< 3 Mooseksen 16 >
1 Ja Herra puhui Moosekselle, sen jälkeen kuin kaksi Aaronin poikaa oli kuollut, joita kuolema kohtasi, kun he astuivat Herran eteen.
हारूनका दुई छोरा परमप्रभुको अगि गएका कारण तिनीहरूको मृत्यु भएपछि परमप्रभु मोशासँग बोल्नुभयो ।
2 Ja Herra sanoi Moosekselle: "Sano veljellesi Aaronille: älköön hän joka aika menkö pyhimpään, esiripun sisäpuolelle, armoistuimen eteen, joka on arkin päällä, ettei hän kuolisi; sillä minä ilmestyn pilvessä armoistuimen kohdalla.
परमप्रभुले मोशालाई भन्नुभयो, “तेरा दाजु हारूनलाई मनपरी समयमा सन्दूकमाथिको प्रायश्चित्त-आसनको अगि पर्दाभित्रको महा-पवित्र स्थानमा नआओस् भन् । त्यसले त्यस्तो गरे त्यो मर्ने छ, किनभने प्रायश्चित्त-आसनमाथि बादलमा म प्रकट हुने छु ।
3 Mutta näin Aaron menköön pyhimpään: hänellä olkoon mukanaan mullikka syntiuhriksi ja oinas polttouhriksi;
यसैकारण हारून महा-पवित्र स्थानभित्र यसरी प्रवेश गरोस् । त्यसले पापबलिको रूपमा एउटा साँढे र होमबलिको निम्ति एउटा भेडा लिएर आओस् ।
4 ja hän pukekoon pyhän pellava-ihokkaan yllensä, peittäköön häpynsä pellavakaatioilla, vyöttäköön itsensä pellavavyöllä ja pankoon pellavaisen käärelakin päähänsä. Nämä ovat pyhät vaatteet; ja hän pesköön ruumiinsa vedessä ja pukekoon ne yllensä.
त्यसले सूतीको पवित्र दौरा, र सूतीको भित्री वस्त्र पहिरोस्, र सूतीको पटुका र सूतीको फेटा लगाओस् । यी पवित्र पोशाक हुन् । त्यसले आफ्नो शरीर पानीले नुहाएर यी पोशाक लगाओस् ।
5 Ja hän ottakoon israelilaisten seurakunnalta kaksi kaurista syntiuhriksi ja yhden oinaan polttouhriksi.
त्यसले इस्राएलका मानिसहरूको समुदायबाट पापबलिको रूपमा दुईवटा बोका र होमबलिको रूपमा एउटा भेडा लेओस् ।
6 Ja Aaron tuokoon oman syntiuhrimullikkansa ja toimittakoon sovituksen itsellensä ja perheellensä.
अनि हारूनले साँढेलाई पापबलिको रूपमा अर्पण गरोस्, जुन त्यो आफै र आफ्नो परिवारको लागि प्रायश्चित्त गर्नका निम्ति हुने छ ।
7 Sitten hän ottakoon ne kaksi kaurista ja asettakoon ne Herran eteen ilmestysmajan ovelle.
त्यसपछि त्यसले दुईवटा बोका लिएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको अगि तयार गरोस् ।
8 Ja Aaron heittäköön arpaa niistä kahdesta kauriista: toisen arvan Herralle ja toisen Asaselille.
अनि हारूनले ती दुई बोकाका निम्ति चिट्ठा हालोस्, एउटा चिट्ठाचाहिँ परमप्रभुको निम्ति अर्पण गर्नलाई, र अर्कोचाहिँ छोडिने बोकाको निम्ति ।
9 Ja Aaron tuokoon sen kauriin, jonka arpa määräsi Herralle, ja uhratkoon sen syntiuhriksi.
चिट्ठामा परमप्रभुको भागमा परेको बोकालाई हारूनले पापबलिको निम्ति अर्पण गरोस् ।
10 Mutta se kauris, jonka arpa määräsi Asaselille, asetettakoon elävänä Herran eteen, että sille toimitettaisiin sovitus ja se sitten päästettäisiin erämaahan Asaselille.
तर छोडिनको निम्ति चिट्ठा परेको बोकालाईचाहिँ उजाड-स्थानमा छोडेर प्रायश्चित्त गर्नको निम्ति परमप्रभुको अगि जीवितै ल्याइयोस् ।
11 Senjälkeen Aaron tuokoon oman syntiuhrimullikkansa ja toimittakoon sovituksen itsellensä ja perheellensä ja teurastakoon oman syntiuhrimullikkansa.
त्यसपछि हारूनले आफ्नै निम्ति साँढेलाई पापबलिको रूपमा अर्पण गरोस् । त्यसले आफ्नो र आफ्नो परिवारको निम्ति प्रायश्चित्त गरोस्, र यसैकारण आफ्नै निम्ति पापबलिको रूपमा त्यसले साँढेलाई मारोस् ।
12 Ja hän ottakoon hiilipannun täyteen tulisia hiiliä alttarilta, joka on Herran edessä, ja kahmalonsa täyteen survottua hyvänhajuista suitsuketta ja vieköön ne esiripun sisäpuolelle.
हारूनले वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको एउटा धुपौरो र आफ्ना हातमा मसिनो गरी पिसिएको सुगन्धित धुप लिएर पर्दाभित्र परमप्रभुको सामु ल्याओस् ।
13 Ja hän pankoon suitsukkeen tulen päälle Herran eteen, niin että suitsutus pilvenä peittää lain arkin päällä olevan armoistuimen, ettei hän kuolisi.
त्यहाँ त्यसले परमप्रभुको सामु भएको आगोमा धुप राखोस् ताकि करारको सन्दुकमाथिको प्रायश्चित्त-आसनलाई त्यस धुपबाट निस्केको बादलले ढाकोस् । त्यो नमरोस् भनेर त्यसले यो गरोस् ।
14 Ja hän ottakoon mullikan verta ja pirskoittakoon sitä sormellansa armoistuimen etupuolelle; ja armoistuimen eteen hän pirskoittakoon sormellansa verta seitsemän kertaa.
अनि त्यसले साँढेको केही रगत लिएर प्रायश्चित्त-आसनको सामु आफ्नो औँलाले छर्कोस् । त्यसले प्रायश्चित्त-आसनको सामु औँलाले सात पटक रगत छर्कोस् ।
15 Sitten hän teurastakoon kansan syntiuhrikauriin ja vieköön sen verta esiripun sisäpuolelle ja tehköön sen verellä, niinkuin hän teki mullikan verellä: pirskoittakoon sitä armoistuimelle ja armoistuimen eteen.
त्यसपछि त्यसले मानिसहरूका निम्ति पापबलिको बोकालाई मारोस् र त्यसको रगत पर्दाभित्र ल्याओस् । त्यसले त्यहाँ साँढेको रगतलाई जे गरेको थियो, बोकाको रगतलाई पनि त्यस्तै गरोस्, अर्थात् त्यसले त्यो रगत प्रायश्चित्त-आसनमाथि र त्यसपछि प्रायश्चित्त-आसनको सामु छर्कोस् ।
16 Ja näin hän toimittakoon pyhäkölle sovituksen israelilaisten saastaisuudesta ja heidän rikoksistaan, olivatpa heidän syntinsä minkälaiset tahansa; näin hän tehköön myös ilmestysmajalle, joka on heidän tykönänsä, keskellä heidän saastaisuuttansa.
इस्राएलका मानिसहरूका अशुद्ध कामहरू, तिनीहरूको विद्रोह र तिनीहरूका सारा पापको कारण पवित्रस्थानको निम्ति त्यसले प्रायश्चित्त गरोस् । त्यसले यो भेट हुने पालको निम्ति पनि गरोस्, जहाँ तिनीहरूका अशुद्ध कामहरूका बिचमा परमप्रभु तिनीहरू माझमा बास गर्नुहुन्छ ।
17 Älköön yhtään ihmistä olko ilmestysmajassa, kun hän tulee toimittamaan sovitusta pyhimmässä, siihen saakka kunnes hän sieltä lähtee ja on toimittanut itsellensä ja perheellensä ja koko Israelin seurakunnalle sovituksen.
हारून महा-पवित्र स्थानमा प्रायश्चित्त गर्नको निम्ति प्रवेश गरेपछि त्यसले आफ्नो, आफ्नो परिवार र इस्राएलका सबै समुदायको निम्ति प्रायश्चित्त गर्न सकेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र नपसोस् ।
18 Sitten hän lähteköön sieltä alttarin ääreen, joka on Herran edessä, ja toimittakoon sille sovituksen; ja hän ottakoon mullikan verta ja kauriin verta ja sivelköön sitä alttarin sarviin yltympäri.
परमप्रभुको सामु भएको वेदीको नजिक त्यो जाओस् र त्यसको निम्ति प्रायश्चित्त गरोस्, र साँढे र बोकाको केही रगत लिएर त्यसले वेदीका सिङहरूका चारैतिर लगाओस् ।
19 Ja hän pirskoittakoon sormellansa sen päälle verta seitsemän kertaa ja puhdistakoon ja pyhittäköön sen israelilaisten saastaisuudesta.
त्यसले त्यसलाई शुद्ध गर्न र इस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग्ग गर्नलाई त्यसमाथि आफ्नो औँलाले केही रगत सात पटक छर्कोस् ।
20 Ja kun hän on loppuun toimittanut pyhäkön ja ilmestysmajan ja alttarin sovittamisen, tuokoon hän sen elävän kauriin.
त्यसले महा-पवित्र स्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्चित्त गरेर सक्काएपछि त्यसको जिउँदो बोका अर्पण गरोस् ।
21 Ja Aaron laskekoon molemmat kätensä elävän kauriin pään päälle ja tunnustakoon siinä kaikki israelilaisten pahat teot ja kaikki heidän rikkomuksensa, olipa heillä mitä syntejä tahansa, ja pankoon ne kauriin pään päälle ja lähettäköön sen, sitä varten varatun miehen viemänä, erämaahan.
हारूनले आफ्ना दुवै हात त्यस जिउँदो बोकाको शिरमा राखोस् र त्यसमाथि इस्राएलका मानिसहरूका सबै दुष्टता, तिनीहरूका सबै विद्रोह, र सबै पापलाई मानिलिओस् । त्यसपछि त्यसले त्यस बोकाको शिरमाथि त्यो पाप राखोस् र त्यस बोकालाई उजाड-स्थानतर्फ डोर्याउन तयार भएको मानिसको जिम्मामा दिओस् ।
22 Näin kauris kantakoon kaikki heidän pahat tekonsa autioon seutuun; ja kauris päästettäköön erämaahan.
त्यस बोकाले मानिसहरूका सबै दुष्टतालाई आफूमाथि बोकी एउटा एकान्त ठाउँमा जाओस् । उता उजाड-स्थानमा त्यस मानिसले त्यो बोकालाई छोडिदिओस् ।
23 Ja Aaron menköön ilmestysmajaan ja riisukoon yltänsä pellavavaatteet, jotka hän oli pukenut päälleen mennessänsä pyhäkköön, ja jättäköön ne sinne.
त्यसपछि हारून फर्केर भेट हुने पालमा जाओस् र महा-पवित्र स्थानमा जानुअगि त्यसले लगाएका सूतीका लुगाहरू फुकालोस्, र ती लुगाहरूलाई त्यहीँ नै छोडोस् ।
24 Ja hän pesköön pyhässä paikassa ruumiinsa vedessä ja pukekoon ylleen omat vaatteensa; sitten hän lähteköön sieltä ja uhratkoon sekä oman polttouhrinsa että kansan polttouhrin ja toimittakoon niin sekä itsellensä että kansalle sovituksen.
त्यसले कुनै पवित्र स्थानमा आफ्नो शरीर पानीले नुहाओस्, र आफ्ना साधारण लुगा लगाओस्, र त्यसपछि त्यो गएर आफ्ना मानिसहरूका निम्ति होमबलि अर्पण गरोस् अनि यसरी आफ्नो र मानिसहरूका निम्ति प्रायश्चित्त गरोस् ।
25 Ja syntiuhrin rasvan hän polttakoon alttarilla.
त्यसले वेदीमा पापबलिको बोसोलाई जलाओस् ।
26 Ja se, joka päästi kauriin Asaselille, pesköön vaatteensa ja pesköön ruumiinsa vedessä, ja sitten hän tulkoon leiriin.
छोडिने बोकालाई जान दिने मानिसले आफ्ना लुगाहरू र आफ्नो शरीर पानीले धोओस्, र त्यसपछि त्यो छाउनीभित्र फर्कन सक्छ ।
27 Ja syntiuhrimullikka ja syntiuhrikauris, joiden veri tuotiin sovitukseksi pyhäkköön, vietäköön leirin ulkopuolelle, ja niiden nahka, liha ja rapa poltettakoon tulessa.
पापबलिको निम्ति साँढे र बोका, जसको रगत पवित्र स्थानमा प्रायश्चित्त गर्नका निम्ति ल्याइएको थियो, ती दुवैलाई छाउनीभन्दा बाहिर लगिओस् । त्यहाँ तिनीहरूले त्यसका छाला, मासु र गोबर जलाउने छन् ।
28 Ja se, joka ne polttaa, pesköön vaatteensa ja pesköön ruumiinsa vedessä, ja sitten hän tulkoon leiriin.
ती भागहरू जलाउने मानिसले आफ्ना लुगाहरू धोओस् र आफ्नो शरीर पानीले नुहाओस्, र त्यसपछि त्यो छाउनीभित्र आउन मिल्छ ।
29 Tämä olkoon teille ikuinen säädös: seitsemännessä kuussa, kuukauden kymmenentenä päivänä, kurittakaa itseänne paastolla älkääkä yhtäkään askaretta toimittako, älköön maassa syntynyt älköönkä muukalainen, joka asuu teidän keskellänne.
यो तिमीहरूका निम्ति सधैँ एउटा विधि बनोस्, कि सातौँ महिनाको दसौँ दिनमा, तिमीहरूका बिचमा जन्मेको वा तिमीहरूका बिचमा बास गर्ने परदेशी सबैले आफैलाई नम्र बनाओस् र कुनै काम नगरोस् ।
30 Sillä sinä päivänä toimitetaan teille sovitus teidän puhdistamiseksenne; kaikista synneistänne te tulette puhtaiksi Herran edessä.
किनभने तिमीहरूका सबै पापबाट तिमीहरूलाई शुद्ध गर्नका निम्ति यस दिनमा तिमीहरूका खातिर प्रायश्चित्त गरिने छ, यसैकारण तिमीहरू परमप्रभुको अगि शुद्ध हुने छौ ।
31 Se olkoon teille levon päivä, kurittakaa silloin itseänne paastolla; se olkoon ikuinen säädös.
यो तिमीहरूका निम्ति विश्रामको विधिपूर्ण शबाथ हो, र तिमीहरूले आफैलाई नम्र बनाउनुपर्छ र कुनै काम गर्नुहुँदैन । यो तिमीहरूका बिचमा सधैँ एउटा विधि हुने छ ।
32 Ja sovituksen toimittakoon se pappi, joka on voideltu ja joka on vihitty papinvirkaan isänsä sijaan; hän pukekoon yllensä pellavavaatteet, pyhät vaatteet,
आफ्नो पिताको स्थानमा प्रधान पुजारी हुनको निम्ति अभिषेक भएको र नियुक्त भएको प्रधान पुजारीले यसरी प्रायश्चित्त गरोस् र पवित्र लुगाहरू, अर्थात् सूतीका लुगाहरू लगाओस् ।
33 ja toimittakoon sovituksen kaikkeinpyhimmälle ja sovituksen ilmestysmajalle ja alttarille sekä sovituksen myös papeille ja kaikelle seurakunnan kansalle.
त्यसले महा-पवित्र स्थान, भेट हुने पाल, वेदी, पुजारीहरू र समुदायका सबै मानिसहरूका निम्ति प्रायश्चित्त गरोस् ।
34 Tämä olkoon teille ikuinen säädös, että toimitatte israelilaisille sovituksen kaikista heidän synneistänsä kerran vuodessa." Ja hän teki, niinkuin Herra oli Moosekselle käskyn antanut.
इस्राएलका मानिसहरूका सबै पापका कारण यो सधैँका लागि तिमीहरूले तिनीहरूका निम्ति वर्षमा एक पटक प्रायश्चित्त गर्ने विधि होस् ।” परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार नै यो भयो ।