पत्रुस र यूहन्नाले मानिसहरूलाई येशूको बारेमा सिकाइरहेका र उहाँको मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरूलाई साह्रै गाह्रो भयो ।
3 Ils leur imposèrent les mains et les mirent en détention jusqu'au lendemain, car le soir tombait.
उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो ।
4 Mais beaucoup de ceux qui avaient entendu la parole crurent, et le nombre de ces hommes s'éleva à environ cinq mille.
तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्वास गरे र विश्वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।
5 Dès le matin, les chefs, les anciens et les scribes s'assemblèrent à Jérusalem.
अर्को दिन तिनीहरूका शासकहरू, एल्डरहरू र शास्त्रीहरू यरूशलेममा जम्मा भए ।
6 Le souverain sacrificateur Anne était là, avec Caïphe, Jean, Alexandre, et tous ceux qui étaient parents du souverain sacrificateur.
प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका अरू सबै आफन्तहरू त्यहाँ थिए ।
7 Après avoir placé Pierre et Jean au milieu d'eux, ils leur demandèrent: « Par quelle puissance, ou en quel nom, avez-vous fait cela? »
जब उनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ?”
8 Alors Pierre, rempli du Saint-Esprit, leur dit: Chefs du peuple et anciens d'Israël,
अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र एल्डरहरू हो,
9 si l'on nous interroge aujourd'hui sur un bienfait fait à un infirme, sur la manière dont cet homme a été guéri,
यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्न गरिदैँछ भने,
10 qu'il soit connu de vous tous, et de tout le peuple d'Israël, qu'au nom de Jésus-Christ de Nazareth, que vous avez crucifié, et que Dieu a ressuscité des morts, cet homme se tient ici devant vous tout entier en lui.
तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रुसमा टाँग्नुभएका र परमेश्वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको छ ।
11 Il est « la pierre que vous, les bâtisseurs, regardiez comme sans valeur, et qui est devenue la tête de l'angle ».
येशू ख्रीष्ट त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईं घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो तर उहाँ नै मुख्य कुनेढुङ्गा हुनुभयो ।
12 Il n'y a de salut en personne d'autre, car il n'y a sous le ciel aucun autre nom qui ait été donné parmi les hommes, par lequel nous devions être sauvés! »
अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”
13 Or, quand ils virent l'audace de Pierre et de Jean, et qu'ils eurent compris qu'ils étaient des hommes ignorants et sans instruction, ils furent dans l'étonnement. Ils reconnurent qu'ils avaient été avec Jésus.
जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्ना येशूसँगै रहने गर्दथे भन्ने कुरा थाहा पाएर तिनीहरू छक्क परे ।
14 Et voyant que l'homme guéri se tenait avec eux, ils ne pouvaient rien dire contre cela.
उनीहरूले त्यो निको भएको मानिस तिनीहरूसँगै उभिरहेको देखेको कारण तिनीहरूका विरुद्ध केही बोल्न सकेनन् ।
15 Mais, après leur avoir ordonné de se retirer du sanhédrin, ils se concertèrent entre eux,
तर प्रेरितहरूलाई परिषद् बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एकआपसमा कुरा गर्न थाले ।
16 en disant: « Que ferons-nous à ces hommes? Car, en effet, un miracle remarquable a été accompli par eux, comme le voient clairement tous les habitants de Jérusalem, et nous ne pouvons le nier.
उनीहरूले भने, “यी मानिसहरूलाई हामी के गरौँ? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्चर्यकर्मको वास्तविकता यरूशलेममा बस्ने हरेक मनिसलाई थाहा छ; हामी यसलाई इन्कार गर्न सक्दैनौँ ।
17 Mais, afin que cela ne se répande pas davantage parmi le peuple, menaçons-les, afin que désormais ils ne parlent plus à personne en ce nom. »
तर यो कुरा अझ बढी मानिसहरू बिचमा नफैलियोस् भनेर तिनीहरूलाई यो नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिऔँ ।”
18 Ils les appelèrent et leur ordonnèrent de ne plus parler du tout ni d'enseigner au nom de Jésus.
तिनीहरूले पत्रुस र यूहन्नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू न त शिक्षा नै दिनू भनी आज्ञा दिए ।
19 Mais Pierre et Jean leur répondirent: « S'il est juste aux yeux de Dieu de vous écouter plutôt que d'écouter Dieu, jugez-en vous-mêmes,
तर पत्रुस र यूहन्नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् ।
20 car nous ne pouvons nous empêcher de raconter les choses que nous avons vues et entendues. »
किनकि हामीले देखेका र सुनेका कुराहरूको बारेमा हामी नबोली रहन सक्दैनौँ ।”
21 Après leur avoir fait de nouvelles menaces, ils les laissèrent partir, ne trouvant aucun moyen de les punir, à cause du peuple; car tous glorifiaient Dieu pour ce qui s'était passé.
अझ बढी चेताउनी दिएपछि उनीहरूले पत्रुस र यूहन्नालाई जान दिए । उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्, किनभने तिनीहरूले जे गरेका थिए त्यसको निम्ति मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए ।
22 Car l'homme sur lequel s'est produit ce miracle de guérison était âgé de plus de quarante ans.
यो चंगाइको आश्चर्यकर्म अनुभव गर्ने मानिस चालिस वर्षभन्दा माथिका थिए ।
23 Après avoir été relâchés, ils retournèrent auprès d'eux et racontèrent tout ce que les principaux sacrificateurs et les anciens leur avaient dit.
तिनीहरूलाई स्वतन्त्र छोडेपछि, पत्रुस र यूहन्ना आफ्नै मानिसहरूकहाँ आए र प्रधान पूजाहारीहरू र एल्डरहरूले तिनीहरूलाई भनेका सबै कुराको प्रतिवेदन दिए ।
24 Après l'avoir entendu, ils élevèrent d'un commun accord la voix vers Dieu et dirent: « Seigneur, tu es Dieu, toi qui as fait le ciel, la terre, la mer et tout ce qui s'y trouve;
तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले आकास र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो,
25 toi qui, par la bouche de ton serviteur David, as dit, « Pourquoi les nations sont-elles en colère? et les peuples complotent en vain?
तपाईं जो पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, ‘अरू जातिहरू किन क्रोधित भए र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे?
26 Les rois de la terre prennent position, et les dirigeants complotent ensemble, contre le Seigneur, et contre son Christ.
परमप्रभु र उहाँका ख्रीष्टको विरुद्धमा पृथ्वीका राजाहरू एक मत भए र शासकहरू एकसाथ भेला भए ।
27 « En effet, Hérode et Ponce Pilate, avec les païens et le peuple d'Israël, se sont ligués contre ton saint serviteur Jésus, que tu as oint,
वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।
28 pour faire tout ce que ta main et ton conseil ont décidé d'accomplir.
तपाईंको बाहुली र इच्छाले यो हुनुभन्दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए ।
29 Maintenant, Seigneur, regarde leurs menaces, et accorde à tes serviteurs de dire ta parole en toute hardiesse,
हे प्रभु, अब तिनीहरूका चेताउनीलाई हेर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंको वचन पुरा साहससित बोल्न दिनुहोस् ।
30 tandis que tu étends ta main pour guérir, et que des signes et des prodiges se produisent au nom de ton saint serviteur Jésus. »
ताकि जब तपाईंले निको पार्नका लागि आफ्नो हात पसार्नुहुन्छ तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू र आश्चर्यहरू होऊन् ।”
31 Après qu'ils eurent prié, le lieu où ils étaient réunis fut ébranlé. Ils étaient tous remplis du Saint-Esprit, et ils annonçaient la parole de Dieu avec assurance.
तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्वरको वचन साहससित बोले ।
32 La multitude de ceux qui ont cru n'avait qu'un cœur et qu'une âme. Aucun d'eux ne prétendait qu'une partie de ce qu'il possédait lui appartenait en propre, mais ils avaient tout en commun.
विश्वास गर्नेहरूको त्यो ठुलो समूह एउटै हृदय र आत्माका थिए; तिनीहरूमध्ये कसैले पनि आफूसँग भएको कुनै पनि थोक वास्तवमा उसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए ।
33 Avec une grande puissance, les apôtres rendaient leur témoignage de la résurrection du Seigneur Jésus. Une grande grâce reposait sur eux tous.
ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र उनीहरू सबैमाथि ठुलो अनुग्रह थियो ।
34 En effet, il n'y avait parmi eux aucun indigent, car tous ceux qui possédaient des terres ou des maisons les vendaient, apportaient le produit de leur vente,
तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै एक व्यक्ति पनि थिएन किनभने तिनीहरू सबैले आफूसँग भएका जग्गाहरू र घरहरू बेचेर आएका पैसा ल्याउँथे
35 et le déposaient aux pieds des apôtres; et l'on distribuait à chacun selon ses besoins.
र प्रेरितहरूका पाउमा राखिदिन्थे र आवश्यकतापरेअनुसार हरेक विश्वसीलाई वितरण गरिन्थ्यो ।
36 Joses, surnommé par les apôtres Barnabé (ce qui signifie, selon l'interprétation, Fils de l'encouragement), lévite, originaire de Chypre,
साइप्रसबाट आएका योसेफ नाउँका एक जना मानिस थिए जो लेवी कुलका थिए जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हुन्छ) नाउँ राखिदिएका थिए ।
37 ayantun champ, le vendit, apporta l'argent et le déposa aux pieds des apôtres.
उनीसँग भएको जमिन उनले बेचे र त्यसको पैसा ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।