< Miikan 5 >
1 Mutta hankitse nyt, sinä sotanainen: sillä meitä piiritetään; ja Israelin tuomaria vitsalla poskelle lyödään.
अब, ए सेनाहरूका छोरी, युद्धको निम्ति पङ्क्तिमा आओ, किनभने सेनाहरूले सहरको वरिपरि घेरा लगाएका छन्, र तिनीहरूले इस्राएलका न्यायकर्ताको गालामा छडीले हिर्काउनेछन् ।
2 Ja sinä, Betlehem Ephrata, joka vähäinen olet Juudan tuhanten seassa, sinusta on minulle se tuleva, joka Israelissa on hallitsia oleva, jonka uloskäymys on ollut alusta ja ijankaikkisuudesta.
तर, बेथलेहेम एप्राता, तँ यहूदाका वंशहरूमा सानो भए तापनि, तेरै बिचबाट एक जना इस्राएलमा शासन गर्न मकहाँ आउनेछ, जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो ।
3 Hän antaa heitä siihen aikaan asti vaivattaa, kuin se on synnyttänyt, jonka pitää synnyttämän; ja jääneet hänen veljistänsä pitää tuleman jälleen Israelin lasten tykö.
यसैकारण प्रसववेदनामा भएकीले बच्चा नजन्माएसम्म, र त्यसका बाँकी रहेकाहरू इस्राएलका मानिसकहाँ नफर्केसम्म परमेश्वरले तिनीहरूलाई त्याग्नुहुनेछ ।
4 Mutta hän on astuva edes, ja kaitseva Herran väkevyyden kautta, ja Herran Jumalansa nimen korkeuden kautta, ja heidän pitää levossa asuman; sillä hän on nyt kuuluisaksi tuleva niin lavialta kuin maailma on.
परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ ।
5 Me saamme myös rauhan Assurilta, joka nyt meidän maallemme tullut on, ja meidän huoneemme tallannut on; sillä häntä vastaan pitää seitsemän paimenta ja kahdeksan päämiestä herätettämän.
किनभने हाम्रो शान्तिचाहिँ यो हुनेछ - जब अश्शूरीहरू हाम्रो देशभित्र प्रवेश गर्नेछन्, र जब तिनीहरू हाम्रा किल्लाहरूतर्फ अगि बढ्छन्, त्यसबेला हामी तिनीहरूका विरुद्ध सात गोठाला र मानिसहरूमाथि आठ अगुवा खडा गर्नेछौँ ।
6 Jotka Assurin maan miekalla hävittävät, ja Nimrodin maan heidän omissansa; niin me Assurista päästetyksi tulemme, joka meidän maallemme tullut on, ja meidän rajamme tallannut on.
तिनीहरूले अश्शूर देश र निम्रोदको देशलाई तिनीहरूको प्रवेशद्धारमा तरवारद्धारा नियन्त्रण गर्नेछन् । अश्शूरीहरू हाम्रो देशमा आउँदा, र तिनीहरू हाम्रो सिमानाभित्र अगि बढ्दा उहाँले हामीलाई तिनीहरूबाट बचाउनुहुनेछ ।
7 Ja jääneet Jakobissa pitää myös monen kansan seassa oleman, niinkuin kaste Herralta, ja niinkuin sateen pisarat ruoholla, joka ei ketään odota, eikä ihmistä tottele.
याकूबका बाँकी रहेकाहरू धेरै जातिहरूका माझमा हुनेछन् । तिनीहरू परमप्रभुबाटको शीत, र घाँसमा पर्ने झरीझैँ हुन् जसले कुनै मानिस, वा मानिस जातिका सन्तानलाई पर्खंदैनन् ।
8 Ja jääneet Jakobista pitää pakanain seassa, monen kansan tykönä oleman, niinkuin jalopeura metsän petoin seassa, ja niinkuin nuori jalopeura lammaslauman seassa, jota ei kenkään voi karkottaa, kuin hän menee lävitse, sotkuu ja repelee.
याकूबका बाँकी रहेकाहरू राष्ट्रहरू र जातिहरूका माझमा हुनेछन् । तिनीहरू जङ्गलका पशुहरूका बिचमा भएको एउटा सिंहझैँ, र भेडाहरूको बगालमा एउटा जवान सिंहझैँ हुन् । जब त्यो तिनीहरूका बिचबाट जान्छ, त्यसले तिनीहरूलाई कुल्चनेछ र तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछ, अनि तिनीहरूलाई बचाउने त्यहाँ कोही हुनेछैन ।
9 Sinun kätes saa voiton kaikkia vihollisias vastaan, että kaikki sinun vihollises hävitetään.
तेरो हात तेरा शत्रुहरूका विरुद्ध उठ्नेछन् र त्यसले तिनीहरूलाई सर्वनाश गर्नेछ ।
10 Sillä ajalla, sanoo Herra, tahdon minä ottaa sinulta pois sinun hevoses, ja kadottaa sinun rattaas,
परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन यस्तो हुनेछ । म तिमीहरूका बिचमा तिमीहरूका घोडाहरूलाई नाश गर्नेछु र तिमीहरूका रथहरू भत्काइदिनेछु ।
11 Ja tahdon sinun maas kaupungit hävittää, ja kaikki sinun linnas särkeä;
तेरो भुमिका सहरहरूलाई म नाश गर्नेछु र तिमीहरूका गढीहरूलाई भत्काइदिनेछु ।
12 Ja tahdon velhot sinussa hävittää, ettei yksikään tietäjä pidä sinun tykönäs oleman.
म तिमीहरूका बिचमा भएको तन्त्रमन्त्र नष्ट पार्नेछु, र तिमीहरूका बिचमा कोही पनि भविष्यवक्ताहरू हुनेछैनन् ।
13 Minä tahdon temmata pois sinun kuvas ja epäjumalas sinusta, ettei sinun pidä enää kumartaman sinun kättes tekoja.
म तिमीहरूले हातले बनाएका मुर्तिहरू र तिमीहरूका ढुङ्गाका स्तम्भहरूलाई नाश गर्नेछु । अबदेखि तिमीहरूले आफ्ना हातले बनाएका वस्तुहरूलाई पुज्नेछैनौ ।
14 Ja tahdon hakata maahan sinun metsistös, ja sinun kaupunkis hävittää.
म तिमीहरूका बिचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु, र म तिमीहरूका सहरहरू नाश गर्नेछु ।
15 Ja minä tahdon kostaa hirmuisuudella ja vihalla kaikki pakanat, jotka ei tahdo kuulla.
मेरा कुराहरू नसुन्ने जातिहरूमा म रिस र क्रोधमा प्रतिशोद ल्याउनेछु ।”