< 2 Samuel 19 >
1 On dit à Joab: « Voici que le roi pleure et se lamente sur Absalom. »
योआबलाई भनियो, “हेर्नुहोस्, राजाले अब्शालोमको निम्ति रुँदै र विलाप गर्दै छन् ।”
2 Ce jour-là, la victoire se transforma en deuil parmi tout le peuple, car le peuple entendit dire ce jour-là: « Le roi pleure son fils. »
त्यसैले त्यस दिनको विजय सारा फौजको निम्ति शोकमा परिणत भयो, किनकि फौजले सुने कि, “राजाले आफ्नो छोराको निम्ति विलाप गर्दै छन् ।”
3 Ce jour-là, le peuple se faufila dans la ville, comme se faufilent les gens qui ont honte lorsqu'ils fuient au combat.
जसरी युद्ध हारेर लाजमा परेका मानिसहरू युद्धबाट सुटुक्क भाग्छन्, त्यसरी नै त्यो दिन सपाहीहरू चुपचाप सुटुक्क सहरभित्र पस्नुपरेको थियो ।
4 Le roi se couvrit le visage et s'écria d'une voix forte: « Mon fils Absalom, Absalom, mon fils, mon fils! »
राजाले आफ्नो शिर ढाके र ठुलो सोरमा कराए, “ए मेरो छोरा ए अब्शालोम, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”
5 Joab entra dans la maison auprès du roi et dit: « Aujourd'hui, tu as fait honte à tous tes serviteurs qui ont sauvé ta vie, celle de tes fils et de tes filles, celle de tes femmes et celle de tes concubines,
तब योआब राजाको घरभित्र पसे र उनलाई भने, “आज तपाईंले आफ्नो सारा सिपाहीको मुहार लाजमा पार्नुभएको छ, जसले आज तपाईंको जीवन, तपाईंका छोराहरूका र तपाईंका छोरीहरूका र तपाईंका पत्नीहरूका जीवन र तपाईंका उपपत्नीहरूका पत्नीहरूको जीवन बचाए,
6 en aimant ceux qui te haïssent et en haïssant ceux qui t'aiment. Car vous avez déclaré aujourd'hui que les princes et les serviteurs ne sont rien pour vous. Car je vois aujourd'hui que si Absalom avait vécu et si nous étions tous morts aujourd'hui, cela t'aurait plu.
किनभने जसले तपाईंलाई घृणा गर्छ त्यसलाई तपाईंले प्रेम गर्नुहुन्छ र जसले तपाईंलाई प्रेम गर्छ त्यसलाई तपाईं घृणा गर्नुहुन्छ । किनकि कमाण्डरहरू र सिपाहीहरू तपाईंका निम्ति केही होइनन् भन्ने कुरा आज तपाईंको देखाउनुभएको छ । आज मलाई विश्वास भयो कि अब्शालोम बाँचेको भए र हामी सबै मरेको भए तपाईं खुसी हुनुहुन्थ्यो ।
7 Maintenant, lève-toi, sors et parle pour réconforter tes serviteurs; car je jure par Yahvé que si tu ne sors pas, pas un homme ne restera avec toi cette nuit. Cela serait pire pour toi que tout le mal qui t'est arrivé depuis ta jeunesse jusqu'à maintenant. »
यसकारण अब उठ्नुहोस् र बाहिर जानुहोस् र आफ्नो सिपाहीहरूसँग दयापूर्वक कुरा गर्नुहोस्, किनकि म परमप्रभुको नाउँमा शपथ खान्छु, तपाईं जानुभएन भने, आज राती तपाईंसँग एक जना पुरुष पनि रहने छैन । त्यो तपाईंको जवान अवस्थादेखि अहिलेसम्म घटेका सबै भन्दा खराब कुरा हुने छ ।”
8 Alors le roi se leva et s'assit à la porte. On dit à tout le peuple: « Voici que le roi est assis à la porte. » Tout le peuple se présenta devant le roi. Israël s'était enfui, chacun dans sa tente.
त्यसैले राजा उठे र सहरको ढोकामा बसे, र सबै मानिसलाई यसो भनियो, “हेर, राजा ढोकामा बसेका छन् ।” अनि सबै मानिस राजाको सामु आए । त्यति बेला इस्राएलका सबै मानिस भगरे आआफ्ना घरमा गएका थिए ।
9 Tout le peuple se disputait dans toutes les tribus d'Israël, en disant: « Le roi nous a délivrés de la main de nos ennemis, il nous a sauvés de la main des Philistins, et maintenant il s'est enfui du pays à cause d'Absalom.
इस्राएलका सारा कुलमा सबै मानिसले यसो भन्दै आपसमा बहस गर्दै थिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूका हातबाट बचाए, र उनले हामीलाई पलिश्तीहरूका हातबाट पनि बचाए, तर उनी अहिले अब्शालोमको कारणले देशबाट भागेका छन् ।
10 Absalom, que nous avons oint sur nous, est mort dans la bataille. Maintenant donc, pourquoi ne dis-tu pas un mot pour ramener le roi? »
हामीले अभिषेक गरेको अब्शालोम युद्धमा मरेका छन् । त्यसैले राजालाई फिर्ता ल्याउने बारेमा किन तिमीहरू केही बोल्दैनौ?”
11 Le roi David envoya dire aux prêtres Tsadok et Abiathar: « Parle aux anciens de Juda, et dis-leur: Pourquoi êtes-vous les derniers à ramener le roi dans sa maison, puisque la parole de tout Israël est venue au roi pour le ramener dans sa maison?
राजाले सादोक र अबियाथार पुजारीहरूलाई यसो भन्ने खबर पठाए, “यहूदाका धर्म-गुरुहरूलाई सोध, 'राजालाई उनको दरबारमा फिर्ता ल्याउन सबै इस्राएलको कुरा उनको पक्षमा भएको हुनाले राजालाई उनको दरबारमा ल्याउन तिमीहरू किन अन्तिम हुन्छौ?
12 Vous êtes mes frères. Vous êtes mes os et ma chair. Pourquoi donc êtes-vous les derniers à ramener le roi?
तिमीहरू मेरो दाजुभाइ, मेरो मासु र हाड हौ । तब राजालाई फिर्ता ल्याउन तिमीहरू किन अन्तिम हुन्छौ?'
13 Dis à Amasa: « N'es-tu pas mon os et ma chair? Que Dieu me le rende, et plus encore, si tu n'es pas continuellement le chef de l'armée devant moi, à la place de Joab.'"
त्यसपछि अमासालाई भन, 'के तिमी मेरो मासु र मेरो हाड होइनौ? आज उप्रान्त तिमी यआबको सट्टामा मेरो फौजको कमाण्डर भएनौ भने परमेश्वरले मलाई यसै वा योभन्दा बढी गरून्' ।”
14 Il fit fléchir le cœur de tous les hommes de Juda, comme un seul homme, de sorte qu'ils envoyèrent dire au roi: « Reviens, toi et tous tes serviteurs. »
त्यसैले तिनले यहूदाका सबै मानिसका हृदयहरू एक जना मानिसको झैं गरी जिते । तिनीहरूले राजाकहाँ यसो भन्ने खबर पठाए, “तपाईं र तपाईंका सबै मानिस फर्कनुहोस् ।”
15 Le roi s'en retourna et arriva au Jourdain. Juda se rendit à Guilgal, pour aller à la rencontre du roi, afin de lui faire passer le Jourdain.
त्यसैले राजा फर्के र यर्दनमा आए । अब यहूदाका मानिसहरू गिलगालमा आए अनि राजालाई यर्दन वारि ल्याए ।
16 Shimei, fils de Gera, Benjamite, qui était de Bahurim, se hâta de descendre avec les hommes de Juda à la rencontre du roi David.
बेन्यामिनी गेराका छोरा शिमी पनि बहूरीमबाट यहूदाका मानिसहरूसँगै हतार-हतार राजालाई भेट्न आए ।
17 Il y avait avec lui mille hommes de Benjamin, et Tsiba, serviteur de la maison de Saül, ses quinze fils et ses vingt serviteurs; et ils passèrent le Jourdain en présence du roi.
तिनीसित त्यहाँ बेन्यामीन कुलका मानिसहरू एक हजार जना थिए, र शाऊलका सेवक सीबा, तिनका पन्ध्र जना छोरा र तिनीसँगै बिस जना सेवक थिए ।
18 Un bac partit pour faire passer la maison du roi, et pour faire ce qu'il jugeait bon. Shimei, fils de Gera, se prosterna devant le roi après avoir passé le Jourdain.
तिनीहरू राजालाई ल्याउन र उनलाई जे असल लाग्छ सो गर्न पारि गए । गेराका छोरा शिमीले यर्दन तर्न सुरु गर्नअगि राजालाई साष्टङ्ग दण्डवत् गरे ।
19 Il dit au roi: « Que mon seigneur ne m'impute pas d'iniquité et ne se souvienne pas de ce que ton serviteur a fait de pervers le jour où mon seigneur le roi est sorti de Jérusalem, afin que le roi le prenne à cœur.
शिमीले राजालाई भने, “मेरो मालिक महाराजाले यरूशलेम छोडेको दिन हजुरका दासले गरेको कुरा मनमा नलिनुहोला वा दोषी नठहराउनुहोला । कृपया, यसलाई राजाले हृदयमा नराख्नुहोला ।
20 Car ton serviteur sait que j'ai péché. C'est pourquoi voici, je suis venu aujourd'hui comme le premier de toute la maison de Joseph pour descendre à la rencontre de mon seigneur le roi. »
किनकि हजुरको दासले पाप गरेको छ भनी जानेको छ । हेर्नुहोस्, म आज योसेफको सबै कुलबाट मेरो मालिक महाराजालाई भेट्न आउनेमा म पहिलो भएको छु ।”
21 Mais Abishai, fils de Tseruiah, prit la parole et dit: « Shimei ne devrait-il pas être mis à mort pour cela, parce qu'il a maudit l'oint de Yahvé? ».
तर सरूयाहका छोरा अबीशैले जवाफ दिएर भने, “के शिमीलाई यसको निम्ति मर्नु पर्दैन किनभने त्यसले परमप्रभुका अभिषिक्तलाई सरापेको छ?”
22 David dit: « Qu'ai-je à faire avec vous, fils de Tseruja, pour que vous soyez aujourd'hui mes adversaires? Quelqu'un sera-t-il mis à mort aujourd'hui en Israël? Car ne sais-je pas que je suis aujourd'hui roi d'Israël? »
तब दाऊदले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार, कि तिमीहरू आज मेरो विरोधीहरू हुन्छौ? के आजको दिन इस्राएलमा कुनै मानिसलाई मारिने छ र? किनकि आज म इस्राएलका राजा हुँ भन्ने कुरा मलाई थाहा छैन र?”
23 Le roi dit à Schimeï: « Tu ne mourras pas. » Le roi lui fit jurer.
त्यसैले राजाले शिमीलाई भने, “तिमी मर्ने छैनौ ।” त्यसैले राजाले शपथसहित तिनलाई प्रतिज्ञा गरे ।
24 Mephibosheth, fils de Saül, descendit à la rencontre du roi. Il n'avait ni soigné ses pieds, ni taillé sa barbe, ni lavé ses vêtements, depuis le jour où le roi était parti jusqu'au jour où il était rentré en paix.
त्यसपछि शाऊलका नाति मपीबोशेत राजालाई भेट्न तल आए । तिनले राजा गएको दिनदेखि उनी शान्तिसँग घर नफर्केसम्म उनले आफ्नो खुट्टाको नङ्ग काटेका थिएनन्, न दाह्री नै काटे न लुगा नै धोएका थिए ।
25 Lorsqu'il arriva à Jérusalem pour rencontrer le roi, celui-ci lui dit: « Pourquoi n'as-tu pas marché avec moi, Mephibosheth? »
त्यसैले जब तिनी यरूशलेमबाट राजालाई भेट्न आए, राजाले तिनलाई भने, “ए मपीबोशेत, तिमी किन मसँग गएनौ?”
26 Il répondit: « Seigneur, ô roi, mon serviteur m'a trompé. En effet, ton serviteur a dit: « Je vais me faire seller un âne, je monterai dessus et j'irai avec le roi », car ton serviteur est boiteux.
तिनले जवाफ दिए, “ए मेरो मालिक महाराजा, मेरो सेवकले मलाई धोका दियो, किनकि मैले भनें, 'म गधामा जीन-लगाम लगाउने छु, ताकि म यसमा चढ्न र राजासँग जान सकूँ, किनभने हजुरको सेवक लङ्गडो छ ।'
27 Il a calomnié ton serviteur devant le roi mon seigneur, mais le roi mon seigneur est comme un ange de Dieu. Fais donc ce qui est bon à tes yeux.
म हजुरको सेवकको बारेमा मेरो सेवक सीबाले हजुरसँग निन्दा गरेको छ । तर मेरो मालिक महाराजा स्वर्दूतजस्तो हुनुहुन्छ । यसकारण, तपाईंको दृष्टिमा जे असल छ त्यही गर्नुहोस् ।
28 Car toute la maison de mon père n'était qu'un mort devant le roi mon seigneur, et tu as mis ton serviteur au nombre de ceux qui ont mangé à ta table. Quel droit ai-je donc encore d'en appeler au roi? »
किनकि मेरो मालिक राजाको सामु मेरो बुबाको सबै घराना मृत मानिसहरू थिए, तर हजुरले आफ्नो सेवकलाई आफ्नै टेबलमा खानेमध्येको बनाउनुभयो । यसकारण म अझै राजासँग पुकारा गर्नुपर्ने मेरो के अधिकार छ र?”
29 Le roi lui dit: « Pourquoi parles-tu encore de tes affaires? Je dis que toi et Ziba, vous vous partagerez le pays. »
तब राजाले तिनलाई भने, “अझ अरू बेलीबिस्तार किन गर्नु? तिमी र सीबाले जमिन बाँड्नुपर्छ भनी मैले निर्णय गरेको छु ।”
30 Mephibosheth dit au roi: « Oui, qu'il prenne tout, car mon seigneur le roi est venu en paix dans sa maison. »
मपीबोशेतले राजालाई जवाफ दिए, “होस्, त्यसैले सबै लैजाओस्, किनभने मेरो मालिक महाराजा आफ्नो घरमा सुरक्षित आउनुभएको छ ।”
31 Barzillai, le Galaadite, descendit de Rogelim; et il passa le Jourdain avec le roi pour le conduire au delà du Jourdain.
त्यसपछि रोगेलीमबाट गिलादी बर्जिल्लै तल आए राजासँगै यर्दन तरे र तिनी राजासँगै यर्दन पारि गए ।
32 Or Barzillai était un homme très âgé, de quatre-vingts ans même. Il avait assuré la subsistance du roi pendant son séjour à Mahanaïm, car il était un très grand homme.
यति बेला बर्जिल्लै धेरै वृद्ध, असी वर्षका भएका थिए । राजा महनोममा बस्दा तिनले राजालाई सबै खाद्यन्नहरू दिएका उपलब्ध गरेका थिए, किनभने तिनी धेरै धनी मनिस थिए ।
33 Le roi dit à Barzillai: « Passe avec moi, et je te soutiendrai avec moi à Jérusalem. »
राजाले बर्जिल्लैलाई भने, “मसँगै आउनुहोस् र मसँग यरूशलेम बस्नलाई म तपाईंलाई प्रबन्ध मिलाउने छु ।”
34 Barzillaï dit au roi: Combien y a-t-il de jours des années de ma vie, pour que je monte avec le roi à Jérusalem?
बर्जिल्लैले राजालाई जवाफ दिए, “मेरो जीवनका वर्षहरूमा कति दिन बाँकी छन् र ताकि म महाराजासँग यरूशलेममा जाऊँ?
35 J'ai aujourd'hui quatre-vingts ans. Saurai-je discerner le bien du mal? Ton serviteur peut-il goûter ce que je mange ou ce que je bois? Est-ce que je peux encore entendre la voix des chanteurs et des chanteuses? Pourquoi donc ton serviteur serait-il un fardeau pour mon seigneur le roi?
म असी वर्ष भएँ । के म असल र खराब बिच भिन्नता छुट्टाउन सक्छु र? के हजुरको सेवकले के खायो र के पियो भनी स्वाद लिन सक्छ र? कै मैले गायक पुरुष र गायक महिलाको सोर अझै सुन्न सक्छु र? अनि हजुरको सेवक मेरो मालिक महाराजाको निम्ति किन बोझ बन्नु र?
36 Ton serviteur n'aura qu'à passer le Jourdain avec le roi. Pourquoi le roi me rendrait-il une telle récompense?
हजुरको सेवक महाराजासँग यर्दन पारिसम्म मात्र जान चाहन्छ । महाराजाले मलाई किन यस्तो इनाम दिनुहुन्छ?
37 Je te prie de laisser ton serviteur revenir sur ses pas, afin que je meure dans ma ville, près du tombeau de mon père et de ma mère. Mais voici ton serviteur Chimham; qu'il passe avec mon seigneur le roi, et fais-lui ce qui te semblera bon. »
कृपया आफ्नो सेवकलाई घर फर्कन दिनुहोस्, ताकि मेरो आफ्नै सहरमा मेरो बुबा र आमाको चिहानको छेउमा म मर्न पाऊँ । तर हेर्नुहोस्, हजुरको सेवक किमहाम छ । मेरो मालिकसँग त्यही नै जाओस् र हजुरलाई जे असल लाग्छ सो त्यसको निम्ति गरिदिनुहोस् ।”
38 Le roi répondit: « Chimham passera avec moi, et je lui ferai ce qui te semblera bon. Tout ce que tu me demanderas, je le ferai pour toi. »
राजाले जवाफ दिए, “किमहाम मसँगै जाने छ, र म त्यसको निम्ति तपाईंलाई जे असल लाग्छ सो म गर्ने छु र तपाईंले मबाट जे इच्छा गर्नुहुन्छ सो म तपाईंको निम्ति गर्ने छु ।”
39 Tout le peuple passa le Jourdain, et le roi aussi. Le roi embrassa Barzillai et le bénit, puis il retourna à sa place.
त्यसपछि सबै मानिसहरूले यर्दन तरे र राजाले पनि यर्दन तरे, अनि राजाले बर्जिल्लैलाई चुम्बन गरेर तिनलाई आशिष् दिए । तब बर्जिल्लै तिनको आफ्नै घरमा फर्के ।
40 Le roi passa à Guilgal, et Chimham passa avec lui. Tout le peuple de Juda fit passer le roi, ainsi que la moitié du peuple d'Israël.
यसरी राजा पारि गिलगालमा आए र किमहाम उनीसँगै पारि आए । यहूदाका सबै फौज र इस्राएलका आधा फौजले राजालाई लिएर आए ।
41 Voici, tous les hommes d'Israël vinrent auprès du roi et lui dirent: « Pourquoi nos frères, les hommes de Juda, t'ont-ils enlevé et ont-ils fait passer le Jourdain au roi et à sa famille, et à tous les hommes de David avec lui? »
चाँडै इस्राएलका सबै मानिस राजाकहाँ आउन लागे र राजालाई यसो भन्न लागे, “हाम्रा दाजुभाइ अर्थात् यहूदाका मानिसहरूले हजुरलाई किन चोरेर लगेका छन्, र महाराजा उहाँका परिवारलाई र दाऊदका सबै मानिसलाई उहाँसँगै यर्दन वारि पुर्याएका छन्?”
42 Tous les hommes de Juda répondirent aux hommes d'Israël: « Parce que le roi est un proche parent pour nous. Pourquoi donc êtes-vous en colère à ce sujet? Avons-nous mangé aux frais du roi? Ou bien nous a-t-il fait un quelconque cadeau? »
त्यसैले यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूलाई जवाफ दिए, “किनभने राजा हामीसँग अझ धेरै नजिकबाट सम्बन्धित हुनुहुन्छ । तब तिमीहरू यसबारे किन रिसाउँछौ? के महाराजाले तिर्नुपर्ने गरी हामीले कुनै कुरा खाएका छौं र? के उहाँले हामीलाई कुनै उपहार दिनुभएको छ र?”
43 Les hommes d'Israël répondirent aux hommes de Juda, et dirent: « Nous avons dix parts dans le roi, et nous avons aussi plus de droits que vous sur David. Pourquoi donc nous avez-vous méprisés, pour ne pas être les premiers à nous conseiller de ramener notre roi? » Les paroles des hommes de Juda étaient plus ardentes que celles des hommes d'Israël.
इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “हामीसँग महाराजासँग सम्बन्धित दश कुल छन्, त्यसैले दाऊदसँग तिमीहरूको भन्दा धेरै अधिकार हामीसित छ । तब तिमीहरूले हामीलाई किन तुच्छ ठान्यौ? के हाम्रो राजालाई फिर्ता ल्याउने हाम्रो प्रस्ताव पहिले सुनुवाइ हुनुपर्दैनथ्यौ?” तर यहूदाका मानिसहरूका वचनहरू इस्राएलका मानिसहरूका वचनभन्दा धेरै रुखो थियो ।