< 1 Samuelin 4 >
1 Israel lähti sotaan filistealaisia vastaan ja leiriytyi Eben-Eserin luo, mutta filistealaiset olivat leiriytyneet Afekiin.
सम्पूर्ण इस्राएलभरि शामूएलले वचन दिए । यति बेला इस्राएल पलिश्तीहरूका विरुद्धमा लडाइँ गर्न गयो । तिनीहरूले एबेन-एजेरमा छाउनी हाले र पलिश्तीहरूले अपेकमा छाउनी हाले ।
2 Ja filistealaiset asettuivat sotarintaan Israelia vastaan, ja taistelu levisi laajalle, ja filistealaiset voittivat Israelin ja surmasivat taistelukentällä noin neljätuhatta miestä.
इस्राएल विरुद्ध युद्ध गर्न पलिश्तीहरू पङ्तिबद्ध भए । जब युद्ध फैलियो, पलिश्तीहरूद्वारा इस्राएल पराजीत भयो, जसले युद्ध मैदानमा झण्डै चार हजार मानिसहरू मारे ।
3 Kun kansa tuli leiriin, sanoivat Israelin vanhimmat: "Minkätähden Herra antoi tänä päivänä filistealaisten voittaa meidät? Ottakaamme Herran liitonarkki Siilosta luoksemme, tulkoon se keskellemme pelastamaan meidät vihollistemme käsistä."
जब मानिसहरू छाउनीमा आए, इस्राएलका धर्म-गुरुहरूले भने, “आज परमप्रभुले हामीलाई पलिश्तीहरूको सामु किन पराजीत गर्नुभयो? परमप्रभुको करारको सन्दुकलाई शीलोबाट यहाँ ल्याऔं, ताकि त्यो हामीसँग यहाँ नै रहोस्, जसले हामीलाई आफ्ना शत्रुहरूका हातबाट सुरक्षित राखोस् ।”
4 Ja kansa lähetti sanan Siiloon, ja sieltä tuotiin Herran Sebaotin liitonarkki, hänen, jonka valtaistuinta kerubit kannattavat; ja Eelin kaksi poikaa, Hofni ja Piinehas, seurasivat sieltä Jumalan liitonarkkia.
त्यसैले मानिसहरूले शीलोमा मानिसहरू पठाए । तिनीहरूले त्यहाँबाट सर्वशक्तमान् परमप्रभुको करारको सन्दुक बोके, जो करूबहरूमाथि विराजमान हुनुहुन्छ । एलीका दुई जना छोराहरू होप्नी र पीनहास त्यहाँ परमेश्वरको करारको सन्दुकसँगै थिए ।
5 Ja kun Herran liitonarkki tuli leiriin, nosti koko Israel suuren riemuhuudon, niin että maa jymisi.
जब परमप्रभुको करारको सन्दुक छउनीमा ल्याइयो, इस्राएलका सबै मानिसहरू ठुलो सोरमा कराए र पृथ्वी नै गुञ्जियो ।
6 Kun filistealaiset kuulivat sen riemuhuudon, sanoivat he: "Mitä tuo suuri riemuhuuto on hebrealaisten leirissä?" Ja he saivat tietää, että leiriin oli tullut Herran arkki.
जब पलिश्तीहरूले कराएको यो आवाज सुने, तिनीहरूले भने, “हिब्रूहरूको छाउनीमा यति ठुलो कराएको आवाजको अर्थ के हो?” तब छाउनीमा परमप्रभुको सन्दुक ल्याइएको थियो भन्ने कुरा तिनीहरूले थाहा पाए ।
7 Silloin filistealaiset peljästyivät, sillä he ajattelivat: "Jumala on tullut leiriin". Ja he sanoivat: "Voi meitä! Tällaista ei ole milloinkaan ennen tapahtunut.
पलिश्तीहरू डराए । तिनीहरूले भने, “छाउनीमा एउटा देवता आएको छ ।” तिनीहरूले भने, “हामीलाई धिक्कार छ! पहिले यस्तो कुनै कुरा भएको छैन ।
8 Voi meitä! Kuka pelastaa meidät tämän voimallisen jumalan kädestä? Tämähän on se jumala, joka löi egyptiläisiä kaikkinaisilla vaivoilla erämaassa.
हामीलाई धिक्कार छ! यी शक्तिशाली देवताहरूको शक्तिबाट हामीलाई कसले सुरक्षा दिन्छ? मिश्रीहरूलाई उजाड-स्थानमा विभिन्न किसिमका विपत्तिहरूले प्रहार गर्ने देवताहरू यिनै हुन् ।
9 Rohkaiskaa mielenne ja olkaa miehiä, filistealaiset, ettette te joutuisi palvelemaan hebrealaisia, niinkuin he ovat palvelleet teitä. Olkaa miehiä ja taistelkaa."
ए पलिश्तीहरू हो, साहसी होओ र पुरुषार्थी बन, नत्र जसरी हिब्रूहरू तिमीहरूका दासहरू भएका छन् त्यसरी नै तिमीहरू तिनीहरूका दासहरू बन्नेछौ ।”
10 Ja filistealaiset ryhtyivät taisteluun; ja Israel voitettiin, niin että he pakenivat kukin majallensa, ja tappio oli sangen suuri: Israelista kaatui kolmekymmentä tuhatta jalkamiestä.
पलिश्तीहरूले यद्ध लडे, र इस्राएल पराजित भयो । हरेक मानिस आफ्नो घर भाग्यो र ठुलो नरसंहार भयो । किनकि इस्राएलका तिस हजार पैदल सिपाहीहरू मरे ।
11 Ja Jumalan arkki ryöstettiin, ja Eelin kaksi poikaa, Hofni ja Piinehas, saivat surmansa.
परमेश्वरको सन्दुक लगियो र एलीका दुई छोरा होप्नी र पीनहास मरे ।
12 Eräs benjaminilainen mies juoksi sotarinnasta ja tuli samana päivänä Siiloon, takki reväistynä ja multaa pään päällä.
बेन्यामीनको एक जना मानिस युद्ध मैदानबाट आफ्नो लुगा च्यातिएको र शिरमा माटो लागेको अवस्थामा नै दौडे र त्यसै दिन शीलोमा आए।
13 Ja kun hän tuli sinne, istui Eeli istuimellaan tien vieressä tähystellen, sillä hänen sydämensä oli levoton Jumalan arkin tähden. Ja kun mies tuli ja kertoi kaupungissa tapahtumasta, puhkesi koko kaupunki valittamaan.
त्यो आउँदा, एली आफ्नो आसनमा बाटोको छेवैमा बसेर हेरिरहेका थिए, किनभने परमेश्वरको सन्दुको चिन्ताले तिनको हृदय काम्यो । जब त्यो मानिस सहर प्रवेश गर्यो र त्यो खबर भन्यो, तब सारा सहरमा रुवाबासी भयो ।
14 Kun Eeli kuuli valitushuudon, kysyi hän: "Mikä meteli tämä on?" Niin mies tuli rientäen sinne ja kertoi sen Eelille.
जब एलीले रुवाबासीको हल्ला सुने, तब तिनले सोधे, “यो हल्लाखल्लाको अर्थ के हो?” त्यो मानिस दौडेर आयो र एलीलाई भन्यो ।
15 Mutta Eeli oli yhdeksänkymmenen kahdeksan vuoden vanha, ja hänen silmissään oli kaihi, niin ettei hän voinut nähdä.
यति बेला एली अन्ठानब्बे वर्ष भएका थिए । तिनका आँखाहरू धमिला भएका थिए र तिनले देख्न सक्दैनथे ।
16 Ja mies sanoi Eelille: "Minä tulen sotarinnasta; olen tänä päivänä paennut sotarinnasta". Niin hän kysyi: "Miten on asiat, poikani?"
त्यो मानिसले एलीलाई भन्यो, “युद्ध मैदानबाट आउने मानिस म नै हुँ । म युद्धबाट आज नै भागेको हुँ ।” एलीले भने, “हे मेरो छोरो, त्यो कस्तो भयो त?”
17 Sanansaattaja vastasi ja sanoi: "Israel on paennut filistealaisia, ja kansan mieshukka on suuri; myöskin sinun molemmat poikasi, Hofni ja Piinehas, ovat saaneet surmansa, ja Jumalan arkki on ryöstetty".
सामाचार ल्याउने मानिसले जवाफ दियो र भन्यो, “पलिश्तीहरूको सामुबाट इस्राएली भागे । मानिसहरूका माझमा ठुलो पराजय पनि भएको छ । तपाईंका दुई छोरा होप्नी र पीनहास पनि मरे, र परमेश्वरको सन्दुक कब्जा गरेर लगिएको छ ।
18 Kun hän mainitsi Jumalan arkin, kaatui Eeli istuimeltaan taapäin portin viereen, taittoi niskansa ja kuoli; sillä hän oli vanha ja raskas mies. Ja hän oli ollut tuomarina Israelissa neljäkymmentä vuotta.
जब उसले परमेश्वरको सन्दुकको बारेमा भन्यो, तब एली ढोकाको छेउमा भएको आफ्नो आसनबाट पछाडीतिर लडे । तिनको घाँटी भाँचियो र तिनी मरे, किनभने तिनी वृद्ध र गह्रौं थिए । तिनी चालिस वर्षसम्म इस्राएलका न्यायकर्ता भएका थिए ।
19 Ja hänen miniänsä, Piinehaan vaimo, oli viimeisillänsä raskaana. Kun hän kuuli sanoman Jumalan arkin ryöstöstä ja appensa ja miehensä kuolemasta, vaipui hän maahan ja synnytti, sillä poltot yllättivät hänet.
तिनकी बुहारी, पीनहासकी पत्नी गर्भवती थिइन् र बालक जन्माउने बेला बएको थियो । जब तिनले परमेश्वरको सन्दुक कब्जा गरेको, तिनको ससुरा र तिनको पति मरेको समाचार सुनिन्, तब तिनले घुँडा टेकिन् र बालक जन्माइन्, तर तिनको प्रसव वेदना तिनलाई सह्रै पीडा भयो ।
20 Ja kun hän silloin oli kuolemaisillansa, sanoivat vaimot, jotka seisoivat hänen luonaan: "Älä pelkää, sillä sinä olet synnyttänyt pojan". Mutta hän ei vastannut mitään eikä välittänyt siitä,
तिनको मृत्यु हुने बेलामा तिनलाई सेवा दिने स्त्रीले भनिन् “नडराऊ, किनकि तिमीले एउटा छोरा जन्माएकी छ्यौ ।” तर तिनले जवाफ दिइनन् न त तिनीहरूले भनेका कुरालाई नै मनमा राखिन् ।
21 vaan nimitti pojan Iikabodiksi ja sanoi: "Kunnia on mennyt Israelilta" -hän tarkoitti Jumalan arkin ryöstöä ja appeansa ja miestänsä.
“इस्राएलबाट महिमा गएको छ” भन्दै त्यो बालकको नाउँ तिनले ईकाबोद राखिन्, किनकि परमेश्वरको सन्दुक कब्जा गरिएको, अनि तिनका पति र ससुराको मृत्यु भएको थियो ।
22 Hän sanoi: "Kunnia on mennyt Israelilta", koska Jumalan arkki oli ryöstetty.
तिनले भनिन्, “महिमा इस्राएलबाट गएको छ, किनभने परमेश्वरको सन्दुक कब्जा गरिएको छ ।”