< Jobin 6 >
1 Niin Job vastasi ja sanoi:
तब अय्यूबले जवाफ दिए र भने,
2 Jos minun surkeuteni punnittaisiin, ja minun kärsimiseni yhtä haavaa laskettaisiin vaa´an päälle,
“हाय, मेरो वेदना जोखिएको भए, मेरा सबै विपत्ति तराजुमा राखिएको भए,
3 Niin se olis raskaampi kuin santa meressä; sentähden ovat minun sanani nielletyt ylös.
किनकि अहिले त्यो समुद्रका बालुवाभन्दा पनि गह्रौं हुनेथियो, त्यसकारण मेरा वचन समझहीन छन् ।
4 Sillä Kaikkivaltiaan nuolet ovat minussa, joiden myrkky särpää minun henkeni; ja Jumalan kauhistus tarkoittaa minua.
सर्वशक्तिमान्का काँडहरू ममा गाडिएका छन्, र मेरो आत्माले विष सेवन गर्छ । परमेश्वरको त्रास आफै मेरो विरुद्धमा तैनाथ छन् ।
5 Huutaako metsä-aasi, kuin hänellä ruohoja on? ammuuko härkä, kuin hänellä on ruokaa?
के वनको गधाले घाँस पाउँदा यो निराशमा कराउँछ र? वा के गोरुले कुँडो पाउँदा यो डुक्रन्छ र?
6 Syödäänkö mautointa ilman suolaa? eli maistaako valkuainen munan ruskuaisen ympäriltä?
के स्वाद नभएको खानेकुरालाई नुनविना खान सकिन्छ र? वा अण्डाको सेतो भागको कुनै स्वाद हुन्छ र?
7 Jota minun sieluni ennen kuoitti, se on nyt minun ruokani minun kipuni tähden.
म तिनलाई छुन पनि इन्कार गर्छु । मेरा लागि ती घृणित खानेकुरा हुन् ।
8 Jospa minun rukoukseni tapahtuis, ja Jumala antais minulle, mitä minä toivon!
हाय! मैले बिन्ती गरेको कुरा मसित भए! हाय, मैले चिताएको कुरा परमेश्वरले दिनुभए!
9 Että Jumala tahtois ja löis minun rikki, ja päästäis kätensä särkemään minua;
मलाई एकैचोटी धुलो पार्न परमेश्वर खुसी हुनुपर्छ! उहाँले आफ्नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ!
10 Niin olis minulla vielä sitte lohdutus, ja minä vahvistuisin sairaudessani, ellei hän säästäisi minua: en ole mitään kuitenkaan kieltänyt pyhän puhetta.
यो अझै पनि मेरो सान्त्वना होस्– म पीडामा उफ्रे पनि त्यो घट्दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ ।
11 Mikä on minun väkeni, että minä voisin toivoa? ja mikä on minun loppuni, että minun sieluni vois kärsiväinen olla?
मैले पर्खन कोसिस गर्नुपर्ने मेरो बल के हो र? मैले आफ्नो जीवनलाई लम्ब्याउनुपर्ने मेरो अन्त्य के हो?
12 Onko minun väkeni kivinen? eli minun lihani vaskinen?
के मेरो बल ढुङ्गाहरूका बल हो र? अर्थात् मेरो मासु काँसाबाट बनेको छ?
13 Ei ole minulla missään apua; ja minun saatuni on pois ajettu minulta.
म आफैलाई मदत गर्न सक्दिन भन्ने कुरा सत्य होइन र, अनि बुद्धिलाई मबाट खेदिएको छैन र?
14 Joka ei osoita lähimmäisellensä laupiutta, hän hylkää Kaikkivaltiaan pelvon.
मूर्छा खानै लागेको व्यक्तिलाई, त्यसको साथीले विश्वसनीयता देखाउनु, उसलाई पनि जसले सर्वशक्तिमान्को भयलाई त्याग्छ ।
15 Minun veljeni ovat rikkoneet minua vastaan, niinkuin oja ja niinkuin väkevä virta ohitse menneet,
तर मरुभूमिको नहरझैं मेरा दाजुभाइ मसित विश्वासयोग्य भएका छन्, बगेर कतै पनि नपुग्ने पानीको नहरझैं,
16 Jotka ovat kauhiat jäästä, ja jotka lumi peittää.
तीमाथि बरफ जमेको हुनाले, र तिनमा लुकेर बस्ने हिउँको कारणले अँध्यारो भएका छन् ।
17 Kuin helle heitä ahdistaa, pitää heidän nääntymän, ja kuin palava on, pitää heidän katooman paikastansa.
जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।
18 Heidän polkunsa poikkeevat pois; he raukeevat tyhjään ja hukkuvat.
आफ्नो बाटोमा हिंड्ने यात्रु-दल पानी खोज्न पाखा लाग्छन् । तिनीहरू बाँझो भू-भागमा भौंतारिन्छन्, र नष्ट हुन्छन् ।
19 He katsoivat Temanin tietä, rikkaan Arabian polkuja he toivoivat.
तेमाबाट आएका यात्रु-दलले त्यहाँ हेरे, जबकि शेबाका सहयात्रीहरूले तिनमा आशा राखे ।
20 Mutta heidän pitää häpiään tuleman, ratki surutoinna ollessansa; ja heidän pitää häpeemän siihen tultuansa.
तिनमा पानी भेट्टाउने निश्चयता भएको हुनाले तिनीहरू निरुत्साही भए । तिनीहरू त्यहाँ गए, तर तिनीहरू धोकामा परे ।
21 Sillä ette nyt mitään ole; ja että te näette surkeuden, pelkäätte te.
किनकि अब तपाईं मित्रहरू त मेरा लागि केही होइन । तपाईंहरू मेरो डरलाग्दो अवस्था देख्नुहुन्छ र डराउनुहुन्छ ।
22 Olenko minä sanonut: Tuokaat minulle! eli antakaat minun edestäni lahjoja teidän tavarastanne?
के मैले तपाईंलाई यसो भनें, 'मलाई केही कुरा दिनुहोस्?' अथवा ‘आफ्नो धन-सम्पत्तिबाट मलाई एउटा उपहार दिनुहोस्?’
23 Ja pelastakaat minua vihollisten kädestä, ja vapahtakaat minua tyrannein käsistä?
अथवा ‘मलाई मेरा वैरीको हातबाट बचाउनुहोस्?' अथवा 'मेरो थिचोमिचो गर्नेहरूको हातबाट मलाई मोल तिरेर छुटाउनुहोस्?'
24 Opettakaat minua, minä olen ääneti, ja jota en minä tiedä, niin neuvokaat minua.
मलाई सिकाउनुहोस्, र म आफू शान्त रहनेछु । मैले कहाँ गल्ती गरें, मलाई प्रष्ट पार्नुहोस् ।
25 Kuinka vahvat ovat oikeuden puheet? kuka teissä on se, joka sitä laittaa taitaa?
इमानदार वचन कति पीडादयक हुन्छन्! तर तपाईंका तर्कहरू, कसरी तिनले मलाई साँच्चै हप्काउँछन् र?
26 Te ajattelette sanoja, ainoastaan nuhdellaksenne, ja teette sanoillanne epäileväisen mielen.
मेरा वचनलाई बेवास्ता गर्ने योजना गर्नुहुन्छ, निराश मानिसका वचनलाई बतासझैं तपाईं गर्नुहुन्छ?
27 Te karkaatte köyhän orvon päälle, ja kaivatte lähimmäisellenne kuoppaa.
वास्तवमा, तपाईं अनाथको लागि चिट्ठा हाल्नुहुन्छ, र बेच्ने सामनझैं आफ्नो मित्रको मूल्य तोक्नुहुन्छ ।
28 Mutta että te nyt tahdotte, niin katsokaat minun päälleni, jos minä teidän edessänne valhettelen.
त्यसकारण अब कृपया मलाई हेर्नुहोस्, किनकि म निश्चय नै तपाईंको सामु झुट बोल्दिनँ ।
29 Palatkaat nyt, olkoon pois vääryys: Tulkaat jälleen; minun vastaukseni pitää oikia oleman.
मेरो बिन्ती छ, कोमल हुनुहोस् । तपाईंसित कुनै अन्याय नहोस् । वास्तवमै कोमलो हुनुहोस्, किनकि मेरो समस्या न्यायोचित छ ।
30 Onko minun kielessäni vääryyttä? eikö minun suulakeni ymmärrä vaivoja?
के मेरो जिब्रोमा खराबी छ र? के मेरा मुखले दूर्भावपूर्ण कुराहरू छुट्ट्याउन सक्दैन र?