< 1 Mooseksen 19 >
1 Ja ne kaksi enkeliä tulivat Sodomaan illalla, ja Loot istui Sodoman portissa; ja nähtyänsä heidät Loot nousi heitä vastaan ja kumartui maahan kasvoillensa.
साँझमा लोत सदोमको मूल ढोकामा बसिरहेका बेला दुई स्वर्गदूतहरू सदोममा आए । उनीहरूलाई देखेपछि लोत भेट गर्न उठे, र आफ्नो मुहारलाई भुइँसम्मै निहुराएर दण्डवत् गरे ।
2 Ja hän sanoi: "Oi herrani, poiketkaa palvelijanne taloon yöksi ja peskää jalkanne! Aamulla varhain voitte jatkaa matkaanne." He sanoivat: "Emme, vaan me jäämme yöksi taivasalle".
तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस् । त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्न सक्नुहुन्छ ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ ।
3 Mutta hän pyysi heitä pyytämällä, ja he poikkesivat hänen luoksensa ja tulivat hänen taloonsa. Ja hän valmisti heille aterian ja leipoi happamattomia leipiä, ja he söivät.
तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे, त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे । तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे, र उनीहरूले खाए ।
4 Ennenkuin he olivat laskeutuneet levolle, piirittivät kaupungin miehet, sodomalaiset, sekä nuoret että vanhat, koko kansa kaikkialta, talon.
तर उनीहरू सुत्नअगि सदोम सहरका सबै युवा र जवान, र सहरका सबै भागबाट सबै मानिसहरू आएर त्यस घरलाई घेरे ।
5 Ja he huusivat Lootia sanoen hänelle: "Missä ne miehet ovat, jotka tulivat luoksesi yöllä? Tuo heidät tänne meidän luoksemme, ryhtyäksemme heihin."
तिनीहरूले लोतलाई बोलाएर भने, “साँझ तिमीकहाँ आएका मानिसहरू कहाँ छन्? उनीहरूलाई बाहिर हामीकहाँ ल्याऊ, ताकि हामी तिनीहरूसँग सुत्न सकौँ ।”
6 Silloin Loot meni ulos heidän luokseen portille ja sulki oven jälkeensä
यसैकारण लोत ढोकाबाट बाहिर मानिसहरूकहाँ निस्के र आफू निस्केपछि ढोका थुनिदिए ।
7 ja sanoi: "Älkää, veljeni, tehkö niin pahoin.
तिनले भने, “मेरा भाइहरू, म बिन्ती गर्दछु, यस्तो दुष्ट काम नगर्नुहोस् ।
8 Katsokaa, minulla on kaksi tytärtä, jotka eivät vielä miehestä tiedä. Ne minä tuon teille, tehkää heille, mitä tahdotte. Älkää vain tehkö näille miehille mitään pahaa, sillä he ovat tulleet minun kattoni suojaan."
हेर्नुहोस्, मेरा दुई छोरी छन् जो कुनै मानिससँग सुतेका छैनन् । म बिन्ती गर्दछु, मेरा छोरीहरूलाई तपाईंहरूकहाँ ल्याउन दिनुहोस्, र तपाईंहरूको नजरमा जे असल लाग्छ तिनीहरूसँग त्यही गर्नुहोस् । केवल यी मानिसहरूलाई केही नगर्नुहोस्, किनभने उनीहरू मेरो छतको छायामुनि आएका पाहुना हुन् ।”
9 Mutta he vastasivat: "Mene tiehesi!" Ja he sanoivat: "Tuo yksi on tullut tänne asumaan muukalaisena, ja yhtäkaikki hän alati pyrkii hallitsemaan. Nytpä me pitelemmekin sinua pahemmin kuin heitä." Ja he tunkeutuivat väkivaltaisesti miehen, Lootin, kimppuun ja kävivät murtamaan ovea.
तिनीहरूले भने, “पछि हट्!” तिनीहरूले यसो पनि भने, “यो यहाँ परदेशी भएर बस्न आएको थियो, र अहिले हाम्रो न्यायकर्ता भएको छ! अब हामी तिनीहरूलाई भन्दा तँलाई नराम्रो व्यवहार गर्नेछौँ ।” तिनीहरूले ती मानिसहरू र लोतको विरुद्धमा दबाब दिए, र ढोका भत्काउनको निम्ति नजिक आए ।
10 Silloin miehet ojensivat kätensä, vetivät Lootin luoksensa huoneeseen ja sulkivat oven.
तर ती मानिसहरूले आफ्ना हात निकालेर लोतलाई तिनीहरूसँगै घरभित्र ताने र ढोका बन्द गरिदिए ।
11 Ja he sokaisivat ne miehet, jotka olivat talon ovella, sekä nuoret että vanhat, niin että he turhaan koettivat löytää ovea.
त्यसपछि लोतका पाहुनाहरूले घरको ढोकाबाहिर भएका मानिसहरू, जवान र वृद्ध दुवैलाई प्रहार गरी अन्धा बनाइदिए, र तिनीहरू ढोका खोज्ने प्रयास गर्दा-गर्दै थाके ।
12 Ja miehet sanoivat Lootille: "Vieläkö sinulla on ketään omaista täällä? Vie pois täältä vävysi, poikasi, tyttäresi ja kaikki, keitä sinulla kaupungissa on,
त्यसपछि ती मानिसहरूले लोतलाई भने, “के तिमीकहाँ अरू कोही छन्? जुवाइँ, छोराहरू, छोरीहरू, र यस सहरमा तिम्रा जो कोही छन्, सबैलाई यस सहरबाट बाहिर लैजाऊ ।
13 sillä me hävitämme tämän paikan. Koska huuto heistä on käynyt suureksi Herran edessä, lähetti Herra meidät hävittämään sen."
किनभने हामीले यो ठाउँलाई नष्ट गर्न लागेका छौँ, किनभने परमप्रभुको अगि यस सहरको विरुद्धमा दोषहरू यति ठुला भएका छन्, कि उहाँले हामीलाई यस सहरलाई नष्ट पार्न पठाउनुभएको छ ।”
14 Silloin Loot meni puhuttelemaan vävyjänsä, joiden oli aikomus ottaa hänen tyttärensä, ja sanoi: "Nouskaa, lähtekää pois tästä paikasta, sillä Herra hävittää tämän kaupungin". Mutta hänen vävynsä luulivat hänen laskevan leikkiä.
लोत बाहिर गए, र तिनले आफ्ना छोरीहरूलाई विवाह गर्न प्रतिज्ञा गरेका जुवाइँहरूसँग यसो भने, “छिट्टै, यस ठाउँबाट निस्किहाल, किनभने परमप्रभुले यस सहरलाई नष्ट पार्न लाग्नुभएको छ ।” तर तिनका जुवाइँहरूलाई तिनले ठट्टा गरेझैँ लाग्यो ।
15 Aamun sarastaessa enkelit kiirehtivät Lootia sanoen: "Nouse, ota vaimosi ja molemmat tyttäresi, jotka ovat luonasi, ettet hukkuisi kaupungin syntivelan tähden".
जब झिसमिसे बिहान भयो, ती स्वर्गदूतहरूले लोतलाई यसो भने, “जाऊ, यहाँ भएका तिम्री पत्नी र तिम्रा छोरीहरूलाई लैजाऊ, र यस सहरको दण्डमा तिमी नष्ट हुनेछैनौ ।”
16 Ja kun hän vielä vitkasteli, tarttuivat miehet hänen käteensä sekä hänen vaimonsa ja molempien tyttäriensä käteen, sillä Herra tahtoi säästää hänet, ja veivät hänet ulos ja jättivät hänet ulkopuolelle kaupunkia.
तर तिनले अलमल गर्न थाले । त्यसैकारण ती मानिसहरूले लोत, तिनकी पत्नी, र तिनका दुई छोरीका हातहरू समाते, किनभने परमप्रभु तिनीप्रति दयालु हुनुहुन्थ्यो । उनीहरूले तिनीहरू सबैलाई बाहिर निकाले, र सहरबाहिर पठाए ।
17 Ja viedessään heitä ulos sanoi mies: "Pakene henkesi tähden, älä katso taaksesi äläkä pysähdy mihinkään lakeudella. Pakene vuorille, ettet hukkuisi."
जब उनीहरूले तिनीहरूलाई बाहिर निकाले, ती मानिसहरूमध्ये एकजनाले भने, “आफ्नो प्राण बचाउनको निम्ति भाग! पछाडि फर्की नहेर, वा कतै समतल ठाउँमा नबस । पहाडहरूतिर भाग र तिमीहरू नष्ट हुनेछैनौ ।”
18 Mutta Loot sanoi heille: "Oi herrani, ei niin!
लोतले तिनीहरूलाई भने, “होइन, मेरा मालिकहरू!
19 Katso, palvelijasi on saanut armon sinun silmiesi edessä, ja suuri on sinun laupeutesi, jota olet minulle osoittanut pelastaaksesi henkeni, mutta minä en voi päästä pakoon vuorille; pelkään, että onnettomuus saavuttaa minut ja minä kuolen.
तपाईंका दृष्टिमा तपाईंको दासले कृपा पाएको छ, र मेरो प्राण बचाउनको निम्ति ममाथि तपाईंहरूले ठुलो दया देखाउनुभएको छ, तर म पहाडहरूतिर भाग्न सक्दिनँ, किनभने ममाथि विपत्ति आइलाग्नेछ र म मर्नेछु ।
20 Katso, tuolla on kaupunki lähellä, vähän matkan päässä, paetakseni sinne; salli minun pelastua sinne-onhan se vähän matkan päässä-jäädäkseni eloon."
हेर्नुहोस्, त्यहाँको सहर भाग्नको निम्ति नजिक छ, र त्यो सानो पनि छ । कृपया, मलाई त्यहाँ भाग्न दिनुहोस् (के त्यो सानोचाहिँ होइन र?), र मेरो जीवन बच्नेछ ।”
21 Ja hän sanoi hänelle: "Katso, minä teen sinulle mieliksi tässäkin kohden; en hävitä kaupunkia, josta puhut.
उनले तिनलाई भने, “ठिक छ, म तिम्रो यो अनुरोध पनि पुरा गर्नेछु र तिमीले उल्लेख गरेको त्यस सहर म नष्ट गर्दिनँ ।
22 Pakene nopeasti sinne, sillä minä en voi tehdä mitään, ennenkuin olet sinne saapunut." Siitä kaupunki sai nimekseen Sooar.
छिटो गर! त्यहाँ भाग, किनभने तिमी त्यहाँ नपुगेसम्म म केही गर्न सक्दिनँ ।” यसैकारण त्यस सहरलाई सोअर भनियो ।
23 Aurinko oli noussut, kun Loot saapui Sooariin.
लोत सोहर पुग्दा घाम उदाइसकेको थियो ।
24 Ja Herra antoi sataa Sodoman ja Gomorran päälle tulikiveä ja tulta, Herran tyköä taivaasta,
त्यसपछि परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो ।
25 ja hävitti nämä kaupungit ynnä koko lakeuden sekä kaikki niiden kaupunkien asukkaat ja maan kasvullisuuden.
उहाँले ती सहरहरू, सबै समतल भूमि, र ती सहरहरूका बासिन्दाहरू, र भूमिमा उब्जेका सबै बिरुवाहरूलाई नष्ट पार्नुभयो ।
26 Ja Lootin vaimo, joka tuli hänen jäljessään, katsoi taaksensa, ja niin hän muuttui suolapatsaaksi.
तर लोतकी पत्नीले पछाडि फर्केर हेरिन्, जो तिनको पछि-पछि थिइन्, र तिनी नुनको ढिक्का बनिन् ।
27 Aabraham nousi varhain aamulla ja meni siihen paikkaan, jossa hän oli seisonut Herran edessä,
अब्राहाम बिहान सबेरै उठे र तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए ।
28 katseli Sodomaan ja Gomorraan päin ja yli koko lakeuden, ja katso, maasta nousi savu niinkuin pätsin savu.
उनले सदोम र गमोरातर्फ र सबै समतल भूमिमा हेरे । उनले त्यस भूमिबाट भट्टीको धुवाँझैँ माथितिर धुवाँ आइरहेको देखे ।
29 Kun Jumala tuhosi sen lakeuden kaupungit, muisti Jumala Aabrahamia ja johdatti Lootin pois hävityksen keskeltä, hävittäessään ne kaupungit, joissa Loot oli asunut.
परमेश्वरले समतल भूमिका सहरहरूलाई नष्ट गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो । उहाँले लोतले बसोबास गरेका सहरहरूलाई नष्ट गर्नुहुँदा, लोतलाई त्यस विनाशको माझबाट बाहिर निकाल्नुभयो ।
30 Ja Loot lähti Sooarista ja asettui vuoristoon molempien tyttäriensä kanssa, sillä hän pelkäsi asua Sooarissa; ja hän asui luolassa, hän ja hänen molemmat tyttärensä.
तर लोत आफ्ना दुई छोरीसँग सोअरबाट पहाडहरूमा बसोबास गर्न गए, किनभने तिनी सोअरमा बस्न डराए । यसैकारण, तिनी र तिनका दुई छोरीहरू एउटा गुफामा बसे ।
31 Niin vanhempi sanoi nuoremmalle: "Isämme on vanha, eikä tässä maassa ole ketään miestä, joka voisi tulla luoksemme siten, kuin on kaiken maan tapa.
जेठीले कान्छीलाई भनिन्, “हाम्रा बुबा वृद्ध भएका छन्, र सारा संसारको रीतिअनुसार हामीसँग सुत्ने कहीँ पनि कोही मानिस छैन ।
32 Tule, juottakaamme isällemme viiniä ja maatkaamme hänen kanssaan, saadaksemme isästämme jälkeläisen."
आऊ, हाम्रो बुबालाई मद्य पिउन लगाऔँ, अनि हाम्रो बुबाको वंशलाई बिस्तार गर्न हामी उहाँसँग सुतौँ ।”
33 Niin he juottivat sinä yönä isällensä viiniä. Ja vanhempi meni ja makasi hänen kanssaan, eikä tämä huomannut, milloin hän tuli hänen viereensä ja milloin hän nousi.
यसैकारण त्यस रात तिनीहरूले आफ्ना बुबालाई मद्य पिउन लगाए । त्यसपछि जेठीचाहिँ भित्र गइन् र आफ्ना बुबासँग सुतिन्; तिनी कहिले सुतिन् र कहिले उठिन् भन्ने उनलाई पत्तो नै भएन ।
34 Seuraavana päivänä sanoi vanhempi nuoremmalle: "Katso, minä makasin viime yönä isäni kanssa; juottakaamme hänelle tänäkin yönä viiniä, ja mene sinä ja makaa hänen kanssaan, saadaksemme isästämme jälkeläisen".
अर्को दिन जेठीले कान्छीलाई भनिन्, “सुन, गएको रात म मेरो बुबासँग सुतेँ । आजको रातमा पनि उहाँलाई मद्य पिउन लगाऔँ, र हाम्रो बुबाको वंश विस्तार गर्नको निम्ति तिमी गएर उहाँसँग सुत ।”
35 Niin he juottivat sinäkin yönä isällensä viiniä; ja nuorempi meni ja makasi hänen kanssaan, eikä tämä huomannut, milloin hän tuli hänen viereensä ja milloin hän nousi.
यसैकारण, तिनीहरूले आफ्ना बुबालाई त्यस रात पनि मद्य पिउन लगाए, र कान्छीचाहिँ गएर उनीसँग सुतिन् । तिनी कहिले सुतिन् र कहिले उठिन् भन्ने उनलाई पत्तो नै भएन ।
36 Ja niin Lootin molemmat tyttäret tulivat isästänsä raskaiksi.
यसरी लोतका दुवै छोरीहरू आफ्ना बुबाबाट गर्भवती भइन् ।
37 Ja vanhempi synnytti pojan ja antoi hänelle nimen Mooab; hänestä polveutuvat mooabilaiset aina tähän päivään saakka.
जेठीले एउटा छोरो जन्माइन्, र त्यसको नाउँ मोआब राखिन् । वर्तमान समयका मोआबीहरूका पुर्खा उनी नै हुन् ।
38 Ja myöskin nuorempi synnytti pojan ja antoi hänelle nimen Ben-Ammi; hänestä polveutuvat ammonilaiset aina tähän päivään saakka.
कान्छी छोरीले पनि एउटा छोरा जन्माइन्, र त्यसको नाउँ बेन-अमी राखिन् । वर्तमान समयका अम्मोनीहरूका पुर्खा उनी नै हुन् ।