< Miikan 1 >
1 Herran sana, joka tuli mooresetilaiselle Miikalle Jootamin, Aahaan ja Hiskian, Juudan kuningasten, päivinä; se, mitä hän näki Samariaa ja Jerusalemia vastaan.
यरूशलेमका राजाहरू योताम, आहाज, र हिजकियाको समयमा मोरेशेतका निवासी मीकाकहाँ परमप्रभुको यस्तो वचन आयो, जुन उनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए ।
2 Kuulkaa, kaikki kansat; ota korviisi, maa, ja kaikki, mitä maassa on. Ja olkoon Herra, Herra todistaja teitä vastaan, Herra pyhästä temppelistänsä.
सारा जातिका मानिस, यो सुन । पृथ्वी र त्यसमा भएका सबैले यो सुन । परमप्रभु परमेश्वर उहाँको पवित्र मन्दिरबाट तिमीहरूका विरुद्ध गवाही बनून् ।
3 Sillä katso, Herra lähtee asumuksestaan, astuu alas ja polkee maan kukkuloita.
हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्च स्थानहरूमा आफ्नो पाउ राख्नुहुनेछ ।
4 Vuoret sulavat hänen allansa, ja laaksot halkeavat niinkuin vaha tulen hohteessa, niinkuin vedet, jotka syöksyvät jyrkännettä alas.
मैन आगोको सामु पग्लिएझैँ, र भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्लन्छन्, र उपत्यकाहरू टुक्रिन्छन् ।
5 Jaakobin rikoksen tähden tapahtuu tämä kaikki ja Israelin heimon syntien tähden. Mistä on Jaakobin rikos? Eikö Samariasta! Ja mistä Juudan uhrikukkulat? Eivätkö Jerusalemista!
यो सबै याकूबको अपराध र इस्राएलको घरनाका पापको कारणले भएको हो । याकूबको अपराध के हो? के त्यो सामरिया होइन? यहूदाको उच्च स्थान के हो? के त्यो यरूशलेम होइन?
6 Niinpä minä panen Samarian kiviraunioksi kedolle, viinitarhan istutusmaaksi, syöksen laaksoon sen kivet ja paljastan sen perustukset.
“म सामरियालाई भग्नावशेषको थुप्रो, र दाखबारी लगाउने स्थान बनाइदिनेछु, र म त्यसका ढुङ्गाहरूलाई तल उपत्यकामा फ्याँकिदिनेछु र म त्यसका जगहरूलाई नाङ्गा बनाइदिनेछु ।
7 Kaikki sen jumalankuvat särjetään, kaikki sen portonpalkat poltetaan tulessa, ja kaikki sen epäjumalankuvat minä hävitän; sillä portonpalkoista se on ne koonnut, ja portonpalkoiksi pitää niitten jälleen tuleman.
त्यसका सबै हातले बनाइएका चिजहरू टुक्रा-टुक्रा पारिनेछन्, र त्यसले पाएका सबै उपहारहरूलाई आगोद्धारा जलाइनेछ, र त्यसका सबै मुर्तिहरूलाई म नष्ट गर्नेछु । त्यसले आफ्ना उपहारहरू वेश्याको ज्यालाबाट संचय गरेको हुनाले, ती फेरि वेश्याकै ज्याला बन्नेछन् ।”
8 Tämän tähden minä tahdon valittaa ja voivotella, käydä avojaloin ja vaipatta, virittää valituslaulun kuin aavikkosudet, suruhuudon kuin kamelikurjet.
यसैकारण म विलाप गर्नेछु र रुनेछु; म खाली खुट्टा र नाङ्गै जानेछु । म स्यालहरूझैँ चिच्याउनेछु र लाटोकोसेरोझैँ शोक गर्नेछु ।
9 Sillä parantumaton on sen haava; se ulottuu Juudaan asti, se käy minun kansani porttiin saakka, aina Jerusalemiin saakka.
किनभने त्यसको घाउ निको हुँदैन, किनकि त्यो यहूदासम्म आएको छ । त्यो मेरा मानिसको प्रवेशद्धार, अर्थात् यरूशलेम पुगिसकेको छ ।
10 Älkää ilmoittako sitä Gatissa, älkää, älkää itkekö. Minä vieriskelen tuhassa Beet-Leafrassa.
गातमा यस विषयमा केही नबताओ, रुँदै नरोओ । बेथ-ओप्रामा म आफैँ धुलोमा लत्पतिन्छु ।
11 Käy matkaan, Saafirin asujatar, häpeällisesti paljastettuna! Saananin asujatar ei lähde. Beet-Eselin valitus riistää teiltä pysähdyspaikan.
शाफीरका निवासीहरू, नग्नता र शर्ममा हिँड । सानानका निवासीहरू बाहिर ननिस्क । बेथ एजेल विलाप गर्दछ, किनकि तिनीहरूको सुरक्षा-स्थान खोसिएको छ ।
12 Onnea odottaa tuskaisesti Maarotin asujatar; mutta onnettomuus tulee Herralta Jerusalemin portille.
किनभने मरोतका निवासीहरू असल समाचारको निम्ति व्याकुल भएर पर्खन्छन्, किनभने परमप्रभुबाट यरूशलेमका प्रवेशद्धारहरुमा विनाश आएको छ ।
13 Valjasta hevoset vaunujen eteen, Laakiin asujatar; sieltä on alku tytär Siionin syntiin, sillä sinussa tavattiin Israelin rikokset.
लाकीशका निवासीहरू, रथलाई घोडाहरूका समुहमा बाँध । ए लाकीश, सियोनकी छोरीको निम्ति तँ नै पापको सुरुवात थिइस्, किनकि तँमा नै इस्राएलका अपराधहरू भेटिएका थिए ।
14 Sentähden sinä annat eron Mooreset-Gatille. Aksibin talot tulevat olemaan pettymys Israelin kuninkaille.
यसैकारण तिमीहरूले मोरेशेत-गातलाई बिदाईको उपहार दिनेछौ । अक्जीबको नगरले इस्राएलका राजाहरूलाई निराश बनाउनेछन् ।
15 Minä tuon vieläkin perijän sinulle, Maaresan asujatar. Adullamiin asti kulkee Israelin kunnia.
मारेशाका निवासीहरू, म तिमीहरूको विरुद्धमा एउटा विजेता ल्याउनेछु । इस्राएलको वैभव अदुल्लाममा आउनेछ ।
16 Ajele ja keritse pääsi paljaaksi lasten tähden, jotka olivat sinun ilosi. Ajele pääsi leveälti paljaaksi, niinkuin on korppikotkalla, sillä he menevät luotasi pois pakkosiirtolaisuuteen.
तिमीहरू हर्षित हुने आफ्ना छोराछोरीहरूका निम्ति आफ्नो केश खौर । आफैँलाई गिद्धझैँ तालुखुइले बनाओ, किनभने तिमीहरूका छोराछोरीहरू तिमीहरूबाट टाढा निर्वासनमा जानेछन् ।